Sunday, May 31, 2020

हेल्थ फर्स्ट 

सुपरफूड मह 
 ओम बानियाँ

निन्छ, भोजन ठीक भयो भने रोग नै लाग्दैन । भोजन ठीक भएन भने औषधिले पनि काम गर्दैन । हुन पनि हो, भोजनले मानिसको स्वास्थ्यमा महत्वपूर्ण भूमिका निभाउँछ । त्यसैले स्वास्थ्य ठीक राख्न र शरीर मजबुत बनाउन सधैं स्वास्थ्यवद्र्धक पदार्थहरु सेवन गर्नुपर्छ । प्राणीका लागि प्रकृतिले अनेक यस्ता स्वास्थ्यवद्र्धक सुपरफूडहरु उपलब्ध गराएको छ । मह प्रकृतिको एउटा यस्तै दिव्य उपहार हो ।


मह के हो ? 
माहुरीले फूलको रस चुसेर त्यसमा अतिरिक्त पदार्थहरू मिलाई चाकामा एकत्र गर्दा बन्ने प्राकृतिक गुलियो पदार्थ हो, मह । सम्भवत् मह पृथ्वीमा पाइने सबैभन्दा पुरानो गुलियो पदार्थ हो । महलाई आयुर्वेदले अमृतसमान मानेको छ । परापूर्वकालदेखि नै शारीरिक ताकत र स्वास्थ्य रक्षाका लागि महको उपयोग हुदै आएको छ । मह कहिल्यै बिग्रिँदैन । ऐतिहासिक तथ्यहरू अनुसार, सन् १९२३ मा मिश्रको फराओ नूनन खामेनको पिरामिडमा रुसी वैज्ञानिकहरूले महले भरिएको एउटा बट्टा भेटेका थिए, जुन करिव ३३ सय वर्ष पुरानो थियो, तैपनि बिग्रिएको थिएन । त्यसको स्वाद र गुणमा समेत अन्तर भेटिएन । माहुरीको प्रजाति र वनस्पतिको विविधता अनुरूप नै महको रंग, स्वाद र गुणमा अन्तर हुन्छ । मह बन्ने मौसम, ऋतुका कारण पनि यसको गुण प्रभावित हुने आयुर्वेदमा उल्लेख छ ।

सुपरफूड महः
महमा पोषक तत्वहरुको पावरहाउस हो । रासायनिक रुपले हेर्दा यसमा ग्लुकोज ३१.३ प्रतिशत, फ्रुक्टोज ३८.२ प्रतिशत, माल्टोज ७.१ प्रतिशत, सुक्रोज १.३ प्रतिशत, चिनी १.५ प्रतिशत, पानी १७.२ प्रतिशत, भस्म ०.२ प्रतिशत र अन्य रसायन ३.२ प्रतिशत हुन्छन् । यसमा भिटामिन ए, बी, सी, सोडियम, क्याल्सियम, फस्फोरस, आयोडिन तथा आइरन आदि पाइन्छ । महमा पाइने प्रमुख पोषण कार्बोहाइड्रेट हो । यसमा झन्डै ८२ प्रतिशत कार्बोहाइड्रेट हुन्छ । चाखलाग्दो कुरा के छ भने, जम्मा ३० ग्राम मह खाएर ऊर्जा पाएको मौरीले पूरै संसार घुम्न सक्दछ । मह खानपान र तागतका लागि मात्र नभई चिकित्सा, सौन्दर्य आदिका लागि परापूर्व कालदेखि उपयोग गरिँदै आएको छ । वास्तवमा मह सुपरपूmड हो । ब्रेन फूड हो । त्यसैले महको उचितरुपमा उपयोग गरेर ब्रेनबोडीलाई स्वस्थ तथा मजबुत बनाउन मात्र होइन रोगहरुको उपचारमा समेत प्रयोग गर्न सकिन्छ ।


मह औषधिः

महलाई शक्तिवर्धक र रोगनिरोधक क्षमता भएको मानिन्छ । महमा जुनसुकै औषधिसंग मिलेर काम गर्ने सक्ने गुण हुन्छ । यसको प्रयोग विभिन्न रोगमा प्रभावकारी मानिन्छ । प्राचीनकाल देखि नै महलाई जीवाणुरोधी (एन्टिब्याक्टेरियल) तत्व मानिँदै आएको छ । यसमा भएको एन्टिब्याक्टेरियल, एन्टिमाइक्रोबियल गुणले केही ब्याक्टेरियालाई फैलिन दिँदैन । यसै कारण हाम्रो समाजमा महलाइ पोलेको र काटेको शारीरिक अंग र घाउमा समेत लगाउने गरिन्छ । महमा भएका पौष्टिक तत्वबाट घाउ निको पार्न र तन्तुको वृद्घिमा मद्धत पुग्दछ । यसले क्षतिग्रस्त छालाको उपचारमा सघाउँछ । दिनहुँ मह सेवन गर्दा हाम्रो शरीरमा शक्ति, स्फूर्तिसँगै रोगप्रतिरोधक क्षमतासमेत बढ्छ । दम र कफ हटाउनुपरे महको उपयोग निकै राम्रो मानिन्छ । उच्च रक्तचाप नियन्त्रण, मुटु सम्बन्धी रोगबाट जोगिन पनि मह सेवनबाट फाइदा मिल्छ । रगत शुद्घीकरण गर्नलाई पनि मह प्रभावकारी मानिन्छ । यसको सेवनले कालो पोतो, डन्डिफोर आदि हट्छ र अनुहारमा चमक आउँछ । महको नियमित सेवनले आन्द्रा र मृगौलासमेत स्वस्थ रहन्छन् । घाँटी खसखसाए, रुघाखोकी लागे मह मिसाएको चिया वा तातो कागतीपानी खाँदा प्रभावकारी हुन्छ । मह धेरै खानुपर्दैन, थोरै खाँदा पनि राम्रै काम गर्छ । एउटा अध्ययन अनुसार, माथिल्लो सासनलीको संक्रमण भएका दुई वर्ष वा अझ बढी उमेरका बालबालिकालाई सुत्ने बेला दुई चम्चा (१० मिलिलिटर) मह दिंदा रात्रिकालीन खोकी कम हुँदै जान्छ र साथै निद्रा राम्ररी लाग्न थाल्छ । यस्तै, सामान्य रुघाखोकीमा समेत मह प्रभावकारी पाइएको छ । महको नियमित सेवन गरेमा यौन क्षमता बढाउनुका साथै यौन क्षमतालाई बचाइराख्न पनि मद्दत गर्छ । अल्सरका रोगीले नियमित महको सेवन गर्दा यस समस्याबाट सजिलै आराम पाउन सकिन्छ । खानामा रुची बढाउन, खोकी, कब्जियतजस्ता रोगहरु निको पार्न मह निकै उपयोगी मानिन्छ । यसकासाथै महले मानिसको स्मरण शक्ति बढाउँछ । ताप र प्रकाशले इन्जाइम खतम हुने भएकोले औषधीको रूपमा अप्रशोधित मह प्रयोग गरिन्छ । 


आयुर्वेदमा मात्र नभएर एलोपेथिक उपचार पद्धतिमा समेत महलाई गुणकारी औषधिका रुपमा मान्यता दिइएको छ । तर हामीले खाने मह भने मिसावटयुक्त हुनु हँुदैन । माहुरीले बनाएको शुद्ध मह हुनुपर्छ । गाउँघरमा पाइने शुद्ध महले औषधिको काम गर्छ । सामान्यतया दैनिक एकदेखि दुई चम्चा मह मनतातो पानीमा वा दूधमा मिसाएर खानु राम्रो मानिन्छ । 

मह सेवनमा सावधानीः
मह मानिसका लागि ज्यादै उपयोगी भएता पनि यसको सेवनमा केही सावधानी अपनाउन जरुरी छ । महको प्रयोग कसरी गर्ने भन्नेबारेमा आयुर्वेदको भनाई यस्तो छः माछा—मासुसित मह खानु विष सरह हुन्छ । कागति, सुन्तला, बेलाउती तथा अंगुरजस्ता अमिलो फलहरुको साथ मह खानु अमृतसमान हुन्छ । चिया र कफीको साथ मह विष समान हुन्छ । महलाई आगोमा कहिलेपनि तताउनु वा उमाल्नु हुँदैन । घिउ र महको समान मात्रा कहिले खानु हुँदैन । चिनीमा मह मिसाउनु विष सरह नै हुन्छ । तेल, घिउ र नौनीसित मह मिसाएर खानु विषसमान हुन्छ । निकै गर्मी वा धापिएर आएको बेला मह खाँदा हानिकारक हुन्छ । बढिरहेको ज्वरोमा दूध, घिऊ र मह सेवन विषसमान हुन्छ । यदि कसैले विष सेवन गरेको छ भने त्यो बेला मह खुवाउँदा विषको प्रभाव अझ बढेर मृत्युनजिक प¥याउँछ ।.मह सेवन गर्ने बित्तिकै तातो पानी पिउनु हुँदैन । एकै पटक धेरै मह खानु राम्रो हुँदैन । दिनमा दुईतीन चम्चासम्म मह खान मिल्छ । एक पटकमा केटाकेटीले २५ ग्राम र वयस्क मानिसले ५० ग्रामसम्म मह सेवन गर्नुपर्छ ।
सक्कली मह/नक्कली मह   

दूधसँग मिसाएर खाए तौल बढाउन सहयोग पु¥याउने, तातोपानीमा मिलाएर खाए बढेको तौल घटाएर छरितो तुल्याउने । यस्तो अमृतगुण भएको खानेकुरा हो मह । यस्तो गुनिलो महलाई आजभोलि विकृत तुल्याएर बेच्ने धन्दा चलेको छ । समाजले सेवा–धर्म भुलेको छ र जसरी पनि दाम कमाउने होडबाजीमा मानिस लागेका छन् । महका नाममा चिनीको चास्नी भिडाएर दाम कमाउनेहरूको बिगबिगी चलेको परिवेशमा असली मह कसरी खुट्याउने त ? असल महको गुण चिन्ने केही उपाय यस्ता छन् । सबै भन्दा सजिलो विधि त पानीमा मह हालेर हेर्ने नै हो । महका केही थोपा पानीमा खसाल्नुस्, ती थोपा पिँधमा गएर बस्छ भने त्यो मह असली रहेछ भनी बुझ्नुस्, यदि त्यत्तिकै पानीमा घुल्यो भने त्यो नक्कली हो । आयोडिन र पानीको माध्यमबाट पनि महको सत्य पत्ता लगाउन सकिन्छ । यदि महपानीमा आयोडिन मिसाउँदा त्यो नीलो रङमा बदलियो भने त्यो असली मह नभई त्यसमा माड वा मैदा मिसाइएको छ भनी बुझ्दा हुन्छ । यस्तै ब्लोटिङ पेपरमा राख्दा सोसियो भने पनि मह नक्कली रहेछ भनी बुझ्न सकिन्छ भने काठको छेस्कोमा कपास लपेटेर त्यसमा मह चोबेर आगो लगाउँदा जल्यो भने त्यो शुद्ध मह रहेछ भनी ढुक्कले सेवन गर्दा हुन्छ । शुद्ध मह कुकुरले खाँदैन भन्ने बुढापाकाहरुको भनाइ छ ।
 
पुछारमाः

माहुरीले विभिन्न वनस्पतिहरुको परागबाट मह बनाउँछ । त्यसैले वनस्पतिको श्रोत अनुसार महको औषधिय गुण पनि अलग–अलग हुन्छ । वसन्त ऋतुमा विकसित वनस्पतिहरुको परागबाट निर्मित मह सर्वोत्कृष्ट हुन्छ । सहरबजार वा घरआँगनमा फुलेको वनस्पतिहरुको तुलनामा जंगली वनस्पतिहरुको मह सबभन्दा राम्रो हुन्छ । (लेखक साइकोथेरापिस्ट तथा पोषणविद् हुन्। )














Saturday, May 30, 2020

हेल्थ फर्स्ट 

 सूर्य स्नान र स्वास्थ्य 
ओम बानियाँ

सूर्यलाई समस्त जड तथा चेतना जगतको आत्मा भनिन्छ । त्यो किनभने सृष्टि संचालनमा सूर्यको महत्वपूर्ण भूमिका छ । यस सृष्टिका समस्त वनस्पति तथा प्राणी जगत सूर्यको ऊर्जाबाट निर्माण, विकास र सञ्चालन भएको पाइन्छ । सूर्यको प्रकाश बिना प्राणी जिवित रहन सक्दैन । जसरी घाम नपर्ने ठाउँको बोटविरुवा राम्रोसँग हुर्कन र फस्टाउन सक्दैन, त्यसरी नै पर्याप्त घाम नलाग्ने ठाउँका मानिसहरुमा यसरी नै यसको असर पर्छ । जसले गर्दा मानिस अनेक मानसिक तथा शारीरिक समस्याहरुबाट पीडित हुने गर्छन् । भनिन्छ, जुन घरमा सूर्यको प्रकाश जाँदैन, त्यहाँ डाक्टर जान्छ । 



सूर्यको प्रकाशले एकातिर प्राणी तथा वनस्पति जगतलाई ऊर्जा प्रदान गर्छ भने अर्कोतिर हानीकारक किटाणुहरुलाई मार्ने कार्य गर्दछ । त्यसैले घर बनाउँदा पूर्वतिर ढोका राख्ने परम्परा रहेको पाइन्छ । तर, आधुनिक भौतिक सुविधा र भागदौडको जीवनका कारण मानिसको जीवन अस्तव्यस्त भएको छ । पर्याप्त घाम लाग्ने देश र ठाउँका मानिसहरुले पनि सूर्यको प्रकाशलाई पर्याप्तरुपमा सेवन गर्न पाएका हँुदैनन् । विशेष गरेर महिलाहरु घामबाट डडिन्छ भनेर निकै डराउने गर्छन् । घामबाट डराउनु पर्दैन, स्वास्थ्यका लागि घाम निकै आवश्यक छ । सूर्यको प्रकाश महाऔषधि हो । भिटामिन डी तथा सूर्यबाट प्राप्त हुने रङ शरीरलाई अत्यन्तै जरुरी हुन्छ । तर लुगाका कारण हामी सूर्यका रङयुक्त प्रकाशबाट वञ्चित हुन पुग्छौँ । फलस्वरुप अनेक नयाँ–नयाँ रोगहरुले पीडित भएका छौँ । हानिकारक ब्याक्टेरिया तथा भाइरसहरुका लागि त सूर्य स्नान महाऔषधि हो । अतः घामबाट स्वास्थ्य लाभ लिन सप्ताहमा कम्तिमा पनि ३ दिन सूर्य स्नान गर्ने हो भने सुनमा सुगन्ध थपिन्छ । सूर्य स्नानले एकातिर शरीरलाई ऊर्जा तथा पोषण प्रदान गर्छ भने अर्कोतिर विषाक्त तत्वलाई बाहिर निकाल्न मद्दत गर्छ । तर चर्को घामबाट भने जोगिनु पर्छ ।

सूर्य स्नान के होः

साधारण शब्दमा नुहाउनका लागिझैं कपडा खोलेर घाममा बसेर घाम ताप्नुलाई नै सूर्य स्नान भनिन्छ । प्राचिन ग्रन्थ अथर्व वेदमा समेत सूर्य स्नानका वारेमा उल्लेख छ । अथर्व वेदमा लेखिएको छ, जो व्यक्ति बिहान उठेर सूर्यको कलिलो किरण ताप्छ, त्यो व्यक्ति अनेक रोगहरुबाट बच्नुको साथै उसको हृदय स्वस्थ र मजबुत रहन्छ । विदेशतिर सूर्य स्नान निकै लोकप्रिय छ । समुन्द्रको किनारमा बसेर मानिसहरुले सूर्य स्नान गरेको यत्रतत्र देखिन्छ । कतिपय मानिसहरुले नियमितरुपमा नै सूर्य स्नान गर्ने गर्छन् । 
 

सूर्य स्नानका फाइदाः
सूर्य स्नानका अनेक स्वास्थ्य फाइदाहरु छन् । सूर्यको किरण क्यालसियमको प्रमुख स्रोत हो भने भिटामिन डी सूर्यको प्रकाशको सहायताबाट शरीरले आफैं बनाउँछ । त्यसैले सूर्य स्नानले हड्डी स्वस्थ र मजबुत हुन्छ । यहाँसम्म भनिएको छ कि नियमति सूर्य स्नान गर्ने हो भने हड्डीका कुनै पनि रोग लाग्न पाउँदैन, रोग लागेको छ भने पनि ठीक हुन्छ । सूर्य स्नानले मस्तिष्क तथा स्नायुप्रणालीलाई पनि स्वस्थ र मजबुत बनाउँछ । रक्तचाप समान्य बनाउँछ । छाला सम्बन्धित रोगहरु हटाउँछ, छालालाई सुन्दर तथा निरोग बनाउँछ । चिसोको कारणले हुन सक्ने सबै प्रकारका रोगमा सूर्य स्नान निकै प्रभावकारी हुन्छ । सूर्यको प्रकाशले शरीरमा सिरेटोनिन पैदा गर्न महत्वपुर्ण भूमिका निभाउँछ । सिरेटोनिन मुड ठीक गर्न महत्वपूर्ण मानिन्छ । त्यसैले डिप्रेसन तथा तनावबाट बच्न तथा मानसिक रोगहरुबाट छुटकारा पाउन सूर्य स्नान आवश्यक छ । 

सूर्य स्नान गर्ने विधि

सूर्य स्नानको सरल विधि भनेको बिहान तथा साँझको सूर्यको कलिलो किरण ताप्ने  हो । कपडा खोलेर शरीरमा तील, तोरी या नरिवल आदिको तेल लगाएर शान्तसँग घाममा बस्नु नै सूर्य स्नान हो । यसरी सूर्य स्नान गर्दा पहिला शरीरको अघिल्लो भाग घाममा सेकाउने । अनि पछाडिको भाग सेकाउने । आँखालाई घामबाट जोगाउन कालो चश्मा प्रयोग गर्न सकिन्छ ।  तेलले शरीर मालिस गरेर सूर्य स्नान गर्ने हो भने अधिक लाभ प्राप्त हुन्छ । सूर्य स्नानको महत्व जाडो मौसम झन बढी हुन्छ । जाडोयाममा सूर्य स्नान गर्दा एकातिर न्यानो प्राप्त हुन्छ भने अर्कोतिर शरीरलाई सूर्य ऊर्जा मिल्छ । दस मिनेट देखि आधा घण्टासम्म सूर्य गर्न सकिन्छ । सूर्य स्नान पछि मनतातो पानीले स्नान गर्नुपर्छ । योग तथा प्राकृतिक चिकित्सामा सूर्य स्नानका लागि काँचको बाकस बनाइएको हुन्छ । त्यसैमा मानिसलाई टाउको बाहिर राखेर सुताइन्छ । तर, अर्को एउटा सजिलो उपाय पनि छ । जो घरमा सजिलै बनाएर सूर्य स्नान गर्न सकिन्छ । बजारमा पाइने सेतो प्लास्टिकलाई धोक्रोजस्तो बनाउनुपर्छ । जसमा मानिस सजिलैसँग छिर्न सकियोस् । त्यो प्लास्टिक कम्तीमा पनि पाँच फिट हुनु आवश्यक छ । सो प्लास्टिकमा छिरेर घाँटीमा र पैतालको तल हावा नछिर्ने गरी बाध्नुपर्छ । राम्रोसँग घाम लाग्ने खाली चौर वा छतमा बिहानीको समयमा खाली पेटमा यसको अभ्यास गर्दा फाइदा हुन्छ । प्लास्टिक बेरेर घाममा सुत्ने, कम्तीमा तीन गिलास जति पानी पिएर टाउकोलाई एउटा रुमालले भिजाएर बाँध्ने । शिरलाई तातो हुनबाट बचाउनुपर्छ । अर्थात् शिरमा पानी बेलाबेलामा छर्कदैँ जानुपर्छ । शरीरमा लुगा जति सकिन्छ कम लगाउनुपर्छ । जसले गर्दा सम्पूर्ण शरीरमा सूर्यको किरणले राम्रो सँग स्पर्श गर्न पाओस् । हावा बन्द भएर प्रकाशको उष्णता बढ्दै गएपछि छोटो समयमा नै खलखली पसिना आउँछ । यस प्रक्रियालाई अबस्था हेरी कम्तीमा १५ मिनेट अर्थात् राम्रोसँग सम्पूर्ण शरीरबाट पसिना आएपछि बन्द गर्नुपर्छ । यसप्रकारको सूर्य स्नानले भित्र गडेर बसेको चिसो तथा विषाक्त पदार्थहरुलाई बाहिर निकालिदिन्छ ।



पुछारमाः
सूर्यको प्रकाश प्राणीहरुको प्राण हो । औषधि पनि हो । त्यसैले यसको उचित सदुपयोग गरेर तनमनलाई स्वस्थ र सुदृढ राख्न सकिन्छ । यसका लागि एक पैसा खर्च गर्नु पर्दैन । अतः यस कुरालाई मनन गरी जाडो मौसममा दिनहुँ तथा गर्मीयाममा हप्ताको दुईतीन पटक सूर्य स्नान गरेर स्वास्थ्य लाभ प्राप्त गरौं । कोरोना जस्ता भाइरसहरुको संक्रमणबाट बच्न सूर्य स्नानको झनै महत्व छ । (लेखक साइकोथेरापिष्ट, माइण्डबडी थेरापिष्ट तथा मेमोरी ल्याब प्रमुख हुन् ।)



Wednesday, May 27, 2020

ब्रेन बाइट्स 

मनको बाघ
ओम बानियाँ 

नेपालीमा एउटा चर्चित उखान छ, वनको बाघले खाओस नखाओस, मनको बाघले खान्छ । यस उखानले वास्तविक डर भन्दा काल्पनिक डर कति खतरनाक हुन्छ भन्ने कुरा औलाएको छ । हुन पनि हो मनको बाघले मानिसलाई एक पटक होइन, पटक पटक, दिनको हजारौं पटक खान्छ । वास्तवमा मानसिक समस्या भनेको बनको बाघले होइन, मनको बाघले खाएको स्थिति हो । त्यसैले मानसिक रोग (मनोवैज्ञानिक समस्या भन्नु उपयुक्त हुन्छ ।) के हो र यस्ता समस्याहरु पैदा भएको खण्डमा त्यसको सही र स्थायी समाधान के हो भन्ने बुझ्न केही दृष्टान्तहरु हेरौं ।


दृष्टान्त नं. एकः

सुनशान जंगलको बाटो तँपाईं आफ्नै शुरमा कतै हिंडिरहनु भएको छ । अचानक नजिकै बाघ गर्जिएको ठुलो आवाज आउँछ । तँपाईंको सातोपुत्लो उड्छ । ज्यान जोगाउन तँपाईं त्यहाँबाट भएभरको शक्ति लगाएर तुफान भाग्नु हुन्छ । र, सुरक्षित ठाउँमा पुग्नु हुन्छ । अब तँपाईलाई थाहा हुन्छ । तँपाईका मुटु बेजोडले धड्किरहेको छ, पसिनाले शरीर लुछुप्प छ । सास छिटो छिटो चलेको छ । गबराहटले हगु कि मुतु भएको छ । त्यसबेला तँपाईको बीपी नाप्ने हो भने २ सय कटेको हुन्छ, मस्तिष्क रसायनहरु उथलपथल तथा असन्तुलन भएका हुन्छन् । केही क्षणको विश्रामपछि बिस्तारै बिस्तारै सबकुछ सामान्य हुन्छ । हरेक डरलाग्दा परिस्थितिहरुको सामना गर्नु पर्दा यस्तै लक्षणहरु देखा पर्छन् ।


बनको बाघले पैदा गरेको यस स्थिति कुनै मानसिक समस्या होइन, यो सामान्य घटना हो । यो स्थिति बाघको डर र बाघको संभावित आक्रमणबाट बच्नको लागि मस्तिष्कले पैदा गरेको शरीरिक प्रतिक्रिया हो । संसारका हरेक मानिसलाई धेरैथोरै बनको बाघले यस्तो स्थिति पैदा गराउँछ । मानिसले मात्र होइन हरेक प्राणीहरुले यस्तो स्थितिमा यस्तै प्रतिक्रिया देखाउँछन् । यस्तो अवस्थामा बीपी र एनजाइटि (भय) कम गर्न कुनै औषधिको आवश्यकता पर्दैन ।

दृष्टान्त नं. दुईः
तर, तँपाई घरमा बसिरहनु भएको छ वा अफिसमा काम गरिहनु भएको छ । तर पनि तँपाईलाई मुटुको धड्कन महसुस भइरहेको छ । डर लागिरहेको छ । मन बैचन छ । हरहमेसा यस्तो स्थिति छ भने सम्झनुहोस् तँपाईको मनमा काल्पनिक बाघ (कुनै चिन्ता, डर तथा भय) बसेको छ र त्यस बाघले तपाईंलाई पटक पटक, दिनको हजार पटक खाइरहेको छ । यहाँ उल्लेखनिय कुरा के भने जंगलको बाघ समान्य घटना हो, तर मनको बाघ चाहीं सामान्य घटना होइन, यो मनोवैज्ञानिक समस्या हो । यस समस्यालाई मनोचिकित्सामा सामान्यकृत दुश्चिन्ताको समस्या मानिन्छ । यस अवस्थामा पनि मुटुको धड्न बढेको हुन्छ, सास छिटो चलेको हुन्छ, मस्तिष्क रसायन असन्तुलन भएको हुन्छ । बीपी आदि बढेको हुन सक्दछ । यस समस्याको समाधानका लागि साइक्याट्रिले अनेक प्रकारका औषधिहरु सिफारिस गरेको छ ।


दृष्टान्त नं. तीनः
तपाईं सामान्य अवस्थामा कतै जानु भएको छ । तर, बिना कारण अचानक मुटु फुट्ला जस्तो हुन्छ, सास छिटो छिटो चल्छ, चितचित पसिना निस्किन्छ, त्यही वेहोस भई पल्टिउलाँ जस्तो हुन्छ । १० मिनेटदेखि आधा घण्टा पछि सबकुछ समान्य हुन्छ । यस्तो अवस्था यस कारण सृजना हुन्छ कि अचानक तँपाईको मनमा बाघ आउँछ र केहीबेर पछि आफैं मनबाट जान्छ । यो पनि सामान्य घटना होइन, मनोचिकित्साको भाषामा पैनिक अट्याकको समस्या हो । यस्तो बेलामा पनि मस्तिष्क रसायन असन्तुलन भएको हुन्छ । बीपी आदि बढेको हुन सक्दछ । यस समस्याको समाधानका लागि पनि साइक्याट्रिले अनेक प्रकारका औषधिहरु सिफारिस गरेको छ ।


दृष्टान्त नं. चारः
अरु बेला तँपाईले आफ्नो दिनचर्या सामान्यरुपमा गर्नुहुन्छ । तर, कसैसँग बोल्दा आँखामा आँखा जुधाएर बोल्न सक्नुहँुदैन । बिवाहपार्टी वा कुनै सामाजिक तथा सार्वजनिक समारोहमा जान, मानिसको अगाडि बोल्ने स्थितिबाट तपाई पन्छिनु हुन्छ तथा बाद्यताबस त्यस्तो स्थिति सामना गर्नु परेमा अचानक मुटु फुट्ला जस्तो हुन्छ, सास छिटो छिटो चल्छ, चितचित पसिना निस्किन्छ, त्यही वेहोस भई पल्टिउलाँ जस्तो हुन्छ भने यो पनि सामान्य घटना होइन, यो पनि मनको बाघले खाएको स्थिति हो, यसलाई मनोविज्ञानमा समाजिक फोबिया भनिन्छ । यस्तो बेलामा पनि मस्तिष्क रसायन असन्तुलन भएको हुन्छ । बीपी आदि पनि बढेको हुन सक्दछ । यस समस्याको समाधानका लागि पनि साइक्याट्रिले अनेक प्रकारका औषधिहरु सिफारिस गरेको छ ।
अतः उपर्युक्त चार अवस्थाहरुको कारण हो, बाघ (डर) । पहिलो घटनाको कारण हो बनको बाघ (बाघको डर) । बाँकी घटनाहरुको कारण हो मनको बाघ (काल्पनिक भय) । अब एउटा गहन प्रश्न उठ्छ, के साइक्याट्रिले सिफारिस गरेका औषधिहरुले मनका यस्ता बाघहरु हटाउन सक्दछ ? पक्कै सक्दैन । त्यसैले त औषधिहरु खानुजेलसम्म मनको बाघले पैदा गरेका लक्षणहरु केही कम भए जस्तो भएता पनि औषधि सेवन गर्न छोडेपछि लक्षणहरु फेरि उस्तै भएर वा अझ उघ्र भएर आउँछन् । 

 डरको मनोविज्ञान 
मनोवैज्ञानिक प्रयोगको एउटा कथा छ । जघन्य अपराधमा मृत्यदण्ड पाएका एक कैदीलाई भनियो, अब तिमीलाई मृत्युदण्ड दिइनेछ । मृत्युदण्ड विषालु सर्पले तिम्रो टाउको टोकाएर दिइनेछ । र, सर्पले टोक्ने बित्तिकै तत्काल तिम्रो मृत्यु हुनेछ । त्यसपछि उनलाई जंगलमा लगियो र उनको आँखामा पट्टी बाँधियो । अनि उनको निधारमा सर्पले डसेजस्तो गरेर पिनले घोचियो । उनले घोचेको थाहा पाए । यत्तिनै बेला उनको आँखाको पट्टी खोलियो । उनको अगाडि एउटा अजंगको विषालु सर्प थियो । कैदीले सोचे, सर्पले डस्यो । उनी एकाएक कहालिए, सर्पले टोकेपछि मानिस मर्छ भन्ने डरले डराएरै उनी मरे ।

अतः मनोवैज्ञानिक समस्याहरुको सही समाधान भनेको नै मनको बाघलाई मनबाट हटाउनु हो । मनको बाघलाई मनबाट नहटाएसम्म मनको बाघले पैदा भएका लक्षणहरु फर्किफर्कि आउँछन् । तर बिडम्बना के भने साइक्याट्रि यस बाटोतर्फ हिंडेको देखिँदैन । त्यो किनभने यस बाटोमा कुनै फाइदा छैन । फाइदा त मेडिसिनमा छ । त्यसैले साइक्याट्रि भन्छ, प्रोप्रैनोलोल खाऊ, भाषण गर्न जाऊ । यो भन्दा अवैज्ञानिक तर्क अरु के हुन सक्दछ ? यो त भाषणको डर लाग्छ भने एक प्याक खाऊ र भाषण गर्न जाऊ भने जस्तै भएन र ? स्थायीरुपमा भाषणको भय(समाजिक फोबिया) हटाउन मनमा अड्डा जमाएर बसेको स्टेजरुपी मनको बाघलाई मनबाट हटाउनु पर्छ, यसको कुनै विकल्प छैन । 


मनबाट स्टेजरुपी मनको बाघ हटाउन भाषण कला, रिहर्सल तथा एक्पोजर थेरापि जस्ता मनोवैज्ञानिक टेक्निकहरु सहयोगी हुन्छन् । प्रमुख कुरा मनलाई बलियो र शक्तिशाली बनाउनु हो । मानिसको मन बलियो र शक्तिशाली भयो भने कहिलेकाही बनमा बनको बाघले खाना खोजे पनि मनको बाघले कहिल्यै खाँदैन । मनलाई स्थिर, शान्त र मजबुत बनाउन मेडिसिन होइन, सकारात्मक सोच, स्वस्थ जीवनशैली, योग, प्राणायाम तथा ध्यान जस्ता विधीहरुले सघाउँछ । यस्ता विधीहरु अपनाएर नै हामी शारीरिक तथा मानसिक रुपमा निरोगी जीवन बाँच्न सक्छौं । (लेखक साइकोथेरापिष्ट हुन् ।)


 


Monday, May 25, 2020

ब्रेन बाइट्स

टेन्सन फ्रि लाइफ
ओम बानियाँ 

दास, निरश र फुस्रो अनुहार । गहिरिँदै गएका चमकहीन आँखा । र, कलेटी परेका ओठ । बानेश्वरका श्यामले दबेको आवाजमा  आफ्नो समस्या यसरी बताए, डा. साब, निन्द्रा लाग्दैन, भोक पनि लाग्दैन । टाउको भारी हुन्छ । हुँदाहुँदा अहिले त मान्छे देख्दा पनि डर लाग्न थालेको छ । घर बाहिर निस्किन पनि गाह्रो हुन थाल्यो । श्यामको पारिवारिक, आर्थीक तथा पेशागत पृष्ठभूमिबाट उनी व्यावहारिक कारणले गर्दा निरन्तर तनावमा फसेको देखियो । समयैमा नै तनाव व्यवस्थापन गर्न नसक्दा उनी मानसिक रोगको चरणमा पुगिसकेका थिए । हुन पनि जग्गा कारोबार गर्दै आएका श्याम चर्को आर्थिक ऋणमा फसेका रहेछन् । बैंकको कुरै छाडौं, उनले पैसा सापटी लिन कुनै आफन्त पनि बाँकी राखेका रहेनछन् । ऋणीहरूको दबाबका कारण सबैसँग भाग्दै–लुक्दै हिँडेका श्याम महिनौंसम्म एक्लै कोठा लिएर बसेका रहेछन् । एक्लै बस्दा र निरन्तर चिन्ता गर्दा उनको आत्मबल ध्वस्त हुँदै गयो र समस्या देखियो । 


श्याम मात्र होइन, हिजोआज तनाबले हरेक मानिसहरु कुनै न कुनै रुपमा पीडित छन् । वास्तवमा जता ततै तनाव नै तनाव छ । शहरबजारमा मात्र होइन, गाउँघरतिर पनि तनाब छ । बालबालिकादेखि बृद्धबृद्धा सबैलाई तनाब नै तानब । विद्यार्थीलाई पढाइलेखाइको तनाव । युवालाई रोजगार, अघि बढ्ने प्रतिस्पर्धा र प्रेम सम्बन्धको तनाब । गृहणीलाई घरायसी कामकाजको तनाब । पेशाकर्मीलाई पेशाको तनाब । व्यापारीलाई कारोबारको तनाब । परिवारमा आफसी सम्बन्धको तनाब । वास्तवमा तनाबले हिजोआज हरेक समाज, हरेक संस्कृति, हरेक विर्ग र लिंगलाई आक्रान्त पारेको छ । 

तनाव के हो ?
चिकित्सकीय भाषामा तनाव मानसिक रोग होइन तर यो नै रोगको कारक भने हुन सक्छ । आफ्नो क्षमता र हैसियतभन्दा जटिल चुनौतीको परिस्थिति तयार भयो भने मान्छेमा तनाव सिर्जना हुन्छ । आफ्नो स्रोत र साधनले समाधान गर्न नसकिने यस्तो अवस्थामा स्वाभाविक रूपमा मान्छे चिन्तानुभूतिमा पर्छ । मन, मस्तिष्क र शरीर सापेक्ष भएकाले तनावको प्रभाव मान्छेको बोली, व्यवहार र सोचमा समेत पर्न सक्छ । जब मान्छे मानसिक तनावमा हुन्छ, त्यतिबेला शरीरमा अनावश्यक हर्मोन तथा रासायनिक पदार्थहरू निस्किन्छन् । जस्तोः एडरेनल ग्लान्डबाट कर्टिसोल नामको हर्मोन र एडरेनलिन नामक पदार्थ निस्किन्छन् भने पाचन थैलीबाट ग्यास्ट्रिक एसिड निस्कन्छ । यी पदार्थका कारण मुटुको धड्कन बढ्छ र छातीमा असजिलो अनुभव हुन्छ, रक्तचाप बढ्छ । तनावकै बेला रगतमा चिनीको मात्रा बढ्छ र पेटमा ग्यास्ट्रिक एसिड बढेकाले पेट पोल्न थाल्छ । शरीरमा यस्ता परिवर्तनहरू हँुदा डर लागेको अनुभव हुने, शरीरमा असजिलोपना हुने र छटपटी लाग्ने हुन्छ । लामो समयसम्म मानसिक तनाव भइरहेमा रोगसँग शरीरको लड्ने क्षमतामा पनि ह्रास आउँछ । त्यसैले सधैँ तनावमा रहनु भनेको शरीरमा विभिन्न किसिमका इन्फेक्सन र रोगहरू निम्त्याउनु हो । खासमा मानसिक तनाव तीन प्रकारका हुन्छन् सामान्य तनाव (बेसिक स्ट्रेस), लगातारको तनाव (क्युमुलेटिभ स्ट्रेस) र घातक तनाव (ट्रमाटिक स्ट्रेस) ।



तनावको कारणः

तनाब आधुनिक जीवनशैलीको उपहार हो । व्यक्तिगत सम्बन्ध, आर्थिक र पेशागत व्यवहारमा देखिने उतारचढावका कारण नै मानिसहरू तनावको सिकार हने गर्छन् । हिजोआज मानिसको जीवन दिनप्रतिदिन महंगो र चर्को हँुदै गइरहेको छ । व्यक्तिगत आय नबढ्ने र खर्च बढ्ने असन्तुलित अवस्थाका कारण मध्यम र निम्न वर्गका परिवार निरन्तर तनावमा फसेका छन् । नेपाल जस्तो गरिब देशको शहरिया जीवन तनावको त पर्याय नै हो भन्दा अत्युक्ति हँदैन । घरमा बत्ती छैन, धारामा पानी छैन, ट्राफिक जामको समस्या छ, सार्वजनिक यातायातको अवस्था राम्रो छैन, इन्धन र ग्यासको अभाव झेलिरहनुपर्छ । जब सामान्य तनावमा अलि जटिल प्रकारका तनाव थपिन थाल्छन् र त्यसको शृंखला तयार हुन्छ, त्यस्तो अवस्थालाई लगातारको मानसिक तनाव भनिन्छ । लगातारको तनावले काम गर्ने क्षमता, निर्णय लिने क्षमता, नयाँ कुराहरू गर्ने क्षमता ह्रास भइरहेको हुन्छ । त्यसैले मानिसहरूमा स–साना कुरामा झिझिने, रिसाउने, आवेगमा आउने, निद्रा नलाग्ने समस्या देखिएका हुन् । त्यसो त मानसिक तनावले उमेर, समूह र वर्ग भन्दैन । 


मानिस भावनात्मक रूपमा आफैंमा जटिल र संवेदनशील प्रकृतिको हुनाले फरक–फरक व्यक्तिको फरक–फरक स्वभाव हुन्छ । तनाव सहन सक्ने क्षमता पनि फरक–फरक हुन सक्छ । खुसी सिर्जना गर्ने र आफूलाई सन्तुलित गराइरहने परिस्थिति पनि सबैको एउटै नहुन सक्छ । तनाव गहिरिँदै जाँदा पनि धेरै व्यक्तिहरूले आफूलाई बलियो छु, मलाई यस्ता समस्याले धेरै तनाव दिन सक्दैनन् भन्ने विश्वासमा त हुन्छन् तर लगातारको तनावले भित्रभित्र असर पारिरहेको हुन्छ । यस्तो स्थितिमा शरीर र मन दुवैले हार मानिसकेका हुन्छन् । कुनै गाडी वा मेसिन चल्दा चल्दा धेरै तातेर बन्द भए जस्तै शरीर र मनले पनि अति भइसकेपछि जवाफ दिन्छन् र यसैका कारण विभिन्न लक्षण देखिन सुरु गर्छन् । त्यसैले खानपान, जीवनशैली र व्यवहारको साइनो तनावसँग सघन हुन्छ ।
तनावबाट मुक्तिः 


 पीडित आफैंले तनावको स्रोत र समस्या समाधानको उपाय पहिल्याउन सके भने तनाबको दुष्चक्रबाट बाहिर आउन सजिलो हुन्छ । समस्याबारे सकारात्मक रूपमा अरूसँग सल्लाह गर्ने, धैर्य गर्ने, सुझबुझ देखाउने र गलत कुरा मनमा नखेलाउने गर्ने हो भने तनावले थप क्षति गर्दैन । मानसिक तनावको बेला सास छिटो–छिटो चल्छ । श्वास फेर्दा लिएको अक्सिजनको ठीकसँग उपयोग हुँदैन । त्यसैले यस्तो बेलामा नाकबाट बिस्तारै लामो सास लिने र छोड्ने गर्दा फोक्सोको तलको भागमा समेत अक्सिजन पुग्छ र शरीरले अक्सिजनको उपयोग राम्ररी गर्न पाउँछ ।  फलस्वरूप मन शान्त पार्न सहयोग गर्छ । वास्तवमा तनाब व्यवस्थापनमा राम्रोसँग श्वास लिनु र छोड्नु ज्यादै महत्वपूर्ण छ । यसै गरी दैनिक १५, २० मिनेट जति छिटो–छिटो हिँड्ने, दौडिँने या साइकल चढ्ने गर्दा तनाव कम गर्न सहयोग मिल्छ ।  व्याडमिन्टन, टेनिस, बास्केटबल, भलिबल आदिमध्ये कुनै खेल खेल्ने, फूलबारी वा बगैँचामा घुम्ने या केही समय काम गर्ने, मनपर्ने गीत, भजन आदि सुनेर आनन्द लिने वा आफूलाई मन पर्ने किताबहरू पढ्ने गर्दा पनि तनाव कम हुन्छ । स्वस्थकर जीवनका लागि हामी कस्तो खाना खान्छौं, के खान्छौं, कति खान्छौं आदि कुराले धेरै महत्व राख्छ । फलफूल, सागपात, चिल्लो कम भएको दूध, दही आदि खानु राम्रो हुन्छ । चिनी तथा नुन सकभर कम खाएको वेश । बोसो बढी भएको मासु, रातो मासु, तारेका खाने कुरा, क्रिम, चिज र चकलेट, आइसक्रिम आदि नखानु वा सकभर कम खानु राम्रो हुनेछ । त्यस्तै रक्सी तथा चुरोटसुर्ती आदिले स्वास्थ्यलाई नराम्रो असर पार्ने हुनाले प्रयोग गर्नु हुँदैन । त्यसै गरी आफू खुसी हुने स–साना रुचिका कुरामा मन बहलाउने, साथीभाइसँग भेटघाट गर्ने, योग, ध्यान तथा प्रणायाम गर्ने र दुःखका बेला पनि आफैँले आफूलाई सम्हाल्न केही आदर्श भनाइहरूप्रति विश्वास राख्यो भने मन सधैँ काबुमा भइरहन सक्छ । आफूले आफैंलाई सम्हाल्न नसक्ने अवस्था भयो भने त्यो रोगको अवस्था हो । रोगकै अवस्थामा भने ध्यान, साथीभाइ र खुसी हुन गरिने कुनै पनि अभ्यासले काम गर्दैन, तुरुन्त चिकित्सककहाँ पुग्नुपर्छ ।




पुछारमाः
दैनिक जीवनमा हरेक मानिसले सानाठूला तनाब झेल्नु परेकै हुन्छ । तर, कुनै मानिस तनाव र समस्याले होइन, त्यसप्रति प्रतिक्रिया गर्ने व्यक्तिको दृष्टिकोणले पीडित भैरहेको हुन्छ । त्यसैले सकारात्मक दृष्टिकोण राख्ने मानिस तनाबबाट कमै पीडित हुने गर्छन् । यस्ता मानिसले ठूल्ठुला दबाबहरुलाई पनि सजिलै किनारा लगाउन सक्छन् । त्यसैले त उनीहरु जीवनको दौडमा अगाडि बढ्छन् । हुन पनि हो, डरको अगाडि जीत छ । तनाबको अगाडि जीत छ । (लेखक साइकोथेरापिष्ट हुन् ।)



Saturday, May 23, 2020

ब्रेन बाइट्स

प्रविधि दुर्व्यसनको दलदल
ओम बानियाँ 

विश्वले प्रविधिहरुको विकास र बिस्तारमा ठुलो छलाङ लगाइरहेको छ । प्रविधिको विकासका कारण मानिसको श्रम वचत हुनुका साथै मानिसले प्रशस्त सेवा, सुविधा र मनोरंजन प्राप्त गरिरहेका छन् । मोबाइल, कम्प्युटर तथा इन्टरनेटको विकास र बिस्तारले त ज्ञानविज्ञान तथा सूचनासंचारलाई मानिसको हातहातमा पुराइदिएको छ । हातमा मोबाइल वा कम्प्यूटर छ, इन्टरनेटको सुविधा छ भने आफुले खोजेको वा जान्न चाहेको जुनसुकै सूचना वा ज्ञानगुनका कुरा तुरुन्त पढ्न, सुन्न र हेर्न पाइने अवस्थामा छ अहिलेको विश्व । तर प्रविधिको विकाससँगै यसको दुरुपयोग पनि बढ्दै गएको छ । कतिपय प्रविधिका यस्ता साधनहरुले मानिसहरुलाई नराम्रोसँग दुर्व्यसनको दलदलमा फसाउँदै लगेको छन् । दुर्व्यसनी बनाउँदै लगेको छन् । प्रविधि दुर्व्यसन लागूपदार्थको दुर्व्यसन जस्तै गम्भिर तथा खतरनाक हुने वैज्ञानिक अध्ययनले देखाएको छ ।


के हो प्रविधि दुर्व्यसन:
साधारण शब्दमा भन्ने हो भने टीभी, कम्प्युटर, टेबलेट, स्मार्टफोन, भिडियो गैम तथा इन्टरनेट आदि जस्ता प्रविधिहरु प्रयोग गर्ने अनियन्त्रित इच्छा वा लतलाई प्रविधि लत वा दुर्व्यसन भनिन्छ । प्रविधि दुर्व्यसनमा फसेको व्यक्तिको ध्यान केवल यस्ता प्रविधिहरु प्रयोग गर्नमा हुन्छ । दिनको १०—१२ घण्टासम्म पनि ऊ यस्ता प्रविधिहरु प्रयोग गर्न पछि पर्दैन । ऊ यस्ता प्रविधिहरु प्रयोग नगरि बस्न सक्दैन । यदि प्रयोग गर्न नपाएको खण्डमा बैचन हुन्छ, आक्रोशित हुन्छ या उदासिन हुन्छ ।  यहाँ उल्लेखनिय कुरा के भने नयाँ प्रविधि सिक्नको लागि घण्टौं प्रयासरत रहनु या आवश्यकता अनुसार यसको प्रयोग गर्नु लत होइन । यो तबसम्म नशा होइन जबसम्म यसले सामान्य जीवनयापनमा वा सम्बन्धमा नराम्रो प्रभाव पार्दैन ।


तुलनात्मकरुपमा किशोरकिशोरी तथा युवावर्गहरु बढी यस्तो दुर्व्यसनको दलदलमा फस्ने गरेको भएता पनि बालबालिका तथा पाका मानिसहरुमा पनि यस्तो लत कम छैन । विश्वका सयमा ६ जना अर्थात् १८ करोड २० लाख मानिस इन्टरनेट लत ग्रस्त रहेको हालैको एक अध्ययनले देखाएको छ । युनिभर्सिटी अफ हङकङका शोधकर्ताहरुका अनुसार मध्यपूर्व एसिया विश्वमा सबैभन्दा धेरै इन्टरनेट अम्मलीको क्षेत्र बनेको छ । शोधकर्ता सिसेलिया चेंग र एन्जेल लाम लीले विभिन्न ८० वटा अध्ययनपत्रहरु छनोट गरेका थिए जसमा विश्वका विभिन्न ७ क्षेत्रका ३१ देशका मानिसहरुको इन्टरनेटको लतका बारेमा शोध गरिएको थियो । त्यसक्रममा अध्ययनमा समावेश गरिएका देशहरुमा इन्टरनेट अम्मलीको संख्या कुल जनसंख्याको औषतमा ६ प्रतिशत रहेको पाइयो । सबैभन्दा उच्च इन्टरनेट लत भएको क्षेत्र मध्यपूर्व रहेको छ । त्यहाँ इन्टरनेट लतको दर १०.९ प्रतिशत रहेको छ, त्यसमा इरान, इजरायल, लेवनान र टर्की समावेश छन् । इन्टरनेट अम्मल उच्च रहेको दोश्रो क्षेत्र उत्तर अमेरिका परेको छ । त्यहाँ इन्टरनेट अम्मलीको संख्या ८ प्रतिशत छ । समग्र एसियामा इन्टरनेट एडिक्सन ७.१ प्रतिशत रहेको छ । दक्षिण तथा पूर्वी युरोपमा ६.१ प्रतिशत, उत्तरी तथा पश्चिमी युरोपमा २.६ प्रतिशत रहेको छ । यस्तै सन् २००७ मा गरिएको एक अर्को सर्वेक्षण अनुसार अमेरिकामा २ प्रतिशत तथा युरोपमा ८ प्रतिशत मानिस यस लतबाट प्रभावित भएको देखाएको छ । नेपालमा पनि प्रविधि दुर्व्यसनमा फस्नेहरुको संख्या दिनप्रति दिन बढ्दै गएको छ । अस्टेलिया, चिन, भारत, जापन, इटाली, कोरिया तथा ताइवान जस्ता देशहरुमा इन्टरनेट दुव्र्यसनलाई एक गम्भिर समस्याको रुपमा लिएका छन् । र, यस समस्याको समाधानका लागि उपायहरु खोजिरहेका छन् ।
प्रविधि दुर्व्यसनको लक्षणः
प्रविधि दुव्र्यसनको प्रमुख लक्षण भनेको आवश्यकता बिना दैनिक ५ देखि १० घण्टा वा त्यो भन्दा बढी समय प्रविधिहरु प्रयोग गर्न बिताउनु हो । यसका अन्य लक्षणहरुमाः साथीसंगी तथा परिवारबाट टाढा रहने । पर्याप्त निद्रा नसुत्ने । खेलकुद तथा अन्य मनोरंजनपूर्ण क्रियाकलापहरुमा चाँसो नदेखाउने । धेरै खाने वा कम खाने । शरीरको वजन बढ्ने वा घट्ने । हात र कलाइमा दर्द हुनु । कार्पेल टनेल सिंड्रोमको समस्या देखा पर्नु । बारम्बार टाउको दुख्नु । दृष्टि सम्बन्धि समस्याहरु देखा पर्नु । शरीर, ढाड र कम्मर दुख्ने । यस्ता प्रविधिहरु प्रयोग गर्न नपाउँदा मुड खराब हुनु । बैचन तथा चिडचिडे हुनु । आत्मविश्वासमा कमी तथा भावनात्मक रुपमा कमजोर महसुस गर्नु ।


प्रविधि दुर्व्यसनको प्रकारः

प्रविधि दुर्व्यसन अन्र्तगत अनेक दुर्व्यसनहरु पर्छन् । ती मध्य प्रमुख दुर्व्यसन हुन्ः  भिडियो तथा कम्प्युटर गैम दुर्व्यसन, स्मार्टफोन, टेबलेट तथा आईप्याड दुर्व्यसन, साइबरसेक्स तथा पोर्नोग्राफी दुर्व्यसन, अनलाइन गेम्बलिंग, अनलाइन सपिंग, सोसल मिडिया दुर्व्यसन (जस्तैः फेसबुक, युट्युब, स्काइप, ट्विटर, इन्ट्राग्राम, माइस्पेस आदि ।) । लत लगाउन जति पनि प्रविधिहरु छन्, इन्टरनेटको विकास र बिस्तारपछि इन्टरनेट चलाउने माध्यम पनि भएका छन् । जस्तो कि पहिला पहिला मोबाइल बातचित गर्न तथा खबर पठाउनका लागि प्रयोग गरिन्थ्यो भने अहिले मोबाइलबाट नै इन्टरनेट चलाउन सकिन्छ । नेपालमा मोबाइलबाट इन्टरनेट चलाउनेको संख्या धेरै छ । यही कारणले गर्दा प्रविधि दुर्व्यसनलाई अहिले इन्टरनेट दुर्व्यसन भन्ने गरिन्छ । 

इंटरनेट लत र ब्रेनः
हालै गरिएको एक मनोवैज्ञानिक शोधका अनुसार इन्टरनेट लत ड्रग्स वा मद्यपानको लत जस्तै खतरनाक र हानीकारक देखिएको छ । विशेष गरी बालबालिका, किशोर तथा युवावर्ग इन्टरनेट एडिक्सनबाट बढी पीडित छन् । अनलाइन गैम तथा सोसल नेटवर्क जस्तैः पेसबुक, व्हाट्सएप्सको बढी प्रयोग तथा अश्लील चिजहरु हेर्ने आदत यसको शुरुवाती लक्षण हो । आदत बढ्दै गएमा इन्टरनेट प्रयोग गर्न नपाउ“दा बेचैनी, चिडचिडापन तथा क्रोध आउने स्थिति देखा पर्छ । यो नै इंटरनेट एडिक्सन डिसअर्डरको लक्षण हो । चाइनीज एकाडेमी अफ साइन्सको रिसर्च अनुसार इन्टरनेटको लतले मस्तिष्क तथा इम्युन सिस्टमलाई कमजोर बनाइदिन्छ । जसले गर्दा मस्तिष्क शक्ति तथा स्मरणशक्ति घट्ने तथा रोगस“ग लडने क्षमता ह्रास हुने गर्छ । यसको अध्याधिक प्रयोगले मानिसको सोच्ने शक्ति तथा सृजनाशीलतामा पनि असर गर्छ ।


इन्टरनेट एडिक्सन डिसअर्डरः
मनोरोग मैनुअल (डीएसएम)ले इन्टरनेट एडिक्सनलाई अहिलेसम्म मनोरोगको रुपमा सूचिबद्ध गरेको छैन । तर निकट भविष्यमा नै एक मनोरोगको रुपमा सूचिबद्ध गर्ने पक्का छ । सन् १९९५ मा मनोविद् किम्बर्ली योङले इन्टरनेट एडिक्सन केन्द्र खोलेका थिए । र, उपचारका लागि कग्निटिभ बिहाभिएर थेरापी (सीबीटी)को आधारमा उपचार पद्धति बनाएका थिए । सोही वर्ष मनोचिकित्सक डा. इभान गोल्डबर्गले इन्टरनेटको लतलाई इन्टरनेट एडिक्सन डिसअर्डर निदान गरी मनोवैज्ञानिक उपचार पद्धतिको शुभारम्भ गरेका थिए । सम्बत् इन्टरनेट एडिक्सनलाई एक मनोरोग (मेन्टल डिसअर्डर)को रुपमा लिएर उचार गर्ने उनी पहिलो ब्यक्ती हुन् । लागुपदार्थ दुव्र्यसन जस्तै प्रविधि दुव्र्यसन पनि हल्का र कडा खालको हुन सक्दछ । यसले पनि वीथड्रअल लक्षण देखाउछ । दुव्र्यसनमा परेपछि केही क्षण मोबाइल नहुँदा मानसिक तनाव हुनसक्छ साथमा चिड्चिडापन पनि देखिनसक्छ । कसैकसैलाई निद्राको समस्या हुने काँप्ने वा पाचन प्रक्रिया गड्बड् हुने गर्दछ ।

(अ)समाजिक संजाल


हिजोआज समाजिक संजाल (जस्तैः फेसबुक, युट्युब, स्काइप, ट्विटर, इन्ट्राग्राम, माइस्पेस आदि ।) को सदुपयोग भन्दा दुरुपयोग हुने क्रमः बढ्दै गएको छ । यस्ता नेटवर्कहरुले टाढाका मानिसहरुलाई नजिक तथा नजिकका मानिसहरुलाई टाढा बनाउने कार्य गरेको छ । तर, फेसबुक आदिका साथीसंगीहरु भरपर्दो र विश्वानीय नहुने कुरा अध्ययनहरुले देखाएको छ । नेपालका सबै भन्दा बढी चलाइने सोसल मिडिया, फेसबुक हो । गृहणी तथा विद्यार्थीले बढी प्रयोग गर्ने पनि फेसबुक नै हो । फेसबुकका कारण बिद्यार्थीको पढाइलेखाइ चौपट भएको छ । विद्यार्थीको ध्यान पढाइमा होइन, स्मार्टफोनमा हुने गरेको छ । स्मार्टफोनलाई फोटो खिच्न, फेसबुक चलाउन, गैम खेल्न र पार्नोग्राफी हेर्न प्रयोग गर्ने गर्छन् ।


प्रविधि दुर्व्यसनको कारणः 
 प्रविधि दुर्व्यसनका अनेक कारणहरु हन्छन् । साधारणतया मानिसहरु तनाब, उदासिनता, चिन्ता तथा एक्लोपना कम गर्न इन्टरनेटको साहरा लिन्छन् । यसरी इन्टरनेट प्रयोग गर्दा उनीहरुलाई आनन्द मिल्दछ । यस्तो आनन्दले उनीहरुलाई अम्मली बनाउछ । स्र्माफोन लत व्यक्तिका लागि निकै खतरनाक सावित भएको छ । हालै गरिएको एक अध्ययनका अनसार स्मार्टफोन बढी प्रयोग गर्ने व्यक्ति व्यक्तिगत, पारिवारिक, समाजिक तगा कार्यस्थल समस्याहरुबाट जध्न पर्छ । प्रोफेसर तोरेसिल्यासका अनुसार यो दुव्र्यसनको सम्भावित खतरा त्यस्ता युवा युवतीमा बढी हुन्छ जसमा आत्मविश्वासको कमी छ र सामाजिक रुपमा घुलमिल हुन नसक्ने तर भित्रबाट सम्बन्ध बढाउन इच्छुक हुन्छन् ।

रोकथाम र उपचारः
इन्टरनेट दुर्व्यसनले व्यक्तिको दैनिक जीवनमा प्रत्यक्ष असर पार्ने र यसले अन्य मनोरोगहरुको समस्या समेत निम्ताउने हनाले छिटो भन्दा छिटो उपचार गर्न आवश्यक हन्छ । त्यसो त हल्का खाल इन्टरनेट दुव्र्यसनको उपचार आफैं पनि गर्न सकिन्छ । जस्तो कि समाजिक संजालहरुमा बिताउने समय कम गर्दै जाने । बाहिर खेलहरु खेल्ने । साथीसंगी तथा परिवारको साथमा समय बिताउने । राम्रा किताबहरु पढ्ने । राती छिटै सुत्ने र बिहान सबेरै उठ्ने बानी बसाल्ने । योग, ध्यान तथा व्यायाम गर्ने । समाजिक संजाल चलाउने समय तालिका बनाउने । सोही समयमा मात्र इन्टरनेटको प्रयोग गर्ने । यस सम्बन्धि सेल्पहेल्प किताबहरु पढेर उल्लेखित उपायहरुको पालना गर्ने । तर कडा खालको इन्टरनेट दुर्व्यसनको उपचारका लागि विज्ञको आवश्यता पर्छ । इन्टरनेट दुर्व्यसन एक मनोवैज्ञानिक समस्या भएकाले यसको उपचार पनि मनोवैज्ञानिक तरिकाबाट गर्नुपर्छ । कग्निटिभ बिहाभिएर थेरापि (सीबीटी) तथा ईडीएमआर जस्ता मनोवैज्ञानिक पद्धतिहरु उत्तम उपचार पद्धतिहरु हुन् । 
अन्तमाः
आधुनिक जीवनमा मोबाइल, कम्प्युटर तथा इन्टरनेट जस्ता प्रविधिहरुको ठूलो महत्व छ, आवश्यकता छ । यस्ता प्रविधिहरुलाई आवश्यकता अनुसार प्रयोग गर्दा धेरै फाइदा हुन्छ । आवश्यकता अनुसार प्रविधिको प्रयोग गर्नु दुर्व्यसन होइन । त्यसैले प्रविधिलाई नशा नबनाइकन त्यसबाट सक्दो फाइदा उठाउनु बुद्धिमानी हो । (लेखक साइकोथेरापिष्ट हुन् ।) 






Friday, May 22, 2020


हेल्थ फर्स्ट  
कोराना जित्ने जीवनशैली 
ओम बानियाँ 

हामी अझ कति दिन र महिना लक डाउन गरेर बस्ने ? वैज्ञानिकहरुले कोरोना भाइरस(सार्स कोभ २)को प्रभाव सन् २०२३ सम्म रहने अनुमान गरेका छन् र कोरोनाले रुप परिवर्तन गरेर फेरि महामारी फैलाउन सक्ने पनि उत्तिकै सम्भावना छ । भोलि कोरोनाको ठाउँमा अर्को भाइरसको महामारी आउने सक्ने सम्भावनालाई पनि नकार्न सकिन्न । त्यसैले अब हामीले लक डाउनको स्वस्थ र भरपर्दो विकल्प नखोजी हँुदैन । लक डाउन कोरोना महामारीको स्थायी समाधान होइन । यही स्वरुपको लकडाउन गरेर औषधि तथा भ्याक्सिनको पर्खाइमा पनि बस्नु हँुदैन । यदि यही स्वरुपको लक डाउनलाई नै निरन्तरता दिने हो भने देश झनै जटिल समस्याहरुको भुमरी पर्ने पक्का छ । आर्थिक समस्याले मात्र होइन, राजनीतिक, समाजिक, पारिवारिक तथा रोजगारका समस्याहरुले देश नै तहसनहस हुने छ । 


भनिन्छ, यस पृथ्वीमा ३ लाख २० हजार भाइरसहरु छन् । ती मध्य २१९ प्रकारका भाइरसको पहिचान भएको छ । यी भाइरसहरुले अहिले होइन उहिल्यैदेखि नै मानिसमाथि आक्रमण गरिरहेका छन् । मानिसको शरीरको रोगप्रतिरोध शक्ति(इम्युनिटि)का कारण नै मानिसहरु यस्ता भाइरसको बिचमा पनि बाँचेको छन् । त्यसैले महत्वपुर्ण भाइरसको पहिचान होइन, मानिसको इम्युनिटि हो । मानिसको इम्युनिटि शक्तिशाली भए कुनै भाइरसले पनि मानिसलाई हल्लाउन पनि सक्दैनन् । यो वैज्ञानिक तथ्य हो ।  

सार्स कोभ २ को हकमा पनि यो कुरा लागु भएको छ । कोरोना भाइरस संक्रमित ८० प्रतिशत मानिसहरुलाई कोभिड १९ ले कुनै असर गरेको देखिएको छैन । कतिपय यस्ता मानिसहरुलाई कोरोना संक्रमण भएको अवगत समेत छैन । त्यो किनभने शरीरको रोगप्रतिरोधक क्षमताले स्वस्फुर्तरुपमा यस्ता भाइरसलाई खेदेर बाहिर फ्याँकिदिन्छ । यस प्रक्रियामा कसै कसैलाई ज्वरो आउन सक्दछ । ती मध्य कतिपय सिटामोल आदि खाएर नै निको हुन्छन् । तर, २० प्रतिशत मानिसहरु मध्य केही, जो दीर्घरोगहरुबाट पीडित छन्, रोगप्रतिरोधात्मक शक्ति कमी छ, उनीहरुमा नै कोभिड १९ देखा पर्दछ । यस्ता मानिसहरुलाई नै बढी जोखिम हुन्छ । यस्ता बिरामीहरुलाई नै सघन उपचारको आवश्यकता पर्दछ ।


निचोडमा भन्नु पर्दा कोरोनाको स्थायी समाधान भनेको मानिसको रोगप्रतिरोधक क्षमताको बृद्धि हो । त्यसैले विश्वले रोगप्रतिरोधक क्षमताको बढाउने बाटोमा अगाडि बढ्नु पर्छ । यस सम्बन्धमा आयुर्वेदिक तथा प्राकृतिक चिकित्सा विशेषज्ञहरु रोगप्रतिरोधक क्षमता बढाउने अनेक शास्त्रिय तथा वैज्ञानिक विधिहरु सुझाएका छन् । यस सन्दर्भमा भारतको आयुश मन्त्रालय तथा नेपालको आयुर्वेदिक तथा वैकल्पिक चिकित्सा विभागले पनि विख्यात वैद्यहरुको समुहले निर्माण गरेको एक गाइडलाइन जारी गरेको छ । अतः यी सबै तथ्यहरुलाई मध्यनजर राखेर कोरोना जित्ने जीवनशैली यहाँ प्रस्तुत गरिएको छ । 

१. बिहान उठेर दिशा पिसाब गरेपछि अलिकति नुन हालेको मनतातो पानीले जलनेती गरेर नाक सफा गर्ने । नाकमा एक दुई थोपा अणु तेल वा तिलको तेल वा नरिवलको तेल वा घिउ हाल्ने । अनि आयल पुलिगं गर्ने । यसका लागि एक चम्चा तिल वा नरिवलको तेल मुखमा राखेर २, ३ मिनेट मुख वरिपरि घुमाउने र थुक्ने । अनि नुन बेसार हालेको तातो पानीले कुल्ला गर्ने । 

२. बिहान खाली पेटमा एक चम्चा (१० एमएल) अमलाको रस, एक चम्चा घिउकुमारीको रस तथा एक चम्चा गुर्जोको (गिलोय) रस । तीन चम्चा तातो पानीमा मिसाएर सेवन गर्ने वा तातो पानीसँग एक चम्चा अमलाको धुलो तथा काँचो बेसारको सानो टुक्रा सेवन गर्ने । 

. खुल्ला ठाउँमा कलिलो घाम ताप्दै कम्तिमा पनि आधा घण्टा योग, ध्यान तथा प्राणायाम गर्ने । अनि एक चम्चा च्यवनप्रास बिस्तारै बिस्तारै १० मिनेट समय लगाएर चाट्ने । मधुमेहीले चाही सुगरफ्रि च्यवनप्रास सेवन गर्ने । नास्ता खाने बेलामा तुलसी पत्र, दालचिनी, मरिच, सुठो, मुनक्का आदिको काढा वा जडिबुटि चिया पिउने । स्वादका लागि आवश्यकता अनुसार मह वा गुढ तथा कागतीको रस हाल्ने । साँझ पनि यो चिया पिउने । 
 ४. दिनभरि प्रशस्त मात्रामा तातो पानी पिउने । राती सुत्ने बेलामा ५ ग्राम जति बेसार हालेको तातो दुःध पिउने ।

५. रोग प्रतिरोधात्मक क्षमता बढाई कोरोना संक्रमण रोकथाम गर्नाका लागि बिहान खाली पेट आर्सेनिकम अल्बम ३० सी को एक एक खुराक तीन दिन सेवन गर्ने र अनि हप्ताको एक एक खुराक तीन हप्तासम्म दिने । यदि कोरोना संक्रमण रहिरहेमा एक महिना पछि पुनः दिनु पर्ने हुन्छ ।

६. सरसफाइमा विशेष ध्यान दिने । भौतिक दुरी कायम राख्ने, भीडभाडबाट टाढा रहने, कतै जाँदा गुणस्तरीय मास्कको प्रयोग गर्ने । पटक पटक हात धुने र हात नधोइकन अनुहार नछुने, सरसफाइका साथै आहारबिहारमा विशेष ध्यान दिने । चुरोट, रक्सी, अत्याधिक चिसो तथा गुलियो पदार्थ, फास्टफुड्स, जंकफुड्स जस्ता औद्योगिक पदार्थ सेवन नगर्ने, गिलोय, तुलसी, अमला, कागती, सुन्तला, अदुवा, प्याज, बेसार तथा लहसुन आदि कुनै न कुनै रुपमा सेवन गर्ने । प्रशस्त मात्रामा मौसमी फलफूलहरु सेवन गर्ने । 

वैज्ञानिक अध्ययन भन्छ, यदि मानिसको शरीरको रगत प्लाज्मामा लगभग १६ एमसीएमओएल प्रति लिटर  भिटामिन सी हुन्छ भने भाइरस तथा ब्याक्टेरियाले आक्रमण गर्न नसक्ने लगभग ८० प्रतिशत चान्स हुन्छ । यदि गरिहाले पनि शरीरको इम्युनिटिले यस्ता भाइरसहरुलाई खेदेर शरीर बाहिर फ्याँकिदिन्छ । भिटामिन सीको प्रमुख स्रोतहरु भनेको अमला, कागति, सुन्तला, मौसमी तथा अन्य अमिलो फलफुल तथा तरकारीहरु हुन् । अतः दैनिक दुई दाना ताजा अमला वा एक चम्चा शुद्ध अमला पाउडर सेवन गर्ने हो भने इम्युनिटि बढ्ने मात्र होइन, अनेक स्वास्थ्य लाभ प्राप्त हुन्छ । 

७. बृद्धबृद्धा, अशक्त तथा विरामीहरुको स्वास्थ्यलाई विशेष ध्यान दिने । उचित र सुरक्षित रेखदेखको वातावरण बनाउने । 

८. अर्को महत्वपुर्ण कुरा अफवाह तथा हल्लाको पछि नलाग्ने । मनलाई भित्रदेखि नै बलियो बनाउने । मनबाट डर, त्रास हटाउने । विज्ञान भन्छ, डर, त्रास र आतंकको वातावरणले मानिसको मन तथा शरीरमा कुप्रभाव पार्दछ । मनमा बारम्बार डरत्रासको विचार आइरहेको खण्डमा एनजाइटि, फोबिया, पैनिक अट्याक तथा अब्सेसन कम्पल्सन जस्ता मानसिक समस्याहरु देखा पर्न सक्दछन् ।  डरत्रासले मानिसको मनमस्तिष्कमा मात्र होइन शरीरमा पनि असर गर्दछ । डरत्रासले मानिसको इम्युनिटि पनि कमजोर बनाउँछ । मानिसको इम्युनिटि कमजोर भयो भने साधारण मौसमी फ्लूले (रुघा) पनि ज्यान लिन सक्दछ । सकारात्मक सोच, उचित खानपान तथा योग, ध्यान तथा प्राणायले मनलाई मजबुत बनाउन सहयोग गर्छ । यदि हामीहरुले यस किसिमको जीवनशैली अपनायौ भने कोरोनाको महामारीलाई जित्न सक्छौं । (लेखक साइकोथेरापिष्ट तथा पोषणविद् हुन् ।) 






Thursday, May 21, 2020

ब्रेन बाइट्स

रेट्रो वाकिंग
ओम बानियाँ

स्वास्थ्यका लागि व्यायामको ठूलो महत्व छ । व्यायामले माइण्ड र बडी दुबैलाई स्वस्थ र मजबुत राख्न सहयोग गर्छ । त्यसैले स्वस्थ, निरोग र ओजस्वी तेजस्वी जीवन जिउन हरेक दिन एक घण्टा समय व्यायामका लागि छुट्टाउन आवश्यक छ । व्यायाम अनेक किसिमका हुन्छन् । ती मध्य हिंडाइ र दौडाइ निकै सरल र बिना खर्चको एक श्रेष्ठ व्यायाम हो । दैनिक आधादेखि एक घण्टाको हिंडाइ र दौडाइका अनेक स्वास्थ्य लाभहरु हुन्छन् । अझ उल्टो हिंडाइ र दौडाइ (रेट्रो वाकिंग तथा रेट्रो रनिंग ) स्वास्थ्यका लागि निकै प्रभावकारी मानिन्छ ।


के हो रेट्रो वाकिंग ?

अगाडि हिंडे, दौडे जस्तै गरी पछाडितिर हिंड्ने तथा दौडिने क्रियालाई उल्टो हिंडाइ तथा उल्छो दौडाइ ((रेट्रो वाकिंग तथा रेट्रो रनिंग ) भनिन्छ । उल्टो हिंडाइ र दौडाइ एक रोमान्चक व्यायाम मात्र होइन, स्वास्थ्यका दृष्टिले पनि निकै उत्तम व्यायाम हो । यस व्यायाम मस्तिष्क शक्ति, स्मरण शक्ति, ध्यान शक्ति, एकाग्रता तथा सजगता बढाउन, मांशपेशी सुडौल बनाउन, घुँडालाई मजबुत बनाउन, शरीरको सन्तुलन कायम गर्न तथा खेलकुदलाई प्रभावकारी बनाउनका लागि निकै उत्तम मानिन्छ । सामान्य हिंडाइमा मुटुको धड्कन प्रति मिनेट १०६ हाराहारी हुन्छ भने रेट्रो वाकिंगमा मुटुको धड्कन प्रति मिनेट १५६ सम्म पुग्दछ ।

 रेट्रो वाकिंग सम्बन्ध अनेक वैज्ञानिक अध्ययनहरु भएका छन् । उल्टो हिंडाइ र दौडाइको अर्को निकै महत्वपुर्ण स्वास्थ्य फाइदा घुँडामा तनाव कम हुनु हो । तसर्थ यस व्यायामले घँुडाको दुःखाइमा निकै फाइदा गर्छ । यस्तो हिंडाइले क्यालोरी बर्न गर्न पनि सहयोग पुराउँछ । सामान्य हिंडाइको तुलनामा रेट्रो वाकिंगले ४० प्रतिशत भन्दा बढी क्यालोरी बर्न गर्छ, जसले गर्दा मोटोपनामा घटाउन निकै फाइदा पुग्छ । साताको चार दिन १०, १५ मिनेट उल्टो हिंडाइ गर्ने हो भने शरीरमा लचिलोपना बढ्छ । शरीर सन्तुलन हुन्छ । दृष्टि बढछ, श्रवण शक्ति बढछ, उत्साह, आत्मविश्वास, मस्तिष्क शक्ति, एकाग्रता तथा सजगता बढाउन पनि सहयोग गर्छ । १०० कदम रेट्रो वाकिंग १००० कदम सामान्य हिंडाइ बराबर प्रभावकारी रहने अध्ययनले देखाएको छ । रेट्रो वाकिंगले जस्तै फाइदा मूनवाकिंगले पनि गर्छ । मूनवाकिंग भनेको पछाडितर्फ हिंडेर गरिने नाच हो । यो नाचको सर्जक माइकल ज्याक्सन हुन् । 

रेट्रो वाकिंग र ब्रेनः
रेट्रो वाकिंगको सबै भन्दा बढी प्रभाव मस्तिष्कमा पर्छ । यस व्यायामले निस्क्रिय रहेको मस्तिष्कको भागहरुलाई सक्रिय बनाउन सहयोग गर्छ । यस्तो हिंडाइले मस्तिष्क सजगता, सृजनशिलता, एकाग्रता तथा सर्टटर्म मेमोरी समेत बढ्ने अध्ययनले देखाएको छ । यस व्यायामलाई एचडी तथा एडीएचडीका बालबालिकाको उपचारका लागि थेरापिको रुपमा उपयोग गर्न सकिने कतिपय अध्ययनको दावी छ । यसका साथै अनेक अध्ययनहरुले अन्य विद्यार्थीको तुलनामा रेट्रो वाकिंग गर्ने विद्यार्थीको स्मरण शक्ति बढेको देखाएका छन् । रेट्रो वाकिंग तथा रनिंग सानासाना बालिबालिकाहरुले पनि सजिलै गर्न सक्छन् । यस्तो व्यायाम गर्न बालबालिका निकै खुसी पनि हन्छन् । कतिपय बालबालिकाहरुले त आपसमा खेल्ने क्रममा यस्तो व्यायाम स्वस्पूmर्तरुपमा गरिरहेका हुन्छन् । मानसिक समस्याहरुमा परेका व्यक्तिहरुका लागि पनि रेट्रो वाकिंग तथा रनिंग एक थेरापिका रुपमा प्रयोगमा ल्याउन सकिन्छ । 


रेट्रो वाकिंग र मेमोरीः
कुन योग ध्यान गरेर ? कस्तो भोजन तथा औषधि खाएर ? कस्तो पजल हल गरेर वा कस्तो प्रशिक्षण लिएर मेमोरी बढ्छ भन्ने  मानिसहरुको जिज्ञासा रहँदै आएको छ । तर, खुसीको कुरा के भने मेमोरी बढाउने एउटा निकै सरल विधि छ, त्यो हो हिँडाइ र दौडाइ । दैनिक २ हजारदेखि १० हजार पाइला हिंड्ने वा दौडिने हो भने मधुमेह जस्ता रोगहरु नियन्त्रण मात्र होइन, मानिसको मेमोरी समेत बढ्ने अनेक अध्ययनहरुले देखाएका छन् । अझ सामान्य हिंडाइ वा दौडाइसँगै रेट्रो वाकिंग तथा रेट्रो रनिंग गर्ने हो भने यसको प्रभाव दस गुणा बढी हुन्छ । हिंडाइ वा दौडाइले कसरी मेमोरी बढाउँछ भन्ने प्रश्नको सरल उत्तर हो, मस्तिष्कमा रक्तसंचार । हिंडाइ, दौडाइ तथा रेट्रो वाकिंग गर्दा मस्तिष्कमा रक्तसंचार बढ्छ र मस्तिष्कले पर्याप्त अक्सिजन तथा पोषण तत्वहरु पाउँछ । स्मरण रहोस्, डेढ किलोको मस्तिष्कलाई २० प्रतिशत अक्सिजन आवश्यक पर्छ ।

रेट्रो वाकिंग र मोटोपनाः
उल्टो हिँडाइ र दौडाइ क्यालोरी घटाउन तथा मोटोपना घटाउन निकै उत्तम व्यायाम मानिन्छ । अतः जति हिंड्दा तथा दौडिंदा पनि मोटोपना कम नभएर निराश भएका मानिसहरुले यसबाट लाभ प्राप्त गर्न सक्छन् । यसका लागि दैनिक आधा घण्टा अगाडितर्फ र पछाडितर्फ हिंडेर वा दौडिँएर केही दिनमै शरीरको मोटोपना घटाउन सक्छन् ।   

रेट्रो वाकिंगको विधि

रेट्रो वाकिंग निकै सरल छ । जसरी अगाडि हिंडिन्छ, त्यसरी नै पछाडितर्फ हिंड्नु रेट्रो वाकिंग हो । पछाडि दौडिंनु रेट्रो रनिंग हो । रेट्रो वाकिंग तथा रेट्रो रनिंग गर्दा ध्यान दिन पर्ने कुरा के भने यो व्यायाम गर्ने ठाउँ समथर र खुल्ला हुनुपर्छ । नत्र, पल्टिने खतरा हुन्छ । समथर चौर वा ठुलो हलमा यस व्यायाम गर्न उपयुक्त हुन्छ । कोठामा दस कदम अगाडितर्फ हिँडेर वा दौडिएर अनि दस कदम पछाडितर्फ हिँडेर वा दौडिँएर पनि यो व्यायाम गर्न सकिन्छ । 

अन्तमाः
अतः रेट्रो वाकिंग तथा रेट्रो रनिंगले शरीरलाई मात्र होइन, मस्तिष्क तथा मनलाई स्वस्थ र मजबुत बनाउन सहयोग गर्छ । त्यसैले दिनहुँ आधा घण्टा हिंडाइ तथा दौडाइ गर्ने । अनि १०, १५ उल्टो हिंडाइ तथा दौडाइ गर्ने हो भने सुनमा सुगन्ध थपिन्छ । आफै गरेर हेर्नुहोस्, केही दिनमा नै यस व्यायामको लाभ आफैं थाहा पाउनु हुने छ । (लेखक साइकोथेरापिष्ट, माइण्डबडी थेरापिष्ट तथा मेमोरी ल्याब प्रमुख हुन् ।)






Wednesday, May 20, 2020

हेल्थ फर्स्ट 

एक मुठ्ठीको चनाका ताकत
ओम बानियाँ
एउटा प्रसिद्ध लोकोक्ती छ, घोडाको जस्तो हर्सपावर तागत चाहिए, चना खानुहोस् । प्राचिन कालमा चना घोडाको प्रमुख आहार मानिन्थ्यो । चना घोडाको निकै प्रिय आहार पनि हो । चना खाएर नै घोडा यति बलवान भएको मान्यताले उक्त लोकोक्ती बनको हुनुपर्छ । हुन पनि चना शारीरिक तथा मानसिक स्वास्थ्य तथा सौंदर्यका लागि निकै उपयोगी छ । यो अनेक रोगहरुको औषधि पनि हो । वास्तवमा बहुगुणी चना सुपरफूड हो । 


सुपरफूड चनाः
चना पौष्टिकता र ताकतको पावरहाउस हो । चनामा कार्बोहाइड्रेट, प्रोटिन, फाइबर, क्याल्सियम, आइरन र भिटामिन प्रशस्त मात्रामा पाइन्छन् । चनामा पनि गाढा खैरो वा कालो चना खानाले शरीरलाई धेरै नै फाइदा पुराउँछ । यसमा क्लोरोफिल, भिटामीन ए, बी, सी, डी र के पाइनुका साथै फस्फोरस, पोटासियम, म्याग्नेसियम र खनिज पनि पाइन्छ ।

ब्रेनफूड चनाः
चना शारीरिक कमजोरी हटाउन, ताकत र ऊर्जाका लागि निकै फाइदाजनक मानिन्छ । चना सबैभन्दा सस्तो र बदामभन्दा पनि धेरै असरदार हुन्छ । किशोरावस्था र युवावस्थामा रहेकाले नियमित रुपमा भिजाएको चना खानुपर्छ । यसले प्रजनन क्षमता विकास गर्नुका साथै शरिरमा ताकत आउँछ । चनामा भिटामिन बी–६ भएको कारणले यसको सेवनले मस्तिष्कलाई तेज बनाउनको साथै स्मरणशक्तिको विकास गर्छ । 

चाइल्डफूड चनाः
चना बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि पनि निकै फाइदाजनक छ । त्यसैले बालबालिकालाई बदामको साथै कालो चना खवाउने गर्नुपर्छ । चनामा पाइने भिटामिन्सले बालबालिकाको मस्तिष्क शक्ति तथा स्मरणशक्ति बढाउन सहयोग गर्छ भने यसमा पाइने फस्फोरसले दाँतलाई मजबूत बनाउने काम गर्छ ।


बोडि बिल्डर चनाः
चनाले हरेक प्रकारको कमजोरीलाई भगाउँछ । ताकत बढाउँछ । तौल बढ्न सहयोग गर्दछ । भुटेको चना स्वाथ्यको लागि लाभदायक हुन्छ । जब त्यसलाई गुढसँग मिलाएर सेवन गरिन्छ तब त्यो शरीरको लागि स्वभाविकरुपमा भन्दा एकदमै फाइदाजनक सावित हुन्छ । विशेषगरी आफ्नो शरीर बनाउन जिम जाने व्यक्तिको लागि यो नभई नहुने खाद्य पदार्थ हो ।  गुढ र चनामा धेरै मात्रामा प्रोटिन पाइन्छ जुन माशंपेशीलाई मजबूत बनाउन एकदमै सहयोगी हुन्छ र त्यसमा भएको जिन तत्वले छालालाई निखार्ने काम गर्छ । यी दुई तत्व एकै साथ सेवन गर्नाले शरीरमा मेटाबोलिजमको मात्रा बढ्छ र यसले शरीर सुडौल बनाउन र लम्बाइ बढाउन सहयोग पुराउँछ । यसका लागि एक मुठ्ठी चना लिने र राम्रोसँग सफा गर्ने । त्यसबाट किरा लागेको, नभिज्ने कडा चनालाई निकाल्ने र सफा चनालाई धोएर एक गिलास सफा पानीमा रातभर भिजाएर राख्ने । बिहानको नित्यकर्मपछि यसरी भिजाएर राखेको चनालाई राम्रोसँग चपाएर खाने र चनाको पानी पनि पिउने । स्वादका लागि चनामा पिसेको मरिच, अदुवा, सिधे नून तथा कागतीको रस मिलाउन सकिन्छ । अझ चनाको पानीमा १ चम्चा मह घोलेर पिउनु तथा भिजाएको चनालाई अंकुरित गरेर खानु सर्वोत्तम हुन्छ । अंकुरित चनाको नास्ता उत्तम टनिक हो । चनालाई अंकुरित गर्नका लागि २४ घण्टा जति भिजाएको चनालाई चिसो कपडा वा थैलीमा बाँधी झुण्डाएर राख्ने । गर्मीयाममा आवश्यकता अनुसार पानी छर्किदै रहने । दुईतीन दिनमा चना अंकुरित हुन्छ । चनाको मात्रालाई बिस्तारै आफ्नो तौल र व्यायामको हिसाबले बढाउँदै लान सकिन्छ । यसरी नियमित एक मुठ्ठी चना खानले शरीर स्वस्थ रहनुको साथै बलिष्ट र ताकतवार हुन्छ । 

मेडिसिन चना

चनामा प्रशस्त मात्रामा औषधीय गुण हुन्छ । यो अनेक रोगहरुको औषधि पनि हो । चनामा प्रचर मात्रामा आइरन पाइन्छ । त्यसैले चनाको सेवन गर्नाले रक्तअल्पता(एनिमिया)को समस्या टाढा राख्दछ । शरीरमा आइरनको कमीका कारण हुने रक्तअल्पताको समस्यालाई चना खाएर टाढा भगाउन सकिन्छ । चनाले रगत सफा पनि गर्ने काम गर्छ । चनामा मह मिसाएर खानाले अझैं प्रभावकारी हुन्छ ।  चनामा प्रशस्त मात्रामा फाइबर पाइन्छ, जुन पाचनक्रियालाई बलियो बनाउन असाध्यै महत्वपूर्ण हुन्छ । रातभर भिजाएको चनामा अदुवा, नुन र जिरा मिलाई बिहान खाने गर्नाले कब्जियतको समस्या क्रमशः कम हुँदै जान्छ । चना भिजाएको पानी खानु अझ लाभदायक हुन्छ । भिजाएर राखेको चनामा मह मिसाएर खानाले पत्थरीको खतरा कम हुन्छ र यदि मुत्राशय वा मृर्गौलामा पत्थरी छ भने पनि सजिलै निस्किन मद्दत गर्छ । चना तागतिलो हुनुका साथै शरीरमा भएको अतिरिक्त ग्लूकोजको मात्रालाई पनि कम गर्छ । बिहान खाली पेट चनाको सातु खानाले पनि मधुमेहको खतराबाट बच्न सकिन्छ । २५ ग्राम कालो चना रातभरि भिजाएर बिहान खालीपेट सेवन गर्ने हो भने मधुमेहमा निकै फाइदा गर्छ । जौ र चनाको रोटी  मधुमेह रोगीका लागि निकै उपयोगी हुन्छ । चनाले यौन कमजोरी हटाउँछ । वीर्यको संख्या वृद्धि गर्दछ । वीर्य गाढा हुने गर्दछ । एक मुठ्ठी चनासँगै पाँचवटा बदाम भिजाउने । बिहान मज्जाले चपाएर खाने । त्यसपछि एक गिलास मनतातो दुध पिउने । चिनियाँ माटोको भाँडामा भिजाएको चना खानाले पुरुषहरुलाई निकै फाइदा पुराउँछ । चनालाई दूधसँग पनि खान मिल्छ । चना छालाको लागि पनि निकै लाभदायक रहेको छ । चनाको बेसनलाई बेसारसँग मिसाएर मुहारमा लगाउनाले फाइदा हुन्छ । यसले सुन्दरता बढाउनुका साथै दाग, दाद जस्ता समस्याहरुबाट पनि राहत दिन्छ । भुटेको चना खानाले बारम्बार पिसाब जानुपर्ने समस्याबाट आराम पाइन्छ । दैनिक भुटेको चना खानाले पायल्समा पनि राहत मिल्छ । चनाको बेसनमा बेसार मिसाई अनुहारमा लगाउने गर्नाले अनुहार चम्किलो हुन्छ । नुहाउनुअघि चनाको बेसनमा दूध अथवा दही मिसाई पेस्ट बनाएर अनुहारमा लगाउने र १०–१५ मिनेटपछि चिसो पानीले पखालेर नुहाउने गर्नाले अनुहारमा रहेका डन्डीफोरलगायत दाग, दाद आदि हराएर जान्छन् । पिसाब आइरहने समस्या छ भने भुटेको चना दिनहुँ खाने गर्नुपर्छ । गुढसँग चना खाने गर्नाले पिसाबमा इन्फेक्सन देखापर्ने जोखिम कम हुन्छ । चनाले कालेस्ट्रोललाई नियन्त्रणमा राख्छ । जसले गर्दा मुटु स्वस्थ रहन्छ र मुटु सम्बन्धी रोग लाग्ने खतरा पनि कम रहन्छ । चना निम्न रक्तचापलाई सामान्य बनाउन निकै उपयोगी हुन्छ । २० ग्राम चना र किसमिस वा मुनक्काको २५ दाना रातभरि सफा पानीमा भिजाएर राख्ने । बिहान नित्यकर्मपछि नास्ताको रुपमा भिजाएको चना र किसमिस खाने । पानी पिउने हो भने केही दिनमै रक्तचाप सामान्य हन्ुछ । शरीर बलिष्ट बन्छ, चेहराको चमक बढ्छ । चनाले शरीरको इम्यूनिटीलाई बढाउँछ । जसले रुघाखोकी, सर्दी जस्ता समस्यामा राहत दिलाउँने काम पनि गर्छ । गर्मीको समयमा चनाको सातुले धेरै फाइदा हुन्छ । शरीरलाई तन्दुरुस्त, ऊर्जा प्रदान गर्न लु लाग्नवाट बच्न सातुले सहयोग गर्छ । सातुलाई कागती र बिरेनुनसंग घोलेर पिउदा पनि फाइदा हुन्छ । नुन हालेको सातु मन नपरे गुढ वा चिनी हालेर समेत सातु खाना सकिन्छ । 


चना खाने विधि

चनालाई अनेक तरिकाले सेवन गर्न सकिन्छ । चनाको गेडागुडीको तरकारी बनाएर, सातुको रुपमा, पानीमा भिजाएर काँचै खान सकिन्छ । चनालाई अंकुरित गरेर तथा चनाको रोटी बनाएर पनि सेवन गर्न सकिन्छ ।

पुछारमाः
अतः चना मानिसको लागि प्रकृति दिव्य बरदान हो । यो बहुगुणी चना जति पौष्टिक र औषधीय गुणहरुले भरिपूर्ण छ, त्यत्ति नै सस्तो र सर्वसुलभ छ । त्यसैले उचित तरिकाले चनाका परिकारहरुको सेवन गरेर शरीरलाई स्वस्थ र मजबुत बनाउन सकिन्छ । अनेक रोगहरुलाई टाढा भगाउन सकिन्छ । तर, हिजोआज जंकफूड र फास्टफूडहरुका कारण चनाको उपयोग कम हँुदै गएको छ । यो चिन्ताको विषय हो । यसतर्फ हामी सबै सचेत हुन आवश्यक छ । जंकफूड र फास्टफूड होइन, नास्ताका रुपमा, तरकारी आदिका रुपमा चना खाऔं, बालबालिकाहरुलाई पनि चना खाने बानी बसालौं । (लेखक साइकोथेरापिष्ट तथा सुलभ हेल्थ फूड्स प्रमुख हुन् ।)



Monday, May 18, 2020

ब्रेन बाइट्स

अवचेतनको ‘गुहार’
ओम बानियाँ 

२७ वर्षीय साक्षी एक विवाहित महिला हुन् । उनी एक चर्चित बैंकमा अधिकृत पदमा कार्यरत छिन् । संयुक्त परिवारकी बुहारी भएता पनि अहिले उनको वैवाहिक जीवन सुखमय छ । पारिवारिक सम्बन्ध निकै सुमधुर छ । तर ३ वर्ष पहिला उनको जीवन निकै कष्टपुर्ण थियो । उनीसँग अहिले पनि त्यतिबेलाको एक मानसिक समस्याको कटु अनुभव छ । उनी भन्छिन्, “यदि मैले समयमै उचित मनोवैज्ञानिक सेवा नपाएको भए साहेद म देवीको रुपमा बाहिरबाट पुजनीय, तर भित्रभित्र घुट्न र अन्तद्र्वन्दको जीवन बाँच्न बाद्य हुने थिएँ ।”


कुरा ५ वर्ष पहिलाको हो । निम्न मध्यम परिवारकी साक्षीको एक निम्न मध्यम परिवारका लेखा अधिकृत विनोदसँग विवाह भयो । विनोद भाइहरूमा जेठा थिए । उनका दुवै जना भाइहरूले पढ्दै थिए । व्यावस्थापनमा स्नातक साक्षीलाई एमबीए गर्ने ठूलो धोको थियो । तर आफ्नो पतिको जिम्मेवारी र घरको आर्थीक स्थिति देखेर उनले आफ्नो एमबीए पढ्ने इच्छा पति र सासुुससुरासामु व्यक्त गर्न सकिँरहेकी थिइनन् । यसरी समय बित्दै गयो, आफ्नो धोको पुरा नहुने देखेर उनी ज्यादै चिन्तित र परेशान हुन थालिन् । एक दिन काम गर्दागर्दै अचानक उनी वेहोश भइ भुइँमा लडिन् । केही समयपछि हातखुट्टा फाल्दै हल्लिन थालिन् । उनी एउटा खुट्टा चल्न छोड्यो । त्यो देखेर परिवारका सदस्यहरू तथा आफन्तहरु जम्मा भए र तुरुन्त अस्पताल पु¥याए । अस्पतालमा उनको सम्पुर्ण मेडिकल परिक्षण भयो । तर सबै मेडिकल रिर्पोटहरू सामान्य देखिए । 

रिर्पोटहरू हेरेपछि अस्पतालका फिजिसियनले साक्षीका सासुससुरालाई भित्र बोलाएर भने, ‘साक्षीको मेडिकल रिर्पोटहरु सबै समान्य छन् । उनको समस्या शारीरिक नभएर मानसिक हो । त्यसैले एक पटक मानसिक रोग विभागमा गएर डा. कोर्टेक्सलाई देखाउनुहोस् ।’ तर साक्षीका सासुससुरा मात्र होइन साक्षीका आमाबा पनि साक्षी मनोरोगबाट पीडित भएको मान्न तयार भएनन् । उनीहरूले साक्षी भुतप्रेतको वाधाअड्चनद्वारा पीडित भएको दावी गर्दै उनलाई धामीकहाँ लिएर गए । धामीले झारफुक गर्न थाले । साक्षी पनि धामीसँगै हल्लिन थालिन् । एकाएक उनको आवाज फेरियो । उनले जोड–जोडले हाँस्दै र कराउँदै बक्न थालिन्, ‘हेर् । हेर् । हेर् । म कालीदेवी हुँ, कालीदेवि । अहिले नै, भर्खरै, एउटा बोका ल्याएर बली चढाऔ । र, सबैले मेरो पूजा गरौ । मेरो कुरा नमानेको खण्डमा ठुलो अनिष्ट आई पर्ने छ ।’ साक्षीको कुरा सुनेर सबै आश्चर्यचकित भए ।

गाउँभरि हल्ला फैलियो । अनि साक्षीलाई देवीको रुपमा पुज्न थालियो । साक्षीलाई देबीको रुपमा पुजेर बोकाको बली दिइयो । मन्दिरमा पुजापाठ तथा स्वस्तीशान्ति पनि गरियो । तर पनि साक्षी बेलाबेला काप्न, हल्लिन र बेहोस हुन छोडिनन्, उनको समस्या जस्ताको तस्तै थियो । भित्री पीडा भित्रै थियो । अर्कोतिर भने उनलाई देवी भनेर पुज्नेहरु बढ्दै थिए । टाढा टाढासम्म उनको चर्चा थियो । यसरी नै ४ महिना बित्यो । वगंलादेशबाट एमबीबीएस गरेर फर्केका साक्षीका भाइले उनका सबै मेडिकल रिर्पोटहरु हेरे र उनको अवस्था देखे अनि परिवार र आफन्तहरुको विरोधका वावजुत साक्षीलाई मनोचिकित्सक डा. कोर्टेक्स कहाँ लिएर गए । 

डा. कोर्टेक्सले सबै रिपोर्टहरु हेरे । साक्षीसँग केहीबेर गहन कुरा गरे । अनि साक्षीका सासुससुरा तथा पति विनोदलाई भित्र बोलाए । साक्षीको रोग र मनोवैज्ञानिक उपचारको वारेमा विस्तारपुर्वक सम्झाउन बुझाउन थाले, ‘साक्षीको समस्या भनेको कन्भर्जन डिसर्डर हो । जसलाई चलनचल्तीको भाषामा हिस्टेरिया भन्ने गरिन्छ । यसको मूल कारण भनेको तनाव हो । जस्तै पढाइलेखाइको तनाव, पारिवारिक तनाव, नाता–सम्बन्धको तनाव, आर्थिक  तथा समाजिक तनाव, प्रतिस्पर्धाको तनाव, कामनापूर्ति नहुँदाको तनाव, इज्जतप्रतिष्ठाको तनाव आदिइत्यादि ।’ उनले अगाडि भने, ‘अँ । यौनसम्बन्धी समस्याहरुले पनि तनाव उत्पन्न गर्न सक्दछ । अतः यस्ता अव्यक्त मानसिक तनाव शारीरिक लक्षणको रूपमा परिवर्तन (कन्र्भट) हुने हुनाले यो समस्या कन्भर्जन डिसर्डर भनेर चिनिन्छ । अव्यक्त मानसिक तनाव शारीरिक लक्षणको रूपमा प्रकट हुने समस्या नै हिस्टेरिया हो । वास्तवमा हिस्टेरिया अवचेतन मनको खेल हो जसलाई बिरामीले मानसिक आघातको विरुद्धमा प्रयोग गर्छ । कुनै इन्फेक्सनमा ज्वरो आउनु जस्तै यो पनि एक किसिमको मनोवैज्ञानिक प्रतिरक्षा हो ।’ उनले अगाडि भने, ‘हिस्टेरियामा विभिन्न लक्षणहरु देखा पर्न सक्छन् । जस्तैः बेहोश हुने । अदृश्य शक्तिले छोप्ने । हात खुट्टा झम्झमाउने र लाटो हुने  । घाँटीमा डल्लो अड्केको महसुस हुने । वाक्वाकी लाग्ने, वान्ता हुने, पेट दुख्ने । छिटोछिटो सास चल्ने । हात र खुट्टा नचल्ने । आवाज बन्द हुने । आँखा नदेख्ने । रुने, चिच्याउने, काम्ने । उत्तेजित हुने । कुटपिट गर्ने, कपडा च्यात्ने । सम्झना शक्ति हराउने आदि । कतिपय बिरामीले आफूलाई देविदेउताको रुप र अवतारसम्म पनि भन्ने गरेको देखिएको छ । हिस्टेरियाका लक्षणहरुलाई स्थानीय संस्कृति, समाज, धर्म र रीतिरिवाजले निकै प्रभाव पारेको हुन सक्छ । त्यसैले यसका लक्षणहरु पनि विभिन्न जातजाति, समुदाय र धर्मावलम्बीहरुबीच फरक हुन सक्छन् ।’


‘ठीक भन्नु भयो डा. साब साक्षीमा पनि यस्तै यस्तै लक्षणहरु देखिने गर्छन् । अनि यो रोग ठीक त हुन्छ नि डा. साब ?’ दबेको आवाजमा विनोद बोले । डा. कोर्टेक्सले चस्मा मिलाउँदै भने, ‘यसको कारण पत्ता लगाइ उपचार गर्ने हो भने यो समस्या बिलकुलै ठीक हुन्छ । तर बुझ्नु पर्ने कुरा के भने जब कुनै व्यक्तिलाई हिस्टेरियाका लक्षण देखिन्छ भने उक्त व्यक्ति कुनै न कुनै मानसिक तनावबाट गुज्रिरहेको छ भन्ने बुझ्नुपर्छ । सर्वसाधारणले हिस्टेरिया र यौन असन्तुष्टिलाई चाहिने भन्दा बढी महत्व दिएको देखिन्छ । तर यो बुझाइ गलत हो । त्यो किनभने हिस्टरिया अनेक कारणहरु उपज हो । कुनै घटना तथा समस्या जसलाई व्यक्तिले विविध कारणहरुले गर्दा साथी तथा परिवारजनसामु व्यक्त गर्न नसक्दा यो रोग लाग्ने सम्भावना हुन्छ । साधारणतया यस्तो रोग लागेको व्यक्तिले आफूमाथि आइपरेका समस्याहरु सकेसम्म कसैलाई नभन्ने र लुकाउने गर्छन् । हिस्टेरिया कुनै एउटा कारणले मात्र नभई विभिन्न मनोवैज्ञानिक कारणहरुले हुन सक्दछ । महिलाले पुरुषलेझैं आफ्ना कुरा व्यक्त गर्न नसक्ने हुनाले उनीहरूको मनमा पीडा गुम्सिएको हुन्छ । यही कारणले गर्दा महिलामा यो समस्या बढी हुन्छ । यो समस्या किशोरमा भन्दा किशोरीमा बढी देखिनुमा उनीहरूमा आउने शारीरिक परिवर्तनसँगै परिवार र समाजबाट बढी नियन्त्रण हुनु हो । महिलाले सहनुपर्छ, लजाउनुपर्छ, सेवा गर्नुपर्छ जस्ता सामाजिक मान्यताका कारण पनि महिला बढी अन्तरमुखी बन्न बाध्य हुन्छन् । पढ्ने, जीवन साथी रोज्ने र आफ्ना समस्याहरुलाई नडराई, नलजाई भन्न सक्ने वातावरण भएका देशहरूमा हिस्टेरियाको समस्या कम भएको देखिन्छ ।’ 


 ‘औषधि कति खानु पर्ला डा. साहेब ?’ सीमनाको सासुको प्रश्न थियो । डा. कोर्टेक्स, ‘हिस्टेरिया पूर्णतया मनको खेल हो, अवचेतन मनको खेल हो । अर्का शब्दमा भन्ने हो भने यो व्यक्त गर्न नसकेको इच्छा वा समस्याहरुद्धारा पैदा भएको तनावको प्रतिरक्षा स्वरुप देखिएको मनको रोग हो । वास्तवमा यो रोग म पीडित छु, मलाई सहायता गर भन्ने चित्कार हो । त्यसैले सबै भन्दा पहिला यस कुरालाई परिवार, समुह तथा वरपरका मानिसहरूले संवेदनशील भएर बुझ्न खोज्नु आवश्यक छ । अनि तनावको पहिचान र त्यसपछि उपयुक्त निदान नै हिस्टेरियाको सही समाधान हो । अहिलेसम्म कुनै ट्यावलेट या इन्जेक्सन बनेको छैन जसले हिस्टेरियालाई ठीक पारोस् । तर औषधिहरूको प्रयोगले हिस्टेरियाका केही लक्षणहरूलाई क्षणिक रूपमा शान्त पार्दछन् । तनावको निदान नभए हिस्टेरियाका लक्षणहरू फेरि बल्झिने हुन्छ । निदानको लागि तनावको पहिचान आवश्यक छ । तर तनाबको पहिचान गर्न त्यति सजिलो नहुन सक्छ । यस विषयमा विशेषज्ञता हासिल गरेका व्यक्तिहरूद्वारा पहिचान तथा निदान सम्भव छ । त्यसैले यसको उपचार मनोवैज्ञानिक पद्धतिद्वारा गर्नुपर्दछ । साक्षीलाई औषधि भन्दा पनि तपाईहरुको सहयोगको आवश्यकता छ ।’ विनोद आश्चर्य पर्दै, ‘हाम्रो सहयोग ? हामीहरुले त साक्षीलाई सहयोग गरिरहेका नै छौ ।’  डा. कोर्टेक्सः ‘हो, सहयोग गर्नु भएको छ तर साक्षीको मनको गुहारलाई सुन्न सक्नु भएको छैन तपाईंहरुले । विनोदजी, तपाईंहरुले मेलै भनेझैं साक्षीलाई सहयोग गर्नु भयो भने केही दिनमै साक्षीको समस्या छुमन्तर हुन्छ ।’ डा. कोर्टेक्स मुँसुक्क हाँसे । ‘हामीहरुले के कस्तो सहयोग गर्नु पर्रो हामीहरु सहयोग गर्न तयार छौं डा. साब ।’ साक्षीका ससुरा बोले ।

‘साक्षीको एमबीए पढ्ने ठूलो धोको छ । त्यसैले साक्षीलाई एमबीए पढ्ने वातावरण बनाइदिनुहोस् । अर्को कुरा तपाईंहरुले आआफ्नो ठाउँबाट घरायसी काममा उनलाई सहयोग गर्नु पर्यो ।’ विनोद आश्चर्य पर्दै, ‘हो र डा. साब । यसबारेमा त साक्षीले हामीस“गै कहिल्यै कुरा गरेनिन् ।’ ‘परिवारको आर्थिक समस्या बुझेर नै उनले आफ्नो इच्छा मनमै दबाएर बसिन् । जसको कारण यस्तो मनोवैज्ञानिक समस्या पैदा भयो ।’ ‘डा. साब, मैले कुरा बुझें, अब हामीहरुले जसरी हुन्छ तपाईले भनेझैं गर्ने छौं । साक्षीको एमबीए पढ्ने धोको पनि पुरा गरिदिने छौं ।’ रिपोर्टहरु दिँदै डा. कोर्टेक्स बोले, ‘हरेक हप्ताको सोमवार १२ दिनसम्म साक्षीलाई लिएर आउनु होला । तपाईंहरुको सर्पोट तथा मनोवैज्ञानिक उपचारबाट साक्षी बिलकुल ठीक हुने छिन् ।’ 



सोमवारदेखि साक्षीको चिकित्सा सत्र शुरु भयो । डा. कोर्टेक्सले साक्षीको औषधिप्रतिको विश्वासलाई ध्यानमा राखेर औषधिको रुपमा प्लेसबो पिल्स दिए । तीन चिकित्सा सत्रपछि नै साक्षीलाई निकै आराम महसुस हुन थाल्यो । उनको मन भित्र गुम्सिएको कुण्ठा तथा अन्तद्र्वन्द घट्दै गयो । साक्षीको आत्मबल तथा ऊर्जा बढ्दै गयो । १२ चिकित्सा सत्रपछि साक्षी बिलकुल ठीक भइन् । अनि परिवारको सल्लाह वमोजिम उनले एमबीए पढ्न थालिन् । घरधन्दा र एक छोराको रेखदेख गरेर पनि उनले २ वर्षमा प्रथम श्रेणीमा एमबीए उत्र्तीण मात्र गरिनन् बैंकमा जागिर प्राप्त गर्न समेत सफल भइन् । (कथाकार साइकोथेरापिष्ट हुन् ।)




Sunday, May 17, 2020

 हेल्थ फर्स्ट 

प्राण हो पिपल 
ओम बानियाँ 
पिपल । चिरपरिचित वृक्ष हो । हिन्दू धर्ममा यस वृक्षको निकै ठूलो महत्व रहेको छ । धार्मीक दृष्टिकोणले मात्र होइन वैज्ञानिक दृष्टिकोणले पनि पिपल निकै उपयोगी छ । पिपल यस्तो वृक्ष हो जसले गर्मीमा शितलता प्रदान गर्दछ र जाडोमा तातो हावा निकाल्दछ । पिपलले दिनरात प्राणवायु (अक्सीजन) फ्याँक्छ । वास्तवमा प्राणीहरुको लागि पिपल प्राण हो । पिपल वृक्ष बहुगुणकारी छ । पिपलको हरेक भाग जस्तैः पात, फल, बोक्रा, जरा सबै औषधीको रुपमा प्रयोगमा आउँछ । यसबाट अनेक प्रकारका गम्भीर रोगहरुको पनि उपचार सम्भव हुन्छ । त्यसैले यस बहुगणकारी वृक्षलाई औषधीको खजना पनि भनिन्छ । 


ब्रेन बुस्टरः
पिपलको पात र फल मस्तिष्क तथा नर्भस सिस्टमका लागि निकै उपयोगी मानिन्छ । मस्तिष्कजन्य रोगहरुमा पिपलले धेरै फाइदा गर्छ । मृर्गी रोग तथा तनाव नियमन गर्न पिपल निकै उपयोगी छ पीपलमा एंटीअक्सीडेंट भरिपुर्ण रुपमा पाइन्छ, यसको कमलो पात नियमित रूपले चपाउनाले तनावमा कमी आउन थाल्छ, बुढौलीपनवाट पनि टाढै राख्न मद्दत गर्छ ।



पिपल र पेटरोगः

पिपललाई पित्त नाशक मानिन्छ । त्यसैले पीपलको पातको प्रयोग कब्जियत तथा ग्याष्टिकको समस्यामा औषधीको रुपमा प्रयोग गर्न सकिन्छ । शरीरमा पित्त बढेमा वा पेटमा ग्याँस भरिएमा पिपलको पातको ताज रस एक एक चम्चा साँझ बिहान सेवन गरेमा पित्तको नाश हुन्छ र पेट ठीक हुन्छ । 

पिपल र रुघाखोकीः
रुघाखोकी जस्ता श्वासप्रश्वास समस्यहरुमा पनि पीपल लाभदायक हुन्छ । पीपलको पात सुकाएर मिश्रीको साथ काढा बनाएर पिउन सकिन्छ । यसले रुघा छिटो निको हुन्छ । श्वासप्रश्वास सम्बन्धी समस्याहरुमा पीपलको बोटको नजिक बसेमा धेरै फाइदा हुन्छ । पीपलको बोक्राको चुर्ण खाना तथा पिपलको पात दुधमा उमालेर पिउनाले श्वासप्रश्वास सम्बन्धित सबै रोग निको हुन्छ । 


पिपल र मधुमेहः
पिपल मधुमेहको लागि पनि निकै उपयोगी छ । पिपलको तीन कोमल पात, आँपको तीन पात र बेलाउतीको तीन पातको रस बिहान खाली पेट सेवन गर्ने हो भने केही दिनमै मधुमेह सामान्य हुन्छ । 

पिपल र जन्डिसः
पिपलको तीन कोमल पातको रसमा मिश्री मिलाएर सेवन गर्ने हो भने भाइरल जण्डिस ठीक हुन्छ । अन्य कुनै औषधिको आवश्यकता पर्दैन ।

पिपल र चर्म रोगः
पिपल छालाको टनिक हो । यसले छालालाई नरम र मुलायम बनाउँछ भने छालाका रोगहरु ठीक पार्छ । पीपलको पातलाई दूधमा चोभेर खुटामा लगाउनाले फाटेको खुट्टा ठीक हुन्छ । पिपलको कोमल पातलाई राम्ररी चपाएर खाएमा चर्म रोगहरुमा उपयोगी हुन्छ । पीपलको ताजा पातलाई तातो बनाइ लेप बनाएर घाउमा लगाएमा शरीरमा रहेको जस्तोसुकै घाउ निको हुन्छ । छालामा हुने कुनै पनि रोग जस्तैः दाद, खाज तथा चिलाउने समस्याहरुमा पनि पीपलको कमलो पात चपाउने वा कमलो पातको काडापानी बनाई पिउनाले फाइदा गर्छ । पिपलले मानिसको छाला चाउरी पर्नबाट बचाउँछ । पपीपलको जरामा प्रशस्त एन्टीअक्सीडेन्ट रहेको हुन्छ । यही गुणको कारणले पिपलको जराले वृद्धावस्थामा हुने चाउरीपनाबाट बचाउँछ । यसको जरालाई काँटेर पानीमा मिलाइ पिसेर छालामा लगाएमा जस्तोसुकै चाउरिएको छाला नरम र मुलायम हुन जान्छ ।


पिपल र दाँत:
पीपलको दन्तमंजन बनाई दात माज्नाले दांत बलियो हुन्छ । दाँतको दुखाईको समस्य समेत निको हुन्छ । यसको अलवा १० ग्राम पीपल को छाला, कत्था तथा २ ग्राम कालो मरिच पिसेर मंजन बनाई प्रयोग गर्नले दाँतको समस्य समाधान हुन्छ । दाँत हल्लिन र सड्नबाट जोगाउंछ । 

पुछारमाः
अतः पिपल बहुगणकारी छ । यसका अनेक स्वास्थ्य फाइदाहरु छन् । वास्तवमा पिपल प्राणी जगतका लागि प्रकृतिको दिव्य उपहार हो । यही वृक्ष मुनि ध्यान बसेर नै गौतम बद्धले ज्ञान प्राप्त गरेका थिए । त्यसैले पिपल वृक्षको संरक्षण तथा यसको उचित उपयोग आजको आवश्यकता हो ।