ब्रेन बाइट्स
कुरा बौद्धिक मेमोरीको हो । यहाँ अर्को उल्लेखनीय कुरा के भने मानिसले जुन स्मरणशक्ति बढाउन चाहन्छन्, वास्तवमा मानिसलाई त्यो स्मरणशक्तिको त्यति आवश्यक पर्दैन । तर जुन स्मरणशक्तिको बढी आवश्यकता पर्छ, त्यो स्मरणशक्तिका वारेमा मानिसलाई राम्रो ज्ञान छैन ।
सम्पर्क: https://www.ucl.ac.uk/pals/research/clinical-educational-and-health-psychology/research-groups/international-cognitive-19
इन्टेलिजेन्ट मेमोरी
ओम बानियाँ
साधारण अर्थमा भन्ने हो भने संझना–शक्ति वा संझिराख्ने मानसिक शक्ति नै स्मरणशक्ति हो । अर्को शब्दमा भन्ने हो भने पञ्च ज्ञानेन्द्रिय(आँखा, कान, नाक, जिब्रो तथा त्वचा) मार्फत् मनमस्तिष्कले ग्रहण गरेका जति पनि विषय तथा अनुभवहरू छन्, लाई याद गर्ने (रिकाल) क्षमता वा सामथ्र्यलाई स्मरणशक्ति (मेमोरी पावर) भनिन्छ । ‘स्मरणशक्ति’ मस्तिष्कको प्रमुख कार्य हो । मानिसको सम्पुर्ण ज्ञान तथा सीप स्मरणशक्तिमा नै आधारित रहन्छ । हरेक विचार, हरेक कार्य, व्यक्तिगत पहिचान तथा व्यक्तित्व आदि सबै स्मरणशक्तिमा निर्भर रहन्छ । घरबाट निस्किएको मानिस पुनः घर फर्किन देखि लिएर रकेट बनाउन र बनाएको रकेट उडाउन समेत स्मरणशक्तिको आवश्यकता हुन्छ ।
मानिसको जीवनमा स्मरणशक्तिको यो महत्वलाई हृदयांगम् गर्दै एलेकजेण्डर स्मीथले भनेका नै छन्ः “मानिसको वास्तविक सम्पत्ति भनेको नै स्मरणशक्ति हो । अन्य कुनै कुराहरूले मानिसलाई धनी वा गरीब बनाउन सक्दैन ।” हुन पनि हो, तपाईं आफै एक क्षण सोच्नुहोस् त, स्मरणशक्ति नभए के हुन्छ ? र, स्मरणशक्ति तेज भए के हुन्छ ? त्यसैले पनि प्रत्येक मानिस आफ्नो स्मरणशक्ति तेज होस् भन्ने चाहन्छन् । र, स्मरणशक्ति बढ्छ कि बढ्दैन भन्ने जिज्ञाशा राख्छन् ।
तर अर्को उल्लेखनिय कुरा के भने स्मरणशक्ति मात्र केही होइन । यदि त्यसो हुन्थ्यो भने एक पटक सुनेका तथा पढेका कुराहरू हुबहु याद गर्न सक्ने रसियाका पत्रकार एस.बी. शेरेस्वस्की संसारकै सबै भन्दा बुद्धिमान् मानिस ठहरिन्थे । तर यथार्थमा उनी एक सामान्य पत्रकार थिए । त्यसैले मानिसको ‘इन्टेलिजेन्ट मेमोरी’ (बौद्धिक मेमोरी)–लाई बढी महत्व दिनु पर्ने तर्क मेमोरी विशेषज्ञहरूको छ ।
न्युटनले गुरुत्वाकर्षणको नियम पत्ता लगाउनु भन्दा पहिला पनि रुखबाट स्याउहरू खस्ने गर्थे । स्याउ खसेको देख्ने असंख्य मानिसहरू थिए । जेम्स वाटले कित्लीको बिर्कोलाई वाफ धकलेको देख्नु भन्दा पहिला पनि यस्तो दृश्य धेरैले देखेका थिए । तर उनीहरूलाई यस्ता घटनाहरूले कसरी नयाँ ज्ञान दियो ? केही मानिसहरूमा यस्तो ज्ञान कहाँबाट आउँछ ? यो निकै गहकिलो प्रश्न हो ।
कुरा बौद्धिक मेमोरीको हो । यहाँ अर्को उल्लेखनीय कुरा के भने मानिसले जुन स्मरणशक्ति बढाउन चाहन्छन्, वास्तवमा मानिसलाई त्यो स्मरणशक्तिको त्यति आवश्यक पर्दैन । तर जुन स्मरणशक्तिको बढी आवश्यकता पर्छ, त्यो स्मरणशक्तिका वारेमा मानिसलाई राम्रो ज्ञान छैन ।
एक जना व्यक्ति प्रिन्सटन विश्वविद्यालयबाट टैक्सीमा फर्किदै थिए । कतातिर
जाने भनेर उनी कन्प्mयुज भए । टैक्सी ड्राइभरले उनले भने अनुसार घरि यता
घरि उता टैक्सी घुमाइरहो । तर उनको ठेगाना फेला परेन । ड्राइभर हैरान भएर
भन्यो, 'हैन तँपाईं कहाँ जाने हो ? ठेगाना त बताउनुहोस् ?' व्यक्तिले भने,
'के तिमीलाई वैज्ञानिक आइन्स्टीनको घर थाहा छ ?' ड्राइभर तुरुन्तै बोल्यो,
आइन्स्टीनको घर कसलाई थाहा छैन र ? प्रिन्सटनका बच्चा बच्चालाई थाहा छ । के
तँपाई आइन्स्टीनलाई भेट्न जाँदै हुनुहुन्छ ?' व्यक्तिले भने, 'होइन, म नै आइन्स्टीन हुँ । वास्तवमा मैले आफ्नो घरको ठेगाना भुलेको थिएँ ।'
प्रायः मानिसले आफ्नो दैनिक जीवनमा नाउँ, ठाउँ, मिति, चाबी तथा वालेट आदि बिर्सिने गुनासो गर्छन् । मानिसका यस्ता समास्याहरू सामान्य स्मरणशक्तिसँग सम्बन्धित हुन्छन् । तर अधिकांश मानिसहरूले यसलाई नै स्मरणशक्ति ठान्ने गर्छन् । त्यो किनभने सामान्य स्मरणशक्ति मानिसको चेतन प्रक्रियासँग सम्बन्धित हुन्छ, जसको मानिसलाई प्रत्यक्ष अनुभव हुन्छ, विशेषतः यो स्मरणशक्तिले कार्य नगर्दाको अवस्थामा ! यो हाम्रो सामान्य स्मरणशक्ति हो, जसले ठीकसँग कार्य गरेन भने बिहान राखेको पर्स कहाँ राखियो भन्ने कुरा बिर्सन सकिन्छ । यसप्रकारको स्मरणशक्तिको दैनिक जीवनमा महत्व त हुन्छ, तर यो भन्दा पनि बढी महत्वपुर्ण छ, मानिसको बौद्धिक मेमोरी !
किन मानिसले आफुले जति छिटो र तर्कपुर्ण ढंगले सोच्न सक्थें, त्यसरी सोच्न नसकेको गुनासो गर्छन् ? किन मानिसले साथीसंगी तथा आफन्तलेझैँ सवालजवाफ गर्न, समस्या समाधान गर्न, चुटकिला भन्न तथा तर्क अगि सार्न पछि परेको महसुस गर्छन् ? अरुले जवाफ दिएपछि ए, हो त नी, यो कुरा मलाई पहिला किन आएन ? मैले किन यस्तो अनुमान गर्न सकिनँ ? मैले किन यस्तो सोच्न सकिनँ ? भन्ने पछुतो गर्छन् ? अतः उपर्युक्त सबै कुराहरू बौद्धिक मेमोरीसँग सम्बन्धित छन् ।
बौद्धिक स्मरणशक्ति, यस्तो स्मरणशक्ति हो, जसले सृजनात्मक विचार र समान्य स्मरका अंशलाई सँगसँगै, एकाकार बनाएर स्मृतिमा ल्याउँछ । बौद्धिक स्मरणशक्ति विचार तथा जुक्तिका साथसाथ एक मानसिक प्रक्रिया हो, जसलाई सृजनशील वा बौद्धिक सोच भन्ने गरिन्छ । बौद्धिक स्मरणशक्तिले मानिसको बृद्धिमत्ताका लागि ऊर्जा को कार्य गर्छ । यसले मानिसलाई छिटो समस्या समाधान गर्न तथा सृजनात्मक ढंगले सोच्न सहयोग गर्छ । वास्तवमा यही स्मरणशक्तिले नै मानिसलाई स्मार्ट बनाउँछ । त्यसैले बौद्धिक स्मरणशक्तिलाई सफलताको मुटु मान्न सकिन्छ ।
सफलता केवल मेहनत, व्यक्तित्व, ज्ञान र भाग्यको खेल मात्र होइन कि यो साहेद बौद्धिक स्मरणशक्ति हो, जसले मानिसलाई पूर्णतया प्रभावित गरेको हुन्छ । सामान्य स्मरणशक्ति उमेर सँगसँगै घट्दै जान्छ, तर बौद्धिक मेमोरी उमेरसँगै झन् मजबुुत र अनुभवबाट खारिँदै जान्छ । खुसीको कुरा के भने यो स्मरणशक्ति पनि सामान्य स्मरणशक्तिझैँ अभ्यासद्वारा विकसित गर्न सकिन्छ । मेमोरी टेक्निकले मानिसको सामान्य स्मरणशक्ति मात्र होइन कि मानिसको बौद्धिक स्मरणशक्ति समेत बढाउन सहयोग गर्छ । (लेखक साइकोथेरापिष्ट तथा मेमोरी ल्याब प्रमुख हुन् ।)
सम्पर्क: https://www.ucl.ac.uk/pals/research/clinical-educational-and-health-psychology/research-groups/international-cognitive-19




No comments:
Post a Comment