Sunday, June 14, 2020

ब्रेन बाइट्स

घोडा चढ्ने लड्छ 
ओम बानियाँ 

उटा प्रसिद्ध नेपाली उखान छः घोडा चढ्ने लड्छ । अर्थात् काम गर्दा कहिलेकाहीं बिग्रन पनि सक्छ । काम त्यसैको बिग्रन्छ, जसले काम गर्छ । अरुको थोरै बिग्रन्छ ? काम नगर्ने कामचोरको काम त बिग्रिंदैन, तर जीवन नै बिग्रिन सक्छ । त्यसैले जसले यो उखानलाई बुझेको छ, मनमा राखेको छ त्यो व्यक्ति घोडा चढ्नदेखि कहिल्यै डराउदैन, विफलताबाट कहिल्यै आत्तिदैन, धैर्यतापूर्वक अगाडि बढी नै रहन्छ, सफलताको शिखरतिर चढी नै रहन्छ । त्यो किनभने उसलाई विफलताको अनुभवबाट नै मानिसले सफलता प्राप्त गर्छन्, विफलता नै सफलताको पाठशाला हो भन्ने कुरा थाहा छ । 


त्यसैले त एन्थोनी रब्बिन्सले नोट्स फर्म अ फ्रेण्डमा लेखेको छन्ः
“सफलता उचित निर्णयको नतिजा हो ।
उचित निर्णय अनुभवको नतिजा हो ।
र, अनुभव प्रायः गलत निर्णयको नजिता हो ।”


विश्वमा थुप्रै सफल व्यक्तिहरू थिए छन्, जसले विफलताका अनुभवहरूबाट नै सफलताको पाठ सिकेका थिए । यस्ता व्यक्तिहरू जीवनको दौडमा जस्तोसुकै विफलताहरू आइलागे पनि कहिल्यै आत्तिएनन्—नून खाएको कुखुरालेझैं कहिल्यै टाउको लुत्राएनन् । आफ्नो लक्ष्यतिर अथक अघि बढिरहे, विफलतालाई सफलतामा पुग्ने भ¥याङ बनाउँदै गए । र, विश्वचर्चित भए । 

विश्वप्रसिद्ध उद्योगपति हेनरी फोर्डको पहिलो अटोमोवाइल कारखाना एक वर्षमा नै बन्द भएको थियो । विश्वप्रसिद्ध कार्टुनिष्ट वाल्ट डिज्नीको पहिलो स्टुडियो नै टाँट पल्टिएको थियो । हिन्दी सिनेमाका सुपरस्टार अमिताभ बच्चन अल इण्डिया रेडियोको स्वर परीक्षामा फेल भएका थिए । फिल्मी जगतमा प्रवेश गरेपछि पनि उनले धेरै हन्डरहरू खाए, थुप्रै ठक्करहरू खाए । उनले अभिनय गरेका दसौँ सिनेमाहरू एक पछि अर्को असफल हुदै गए । यहाँसम्म कि नायिकाहरूले समेत अमिताभसँग अभिनय गर्न ठाडै इन्कार गर्न थाले । एउटा हिन्दी सिनेमाबाट त अमिताभ बच्चनलाई हटाएर राकेश पाण्डेलाई नायक बनाइयो । तर अमिताभ बच्चन बिफलताहरूबाट आत्तिएनन्, हरेस खाएनन्स निष्ठापूर्वक आफ्नो बाटोमा अगाडि बढिरहे, बढी नै रहे । त्यो किनभने अमिताभ बच्चनलाई अब्राहम लिड्ढनको कथा थाहा थियो, सफलताको लिड्ढन मार्गचित्र अवगत थियो । त्यसैले उनले नायक राकेश पाण्डेहरूलाई आफ्नो बाटोबाट पन्छाउँदै गए, अगाडि बढदै गए, शिखरतिर चढ्दै गए र महानायक भए ।

वाने एल्लिन रूट, जब जवान भए स्थानिय चुनावमा प्रतिस्पर्धा गरे, तर उनी नराम्रोसँग पराजीत भए । त्यसपछि     रूट्ले रीअ्ल् इस्टेट् कम्पनीखोले । तर ठूलो घाटा खाए । फेरि खोले, फेरि खोलेस चार–चार पटक रीअ्ल् इस्टेट्को काम गर्दा पनि उनी सफल हुन सकेनन् । त्यसपछि उनले अन्य दर्जनौं पेशा अपनाए । तर कुनै पेशामा पनि सफल हुन सकेनन् । उनी टाट पल्टिए । टाट पल्टिएपछि श्रीमतिले पनि छोडिन् र अर्कोसँग     विवाह गरिन् । रूटका आमाबाबु पनि २८ दिनको अन्तरमा क्यान्सरको शिकार भए । यसरी रूटले विफलतामाथि विफलता, दुःखमाथि दुःख खप्नुप¥यो । तर रूट दुःख–पीडाबाट विचलित भएनन्, विफलताहरूबाट आत्तिएनन् । एक न एक दिन आर्थिक सम्वृद्धि प्राप्त गर्ने अठोट लिएर अघि बढी नै रहे । र, आफ्ना विफलता र दुःखहरूलाई सफलतामा पुग्ने भ¥याङ बनाए । आफूले आफैंलाई विश्वका सबै भन्दा असफल व्यक्ति घोषणा गर्दै दी जोय् अफ फेल्युअ्र नामक किताब लेखे । र, रातरात चर्चित भए । अमेरिकामा बसोबास गर्ने वाने     एल्लिन रूटले अहिले प्रतिदिन १५     हजार डलर कमाउँछन् ।

फलताको मूल मर्म नै निष्ठापूर्वक प्रयत्न हो । निष्ठा अर्थात् निरन्तर स्थिरता । त्यसैले कुनै पनि कार्य सुसम्पादनका लागी निष्ठापूर्वक प्रयत्न गर्नुपर्छ, गर्दै रहुनपर्छ । निष्ठापूर्वक प्रयत्न बिना कुनै पनि कार्य सुसम्पन्न हुन सक्दैन । यो धु्रवसत्य हो । साइकल पनि त एकै प्रयासमा चलाउन सकिंदैन, कि सकिन्छ ?  ऊ त्यो केटोलाई हेर्नुहोस्—उसले साइकल चलाउन सिक्दैछस साइकलमा चढ्यो, तर पल्टियोस कपडाको धूलो टकटकायो, अनि साइकल उठायोस पुनः साइकल चढ्यो, ए–ए, फेरि पल्टियोस ओहो ! खुट्टामा त चोट नै लाग्यो क्यारे १ रगत नै निस्कियो । ऊ केही बेर त्यहीं बसिरह्यो । अनि के सोच्यो कुन्नी, उठ्यो—रगत पुछ्यो, रुमाल झिकेर खुट्टा बाँध्यो । अनि पुनः साइकल चढ्यो, साइकल बिस्तारै–बिस्तारै अगाडि बढ्न थाल्योस साइकलले गति लियो । उसले साइकल चलाउन सिक्यो । यदि त्यो केटो खुट्टाको चोटबाट आत्तिएको भए के उसले साइकल चलाउन सिक्थ्यो त ? कदापि सिक्ने थिएन । त्यसैले कार्य सुसम्पन्न नहुदासम्म निष्ठापूर्वक प्रयास गर्न छोड्नु हुदैन । दृढसंकल्पसाथ निरन्तर प्रयास गर्दै गए, एक न एक दिन निश्चितरूपमा सफलता प्राप्त हुन्छ नै । यस कुरामा कुनै शंका छैन । अंग्रेजीमा एउटा भनाइ नै छः प्रयत्न गर, फेरि प्रयत्न गर, अन्तमा तिमी सफल हुनेछौ ।
 अब्राहम लिड्ढनको जीवनलाई नै हेर्नुहोस्—लिड्ढन जीवनमा अनेकौं पटक असफल भए, पटक–पटक पराजित भए । तर उनी असफलताबाट निराश भएनन्, आत्तिएनन्स पराजयका अगाडि घुँडा टेकेनन् । निष्ठापूर्वक आफ्नोे कर्तव्यपथमा हिँडिरहे, डटिरहे । कर्तव्यपथका पर्खालहरू तोडदै गए, फोड्दै गए, भत्काउँदै गए । गन्तव्यगोरेटोका चट्टानहरू कुल्चिदै गए, गन्तव्यमा पुग्ने खुड्किलो बनाउँदै गए । उनी माथि चढ्दै गए, अगाडि बढ्दै गए । उनी रोकिएनन्, अगाडि बढिरहे । अन्त्यमा उनी सफल भए । र, विश्वविख्यात बने  । 

व्यवसायमा असफल                   सन् १९३१
विद्यायक पदमा पराजित             सन् १८३२
पुनः व्यवसायमा असफल            सन् १८३३
धर्मपत्निको मृत्यु                          सन् १८३५
डिप्रेशनबाट पीडित                    सन् १८३६
सभामुख पदमा पराजित             सन् १८३८
इलेक्टरमा पराजित                    सन् १८४०
कांग्रेसमा पराजित                      सन् १८४३
पुनः कांग्रेसको लागि पराजित      सन् १८४८
सिनेटर पदमा पराजित               सन् १८५५
उपराष्ट्रपति पदमा पराजित         सन् १८५६
सिनेटर पदमा पराजित               सन् १८५६
राष्ट्रपति निर्वाचित                      सन् १८६०


यसरी एक अत्यन्तै गरीब परिवारमा जन्मिएका गाउँको दाउरे—अब्राहम लिड्ढन लक्ष्यप्रतिको दृढनिष्ठा र प्रयत्न कै कारण अमेरिका जस्तो शक्तिशाली राष्ट्रको राष्ट्रपति बन्न सफल भए । लिड्ढन रातरात राष्ट्रपति बनेका होइनन्, विफलता र पराजयको भ¥याङ चढेर नै उनले सफलताको झण्डा गाडेका हुन् । हुन पनि हो, गाउँको एक दाउरे राष्ट्रपति बन्नु, त्यो पनि अमेरिका जस्तो शक्तिशाली राष्ट्रको, चानेचुने कुरा थिएन । तर दृढसंकल्प र अटूट निष्ठा भए असम्भव केही हुँदोरहेनछ । 


तर अब्राहम लिड्ढनको जस्तो निष्ठा र दृढसंकल्प विश्वका थोरै व्यक्तिहरूमा हुने गर्छ । त्यसैले नै हामीहरूले देख्ने गर्छौ—विश्वका थोरै व्यक्तिहरू मात्र आफ्नो जीवनमा सफल हुने गर्छन् । तर अधिकांश मानिसहरू असफल हुन्छन् । त्यो किनभने अधिकांश मानिसहरू आप्mनो लक्ष्यप्रति जति निष्ठावान् हुनु पर्ने हो, त्यत्ति निष्ठावान् हुँदैनन् । त्यहीमाथि एक दुइवटा विफलताका झापडहरू खाने बित्तिकै हायलकायल हुन्छन्, घुँडा टेक्छन् । अनि पुर्परोमा हात राखेर भाग्यलाई सराप्दै बस्छन्, पुनः सफलताको शिखरतिर चढ्ने प्रयत्न नै गर्दैनन् । तब यस्ता मानिसहरूले कसरी सफलताको शिखरमा विजयको झण्डा गाड्न सक्छन ? तर दृढविश्वास र निष्ठापूर्वक अगाडि बढेका अब्राहम लिड्ढनहरू विफलताबाट कहिल्यै आत्तिदैनन् । विफलताबाट कत्तिपनि निराश हुँदैनन् । विफलताहरूबाट पाठ सिकेर दृढविश्वाससाथमा निष्ठापूर्वक आफ्नो लक्ष्यतिर अगाडि बढिनै रहन्छन्, प्रयत्नहरू गरिनै रहन्छन्स जीवनमा जे गर्नु छ, त्यो पूरा गरेर नै छोड्छन् । 


प्रयत्न बिना यो संसारमा कुनै कामकुरो पूरा हुँदैन । प्रयत्न भनेको नै कुनै कामकुरो पूरा गर्न गरिने मिहिनेत हो, कोसिस हो । त्यसैले आफ्नो महान् कार्य पूरा गर्न दृढविश्वास र निष्ठापूर्वक प्रयत्न गर्नुपर्छ, जस्तोसुकै विफलताको अनुहार देख्नुपरेता पनि निराश हुनुहँुदैन, शोकमा डुब्नु हँुदैन, बरु यसलाई एक चुनौती स्वीकारेर दुई गुणा शक्तिले फेरि प्रयत्न गर्नुपर्छ, विफलताहरूबाट पाठ सिक्दै, काम फत्ते नहँुदासम्म प्रयत्न तथा प्रयत्न, अझ कडा प्रयत्न गरिरहनुपर्छ ।  त्यो किनभने विफलताहरूबाट पाठ सिकेर अझै कडा प्रयत्न नगर्नेहरू तथा मेहनत नगरेर भाग्य पर्खनहरूले कहिल्लै पनि सफलता प्राप्त गर्न सक्दैनन्, कुनै हालतमा पनि आफ्नो महान् लक्ष्यमा पुग्न सक्दैनन् । यो निश्चित छ । 
भाग्यको अर्थ

उसले दिनभरि काम ग¥यो । अनि रातभरि काम ग¥यो । झरीमा निथ्रुक्क रुझ्दै काम ग¥यो, टन्टालापुर घाममा पसिना चुहाउँदै काम ग¥यो । उसले खेल्न छोड्यो ।   अनि मोजमस्ति गर्न छोड्यो । उसले ज्ञानको किताब पढ्यो । अनि नयाँ कुरा सिक्यो । यसरी नै ऊ अगाडि बढ्दै गयो, शिखर जित्ने महान् सकंल्प बाँधेर, विश्वास र हिम्मत लिएर, ऊ अगाडि बढ्दै गयो, मास्तिर चढ्दै गयो, विघ्नबाधाहरू हटाउँदै गयो, निष्ठापूर्वक कठोर मेहनत गर्दै गयो, एक दिन ऊ शिखरमा पुग्यो । देख्नेहरूले भन्न थालेः ऊ कति भाग्यमानी रहेछ ।

पुछारमाः 
हो, यो सत्य हो, कर्मप्रति विश्वस्त—कर्मठ, निष्ठावान् र मेहनती व्यक्तिहरूले भाग्यमा होइन कि कर्ममा विश्वास राख्छन्, जस्तोसुकै विफलताहरूबाट पनि कहिल्लै आत्तिदैनन्, हरेस खादैनन् । नून खाएको कुखुरालेझैं टाउको लुत्राउँदैनन् । फुटेको कर्म भन्दै पुर्पुरो ठोक्दैनन्, भाग्यलाई सराप्दैनन् । बरु यसलाई एक चुनौती स्वीकारेर दुई गुणा शक्तिले फेरि प्रयत्न गर्छन् । विघ्नबाधाहरूलाई खुड्किलो बनाउँदै दृढविश्वासपूर्वक आफ्नो बाटोमा अगाडि बढिरहन्छन् । प्रयत्न गरिहन्छन् । एक न एक दिन आफ्नो महान् लक्ष्यमा पुगी छोड्छन् । (लेखक साइकोथेपिस्ट तथा मेमोरी ल्याब प्रमुख हुन्। )
सम्पर्क:    https://www.ucl.ac.uk/pals/research/clinical-educational-and-health-psychology/research-groups/international-cognitive-19












No comments:

Post a Comment