ब्रेन बाइट्स
मान्छेलाई दुःख–पीडा किन पर्छ ?
चिन्ता, पीर तथा फिक्री किन हुन्छ ?
ईष्र्या, क्लेश तथा द्वेषको भावनाले किन सताउँछ ?
लोभ–लालच किन जाग्छ ?
मोह–मायाँले किन तड्पाउँछ ?
उराठ, बिरक्ती तथा उकुसमुकुस किन हुन्छ ?
रिस, क्रोध र उद्वेग किन उठ्ने गर्छ ?
काम–भावनाले किन सताउँछ ?
डर, त्रास र भय किन लाग्ने गर्छ ?
मान्छे किन अनाचारी, दुराचारी हुन्छ ?
किन अत्याचारी, भ्रष्टाचारी हुन्छ ?
यौन–कामनाको विचार गर्छ भने कामुक बन्छ ।
लोभ–लालचको विचार गर्छ भने लालची बन्छ ।
अनाचार–भ्रष्टाचारको विचार गर्छ भने भ्रष्टाचारी बन्छ ।
असफलताको विचार गर्छ भने असफल नै हुन्छ ।
त्यसैले, हर हमेशा उत्साह र निर्भयताको विचार गर्नुपर्छ ।
सुख र सन्तोषको विचार गर्नुपर्छ ।
बिकास र संमृद्धिको विचार गर्नुपर्छ ।
सफलता र विजयको विचार गर्नुपर्छ ।
सधै शुभ र उत्तम विचारहरूमात्र गर्नुपर्छ ।
शुभविचारले नै शुभ परिणाम दिन्छ । यो कुरा बुझ्नुपर्छ ।
एउटा शिक्षक जँड्याहा भयो ।
एउटा चिकित्सक चुरोटको अम्मली भयो ।
जीवन साहसिक यात्रा
ओम बानियाँ
“जीवन या त साहसिक यात्रा हो या केही पनि होइन ।” यो उद्बोध हो, महान् समाजसेवी तथा लेखिका हेलेन केलरको । केलरसँग देख्ने दृष्टि थिएन । सुन्ने शक्ति थिएन । तर उनीसँग साहस थियो, अदम्य साहस । साहस बिना मानिसको जीवन निरर्थक हुन्छ भन्ने कुरा उनले राम्रोसंग बुझेकी थिइन् । त्यसैले उनले साहस र दृढइच्छा शक्तिको बलमा धेरैलाई असम्भव लाग्ने कार्य गरेर देखाइन् । हुन पनि हो, काँतर जीवन पनि के जीवन हो र ? यस्तो जीवन त एउटा जीेउँदो लाश मात्र हो । त्यसैले याद राख्नुहोस् । साहसिक जीवनको कुनै विकल्प छैन ।
समाजमा कतिपय थोरै पढेका वा पढ्न नसकेका व्यक्तिले साहस देखाउछन्, नेतृत्व लिन्छन् र नेता बन्छन्, तर त्यही समाजका धेरै पढेका व्यक्ति अगाडि बढ्न डराउछन् र नेताको झोला बोकी उसको माखा धपाउछन् । ज्ञान शक्ति होइन, सम्भावित शक्ति मात्र हो । वास्तविक शक्ति भनेको कार्य (एक्सन) हो । तर कार्य गर्नकालागि साहस चाहिन्छ । साहसबिना ज्ञानलाई कार्यरूपमा रूपान्तरण गर्न सकिंदैन । साहसले नै ज्ञानको ऊर्जाबाट शक्ति उत्पादन गर्छ । त्यसैले केलरले भनेझैं साहस नै जीवन हो । यदि जीवनमा साहस छैन भने त्यो मनको दास जिउँदो लाश हो । त्यसैले जीवनमा सफलताको अभिष्ट राख्नेहरूले अनिवार्य रूपमा उपयुक्त भनाइ बुझ्नैपर्छ । तपाईलाई एउटा लोकोक्ति याद नै छ होला, “के भाग्य छ भन्दैमा डोकोमा दूध दुहेर अडिन्छ ?” यो कुरा अन्धी–बहिरी हेलेन केलर बुझिसकेकी थिइन । तर यही कुरा सद्धे करोडौं मानिसहरुले बुझेका थिएनन् । बुझिरहेका छैनन् । त्यसैले त मनको दास जिउँदो लाश बनिरहेका छन् ।
मान्छेलाई दुःख–पीडा किन पर्छ ?
चिन्ता, पीर तथा फिक्री किन हुन्छ ?
ईष्र्या, क्लेश तथा द्वेषको भावनाले किन सताउँछ ?
लोभ–लालच किन जाग्छ ?
मोह–मायाँले किन तड्पाउँछ ?
उराठ, बिरक्ती तथा उकुसमुकुस किन हुन्छ ?
रिस, क्रोध र उद्वेग किन उठ्ने गर्छ ?
काम–भावनाले किन सताउँछ ?
डर, त्रास र भय किन लाग्ने गर्छ ?
मान्छे किन अनाचारी, दुराचारी हुन्छ ?
किन अत्याचारी, भ्रष्टाचारी हुन्छ ?
मनलाई वशमा राख्न नसक्ने मनका दास नै दुःखीत हुन्छन् । पीडित हुन्छन् । चिन्ता र निराशाले आक्रान्त भएर लथालिङ हुन्छन् । भताभुङ हुन्छन् । ईष्र्यालु हुन्छन् । डाहडे हुन्छन् । द्वेष, बिरक्ति र मोहले उकुसमुकुस हुन्छन् । बेचैन भएर छटपटिइ रहन्छन् । अस्वस्थ मन भएका मानिस नै क्रोधी र रिसाहा हुन्छन् । अहंकारी र उन्मादी हुन्छन् । दिनरात डर र त्रासले भयभित रहन्छन् ।
मन भनेको विचार हो । विचारको प्रक्रिया हो, तरङ हो । अविच्छिन्न तथा अनवरत रूपमा चल्ने प्रभाव हो । जहाँ विचार हुन्छ, त्यहाँ मन हुन्छ । विचारहरू उब्जिएनन् भने मन नै अस्तित्वमा आउँदैनन् । त्यसैले त ध्यानको स्थितिलाई अमन (स्टेट अफ नो मााइन्ड)) को संज्ञा दिइएको हो । मन सिर्जना हो । मनले सिर्जना गर्छ । तर त्यो सिर्जना विचारमा भरपर्छ । एउटा मान्छेले कस्तो विचार गर्छ ? यदि बारम्बार,
यौन–कामनाको विचार गर्छ भने कामुक बन्छ ।
लोभ–लालचको विचार गर्छ भने लालची बन्छ ।
अनाचार–भ्रष्टाचारको विचार गर्छ भने भ्रष्टाचारी बन्छ ।
असफलताको विचार गर्छ भने असफल नै हुन्छ ।
त्यसैले, हर हमेशा उत्साह र निर्भयताको विचार गर्नुपर्छ ।
सुख र सन्तोषको विचार गर्नुपर्छ ।
बिकास र संमृद्धिको विचार गर्नुपर्छ ।
सफलता र विजयको विचार गर्नुपर्छ ।
सधै शुभ र उत्तम विचारहरूमात्र गर्नुपर्छ ।
शुभविचारले नै शुभ परिणाम दिन्छ । यो कुरा बुझ्नुपर्छ ।
तर, यो तब सम्भव हुन्छ, जब मानिसले मनलाई वशमा राख्नसक्छ । विचारहरूमाथि विवेकको अंकुश लगाउन सक्दछ । विवेकीले नै विवेकको प्रयोग गर्न सक्दछन् । ज्ञानले बुद्धि बढ्छ । तर बुद्धिले नै विवेक बढ्छ भन्ने छैन । बुद्धिजीवी पनि अविवेकी हुन सक्छन् । जस्तो कि चिन्ता गर्नुहँुदैन । चिन्ताले मानिसलाई नष्ट पार्छ– यो कुरा धेरैलाई थाहा छ । तर पनि संसारका अधिकांश मानिसहरू चिन्ता र निराशाबाट सधैं घेरिने गर्छन् । सानोतिनो काम नबन्दा पनि निराश हुने गर्छन् । यसको अर्थ हो कि बुद्धि भएर पनि ती व्यक्तिहरूले विचारहरूको तरङमा विवेकको अंकुश लगाउन सकेनन् । जसलाई दास बनाउनुपर्ने हो, उसैको दास बनेपछि त्यो बुद्धिको के अर्थ ?
एउटा शिक्षक जँड्याहा भयो ।
एउटा चिकित्सक चुरोटको अम्मली भयो ।
तर छोड्न सकेन । छोड्ने सयौं कसम खायो । तर सकेन । के उसलाई थाहा छैन र धुम्रपान र मद्यपानले क्यान्सर जस्तो घातक रोग लाग्छ भन्ने कुरा ! रक्सि र चुरोटले शरीर नष्ट पार्छ भन्ने कुरा ! थाहा छ । बिल्कुलै थाहा छ । तर थाहा भएर के गर्ने ? अम्मलले उनीहरूको इच्छाशक्ति निर्बल पार्दै गएको छ । उनीहरू आदतका दास भएका छन् । मनका दास भएका छन् । दास भएपछि मालिकको आदेश त मान्नै पर्ने भो । मालिकले जे–जे गर भन्छ, त्यो–त्यो त गर्नै पर्ने भो । कि त बिद्रोह गर्न सक्नुप¥यो । होइन भने मालिकका गलत आज्ञा पनि मान्नै प¥यो । बिद्रोह गर्न दृढ इच्छाशक्ति चाहिन्छ । तर यस्ता व्यक्तिहरूको इच्छाशक्ति अल्कोहल र धूँवाले खियाउँदै लगेको हुन्छ । उडाउँदै लगेको हुन्छ । जसले गर्दा उनीहरूले अनेकौं बहाना बनाउँछन् । भोलिदेखि छोड्ने कसम खान्छन् । तर भोलि त्यही कसम पुनः दोहो¥याउँछन् । यसरी नै मानिसहरू– मनको दास जिउँदो लाश बन्न पुग्छन् ।
हो, मानिससंग इच्छाशक्ति भए, जस्तोसकै आदत पनि छोडन सक्छन् । मानिससंग साहस भए जस्तोसकै कार्य पनि गर्न सक्छन् । हेलेन केलरलाई नै हेर्नुहोस्–१९ महिनाको उमेरमा नै उनले देख्न सक्दैन्थिन । सुन्न सक्दैन्थिन । तर उनले हिम्मत हारिनन् । काँतरलेझंै टाउको लुत्राइनन् । मनको आँखाले क्षितिज वारी पनि हेरिन । पारी पनि हेरिन । अनि अदम्य साहसका साथ आफ्ना दहा« खुट्टाहरु अगाडी बढाइन । र, विश्व प्रसिद्ध भइन् । हेलेन कलेर त अन्धी थिइन । बहिरी थिइन । देख्न सक्दैन्थिन । सुन्न सक्दैन्थिन । तर तपाई–हामीहरुले त देख्न सकेका छौ ( देखेर पनि देखिरहेका छैनौ) । सुन्न सकेका छौं (सुनेर पनि सुनिरहेका छैनांै) । त्यसैले तपाई–हामीहरुले टाउको लुत्राइरहेका छौं । दुइटा आँखाले केवल अँध्यारो संसार देखिरहेका छौं । र, मनको दास जिउँदो लाश बनिरहेका छौं ।
याद राख्नुहोस्– तपाईहामीसँग के छैन ? ५–६ फिटको शरीर छ । बलिया हात–खुट्टाहरु छन् । हेर्ने आँखाहरु छन् । सुन्ने कानहरु छन् । कम्प्यूटर भन्दा शक्तिशाली मस्तिष्क छ । संसार कै शक्तिशाली मन छ । तर गडबड यही निर छ– तपाई–हामी यो मनको दास भएका छौं । मनले जे–जे अह्राउँछ, त्यही–त्यही गर्दै छौं । शारा मस्तिष्क शक्ति अधोगामी भैरहेको हामीलाई भेउ छैन् । त्यही भएर त हामीहरु टाउको लुत्राएर मुढोझैं पल्टिरहेका छौं ।
एक पटक साहित्यकार झमक घिमिरेलाई हेर्नहोस् त ? सेरेब्रम पाल्सीबाट ग्रस्त झमक बोल्न सक्दिनन्, हिंड्न सक्दिनन्, राम्रोसंग बस्न सक्दिनन्, उनको हात खट्टा राम्रोसंग चल्दैन । तर, उनले आफ्नो अशक्त शरीरका बावजद खुट्टाले लेखेर चर्चित साहित्यकार हन सफल भएकी छिन् । मानिससंग इच्छाशक्ति र साहस भए निकै कठिन लाग्ने कार्य पनि गर्न गर्न सकिदो रहेछ भन्ने यो अनुकरणीय उदाहरण हो ।
अतः संसारको सर्वशक्तिमान चिज भनेको नै मन हो । मन भन्दा ठूलो अर्काे कुनै शक्ति छैन । त्यसैले जसले मनलाई बशमा राख्नसक्छ, उसले संसारलाई नै वशमा राख्नसक्छ । त्यसैले जाग्नुहोस् । जगाउँनुहोस् । उठ्नुहोस् । उठाउँनुहोस् । आजै यसैबेला दृढसंकल्प गर्नुहोस्– आजदेखि मैले मनलाई साँढे झैं छाडा छाड्ने छैन । विचारहरूमा विवेकले अंकुश लगाउने छु । सधै राम्रा र शुभ विचारहरू गर्नेछु । नराम्रा तथा अशुभ विचारहरूलाई आउन दिनेछैन । जीवनमा कुनै महान् उद्देश्य बनाएर साहसकासाथ आफ्नो कर्तव्यपथमा लम्किने छु । समय लाग्नसक्छ । धैर्य गर्नुहोस् । निष्ठा पर्वक अगाडि बढ्नहोस् । बिस्तारै–बिस्तारै नराम्रा तथा अशुभ विचारहरू छुट्ने छन् । केबल राम्रा र उत्तम बिचारहरू देखापर्ने छन् । त्यसपछि तपाईंले मालिक बनेर रजाईं गरेको त्यो मनलाई दास बनाउन सक्नुहुनेछ । त्यसलाई शुभ र उत्तम कार्यमा लगाउन सक्नुहुनेछ । त्यसपछि त के– तपाईको घरको तिजोरी सन्तोषका हात्ती छाप नोटहरूले भरिने छ । तपाईंको घर–आँगनमॉआनन्दका पुतलीहरू रमाउने छन् । तपाईंको खेतबारीमा समृद्धिका स्वर्ण मुद्राहरू फल्नेछन् । तपाईं सधैं हर्ष र उत्साहको वर्षामा स्नान गर्न पाउनु हुनेछ । यो नै मानव जीवनको मनोविज्ञान हो । त्यसैले मनको यो भाषा बुझ्नुहोस् । व्यवहार उतार्नुहोस् । साहसकासाथ अगाडी बढ्नुहोस् । जीवनको दौडमा तपाईंको जीत निश्चित छ ।




No comments:
Post a Comment