Friday, June 5, 2020

ब्रेन बाइट्स

ब्युटिफुल ब्रेनः ब्युटिफुल यु
ओम बानियाँ 

हार्वर्ड स्नायुवैज्ञानिक डा. म्यारी प्यासिन्स्कीले आफ्नो चर्चित किताब, ब्युटिफुल ब्रेनः ब्युटिफुल यु मा हलिउड सुन्दरी, सोफिया लोरेनको सौंदर्यसँग सम्बन्धित एक निकै सुन्दर भनाइ उल्लेख गरेकी छिन्ः सुन्दरता भनेको शारीरिक होइन, मानिसको आत्मछवि हो, जुन उसको आँखामा प्रतिबिम्ब हुन्छ । हुन पनि हो, मानिसको सौंदर्य तब ठीक रहन्छ, जब उसको मन, मस्तिष्क र भावना ठीक हुन्छ । त्यो किनभने छालाको सुन्दरता यथार्थमा सुन्दरता होइन, रूपको सुन्दरता त अल्प हुन्छ, मनको सुन्दरता नै वास्तविक सुन्दरता हो, यस्तो सुन्दरता नै दीर्घजीवि हुन्छ ।  त्यसैले हरेक स्त्रीपुरुषले तनकोे सौंदर्यको साथसाथै मनको सौंदर्यलाई महत्व दिन जरुरी छ । स्वस्थ र सकारात्मक जीवनशैलीले नै मन–मस्तिष्क तथा सौंदर्य (ब्रेन र ब्यूटी)मा चमकता र निक्खरता ल्याउँदछ । यसै कुरामा जोड दिँदै स्नायुवैज्ञानिक तथा ब्युटिफुल ब्रेनलाई महत्व दिने सुन्दरी डा. म्यारीले स्वस्थ र सुन्दर मनमस्तिष्क बिना कुनै पनि मानिस सुन्दर हुन नसक्ने तथ्य प्रस्तुत गरेकी छिन् । 


डा. म्यारी प्यासिन्स्की मस्तिष्क स्वास्थ्य क्षेत्रकी एक विश्वप्रसिद्ध नाम हो । डा. म्यारी मेरो पनि ब्रेन गुरु हुन् । उनबाट मैले ब्रेन र बे्रन हेल्थका बारेमा थुप्रै कुराहरु सिकें, सिक्दै छु । डा. म्यारीले अनुसंधानमुलक लेखरचनाहरु लेखेर, देशविदेशमा बे्रन हेल्थ तथा मेमोरी प्रशिक्षणका ठूलाठूला वर्कशपहरु चलाएर सर्वसाधारणहरुलाई समेत ब्रेनलाई स्वस्थ, सुन्दर र सुरक्षित कसरी राख्न सकिन्छ भन्ने कुरा जानकारी गराउँदै आएकी छिन् । उनले ब्रेन हेल्थसँग सम्बन्धित दुई वटा चर्चित किताबहरु पनि लेखेकी छिन् । पहिलो हो, ब्युटिफुल ब्रेनः ब्युटिफुल यु र दोस्रो हो, चिकनज सुपः बुस्ट योर् ब्रेन पावर । आफ्नो ब्रेनलाई स्वस्थ र सुदृढ राख्न चाहनेहरुकालागि यी किताबहरु निकै उपयोगी छन् । अझ महिलाहरुले त यी पढ्नै पर्ने किताबहरु हुन् । ब्युटिफुल ब्रेनः ब्युटिफुल यु त महिलाहरुका लागि लेखिएको किताब हो । वास्तवमा यो सौंदर्य शास्त्र हो । ब्युटिफुल ब्रेनः ब्युटिफुल यु मा डा. म्यारीले मस्तिष्कलाई स्वस्थ, सृजनतात्मक तथा क्रियाशिल बनाउने सात प्रकारका प्रोग्रामहरु प्रस्तुत गरेकी छिन् । यो प्रोग्राम केवल महिलाका लागि मात्र उपयोगी नभएर हरेक वर्ग तथा उमेरका मानिसलाई उपयुक्त छ ।

सात ब्रेन प्रोग्रामः
डा. म्यारी भन्छिन्, स्वस्थ मस्तिष्क जीवन र सुन्दरताको आधार हो । त्यसैले मस्तिष्कलाई स्वस्थ, दीर्घायु र सुरक्षित राख्न आवश्यक हुन्छ । मस्तिष्क, मन र शरीर स्वस्थ र सुन्दर हुनका लागि सबै भन्दा महत्वपुण कुरा शरीरका सम्पुर्ण अंगहरुमा पर्याप्त रक्तसंचार हुनु आवश्यक हुन्छ । रगतद्धारा नै शरीरका कोशहरुलाई आवश्यक अक्सिजन तथा पोषण तत्वहरु उपलब्ध हुन्छ । पर्याप्त मात्रमा अक्सिजन तथा पोषक तत्वहरु पाएको खण्डमा नै कोशहरु स्वस्थ र जवान हुन्छन् । लगभग १४ सय ग्रामको मस्तिष्कलाई शरीरका लागि चाहने २५ प्रतिशत रगत, ग्लुकोज तथा अक्सिजन आवश्यक पर्छ ।तर, मस्तिष्कलाई स्वस्थ र सुन्दर राख्न यत्तिले मात्र पुग्दैन । डिस्ट्रेस तथा दीर्घ जलनबाट पनि बच्नुपर्छ । यिनै कुराहरुलाई केन्द्रमा राखेर डा. म्यारीले बे्रन प्रोग्राम बनाएकी छिन् । यदि मानिसले निम्नलिखित सात कुराहरुलाई अमलमा ल्याएको खण्डमा मस्तिष्क मात्र होइन कि जीवन नै बुढेसकालसम्म स्वस्थ, सुन्दर र सुखमय रहन्छ । यही नै डा. म्यारीको सौन्दर्य शास्त्रको सार हो ।

नविन क्रियाकलापः

मानिसको मस्तिष्कमा एक असाधारण र अद्भुत लचकताको गुण हुन्छ, त्यो गुणलाई स्नायुविज्ञानको भाषामा न्युरोप्ल्यास्टिसिटि भनिन्छ । मस्तिष्कको यही गुणका कारण नै मानिसको जीवनभरि नै मस्तिष्क पुनर्संरचना सम्भव हुन्छ । त्यसैले मानिसले कुनै पनि उमेरमा नयाँ कुरा सिक्न सक्दछ । नयाँ आइडिया, विचार तथा क्रियाकलापहरुले मस्तिष्कलाई ब्युटिफुल बनाउँछ ।  त्यसैले आफ्नो मस्तिष्कलाई स्वस्थ र सुन्दर बनाउनका लागि नयाँ नयाँ किताबहरु पढ्ने, नयाँ ठाउँहरु घुम्ने तथा विचारमा नविनता ल्याउने गर्नुपर्छ ।

सामाजिक सहभागिताः

स्वस्थ मस्तिष्क र समाजिक सक्रियताको गहिरो सम्बन्ध छ । स्वस्थ मस्तिष्कका लागि समाजिक सक्रियताको खाँचो हुन्छ । त्यो किनभने मानिसको मस्तिष्क समाजिक विशेषताको हुन्छ । वास्तवमा समाजिक सक्रियता तथा समाज सेवा जस्ता मानवीय कुराहरु मस्तिष्कका खुराकहरु हुन् । 


मस्तिष्कको रक्षाः
स्वस्थ र सुन्दर रहनाका लागि मस्तिष्कको रक्षा गर्न आवश्यक छ । त्यसैले निम्नलिखित कुराहरुमा ध्यान दिन जरुरी छः शरीरको मोटोपन घटाउने । रक्तचाप सामान्य राख्ने । कोलेष्ट्रोल नियन्त्रण गर्ने । होमोसिस्टीन सामान्य राख्ने । यदि होमोसिस्टीनको मात्रा बढ्यो भने पनि हृदयघात, स्ट्रोक, स्मृतिलोप तथा अल्जाइमर हुने खतरा बढ्छ । शिरलाई चोटपटकबाट बचाउने । आँखा तथा कानलाई ठीक राख्ने । आवश्यक परेको खण्डमा चस्मा आदिको प्रयोग गर्ने । ब्यायाम गर्ने, सधैँ सन्तुलित आहार लिने । मस्तिष्कलाई प्रयोगमा ल्याउने । मधुमेह, तनाव तथा डिप्रेसन आदिबाट बच्ने । धूम्रपान नगर्ने, स्वस्थ जीवनशैली अपनाउने ।

व्यायामः
व्यायाम सुन्दरताको एक आवश्यकता हो । मन, मस्तिष्क तथा शरीरलाई स्वस्थ र सुन्दर राख्नका लागि मानिसले व्यायाम गर्न आवश्यक छ । बिहानी हिँडाइ एक सरल, सस्तो र स्वस्थ व्यायाम हो भने योग, मन, मस्तिष्क र शरीरका लागि एक सम्पुर्ण व्यायाम हो । 
सकारात्मकताः
मानिसको तनमनलाई स्वस्थ र सुन्दर बनाउने अर्को महत्वपुर्ण तत्व सकारात्मकता हो । सकारात्क विचार तथा व्यवहारले मानिसलाई स्वस्थ मात्र होइन कि सुन्दर पनि बनाउँछ । त्यसैले स्वस्थ र सुन्दर हुन चाहने मानिसहरुले नकारात्मकता होइन कि सकारात्मक विचार तथा व्यवहार गर्नुपर्छ । सोच अर्थात् विचारको उद्गम स्थल मस्तिष्क हो । विचारको प्रभाव पनि सबै भन्दा बढी मस्तिष्कमा नै पर्दछ, अनि मस्तिष्क मार्फत् सम्पूर्ण शरीरमा पर्दछ । वैज्ञानिकरूपमा नै प्रमाणित भएको छ कि जब मानिसको मनमा विचार उत्पन्न हुन्छ, तब मस्तिष्कमा रासायनिक क्रिया तथा प्रतिक्रिया उत्पन्न हुन्छ, जसले गर्दा विचारसँग सम्बन्धित रसायन, न्युरोपेप्टाइडहरू सक्रिय हुन्छन् । न्युरोपेप्टाइड केवल मस्तिष्कमा मात्र हुदैन, शरीरभरि नै रहन्छ, पेट, मिर्गौला तथा कलेजो लगायतका अंगहरूमा पनि यसको उपस्थिति हुन्छ । यसै कारणले नै विचारले मानिसको शरीरिक ढाचा तथा रुपरंग पनि निर्धारित गर्ने गर्दछ । मानिसको मस्तिष्कमा सयौं प्रकारका स्नायु रसायनहरू हुन्छन्, ती मध्ये सेरोटोनिन, नोरएपीनेफ्रीन तथा डोपामीन, यी तीन यस्ता रसायनहरूमा हुन जसमाथि मानिसका आनन्द, खुसी तथा प्रसनन्ता टिकेको हुन्छ । यदि यी रसायनहरुले ठीक काम गरेनन् भने मानिस खुसी र प्रसन्न रहन सक्दैन, जसले गर्दा अनिद्रा, चिन्ता तथा डिप्रेशन हुने गर्दछ । त्यसैले त भनिएको नै छ सकारात्मक सोच तथा शुभ संकल्प शक्तिले नै मानिसलाई महान् बनाउँछ ।
स्मार्ट डाइट

मस्तिष्कलाई फाइदा पु¥याउने आहार नै मस्तिष्क आहार हो । ग्लुकोज तथा अक्सिजन मस्तिष्क आहार हो । अन्न, फलफÒल तथा हरियो सागपात मस्तिष्क आहार हो । डा. म्यारीको भनाइ छ, मानिसको हरेक दिनको भोजन जति बढी रंगिन (थरिथरिका रागयुक्त) हुन्छ, त्यत्ति नै ब्रेनलाई फाइदा गर्छ । जस्तो कि नेपालीका लागि सेतो भात, पहेँलो रोटी, हरियो तरकारी, रातो गाजार, सेतो मूला, हरियो काँक्रो, कलेजी प्याजको सलाद, विभिन्न रंगका फलफूलहरु आदि ।

ओमेगा थ्री फ्याट्टि एसिडः

ओमेगा थ्री फ्याट्टि एसिड मस्तिष्क तथा मुटुका लागि निकै उपयोगी हुन्छ । त्यसैले उनले हरेक हप्ता कम्तिमा पनि दुई पटक माछा, खासगरी,म्याकेरल, हेरिङ, सार्डिनेज, टुना तथा सालमन सेवन गर्नु उपयुक्त हुन्छ । त्यसो त बदाम(आलमन्ड), जैतÒनको तेल तथा आलसको तेलमा पनि प्रशस्त मात्रामा ओमेगा थ्री फ्याट्टि एसिड पाइन्छ । यहाँ अर्को उल्लेखनीय कुरा के भने जुन आहार मुटुका लागि उपयुक्त हुन्छ, त्यो आहार मस्तिष्कका लागि पनि उपयुक्त हुन्छ । स्वस्थ र दीर्घायु मस्तिष्कका लागि रक्तसंचार प्रणाली स्वस्थ हुनु अनिवार्य छ ।

मस्त निद्राः

मानिसको जीवनमा विश्रामको अत्याधिक महत्व छ । प्रत्येक दिन ६ घण्टाको गहिरो तथा निश्चिन्त निद्रा पूर्णविश्राम एउटा प्रक्रिया हो, विश्रामको एक गहन प्राकृतिक तरीका हो । निद्राले शरीरका अंगप्रत्यंगहरूलाई, मनमस्तिष्क तथा इन्द्रियहरूलाई गहन विश्राम दिन्छ, एक प्रकारले मनमस्तिष्क तथा सम्पूर्ण शरीरलाई रिचार्ज गर्छ । निद्राले शरीरलाई अनेकौं फाइदाहरू दिन्छ । निद्राबाट प्राप्त हुने फाइदाहरू निम्नलिखित छन्ःशारीरिक तथा मानसिक, दुवै प्रकारको थकान हटाउछ । मन, मस्तिष्क तथा सम्पपुर्ण शरीरलाई पुनर्ताजा गर्छ । शरीरमा नया शक्ति संचार गर्छ । रोगप्रतिरोध शक्ति बढाउछ । शारीरिक तथा मानसिक, दुवै स्वास्थ्य ठीक राख्छ । ओजतेज तथा आयÒर्बल बढाउछ । मन तथा इन्द्रियहरूलाई पनि पुर्णविश्राम दिन्छ ।
पुछारमाः
उपर्युक्त स्वास्थ्यवद्र्धक कुराहरुलाई मनन गरेर हरेक दिन कुनै न कुनै शारीरिक कार्य गर्ने, दैनिक २, ४ किलोमिटर हिड्ने, लेखपढ गर्ने, ध्यानप्राणायाम गर्ने, गहिरो निद्रा सुत्ने, सन्तुलित पौष्टिक आहार सेवन गर्ने तथा समाजिक कार्यमा तनमनधनले सक्रिय सहभागी हुनु नै स्वस्थ र सुन्दर बन्ने सरल उपाय हो । अतः ब्युटिफुल ब्रेनः ब्युटिफुल यु र चिकन सुपः हाउ टु बुस्ट ब्रेन पावर जस्ता किताबहरु पढेर तथा मस्तिष्क मैत्रिय क्रियाकलापहरु गरेर डा. मेरिले भनेझैं जुनसुकै उमेरको मस्तिष्कलाई पनि स्वस्थ र सुन्दर बनाउन सकिन्छ । मस्तिष्कको विशेषता भनेको नै जति धेरै यसलाई उपयोगमा ल्याइन्छ, त्यत्ति नै मस्तिष्क स्वस्थ, मजबूत तथा अझ सुन्दर हुन्छ । मस्तिष्कलाई यसरी उपयोगमा ल्याएको खण्डमा नै बैड बे्रनका दिनहरु जाने छन्, गुड ब्रेनका दिनहरु आउने छन् । मानिसको जीवन स्वस्थ र सुन्दर हुने छ । अनि हरेक मानिसको आँखामा सौंदर्य प्रतिबिम्ब हुने छ । (लेखक साइकोथेरापिस्ट तथा पोषणविद् हुन्। ) https://www.ucl.ac.uk/pals/research/clinical-educational-and-health-psychology/research-groups/international-cognitive-19 


                     

No comments:

Post a Comment