हेल्थ फर्स्ट
फ्रि रेडिकल्सको कारणः
फ्रि रेडिकल्सको प्रभावः
बच्ने उपायः
फ्रि रेडिकल्स र हेल्थ
ओम बानियाँ
मानव शरीर अनेक जीवकोशहरु मिलेर बनेको हुन्छ । वास्तवमा मानव शरीर एक बिशाल ब्रह्माण्ड हो । त्यसैले त वेद्मा भनिएको नै छ, यथा पिण्डे, तथा ब्रह्माण्डीय । यथा ब्रह्माण्डीय तथा पिण्डे ।। अर्थात् शरीरमा जे छ ब्रह्माण्डमा पनि त्यही छ । ब्रह्माण्डमा जे छ, शरीरमा पनि त्यही छ । यो सारा ब्रह्माण्ड पंचतत्व (पृथ्वी, जल, वाय, अग्नि तथा आकाश) र अनेक जीवहरु मिलेरको छ । मानव शरीर पनि पंचतत्व तथा अनेक जीवकोषहरु मिलेर बनेको छ । जीवकोशहरु अनेक अणुहरु मिलेर बनेको छ । अनि अणुहरु परमाणुहरु र परमाणुहरु इलेक्ट्रोन, प्रोट्रोन तथा न्युक्लियस मिलेर बनेको छ ।
परमाणुको प्राकृतिक गुण के हो भने यसको केन्द्र अर्थात् न्युक्लियसमा विद्यमान प्रोट्रोनको संख्या बराबर इलेक्ट्रोन हुने गर्छ । इलेक्ट्रोन केन्द्रको वरिपरि अर्को कक्षमा रहन्छ । यदि कुनै कारण परमाणुमा इलेक्ट्रोनको कमी भयो भने यसले अर्को परमाणुको इलेक्ट्रोन खोसेर वा शेयर गरेर इलेक्ट्रोनको कमी पूर्ति गर्ने गर्छ । तर जब कुनै परमाणुमा इलेक्ट्रोनको कमी हुन्छ, तब उसले बेचैनीको साथमा, तुरुन्त जहाँबाट जस्तो भए पनि इलेक्ट्रोन हासिल गर्ने कोसिस गर्छ । यस्तो परमाणु नै फ्रि रेडिकल हो । फ्रि रेडिकल्स एक अक्सिजनयुक्त परमाणु हो, जसका एक वा एक भन्दा बढी इलेक्ट्रोन हुन्छन्, जसले अन्य परमाणुसँग उच्च प्रतिक्रिया गर्छन् ।
फ्रि रेडिकल्सको कारणः
साधारणतया शब्दमा भन्दाखेरि शरीरमा मेटाबोलिज्म जस्ता रासायनिक प्रक्रियाको प्राकृतिक उप–उत्पादन (वायप्रोडक्ट्स) नै फ्रि रेडिकल्स हो । अधिकांश यस्ता फ्रि रेडिकल्स अक्सिजनको परमाणु हुन्छ । अक्सिजनको सहायतबाट ग्लुकोज ऊर्जामा परिवर्तन हुँने प्रक्रियामा पनि फ्रि रेडिकल्स बन्ने गर्छ । तनावका कारण पनि अध्याधिक मात्रामा फ्रि रेडिकल्स पैदा हुने गर्छ । अन्य यस्ता रेडिकल्स आसपासको वातावरणबाट आउँछन् । प्रदुषण, विकिरण, धँुवा, आदिको कारणले फ्रि रेडिकल्स अधिक मात्रामा बन्न सक्छन् । गलत आहारबिहार, पौष्टिक भोजनको कमी, फोहोर पानी, वायु, धूमपान, मद्यपान तथा किटनाशाकले पनि फ्रि रेडिकल्स पैदा गर्ने कार्य गर्दछ । कतिपय औषधिको प्रभावबाट पनि फ्रि रेडिकल्स बन्ने गर्छ । यसका साथै केही फ्रि रेडिकल्स शरीरमा पहिलादेखि नै रहेका हुन्छन् । यस्ता फ्रि रेडिकल्स फरक फरक आकार, प्रकार र रासायनिक संगठनका हुन्छन् ।
फ्रि रेडिकल्सको प्रभावः
फ्रि रेडिकल्स जीवनका लागि आवश्यक छ, यसले शरीरलाई बाह्य आक्रमणबाट बचाउने कार्य गर्दछ । तर, शरीरमा यसको मात्रा आवश्यकता भन्दा बढी भएमा यसले कोशहरुलाई नै हानीनोक्सानी पुराउने कार्य गर्छ । शरीरमा अनेक रासायनिक प्रक्रियाहरुका कारण थोरै थोरै फ्रि रेडिकल्स बनिरहन्छन् । कतिपय यस्ता फ्रि रेडिकल्स शरीरबाट ब्याक्टेरिया तथा भाइरसहरु हटाउनका लागी बन्ने गर्छन् । र, यस्ता फ्रि रेडिकल्सको निस्तेज सजिलै संग हुने गर्छ । तर कतिपय अवस्थामा जब अत्याधिक मात्रामा फ्रि रेडिकल्सहरु बन्न थाल्छन्, शरीरले यस्ता फ्रि रेडिकल्सलाई नियन्त्रण नै गर्न सक्दैन । अनि यस्ता फ्रि रेडिकल्सले अन्य अणुबाट इलोक्ट्रोन चोर्ने कोसिस गर्छन् । जब एक परमाणु अर्को परमाणुको इलेक्ट्रोन खोस्न सफल हुन्छ, तब अर्को परमाणुमा इलेक्ट्रोनको कमी हुन्छ । अनि उसले पनि अर्को परमाणुमाथि हमला गर्छ । यो छिनाछपटीको एक चेनबद्ध प्रक्रिया बन्न पुग्दछ । जसले गर्दा कोशहरु, डीएनए तथा प्रोटिन आदिमा बहुतै हानी पुग्ने गर्दछ । परिणामस्वरुप अनेक खतरनाक विमारीहरुको जन्म हुने गर्छ । उमेरको प्रभाव पनि फ्रि रेडिकल्सको कारणले हुने गर्छ । यसको अलवा थकान, सिरदर्द, सम्झना शक्तिको कमी, जोर्नी तथा मांशपेशीको दर्द, त्वचाको चाउरीपना, कपाल फुल्ने, नेत्रज्योतिको कमजोरी तथा रोगप्रतिरोधक क्षमताको कमी आदि जस्ता समस्याहरु फ्रि रेडिकल्सको कारण पैदा हुन सक्दछ ।
बच्ने उपायः
फ्रि रेडिकल्स र अक्सिडेसन स्टे«सबाट पर्णरुपमा मुक्त हुन सम्भव छैन । तर यसको प्रभावलाई कम गर्न भने सकिन्छ । एन्टी अक्सिडेन्टस्ले फ्रि रेडिकल्सको प्रभावबाट कोशहरुलाई बचाउने कार्य गर्छ । त्यसैले स्वास्थ्य रहन एन्टी अक्सिडेन्टयुक्त आहार सेवन गर्न जरुरी हुन्छ । एन्टी अक्सिडेन्टस्ले फ्रि रेडिकल्सलाई नष्ट गर्ने कार्य गर्छ । एन्टी अक्सिडेन्टले आफ्नो इलोक्ट्रोन दिएर छिनाछपटी बन्द गराउँछ । एन्टी अक्सिडेन्टको प्रमुख विशेषता के छ भने यसले आफ्नो इलोक्ट्रोन दिएर पनि शान्त रहन्छ, फ्रि रेडिकल्समा परिवर्तन हुँदैन । वास्तवमा एन्टी अक्सिडेन्टले फ्रि रेडिकल्सको सफाइ गर्ने कार्य गर्छ । भिटामिन ई, भिटामिन सी, बिटा केरोटिन, लायकोपिन, फिटो न्यटिं«एटस आदि प्रमुख एन्टी अक्सिडेन्टस् हुन् । केही मात्रामा एन्टी अक्सिडेन्टस् शरीरले नै बनाउने गर्छ ।
पुछारमाः
अतः स्वस्थ जीवन जीउन पौष्टिक तथा सन्तुलित आहार, प्राकृतिक जीवनशैली तथा नियमित व्यायामको कुनै विकल्प छैन । मानिस स्वस्थ जीवन जिउन चाहन्छ कि अस्वस्थ जीवन, यो कुरा मानिसको हातमा नै छ । (लेखक साइकोथेरापिष्ट तथा पोषणविद हुन् ।)
सम्पर्क: https://www.ucl.ac.uk/pals/research/clinical-educational-and-health-psychology/research-groups/international-cognitive-19


No comments:
Post a Comment