Sunday, May 17, 2020

ब्रेन बाइट्स

कोरोनाबाट कसरी बच्ने ?
ओम बानियाँ 

कोरोना भाइरस (सार्स कोभ २) संक्रमण छिट्टै हट्ने लक्षण देखिँदैन । जाडोयाममा यस भाइरसले झनै उघ्ररुप लिन सक्दछ । सधैंभरि लक डाउन गरेर पनि साद्य छैन । त्यसैले ढिलोचाँढो यस भाइरसको सामाना गर्नुको विकल्प छैन । यसका लागि हरेक व्यक्तिले आजैदेखि आफ्नो जीवनशैली परिवर्तन गर्न नितान्त आवश्यक छ । 



भौतिक दुरी कायम राख्ने, भीडभाडबाट टाढा रहने, पटक पटक हात धुने र हात नधोइकन अनुहार नछुने, सरसफाइका साथै आहारबिहारमा विशेष ध्यान दिने । योग, प्राणायाम तथा व्यायाम गर्ने, चुरोट, रक्सी, चिसो तथा गुलियो पदार्थ, फास्टफुड्स, जंकफुड्स सेवन नगर्ने, गिलोय, तुलसी, अमला, कागति, अदुवा, प्याज, बेसार तथा लहसुन आदि कुनै न कुनै रुपमा सेवन गर्ने तथा मनबाट डरत्रास हटाउने ।

वैज्ञानिक अध्ययन भन्छ, यदि मानिसको शरीरको रगत प्लाज्मामा लगभग १६ एमसीएमओएल प्रति लिटर  भिटामिन सी हुन्छ भने भाइरस तथा ब्याक्टेरियाले आक्रमण गर्न नसक्ने लगभग ८० प्रतिशत चान्स हुन्छ । यदि गरिहाले पनि शरीरको इम्युनिटिले यस्ता भाइरसहरुलाई खेदेर शरीर बाहिर फ्याँकिदिन्छ । भिटामिन सीको प्रमुख स्रोतहरु भनेको अमला, कागति, सुन्तला, मौसमी तथा अन्य अमिलो फलफुल तथा तरकारीहरु हुन् । अतः दैनिक दुई दाना ताजा अमला वा एक चम्चा शुद्ध अमला पाउडर सेवन गर्ने हो भने इम्युनिटि बढ्ने मात्र होइन, अनेक स्वास्थ्य लाभ प्राप्त हुन्छ । 

कोरोना भाइरस शरीरमा प्रवेश गर्ने मूल बाटो भनेको नाक र मुख हो । त्यसैले नाक र मुख सफा गर्न तथा भाइरसहरुलाई त्यहाँबाट बाहिर फ्याँक्न जलनेति र गार्गल महत्वपुर्ण हुने हँदा दिनहुँ जलनेति र गार्गल गर्न अत्यन्तै फाइदाजनक हुन्छ ।    

जलनेति गरेर नाक सफा गर्ने । जलनेति गर्ने विधि यस प्रकार छ– टुटीवाल नेती लोहोटामा अलिकति नून हालेको मनतातो पानी भर्ने । टुक्रक्क बस्ने । सर्वप्रथम, नाकको जुन स्वर चलेको छ अर्थात् जुन नाकको प्वालबाट सास चलेको छ, त्यसलाई माथितिर फर्काएर मास्तिरको नासापुटमा टुटी लगाएर पानी खसाल्ने । अर्को नासापुटबाट पानी झर्न शुरू गर्दछ । आधा जति पानी यसरी खसालेपछि यो क्रिया अर्को नाकको प्वालबाट गर्ने । त्यसपछि जोडले सिं सिं गरेर दुवै नासापुट सफा गर्ने, नाकमा एक थोपा पनि पानी रहनु हुँदैन । जलनेति क्रियाले नाकभित्र बसेका भाइरसहरुलाई बाहिर फ्याँक्न सक्दछ । यसका अन्य थुप्रै फाइदाहरू पनि छन् । जलनेतिले शिरो भागका सम्पूर्ण अंगहरू नाक, कान, आँखा, गला आदि शुद्ध र निरोग राख्दछ । टाउको दुख्ने, पिनास, टन्सिल, कानको रोग, रूघा–खोकी तथा आँखाका रोगहरूमा धेरै फाइदा गर्दछ । यस्ता रोगहरू हुन दिँदैन, भएको भए जरैसँग हटाउँछ । सँुघ्ने, सुन्ने, देख्ने र बोल्ने शक्तिको साथै स्मरणशक्ति वृद्धिमा सहयोग गर्दछ । यस क्रियाबाट नाक सफा भइ नाक राम्रोसँग खुल्दछ, जसले गर्दा प्राणायाम गर्न सजिलो हुन्छ । 


जलनेति गरेपछि नाकमा एक एक थोपा घिउ वा तिलको तेल वा नरिवलको तेल हाल्ने । अनि आयल पुलिगं गर्ने । यसका लागि एक चम्चा तिल वा नरिवलको तेल मुखमा राखेर २, ३ मिनेट मुख वरिपरि घुमाउने र थुक्ने । अनि नुनबेसार हालेको तातो पानीले कुल्ला गर्ने ।





No comments:

Post a Comment