ब्रेन बाइट्स
चार मगज के हो ?
चार मगजको उपयोगः
आवश्यक सामग्रीहरू मात्र (दैनिक)
चार मगज १० ग्राम
शंखपुष्पी चूर्ण २ ग्राम
घोडताप्रे (ब्राह्मी)चूर्ण २ ग्राम
बोझो (वच) चूर्ण २ ग्राम
बदाम (आलमण्ड) २ दाना
ओख्खर घाजी १ दाना
पिस्ता २ दाना
छोहोरा १ वटा
अलैंची ४ वटा
सौफ ५ ग्राम
नौनी वा घ्यू १ चम्मा
दूध (स्थानीय गाईको दूध उत्तम हुन्छ) एक गिलास
मेमोरी मिल्कः
पुछारमाः
ब्रेन फुड 'बिउ'
ओम बानियाँ
ब्रेन अर्थात मस्तिष्क मानव शरीरको सबै भन्दा महत्पुर्ण अंग हो । मस्तिष्कले नै सम्पुर्ण अंगहरुको नियन्त्रण तथा नियमन गर्ने गर्छ । मानिसको बुद्धि, स्मरण शक्ति तथा समाथ्र्य यही मस्तिष्कको शक्तिमा निर्भर रहन्छ । त्यसैले स्वस्थ र सफल जीवन बाँच्न मस्तिष्कलाई स्वस्थ र मजबुत राख्न आवश्यक छ । मस्तिष्कलाई पर्याप्त अक्सिजन र अनेक प्रकारका पोषणहरुको आवश्यकता हुन्छ । मस्तिष्कका लागि भिटामिन, बी१२ तथा सोडियम, पोटासियम, म्याग्निज, फस्फोरस तथा जिंक इत्यादि खनिज पदार्थहरू अत्यावश्यक हुन्छन् । यी खनिज पदार्थहरू हरियो सागपातहरूमा पाइने हुँदा प्रशस्त सागपातहरू खाने गर्नुपर्दछ । यसको अतिरिक्त ओख्खर, बदाम, गाईको दुध, नौनी, स्याउ र स्याउको मुरब्बा, किसमिस, मुनक्का, अमला र अमलाको मुरब्बा, गाजर, जमुना, स्टाबरी तथा ब्ल्याकबेरी आदि जस्ता खाध्य पदार्थहरू मस्तिष्कका लागि निकै उपयोगि देखिएका छन् । चार मगज त दिमागी शक्तिका लागि बरदान हो ।
चार मगज के हो ?
खरभुजाको बिज (सीड) लाई मगज भनिन्छ भने खरभुजा, तरभुजा, काँक्रो र फर्सीको बीजलाई चार मगज भनिन्छ । चार मगज बे्रनसिड हो । सुपरसिड हो । चार मगज प्रोटिन र आइरनको अथाह भण्डार हो । मगजमा प्रशस्त मात्रामा भिटामिन तथा मिनरलस पाइन्छ । भिटामिन ई, जिंक, आइरन, क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, ओमेगा ३ फ्याटी एसिड प्रशस्त मात्रामा पाइने भएकोले मुटु र मस्तिष्कलागि निकै उपयोगी मानिन्छ । मगज स्वादिलो तथा स्वास्थ्यको लागि समेत अति लाभदयाक मानिन्छ । बिशेषगरि चार मगज मस्तिष्क शक्ति बढाउनको लागि प्रयोग हुन्छ र यसले स्मरण शक्ति बढाउन मद्धत समेत गर्दछ । चार मगजको साथमा बदाम तथा ओख्खर पनि सेवन गर्ने हो भने सुनमा सुगन्ध थपिन्छ । खरभुजा, तरभुजा, काँक्रो तथा फर्सीको बिज र बदामको केर्नेल्स (आलमण्ड) लाई पाँच मगज तथा खरभुजा, तरभुजा, काँक्रो तथा फर्सीको बिज बदामको केर्नेल्स (आलमण्ड) र ओख्खरको घाजीलाई छ मगज भनिन्छ ।
चार मगजको उपयोगः
चार मगजलाई विभिन्न तरिकाले सेवन गर्न सकिन्छ । चार मगज उपयोगको सबैभन्दा सरल तरिका यसको चटनी बनाएर सेवन गर्नु हो । चार मगजलाई भुटेर र कुटेर दुःधमा हालेर पनि सेवन गर्न सकिन्छ । चार मगजलाई अन्य मस्तिष्कमैत्रिय पदार्थहरुसँग उपयोगमा ल्याउनु झनै राम्रो हुन्छ । यहाँ एउटा यस्तो घरेलु उपाय प्रस्तुत गरिएको छ, जुन मेधाशक्तिवद्र्धकको साथसाथै बलवद्र्धक पनि छ । प्रत्येक वर्ष जाडो मौसम (पुस–माघ)–मा कम्तिमा पनि ४० दिनसम्म निम्नलिखित आयूर्वेदिक योगको सेवन गरेर यसको चमत्कार हेर्नुहोस् । यदि सम्भव भएमा यो योगको सेवन वर्षभरि नै गर्न सकिन्छ ।
आवश्यक सामग्रीहरू मात्र (दैनिक)
चार मगज १० ग्राम
शंखपुष्पी चूर्ण २ ग्राम
घोडताप्रे (ब्राह्मी)चूर्ण २ ग्राम
बोझो (वच) चूर्ण २ ग्राम
बदाम (आलमण्ड) २ दाना
ओख्खर घाजी १ दाना
पिस्ता २ दाना
छोहोरा १ वटा
अलैंची ४ वटा
सौफ ५ ग्राम
नौनी वा घ्यू १ चम्मा
दूध (स्थानीय गाईको दूध उत्तम हुन्छ) एक गिलास
राती एक कप पानीमा बदाम २ दाना, पिस्ता २ दाना, छोहोरा १ दाना, तथा चार मगज १० ग्राम एउटा कचौरामा भिजाएर राख्ने । बिहान नित्यकर्मबाट निवृत्त भए पछि बदामको बोक्रा हटाएर सिलौटामा पानी हालेर घोट्ने र लेप कचौरामा निकाल्ने । ओख्खर, पिस्ता, छोहोरालाई स–साना टुक्रामा काटेर त्यसैमा मिसाउने । चार मगज पनि कचौरामा हाल्ने । अलैंची पनि कुटेर राम्रोसँग मिसाउने । त्यसपछि त्यो मिश्रणलाई खूब राम्रोसँग चपाएर खाने । त्यसपछि शंखपुष्पी, घोडताप्रे र बोझोको चूर्णलाई नौनी वा घ्यूमा मिसाएर चाट्ने । र, एक गिलास मनतातो दूध पिउने । अन्त्यमा सौंफ मुखमा हालेर चपाउने, १५–२० मिनेटसम्म । अनि निल्ने । यो आयूर्वेदिक योग ज्यादै बलवद्र्धक तथा मेधाशक्तिवद्र्धक छ । सेवन गरेर लाभ उठाउन सकिन्छ ।
मेमोरी मिल्कः
एक चम्चा चार मगजलाई भुट्ने र कुटेर चुर्ण बनाउने र गिलास मनतातो दुःधमा मिसाउने । एक एक चिम्टी दालचिनी र सुकमेलको धुलो पनि मिसाउने । अनि आधा चम्चा बदामको तेल तथा एक चम्चा मह मिसाएर सेवन गर्ने । यो मेमोरी मिल्क बालबालिका तथा विद्यार्थीका लागि निकै उपयोगी छ ।
ब्रेनका लागि आयूर्वेदिक औषधी
आयूर्वेदका
अनुसार मस्तिष्क तथा स्मरणशक्ति बढाउन सहयोग गर्ने केही प्रमुख जडीबूटी
तथा आयूर्वेदिक औषधीहरू यस प्रकार छन् । घोडताप्रे (ब्राह्मी), बोझो(वच),
शंखपुष्पी, अश्वगन्ध, बदाम, ज्योतिष्मति, जिंको बिलोबा, तुलसी, पिपलको फल,
मुलेठी, ओखर, अमला, स्टा«बरी तथा सर्पगन्ध आदि । आयूर्वेदिक औषधीः
सारस्वत चूर्ण, शंखपुष्पी सीरप, स्मृति कल्प रस, अश्वगन्धारिष्ट, मेन्टेट
सीरप, जिंको बिलोबा, सेन्ट जोन्स वर्ट तथा जिनसिङ, ब्रह्मीघृत, दिव्य
मेधावटी, खमीरा गावजबां अम्बरी(युनानी औषधि) तथा एनाकार्डियम–३० शक्ति
(होमियोप्याथीक औषधि) आदि ।
पुछारमाः
चार मगज मस्तिष्कका लागि निकै फाइदाजनक छ । बजारमा पाइने ब्रेन टनिकको तुलनामा निकै सस्तो पनि छ । त्यसैले सर्वसाधारणले नचिनेको चार मगजलाई उपयोगमा ल्याएर मस्तिष्कलाई स्वस्थ र मजबुत बनाऔं । (लेखक साइकोथेरापिष्ट तथा पोषणविद् हुन् ।)




No comments:
Post a Comment