हेल्थ फर्स्ट
मह के हो ?
सुपरफूड महः
महमा पोषक तत्वहरुको पावरहाउस हो । रासायनिक रुपले हेर्दा यसमा ग्लुकोज ३१.३ प्रतिशत, फ्रुक्टोज ३८.२ प्रतिशत, माल्टोज ७.१ प्रतिशत, सुक्रोज १.३ प्रतिशत, चिनी १.५ प्रतिशत, पानी १७.२ प्रतिशत, भस्म ०.२ प्रतिशत र अन्य रसायन ३.२ प्रतिशत हुन्छन् । यसमा भिटामिन ए, बी, सी, सोडियम, क्याल्सियम, फस्फोरस, आयोडिन तथा आइरन आदि पाइन्छ । महमा पाइने प्रमुख पोषण कार्बोहाइड्रेट हो । यसमा झन्डै ८२ प्रतिशत कार्बोहाइड्रेट हुन्छ । चाखलाग्दो कुरा के छ भने, जम्मा ३० ग्राम मह खाएर ऊर्जा पाएको मौरीले पूरै संसार घुम्न सक्दछ । मह खानपान र तागतका लागि मात्र नभई चिकित्सा, सौन्दर्य आदिका लागि परापूर्व कालदेखि उपयोग गरिँदै आएको छ । वास्तवमा मह सुपरपूmड हो । ब्रेन फूड हो । त्यसैले महको उचितरुपमा उपयोग गरेर ब्रेनबोडीलाई स्वस्थ तथा मजबुत बनाउन मात्र होइन रोगहरुको उपचारमा समेत प्रयोग गर्न सकिन्छ ।
मह औषधिः
पुछारमाः
सुपरफूड मह
ओम बानियाँ
भनिन्छ, भोजन ठीक भयो भने रोग नै लाग्दैन । भोजन ठीक भएन भने औषधिले पनि काम गर्दैन । हुन पनि हो, भोजनले मानिसको स्वास्थ्यमा महत्वपूर्ण भूमिका निभाउँछ । त्यसैले स्वास्थ्य ठीक राख्न र शरीर मजबुत बनाउन सधैं स्वास्थ्यवद्र्धक पदार्थहरु सेवन गर्नुपर्छ । प्राणीका लागि प्रकृतिले अनेक यस्ता स्वास्थ्यवद्र्धक सुपरफूडहरु उपलब्ध गराएको छ । मह प्रकृतिको एउटा यस्तै दिव्य उपहार हो ।
मह के हो ?
माहुरीले फूलको रस चुसेर त्यसमा अतिरिक्त पदार्थहरू मिलाई चाकामा एकत्र गर्दा बन्ने प्राकृतिक गुलियो पदार्थ हो, मह । सम्भवत् मह पृथ्वीमा पाइने सबैभन्दा पुरानो गुलियो पदार्थ हो । महलाई आयुर्वेदले अमृतसमान मानेको छ । परापूर्वकालदेखि नै शारीरिक ताकत र स्वास्थ्य रक्षाका लागि महको उपयोग हुदै आएको छ । मह कहिल्यै बिग्रिँदैन । ऐतिहासिक तथ्यहरू अनुसार, सन् १९२३ मा मिश्रको फराओ नूनन खामेनको पिरामिडमा रुसी वैज्ञानिकहरूले महले भरिएको एउटा बट्टा भेटेका थिए, जुन करिव ३३ सय वर्ष पुरानो थियो, तैपनि बिग्रिएको थिएन । त्यसको स्वाद र गुणमा समेत अन्तर भेटिएन । माहुरीको प्रजाति र वनस्पतिको विविधता अनुरूप नै महको रंग, स्वाद र गुणमा अन्तर हुन्छ । मह बन्ने मौसम, ऋतुका कारण पनि यसको गुण प्रभावित हुने आयुर्वेदमा उल्लेख छ ।
सुपरफूड महः
महमा पोषक तत्वहरुको पावरहाउस हो । रासायनिक रुपले हेर्दा यसमा ग्लुकोज ३१.३ प्रतिशत, फ्रुक्टोज ३८.२ प्रतिशत, माल्टोज ७.१ प्रतिशत, सुक्रोज १.३ प्रतिशत, चिनी १.५ प्रतिशत, पानी १७.२ प्रतिशत, भस्म ०.२ प्रतिशत र अन्य रसायन ३.२ प्रतिशत हुन्छन् । यसमा भिटामिन ए, बी, सी, सोडियम, क्याल्सियम, फस्फोरस, आयोडिन तथा आइरन आदि पाइन्छ । महमा पाइने प्रमुख पोषण कार्बोहाइड्रेट हो । यसमा झन्डै ८२ प्रतिशत कार्बोहाइड्रेट हुन्छ । चाखलाग्दो कुरा के छ भने, जम्मा ३० ग्राम मह खाएर ऊर्जा पाएको मौरीले पूरै संसार घुम्न सक्दछ । मह खानपान र तागतका लागि मात्र नभई चिकित्सा, सौन्दर्य आदिका लागि परापूर्व कालदेखि उपयोग गरिँदै आएको छ । वास्तवमा मह सुपरपूmड हो । ब्रेन फूड हो । त्यसैले महको उचितरुपमा उपयोग गरेर ब्रेनबोडीलाई स्वस्थ तथा मजबुत बनाउन मात्र होइन रोगहरुको उपचारमा समेत प्रयोग गर्न सकिन्छ ।
मह औषधिः
महलाई शक्तिवर्धक र रोगनिरोधक क्षमता भएको मानिन्छ । महमा जुनसुकै औषधिसंग मिलेर काम गर्ने सक्ने गुण हुन्छ । यसको प्रयोग विभिन्न रोगमा प्रभावकारी मानिन्छ । प्राचीनकाल देखि नै महलाई जीवाणुरोधी (एन्टिब्याक्टेरियल) तत्व मानिँदै आएको छ । यसमा भएको एन्टिब्याक्टेरियल, एन्टिमाइक्रोबियल गुणले केही ब्याक्टेरियालाई फैलिन दिँदैन । यसै कारण हाम्रो समाजमा महलाइ पोलेको र काटेको शारीरिक अंग र घाउमा समेत लगाउने गरिन्छ । महमा भएका पौष्टिक तत्वबाट घाउ निको पार्न र तन्तुको वृद्घिमा मद्धत पुग्दछ । यसले क्षतिग्रस्त छालाको उपचारमा सघाउँछ । दिनहुँ मह सेवन गर्दा हाम्रो शरीरमा शक्ति, स्फूर्तिसँगै रोगप्रतिरोधक क्षमतासमेत बढ्छ । दम र कफ हटाउनुपरे महको उपयोग निकै राम्रो मानिन्छ । उच्च रक्तचाप नियन्त्रण, मुटु सम्बन्धी रोगबाट जोगिन पनि मह सेवनबाट फाइदा मिल्छ । रगत शुद्घीकरण गर्नलाई पनि मह प्रभावकारी मानिन्छ । यसको सेवनले कालो पोतो, डन्डिफोर आदि हट्छ र अनुहारमा चमक आउँछ । महको नियमित सेवनले आन्द्रा र मृगौलासमेत स्वस्थ रहन्छन् । घाँटी खसखसाए, रुघाखोकी लागे मह मिसाएको चिया वा तातो कागतीपानी खाँदा प्रभावकारी हुन्छ । मह धेरै खानुपर्दैन, थोरै खाँदा पनि राम्रै काम गर्छ । एउटा अध्ययन अनुसार, माथिल्लो सासनलीको संक्रमण भएका दुई वर्ष वा अझ बढी उमेरका बालबालिकालाई सुत्ने बेला दुई चम्चा (१० मिलिलिटर) मह दिंदा रात्रिकालीन खोकी कम हुँदै जान्छ र साथै निद्रा राम्ररी लाग्न थाल्छ । यस्तै, सामान्य रुघाखोकीमा समेत मह प्रभावकारी पाइएको छ । महको नियमित सेवन गरेमा यौन क्षमता बढाउनुका साथै यौन क्षमतालाई बचाइराख्न पनि मद्दत गर्छ । अल्सरका रोगीले नियमित महको सेवन गर्दा यस समस्याबाट सजिलै आराम पाउन सकिन्छ । खानामा रुची बढाउन, खोकी, कब्जियतजस्ता रोगहरु निको पार्न मह निकै उपयोगी मानिन्छ । यसकासाथै महले मानिसको स्मरण शक्ति बढाउँछ । ताप र प्रकाशले इन्जाइम खतम हुने भएकोले औषधीको रूपमा अप्रशोधित मह प्रयोग गरिन्छ ।
आयुर्वेदमा मात्र नभएर एलोपेथिक उपचार पद्धतिमा समेत महलाई गुणकारी औषधिका रुपमा मान्यता दिइएको छ । तर हामीले खाने मह भने मिसावटयुक्त हुनु हँुदैन । माहुरीले बनाएको शुद्ध मह हुनुपर्छ । गाउँघरमा पाइने शुद्ध महले औषधिको काम गर्छ । सामान्यतया दैनिक एकदेखि दुई चम्चा मह मनतातो पानीमा वा दूधमा मिसाएर खानु राम्रो मानिन्छ ।
मह सेवनमा सावधानीः
मह मानिसका लागि ज्यादै उपयोगी भएता पनि यसको सेवनमा केही सावधानी अपनाउन जरुरी छ । महको प्रयोग कसरी गर्ने भन्नेबारेमा आयुर्वेदको भनाई यस्तो छः माछा—मासुसित मह खानु विष सरह हुन्छ । कागति, सुन्तला, बेलाउती तथा अंगुरजस्ता अमिलो फलहरुको साथ मह खानु अमृतसमान हुन्छ । चिया र कफीको साथ मह विष समान हुन्छ । महलाई आगोमा कहिलेपनि तताउनु वा उमाल्नु हुँदैन । घिउ र महको समान मात्रा कहिले खानु हुँदैन । चिनीमा मह मिसाउनु विष सरह नै हुन्छ । तेल, घिउ र नौनीसित मह मिसाएर खानु विषसमान हुन्छ । निकै गर्मी वा धापिएर आएको बेला मह खाँदा हानिकारक हुन्छ । बढिरहेको ज्वरोमा दूध, घिऊ र मह सेवन विषसमान हुन्छ । यदि कसैले विष सेवन गरेको छ भने त्यो बेला मह खुवाउँदा विषको प्रभाव अझ बढेर मृत्युनजिक प¥याउँछ ।.मह सेवन गर्ने बित्तिकै तातो पानी पिउनु हुँदैन । एकै पटक धेरै मह खानु राम्रो हुँदैन । दिनमा दुईतीन चम्चासम्म मह खान मिल्छ । एक पटकमा केटाकेटीले २५ ग्राम र वयस्क मानिसले ५० ग्रामसम्म मह सेवन गर्नुपर्छ ।
सक्कली मह/नक्कली मह
दूधसँग
मिसाएर खाए तौल बढाउन सहयोग पु¥याउने, तातोपानीमा मिलाएर खाए बढेको तौल
घटाएर छरितो तुल्याउने । यस्तो अमृतगुण भएको खानेकुरा हो मह । यस्तो गुनिलो
महलाई आजभोलि विकृत तुल्याएर बेच्ने धन्दा चलेको छ । समाजले सेवा–धर्म
भुलेको छ र जसरी पनि दाम कमाउने होडबाजीमा मानिस लागेका छन् । महका नाममा
चिनीको चास्नी भिडाएर दाम कमाउनेहरूको बिगबिगी चलेको परिवेशमा असली मह कसरी
खुट्याउने त ? असल महको गुण चिन्ने केही उपाय यस्ता छन् । सबै भन्दा सजिलो
विधि त पानीमा मह हालेर हेर्ने नै हो । महका केही थोपा पानीमा खसाल्नुस्,
ती थोपा पिँधमा गएर बस्छ भने त्यो मह असली रहेछ भनी बुझ्नुस्, यदि
त्यत्तिकै पानीमा घुल्यो भने त्यो नक्कली हो । आयोडिन र पानीको माध्यमबाट
पनि महको सत्य पत्ता लगाउन सकिन्छ । यदि महपानीमा आयोडिन मिसाउँदा त्यो
नीलो रङमा बदलियो भने त्यो असली मह नभई त्यसमा माड वा मैदा मिसाइएको छ भनी
बुझ्दा हुन्छ । यस्तै ब्लोटिङ पेपरमा राख्दा सोसियो भने पनि मह नक्कली रहेछ
भनी बुझ्न सकिन्छ भने काठको छेस्कोमा कपास लपेटेर त्यसमा मह चोबेर आगो
लगाउँदा जल्यो भने त्यो शुद्ध मह रहेछ भनी ढुक्कले सेवन गर्दा हुन्छ ।
शुद्ध मह कुकुरले खाँदैन भन्ने बुढापाकाहरुको भनाइ छ ।
पुछारमाः
माहुरीले विभिन्न वनस्पतिहरुको परागबाट मह बनाउँछ । त्यसैले वनस्पतिको श्रोत अनुसार महको औषधिय गुण पनि अलग–अलग हुन्छ । वसन्त ऋतुमा विकसित वनस्पतिहरुको परागबाट निर्मित मह सर्वोत्कृष्ट हुन्छ । सहरबजार वा घरआँगनमा फुलेको वनस्पतिहरुको तुलनामा जंगली वनस्पतिहरुको मह सबभन्दा राम्रो हुन्छ । (लेखक साइकोथेरापिस्ट तथा पोषणविद् हुन्। )




No comments:
Post a Comment