ब्रेन बाइट्स
हार्वर्ड ल स्कुलका डीन रास्को पाउण्डको मेमोरी पनि ज्यादै विलक्षण थियो । पाउण्ड ल स्कुलका डीन मात्र होइन कि एक ज्यादै सफल वकिल पनि थिए । उमेरसँगै उनको आँखा कमजोर हुन थाले पछि उनले आँखाको ठाउँमा मस्तिष्क प्रयोग गर्न थाले, पाउण्ड पुर्णतया अन्धो भएता पनि उनको मेमोरी विलक्षण हुन गयो, जसले गर्दा उनको कानुनी बहस झनै खारियो । उनले बहसको दौरानमा फलानो किताबको फलानो संस्करणको फलानो पानामा.. भनेर सही–सही उद्धरण दिने गर्थे ।
द माइण्ड अफ द निमोनिष्ट
एक पटक स्वामी विरजानन्द, भारत—ऋषिकेशको एउटा नदीमा स्नान गर्दै थिए । कतैबाट दुई जना अंंग्रेजहरू त्यहीँ नदीको तिरमा आए । र, आपसमा झगडा गर्न थाले । झगडाले उग्ररूप लिन थाल्यो । हात हालाहाल नै भयो । दुवै रताम्मे भए । यो खवर अंग्रेज अफिसर कहाँ पुग्यो । खबर पाउनासाथ अफिसर घटना स्थलमा आए । अनि दुवैलाई केरकार गर्न थाले । तर दुवैले एक अर्कोलाई दोष दिन थाले । गवाह बिना अफिसरलाई दोषी छुटाउन गाह्रो प¥यो । अफिसरले सोधे, तिमीहरूको झगडा देख्ने कोही थियो यहाँ ? दुवैले भने, देख्ने त कोही पनि थिएनन्—तर ऊ त्यो अन्धो साँधुले हाम्रो झगडा सुनिरहेको थियो । अफिसर स्वामी नजिकै पुग्यो । र, सोध्यो, स्वामीजी तपार्इंले यिनीहरूको आपसी झैझगडा सुन्नु भएको थियो ? स्वामीजीले भने, सुन्न त सबै कुरा सुनेको थिए, तर बुझिन् । मलाई अंगे्रजी आउँदैन । तर यिनीहरूले बोलेका सबै शब्दहरू म भन्न सक्दछु । अनि स्वामी विरजानन्दले फरर्र अंगे्रजी बोल्न थाले । स्वामीको त्यो अद्भुत स्मरणशक्ति देखेर तीनै अंगे्रजहरू तीनछक परे ।
धेरै पहिलाको कुरा हो, जर्मनीको हैगन शहर स्थित एक बैंकमा भयंकर आगलागी भयो । आगलागीमा परि बैंकका सबै रिकर्ड तथा हिसाबकिताबहरू खरानी भए । अर्को दिन बैंकमा ग्राहकहरूको ठुलो भीड लाग्यो । ग्राहकहरूले बैंक प्रबन्धकसँग आफ्नो हिसाबकिताब माग्न थाले । तर खातापाता बिना बचतकर्ताको दावीको किनारा लगाउन असम्भव थियो । यस्तो विषम परिस्थितिमा बैंकमा कार्यरत एक लेखापालले सबै समस्याको हल गरिदिए । लेखापालले बताएको मौखिक हिसाबकिताब एकदमै सही थियो, सबै ग्राहकहरू सन्तुष्ट थिए । त्यति ठुलो बैंकको त्यति धेरै ग्राहकको हिसाबकिताब याद राख्ने ती लेखापालको नाउँ थियो, बर्थोल्ड नीव्डुर ।
बेलायती निवासी फिल्डिड्ढ जन्मिदै अन्धा थिए, कत्ति पनि देख्न सक्दैन्थे । तर उनको मेमोरी ज्यादै अद्भुत थियो । उनलाई करीब दस हजार व्यक्तिहरूको नाम, ठेगाना तथा व्यावसाय कण्ठ थियो । यति मात्र कहाँ हो र ? उनले ती दस हजार व्यक्तिहरू मध्य जोसुकैको पनि आवाज मात्र सुनेर उनीहरूको नाम बताउन सक्थे ।
फ्रान्सका पुर्व प्रधानमन्त्री मेम्बे्रज लियानको मेमोरी पनि ज्यादै चमत्कारीक थियो । उनलाई प्रतिपक्ष दलका सांसदहरूद्वारा संसद्मा दिएका भाषणहरूका एक–एक शब्दहरू तथा संसद्मा पेश गरिएका गत वर्षहरूका तमाम बजेटहरूका एक–एक शब्द, अंक, तथा तथ्यांकहरू कण्ठ थियो ।
हार्वर्ड ल स्कुलका डीन रास्को पाउण्डको मेमोरी पनि ज्यादै विलक्षण थियो । पाउण्ड ल स्कुलका डीन मात्र होइन कि एक ज्यादै सफल वकिल पनि थिए । उमेरसँगै उनको आँखा कमजोर हुन थाले पछि उनले आँखाको ठाउँमा मस्तिष्क प्रयोग गर्न थाले, पाउण्ड पुर्णतया अन्धो भएता पनि उनको मेमोरी विलक्षण हुन गयो, जसले गर्दा उनको कानुनी बहस झनै खारियो । उनले बहसको दौरानमा फलानो किताबको फलानो संस्करणको फलानो पानामा.. भनेर सही–सही उद्धरण दिने गर्थे ।
भाारतका स्वामी विवेकानन्दको मेमोरी पनि ज्यादै विलक्षण थियो । अमेरिका यात्राको दौरान, विवेकानन्दले शिकागो पुस्तकालयबाट एउटा वृहत विश्वकोश राती हेर्न लगे, बिहान त्यो विश्वकोष फर्काउदा उनलाई विश्वकोशका सबै पृष्टहरू हुबहु, जस्ताको तस्तै याद थियो ।
रुसका एस.बी. शेरेस्वस्की एक साधारण पत्रकार थिए । तर उनको स्मरणशक्ति ज्यादै अद्भुत थियो । रिर्पोटिंगका लागि उनलाई कागजकलम तथा टेपरिर्कडर आदिको आवश्यकता पर्दैन्थ्यो । उनले सुनेका, पढेका तथा अनुभव गरेका जुनसुकै विषयहरू पनि हुबहु सम्झन्थे, शब्द–शब्द भन्न सक्थे । उनलाई विदेशी भाषाको कविता समेत हुबहु याद हुन्थ्यो ।
हिजो मात्र होइन आज पनि यस संसारमा यस्तो तीक्ष्ण स्मरणशक्ति भएका मानिसहरू थुप्रै छन् । यस्ता विलक्षण मानिसहरुले मेमोरी टेक्निक प्रयोग गरेर नै शक्तिशाली स्मरणशक्ति बनाएका हुन् ।
रुसका स्नायुमनोवैज्ञानिक ए.आर. लुरियाले एस.बी. शेरेस्वस्की स्मरणशक्तिका वारेमा लामो अध्ययन अनुसंधान गरे । उनका अनुसार शेरेस्वस्कीले १४ वर्ष पहिला बताएको निरर्थक शब्दहरूको समूहलाई समेत सही सही बताएको पाए । डा. लुरियाले आफ्नो अध्ययनबाट शेरेस्वस्कीले याद गर्नुपर्ने कुराहरूलाई सम्बद्ध (लिंक) तथा भिज्यूलाइज गरेर याद गर्ने गरेको तथ्य पनि फेला पारे । उनले याद गर्न पर्ने कुराहरूलाई रगिंन बनाएर र एक अर्कोसँग गाँसेर कल्पना चित्रमा उतार्थे ।
मेमोरी टेक्निकका बारेमा जानकारी नभएका मानिसहरूलाई यस्तो मेमोरी प्रर्दशनी ‘जादु’ जस्तो लाग्ने गर्छ । तर यो न त जादु हो न त जन्मिदै पुर्पुरोमा लिएर आएको क्षमता हो । मेमोरी टेक्निक सिक्ने हो भने जो सुकैले पनि यस्तो क्षमता प्रदर्शन गर्न सक्छन्, ७–८ वर्षका बालकालिकाले पनि ? मैले पनि मेमोरी टेक्निक सिकेको हुँ । मैले वैदिक ग्रन्थबाट धेरै मेमोरी टेक्निकहरू सिकेँ, सिक्दै छु ।
वैदिक कालमा ऋषिमुनिहरु तथा उनका चेलाहरुले वैदिक मेमोरी टेक्निकद्धारा श्लोक तथा पाठहरु याद गर्थे । ५औं शताब्दीतिर ग्रीसमा पनि मेमोरी टेक्निकको खुब चर्चा थियो । तर बिचमा आएर मेमोरी टेक्निक मृत प्रायः भयो । अदभुत स्मरणशक्तिका पत्रकार शेरेस्वस्की अबगमनसँगै पुनः मेमोरी टेक्निकले चर्चा पायो । मेमोरिष्ट हैरी लोरेनको किताब, मेमोरी बुकले मेमोरी टेक्निकलाई संसारभरि फैलायो । अहिले त करोडौं मानिसहरुले मेमोरी टेक्निक सिकेर फाइदा लिइरहेका छन् । हुन पनि मेमोरी टेक्निकले कतिपय अवस्थामा कमाल नै देखाउँछ । यो टेक्निक विद्यार्थी तथा लेखकपत्रकारलाई मात्र उपयुक्त नभएर सबैका लागि उत्तिकै उपयुक्त छ ।
अन्तमाः
मेमोरी टेक्निकका पनि सीमाहरु छन् । हरेक कुराहरु याद गर्न यसको उपयोग गर्न कठीन हुन्छ । सबै भन्दा महत्वपुर्ण कुरा स्मरणको लागि पञ्च ज्ञानेन्द्रिय(आँखा, कान, नाक, जिब्रो तथा त्वचा) मार्फत् विषय मनमस्तिष्क स्टोर हुन आवश्यक छ । कुनै पनि किताब शब्द शब्द नपढीकन किताब हुबहु याद गर्न सम्भव छैन । (लेखक साइकोथेरापिस्ट तथा मेमोरी ल्याब प्रमुख हुन्। )






No comments:
Post a Comment