Friday, June 12, 2020

ब्रेन बाइट्स

पत्रकारको ‘स्मरणशक्ति’
ओम बानियाँ 

रुसका एस.बी. शेरेस्वस्की एक साधारण पत्रकार थिए । तर उनको स्मरणशक्ति ज्यादै अद्भुत थियो । रिर्पोटिंगका लागि उनलाई कागजकलम तथा टेपरिर्कडर आदिको आवश्यकता पर्दैन्थ्यो । उनले सुनेका, पढेका तथा अनुभव गरेका जुनसुकै विषयहरू पनि हुबहु सम्झन्थे, शब्द–शब्द भन्न सक्थे । उनलाई विदेशी भाषाको कविता समेत हुबहु याद हुन्थ्यो । रुसका स्नायुमनोवैज्ञानिक ए.आर. लुरियाका अनुसार शेरेस्वस्कीले १४ वर्ष पहिला बताएको निरर्थक शब्दहरूको समूहलाई समेत सही सही बताएको पाए । शेरेस्वस्कीले याद गर्नुपर्ने कुराहरूलाई सम्बद्ध (लिंक) तथा भिज्यूलाइज गरेर याद गर्ने गरेको तथ्य पनि फेला पारे । उनले याद गर्न पर्ने कुराहरूलाई रगिंन बनाएर र एक अर्कोसँग गाँसेर कल्पना चित्रमा उतार्थे ।


पत्रकार एस.बी. शेरेस्वस्की हुन् वा २० औँ शताब्दीमा मेमोरी टेक्निकलाई चर्चामा ल्याउने हैरी लो¥यान हुन् वा भारतका राजन महादेवन वा बेलायतका टोनी बुजान हुन्, यी सबैले देखाउने मेमोरी प्रर्दशनीको आधार भनेको मेमोरी टेक्निक नै हो । जर्मनीकी एक चर्चित युवा ‘मेमोरी मास्टर’ तथा लेखिका क्रिस्टियन स्टेगंरले मेमोरी टेक्निकद्वारा आफ्नो स्मरण शक्ति मात्र होइन कि सृजनशीलता, बौद्धिक क्षमता तथा आत्मविश्वास समेत बढेको दावी र्गिर्छन् । त्यसो त आम पत्राकार तथा लेखकहरुको स्मरणशक्ति अन्य मानिसको तुलनामा बढी नै हुन्छ । उनीहरुको काम नै सुचनाहरु संग्रह र संप्रेषण गर्ने भएर पनि स्मरणशक्ति राम्रो हुन गएको हो । तर कतिपय पत्रकार तथा लेखकहरुले बेलाबेलामा आफ्नो अद्भुत स्मरणशक्तिको कमाल देखाउने गर्छन् । यस्ता पत्रकारहरुले कुनै न कुनै रुपमा मेमोरी टेक्निक उपयोग ल्याउने गरेको देखिन्छ । स्मरणशक्तिको प्रकृति बुझ्ने हो भने मेमोरी टेक्निक उपयोगमा ल्याउन सजिलो हुन्छ ।

स्मरणशक्तिको प्रकृतिः
औसतरूपमा मानिसको मस्तिष्क शक्ति उस्तै–उस्तै हुन्छ । मस्तिष्कको मेमोरी स्टोर गर्ने क्षमता पनि लगभग समान नै हुन्छ । यदि कुनै पनि सूचनाहरू मानिसको दीर्घकालीन मेमोरी स्टोर (मेमारी बैंक) मा पुग्छन् भने बिर्सने रोग वा अन्य रोगहरूको कारणले बाहेक, ती सूचनाहरू बिर्सिदैनन् । मेमोरी बैंकमा स्टोर भएका सूचनाहरूलाई मानिसले बिर्सन चाहेर पनि बिर्सन सक्दैनन् । के तपाईंले आफ्नो नाम बिर्सन सक्नुहुन्छ ? कदापि सक्नुहुँदैन । किनकि सानैदेखिनै तपाईंको नाम मेमोरी बैंकमा छ र बारम्बार प्रयोगमा आइरहेको छ । तर, यहाँ अर्को उल्लेखनिय कुरा के भने मेमोरी बैंकमा रहेका सूचनाहरू सुरक्षित रहे पनि यदि बारम्बार प्रयोग हँुदैनन् भने चाहेको बेलामा याद नआउन सक्छन् ? यदि चाहेको बेलामा सूचनाहरू याद भएनन् भने ती सूचनाहरूको के काम ? होइन त ? त्यसैले आवश्यक सूचनालाई मेमोरी बैंकमा राख्न र आवश्यक परेको बेलामा तुरुन्त स्मृतिमा ल्याउन आवश्यक हुन्छ । त्यसैले एकाग्रचित्त भएर, जसरी भण्डारमा सामग्रीहरू राख्दा मिलाएर वा ‘क्याप्सन’ दिएर राखिन्छ, ठीक त्यसै प्रकारले याद गर्नु पर्ने विषय तथा सूचनाहरू मनमस्तिष्कमा मिलाएर संग्रह गर्ने हो भने याद गर्न सजिलो हुन्छ । यो नै तपाईहामीले आफ्नो मेमोरी बढाउने सर्वोत्तम उपाय हो । 


सम्बद्धता तथा कल्पनाचित्र:
मेमोरी टेक्निको आधार भनेको सम्बद्धता तथा कल्पनाचित्र हो । याद गर्नु पर्ने कुराहरूलाई पहिला नै याद भएका कुराहरू तथा मेमोरी कोडहरूसँग सम्बद्धता (लिड्ढ) गरेर त्यो दृश्यलाई कल्पना चित्रमा उतार्नु नै मेमोरी टेक्निकको सिद्धान्त हो । अतः मेमोरी टेक्निक अति सरल छ ।  सम्बद्धता पद्धति (लिड्ढकिड्ढ मेथड्स) र पेग पद्धति (पेग मेथड्स) प्रमुख मेमोरी टेक्निकहरू हुन् । मेमोरी बढाउनका लागि यी दुई पद्धतिहरूको ज्यादै ठूलो भूमिका देखा परेको छ । त्यसैले यी विधिहरूलाई प्रयोग गरेर अद्भुतरूपमा आफ्नो मेमोरी बढाउन सकिन्छ ।  सम्बद्धता पद्धतिका अनुसार याद गर्नुपर्ने कुराहरूलाई एक आपसमा सम्बद्ध गरी ती वस्तु वा विषयहरूको दृश्यलाई मन–मस्तिष्कमा भिज्युलाइज गर्नुपर्ने हुन्छ । सम्बद्धता विधिको सहायताबाट १५–२० कुराहरू वा वस्तुको नामहरू सजिलै याद गर्न सकिन्छ । अभ्यास गर्दै रहने हो भने हजारौँ शब्दहरू पनि आरामले स्मरण राख्न सकिन्छ । त्यस्तै गरी भाषण याद गर्न, पाठ याद गर्न तथा अनुहार र नामहरू सम्झन पनि यो पद्धति निकै उपयोगी देखा परेको छ ।

सिमोनीडीजको ‘स्मरणशक्ति’:
पेग विधिका जनक सिमोनीडीजले ईसापूर्व ५०० तिर नै लिड्ढकिंग गरेर घरका सामानहरू याद गर्ने गर्थे रे । यसकारण नै उनको मेमोरी विलक्षण थियो । एक पटक एउटा रात्रीभोज हुँदा हलको छत भत्किएर सयौँ मानिस मरेछन् । मरेका मानिसहरूको अनुहार यति क्षतविक्षत थियो कि मानिसहरू चिन्न ज्यादै गाहो्र प¥यो । तर बाँचेका सिमोनीडीजले कपडाको आधारमा नै मरेका सबै मानिसहरूको पहिचान गरिदिएका थिए रे ।


मेमोरीको लिड्ढकिगं मेथड्स सिक्न, सबै भन्दा पहिला एउटा सरल प्रयोग गरी हेरौं । जस्तो कि दुईवटा वस्तुः भेडा र रुख याद गर्नुछ । यसका लागि पहिला भेडाको दृश्य सम्झौ । त्यसपछि याद गर्नुपर्ने अर्को आइटम रूखसँग भेडालाई सम्बद्ध गरिदिऔ । जस्तो कि एउटा ठुलो रुखको हाँगा भाँचिएर भेडा खसेको छ । दुवै आँखा बन्द गरेर उपर्युक्त दृश्य मनको पर्दामा हेरौं । यति गर्यौ भने भेडा र रुख, यी दुई आइटमहरू सधैँ याद रहन सक्दछ । अर्को उदाहरण लिऊँ । चारवटा शब्दहरू नेता, गधा, सत्ता, वर्षा र पैसा याद गर्नुछ । यसका लागि पहिला आफुलाई एकदम मन नपर्ने नेता सम्झौं । त्यसपछि अन्य चार शब्दहरूलाई यसरी लिड्ढ गर्न सकिन्छः ‘नेता गधामा चढेर कुर्सी (सत्ता)मा उफ्रिएको छ । माथिबाट पैसाको वर्षा भएको छ । दुवै आँखा बन्द गरेर उपर्युक्त दृश्य मनको पर्दामा हेरौं । नेता, गधा, सत्ता, वर्षा र पैसा, यी पाँच आइटमहरू सधैँ याद रहन सक्छ । अतः यस्तै यस्तै मेमोरी टेक्निकहरूद्धारा नै मेमोरी मास्टरहरूले हजारौं शब्द तथा अंकहरू हुबह याद गरेर स्मरणशक्तिको चमत्कारिक प्रर्दशनी देखाउने गर्छन् । मेमोरी टेक्निकका बारेमा जानकारी नभएका मानिसहरूलाई यस्तो मेमोरी प्रर्दशनी ‘जादु’ जस्तो लाग्ने गर्छ । तर यो न त जादु हो न त जन्मिदै पुर्पुरोमा लिएर आएको क्षमता हो । मेमोरी टेक्निक सिक्ने हो भने जो सुकैले पनि यस्तो क्षमता प्रदर्शन गर्न सक्छन्, ७–८ वर्षका बालकालिकाले पनि ? मैले पनि मेमोरी टेक्निक सिकेको हुँ । मैले वैदिक ग्रन्थहरुबाट धेरै मेमोरी टेक्निकहरू सिकेँ, सिक्दै छु । 




अन्तमाः
वैदिक कालमा ऋषिमुनिहरु तथा उनका चेलाहरुले वैदिक मेमोरी टेक्निकद्धारा श्लोक तथा पाठहरु याद गर्थे । ५औं शताब्दीतिर ग्रीसमा पनि मेमोरी टेक्निकको खुब चर्चा थियो । तर बिचमा आएर मेमोरी टेक्निक मृत प्रायः भयो । अद्भुत स्मरणशक्तिका पत्रकार शेरेस्वस्की अबगमनसँगै पुनः मेमोरी टेक्निकले चर्चा पायो । मेमोरिष्ट हैरी लोरेनले मेमोरी टेक्निकलाई संसारभरि फैलायो । अहिले त करोडौं मानिसहरुले मेमोरी टेक्निक सिकेर फाइदा लिइरहेका छन् । हुन पनि मेमोरी टेक्निकले कतिपय अवस्थामा कमाल नै देखाउँछ । यो टेक्निक विद्यार्थी तथा लेखकपत्रकारलाई मात्र उपयुक्त नभएर सबैका लागि उत्तिकै उपयुक्त छ । (लेखक साइकोथेरापिस्ट तथा कग्मेड कोच हुन्। )  

No comments:

Post a Comment