ब्रेन बाइट्स
लुकः
स्न्यापः
अनि हेरेको वा सुनेको कुरालाई याद राख्न कल्पनाचित्र (स्न्यापसट) बनाउनुपर्छ ।
लिंकः
मेमोरी मिराकल
ओम बानियाँ
वसन्त
ऋतुको मौसम थियो । बहारको बिहानी समय । सभागृहमा लगभग ५ सय मानिसहरू एकदम
कोचाकोच भएर बसेका थिए । मञ्चको भित्तामा ठूलो बैनर टाँगिएको थियो । त्यो
बैनरको माथिपट्टि एउटा लेखोट थियो, त्यहाँ लेखिएको थियो, वान डे मेमोरी
वर्कशप बाइ डा. मेमोरी । सभागृहमा सुमधुर संगीत बजिरहेको थियो । सभागृहको
भित्तामा झुण्डाइएको लंगुरे भित्ते घडीले टङ बिहानको आठ बजेको संकेत ग¥यो ।
मञ्चको दायाँ पट्टिको कलात्मक ढोका खुल्यो । ढोकामा कलेजी रंगको स्वेटर र
निलो जिन्स पाइन्टमा श्रृंगारिएकी फिल्मी नायिका जस्ती लाग्ने २४–२५
वर्षकी कलकलाउँदो उमेरकी एक सुन्दरी देखा परिन् र मोडल हिंडाइमा मञ्चतिर
अगाडि बढिन् । उनै थिइन, लोकप्रिय मेमोरी मास्टर डा. मेमोरी ।
डा.
मेमोरीको आवगमनले सभागृह क्रिसमसको रात जस्तो धपक्क उज्यालो भयो । डा.
मेमोरीले मधुर मुस्कानकासाथ सम्बोधन गर्दै भनिन्ः “गुड मर्निङ लेडिज एण्ड
जैन्टलमैन १ मेरो नाम डा. मेमोरी हो । म सर्वप्रथम यो एक दिने मेमोरी
वर्कशपमा पाल्नु भएका सम्पूर्ण महानुभावहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु
।” डा. मेमोरीको कोमल कण्ठबाट कोइलीको जस्तो मीठो र सुरिलो आवाज कानमा
ठोकिनासाथ हरेक सहभागीहरूको हत्केलाहरू स्वस्पूmर्तरूपमा ठोकिए । सभागृह
तालीले गुन्जयमान भयो । “कार्यक्रमको शुभारम्भ म एक प्रश्नबाट गर्न चाहन्छु
।” डा. मेमोरी केही अगाडि बढेर भनिन्, “तँपाईं मध्य कसैले अंग्रेजी
वर्णमालाको ए अक्षर नभएका २० वटा अंग्रेजी शब्दहरू ५ सेकेण्ड भित्र बताउन
सक्नुहुन्छ ?” धेरैले जवाफ दिने प्रयास गरे । तर अधिकांशले ५ वटा भन्दा बढी
शब्दहरू भन्न सकेनन् । अनि डा. मेमोरीले मञ्चमा आसिन एक फुच्ची बालिकातर्फ
हेर्दै बोलिन्, “कृति तँपाईं भन्न सक्नुहुन्छ ?” कृति उठिन्, प्रयास गर्छु
म्याम । “ल अब तिम्रो समय शुरु भयो ।” कृतिले फर्र भनिन्, “वान, टु थ्री,
फोर, फाइव, सिक्स......ट्वान्टि ।” सहभागी सबै जिल्ल परे ।
एक
जना भद्रपुरुष उठेर भने, “यो तँपाईहरूको मिलीभगत पनि त हुन सक्छ नी ?”
“प्रोफेसर सुरेन्द्र थापाजी, यो हाम्रो मिलीभगत होइन, साँचो कुरा हो ।” डा.
मेमोरीले प्रोफेसरलाई सम्झाउन खोजिन् । डा. मेमोरीले आफ्नो नाम सम्बोधन
गरेको सुनेपछि प्रोफेसर तीनछक पर्दै भने, “मेरो नाम तपाईलाई कसरी थाहा भयो
?” डा. मेमोरी मन्द मुस्कान छर्दै बोलिन्, “म यस कार्यक्रमका लागि सभागृहमा
पस्नु पूर्व सहभागीहरूको नाम, ठेगाना तथा फोटो सर्र हरेकी थिए, त्यसैबाट
थाहा भयो ।” “मलाई त झन् शंका पो लाग्यो ?” प्रोफेसर बसे । अगाडि बसेका
युवकले उठ्दै भने, “उसो भए मेरो नाम बताउन सक्नुहुन्छ ?” “तपाईको नाम
सुधिर, ठेगाना माइतीघर ।” सुधिरले थपडी मार्दै डा. मेमोरीको प्रशंसा गरे ।
मेरो नाम ज्योति हो, मैले रजिस्टरमा आफ्नो फोन नम्बर पनि लेखेकी छु, कृपया
मेरो फोन नम्बर बताउन सक्नुहुन्छ ?” डा. मेमोरी मुसुक्क हाँस्दै बोलिन्,
“तपाईको फोन नम्बर हो, ९८४७०७८०७७ ।” ज्योति हाँस्दै, “एकदम सही छ ।”
डा.
मेमोरीले ज्योतिलाई सोधिन्ः “ज्योति १ म तपाईंलाई एक प्रश्न सोध्छु । जवाफ
दिन तयार हुनुहुन्छ ?” “प्रयास गर्छु ।” खाली कागज दिँदै, “यो कागजमा आफू
खुसी ५० वटा अंकहरू लेख्नुहोस् ।” डेस्कमा राखेको पानी पिउँदै डा. मेमोरी
बोलिन्, “लेख्नु भयो ?” “अँ, लेखेँ ।” “अब तपाईंले यी अंकहरू जोडले
पढ्नुहोस्, अनि सबैले ध्यान दिएर सुन्नुहोस् ।”
‘७०५७६१२४४९८५६७२३१०९८५६४३८९७९०६४५४१५५७७३४८९०३१५७५५९ ज्योतिले अंकहरू
पढिन् । मेमोरी बोलिन्, “अब यी अंकहरू नहेरकन भन्न सक्नुहुन्छ ?” “७
९..(हाँस्दै) अँह सक्दिनँ ।”
डा.
मेमोरी केही अगाडि बढेर दर्शकलाई इंगित गर्दै बोलिन्, “अगि भर्खरै
ज्योतिले पढेका अंकहरू यहाँ उपस्थित तपाईंंहरू मध्य कसैले भन्न सक्नुहुन्छ ?
सबै चुप । “उसो भए ज्योतिले भनेका अंकहरू कसैले पनि याद सक्नु भएन ?” पुनः
मञ्चमा बसेकी कृतिलाई हेर्दै डा. मेमोरी बोलिन्, “कृति १ तपाईले भन्न
सक्नुहुन्छ ?” कृति उठिन् “प्रयास गर्छु म्याम,
७०५७६१२४४...............५५९ ।” ७–८ वर्षकी नानीले एक पटक सुनेको भरमा ५०
वटा अंकहरू जस्ताको तस्तै भनेको देखेर सबै आश्चर्यचकित भए । सबै उठेर ताली
बजाए । डा. मेमोरीले गर्वसाथ भनिन्, “यो हो, टे«न्ड मेमोरी । डा. ओमसँग
मेमोरी टेक्निक सिकेर कृतिले यो कमाल देखाएकी हुन् । कृतिले मात्र होइन यस
मञ्चमा आसिन उहाँ बुढाबा र आमाले पनि यसरी नै आफ्नो मेमोरी प्रर्दशन गर्न
सक्नुहुन्छ । कृतिको आडमा बस्ने निलो टिसर्ट लगाउने शिशिर भाइले त एक पटक
सुनेको भरमा सयौं अंक तथा शब्दहरू भन्न सक्नुहुन्छ ।”
डा.
मेमोरी बोलिन्, “ज्योति, तपाईंलाई धन्यवाद १ कृतिलाई पनि धेरै–धेरै
धन्यवाद १” ज्योति आफु बसेको ठाउँतिर गइन् । कृतिले डा. मेमोरीतिर हेर्दै
भनिन्ः “म्याम, आज्ञा भएमा म यस मञ्चबाट केही कुरा भन्न चाहन्छु ।” “जरुर,
तँपाई आफ्नो कुरा राख्न सक्नुहुन्छ ।” डा. मेमोरीले कृतिलाई माइक दिइन् ।
कृति अलि ठूलो आवाजमा बोलिन्, “डा. ओम सर नमस्कार १ तपाईको गुन मैले
कहिल्यै बिर्सन सक्दिनँ ।” लामो सास लिँदै कृति आगडि बोलिन्, “म अहिले ५
कक्षामा पढ्छु । तर ४ कक्षामा पढ्दासम्म म गणितमा निकै कमजोर थिएँ । गणित
हेर्न पनि मन पर्दैन्थ्यो । म सधैँ गणितमा फेल हुन्थे, तीन कक्षामा मेरो
गणीतमा केवल १० अंक आएको थियो । त्यसैले मलाई साथीहरूले आलु, गोबरगणेश भनेर
जिस्काउँथे । बाबाले जति अनुरोध गर्दा पनि स्कुलले मलाई प्रोमोट गर्न
मानेको थिएन । तर भाग्यवस बाबाको साथीबाट डा. ओम सरका बारेमा थाहा भयो, अनि
बाबाले मलाई मेमोरी ल्याबमा लिएर जानुभयो ।
न्युरोमनोवैज्ञानिक
परीक्षणपछि म म्याथम्याटिकल डिसअर्डरबाट ग्रस्त भएको थाहा भयो । अनि मैले
डा. ओमको प्रत्यक्ष रेखदेखमा मेमोरी टेक्निक सिकेँ, मेन्टल म्याथ सिकेँ ।
यसले मेरो मेमोरी मात्र बढेन कि गणितमा समेत निकै रुचि बढ्यो । ४ कक्षामा
मैले गाणितमा १०० अंक ल्याउन सफल भएँ । अहिले त मेरो पढाइलेखाइमा निकै रुचि
बढेको छ । मैले त आफ्नो जीवनको स्पष्ट लक्ष्य बनाइकी छु । म एक प्रसिद्ध
गणितज्ञ बनेर देशको सेवा गर्न चाहन्छु । धन्यवाद १” चारैतिरबाट तालीको
गडगडाहटले सभागृह गुन्जियो । खुसीले गदगद डा. मेमोरी अगाडि बोलिन्ः “कृति १
आई एम भेरि प्राउड अफ यु ।” कृति मुसुक्क हाँस्दै आफ्नो ठाउँमा गएर बसिन् ।
डा. मेमोरीले क्लास अगाडि बढाउँदै भनिन्, “मेमोरी टेक्निकको मुख्य आधार
भनेको साहचर्य (एसोसिएसन) हो । हरेक मानिसले साहचर्यवाट नै हरेक नयाँ
कुराहरू सिक्ने तथा याद राख्ने गर्छन् । जस्तो कि हामीले कुनै पनि भाषा
पढ्न र लेख्नका लागि सबै भन्दा पहिला वर्णमाला (अक्षर) सिक्छौं । अनि शब्द र
वाक्य होइन त ? मानौ, अन्जु र मन्जु मिल्ने साथी हुन् । अन्जुसँग भेट भयो
भने मन्जु पनि स्मृतिमा प्रकट हुन सक्दिछन् !
एकै
छिन पानी शब्द सम्झिनुहोस् त । पानीसँगै नदी याद आउन सक्दछ । अनि नदीका
माछा याद आउन सक्दछ । माछा खाएको याद आउन सक्दछ । नदी नजिकैका
रूख–बिरुवाहरू याद आउन सक्दछन् । रूखमा बसेको चरा याद आउन सक्दछ । पानीसँगै
समुद्र याद आउन सक्दछ । पानी जहाज याद आउन सक्दछ । र, कुनै बेला तपार्इंले
पानी जहाजमा यात्रा गरेको याद हुन सक्दछ । त्यस्तै गरी पानीसँगै वर्षा याद
आउन सक्दछ । वर्षाले तपार्इंकी प्रेमिका वर्षाको याद दिलाउन सक्दछ ।
वर्षाले बिजुली याद हुन सक्दछ । बिजुलीसँगै घरको बल्ब याद आउन सक्दछ । यसरी
नै अनुभवहरू स्मृतिमा प्रकट हुने गर्छन् । अतः मानिसको मेमारीले यसरी
साहचर्यबाट कार्य गर्दछ ।”
डा.
मेमोरी केही अगाडि बढेर बोलिन्, “औसतरूपमा मानिसको मस्तिष्क शक्ति
उस्तै–उस्तै हुन्छ । मस्तिष्कको मेमोरी स्टोर गर्ने क्षमता पनि लगभग समान
नै हुन्छ । यदि कुनै पनि सूचनाहरू मानिसको दीर्घकालीन मेमोरी स्टोरमा,
यसलाई डा. ओमले मेमारी बैंक भन्नुहुन्छ, पुग्छन् भने बिर्सने रोग वा अन्य
रोगहरूको कारणले बाहेक, ती सूचनाहरू बिर्सिदैनन् । मेमोरी बैंकमा स्टोर
भएका सूचनाहरूलाई तपाईं बिर्सन चाहेर पनि बिर्सन सक्नुहुदैन । के तपाईंले
आफ्नो नाम बिर्सन सक्नुहुन्छ ? कदापि सक्नुहुदैन । किनकि सानैदेखिनै
तपाईंको नाम मेमोरी बैंकमा छ र बारम्बार प्रयोगमा आइरहेको छ । तर, यहाँ
अर्को उल्लेखनिय कुरा के भने मेमोरी बैंकमा रहेका सूचनाहरू सुरक्षित रहे
पनि यदि बारम्बार प्रयोग हुदैनन् भने चाहेको बेलामा याद नआउन सक्छन् ? (डा.
मेमोरी हाँस्दै) यदि चाहेको बेलामा सूचनाहरू याद भएनन् भने ती सूचनाहरूको
के काम ? होइन त ? त्यसैले आवश्यक सूचनालाई मेमोरी बैंकमा राख्न र आवश्यक
परेको बेलामा तुरुन्त स्मृतिमा ल्याउन मेमोरी टेक्निक आवश्यक हुन्छ ।”
के मेमारी बढ्न सक्छ ?
मेमोरी
टेक्निकमार्फत् जो कोहीले पनि आफ्नो मेमोरी साँच्चिकै बढाउन सक्छन् ।
सुरुमा सिक्ने क्रममा चाहिँ केही समस्या आउन सक्छ । मेमोरी बढाउन लोसी
पद्धति अथवा प्यालेस अफ मेमोरी महत्वपूर्ण टेकनिक हो । स्मरण गर्ने क्षमता
बढाउन यो निकै पुरानो तरिका हो । यसमा चिरपरिचित ठाउँ, जस्तो कि घर, कुनै
ठूलो महल आदिमा काल्पनिक यात्रा गर्नुपर्छ र त्यसको जानकारी राख्नका लागि
घरका हरेक कुनामा भएका चिजबिजलाई भिजुअल इन्डिकेटरका रुपमा उपयोग गर्नु
पर्छ । क्याम्ब्रिज विश्वविद्यालयमा न्युरोसाइन्स विभागका प्राध्यापक माइकल
एन्डरसन भन्छन्न्ः ‘बाल्यकालमा मेरो मेमोरी उति राम्रो थिएन । विद्यालयमा
अंग्रेजीका शब्द सम्झन नसक्दा निकै खप्की खानु परेको थियो । यस्तो भएपछि
मलाई मेमोरी बढाउने तालिमको आवश्यकता चाहिन्छ भन्ने महसुस भयो र यस्तो
शक्ति बढाउन विज्ञहरुको सहयोग लिएँ । प्राचीन कालदेखि नै विभिन्न किसिमका
तरिका प्रयोग गरी मेमोरी बढाउने काम गरिन्थ्यो । र, त्यस्ता तरिका उपयोग
गरी मेमोरी कमजोर हुनेले शसक्त बनाउन सक्छन् पनि ।’
“अतः
उपर्युक्त कुराहरूलाई ध्यानमा राखेर नै मेमोरी टेक्निकहरू बनेका हुन् । यस
कार्यक्रममा डा. ओमको अनुमतिले म एक मेमोरी टेक्निक उल्लेख गर्न गइरहेको
छु । यो आधारभूत मेमोरी टेक्निक हो । यो मेमोरी टेक्निक सिकेपछि आफैं पनि
मेमोरी टेक्निक बनाउन सकिन्छ । यो मेमोरी टेक्निक नाम हो, लुक, स्न्याप
एण्ड लिड्ढ टेक्निक ।
लुकः
सिक्नु
वा याद गर्नु पर्ने कुरालाई सबै भन्दा पहिला रुचिपूर्वक पढ्नु, हेर्नु तथा
सुन्नुपर्छ । अर्थात् मस्तिष्कमा सूचना प्रविष्ट गर्नका लागि
माध्यमहरूप्रति सजग हुनुपर्छ । यहाँ लुकको अर्थ केवल हेर्नु वा पढ्नु मात्र
नभएर सुन्नु, अनभुव गर्नु, स्वाद लिनु तथा सुघ्नु पनि हो । त्यो किनभने
पञ्च ज्ञानेन्द्रीयहरू सहायतबाट नै सूचना मस्तिष्कमा प्रवेश गर्छ ।
स्न्यापः
अनि हेरेको वा सुनेको कुरालाई याद राख्न कल्पनाचित्र (स्न्यापसट) बनाउनुपर्छ ।
लिंकः
अब
याद गर्नु पर्ने कुराको स्न्यापसटलाई मेमोरी कोडको स्न्यापसटसँग वा दुई वा
भन्दा बढी नयाँ स्न्यापसटहरू जोड्ने कार्य गर्नुपर्छ । यसरी दुई वा दुई
भन्दा बढी स्न्यापसटहरू जोडेर नयाँ मानसिक चित्र (स्न्यापसट) बनाउनुपर्छ ।
जस्तो कि दुई वटा शब्दहरू, भ्यागुतो र साइकल याद गर्नुछ । यसका लागि पहिला
भ्यागुतो शब्द हेर्नुहोस् वा सुन्नुहोस् । अनि भ्यागुतोको स्न्यापसट
लिनुहोस् । यसै गरी साइकल शब्द हेर्नुहोस् वा सुन्नुहोस् र साइकलको
स्न्यापसट लिनुहोस् । अब भ्यागुतो र साइकलको स्न्यापसटलाई जोडेर नयाँ
अद्भुत खालको स्न्यापसट बनाउनुहोस् । जस्तो कि एउटा ठूलो भ्यागुतोले साइकल
कुदाइरहेको छ । यति गर्नुभयो भने भ्यागुतो र साइकल, यी दुई आइटमहरू
तपार्इंंलाई सधैंभरि याद रहन सक्छन् । यसै गरी कमिला र ब्रेड याद गर्न
कमिलाले ब्रेड बोकेर हिंडेको दृश्य सम्झनुहोस् । भ्यागुतो, साइकल तथा टोपी
याद गर्नु छ भने साइकल र टोपीको स्न्यापसटलाई जोडेर नयाँ स्न्यापसट
बनाउनुहोस्, जस्तो कि साइकल कुदाइरहेको भ्यागुतोको टाउकोबाट टोपी खसेको
नयाँ स्न्यापसट । अतः यसरी एकै छिनमा सयौं आइटम वा शब्दहरू सजिलै र सधैंभरि
याद राख्न सकिन्छ ।”
डा.
मेमोरीले सभागृहको चारैतिर नजर दौडाउँदै भनिन्, “तँपाईहरूले अझ पनि मेमोरी
टेक्निकमाथि शंका लाग्छ भने कृति तपाईंको सामु नै हुनुहुन्छ । तँपाईहरूले
अरु प्रयोगहरू गरी हेर्न सक्नुहुन्छ ?” डा. मेमोरीले दर्शकलाई चुनौती दिइन्
। सुधिरले आफ्नो मोबाइलबाट १० जना साथीहरूको नाम र फोन नम्बर सोधे ।
कृतिले तुरुन्त नै नाम र नम्बर जस्ताको तस्तै भनेको देखेपछि सबैको मुख
ह्वांग भयो । मोहनले सोधे, १९ मे १९८० कुन वार पर्छ ? फुच्ची कृतिले
मुसुक्क हाँस्दै भनिन्, “सोमवार ।” मोहन मुसुक्क हाँसे, “जवाफ एकदम सही छ ।
यो मेरो जन्मदिन हो ।” सज्जाले सोधिन्, २१+३४+५६+९०+३२–२९–६५ कति हुन्छ ?
कृतिले हाँस्दै भनिन्, “१३९ ।” ज्योतिले सोधिन्, “४५६ इन्टु २१३ कति हुन्छ ?
कृतिले भनिन्, “९७१२८ ।” प्रो. सुरेन्द्रले सोधे “८७ वर्गमूल कति हुन्छ ?”
“९.३२७ ।” कृतिको अद्भुत मेमोरीले प्रभावित भई प्रोफेसर सुरेन्द्र दौडिंदै
मञ्चमा गए र कृतिलाई उचालेर काँधमा राखें । खुसीले गदगद अन्य दर्शकहरू पनि
मञ्चमा गएर कृतिमाथि पैसाको बर्सात् गर्न थाले । उपस्थित सबैले उठेर ताली
बजाए । म पनि उठें । मलाई हेर्दै कृति ठूलो आवाजमा कराइन्, “थैड्ढ यु ओम सर
१ थैड्ढ यु १ ....आई लभ यु १ ” कृति उत्साहित भएर मतिर फ्लाइङ किस
फ्याकिन् । मैले पनि गर्व र सुखद् अनुभूतिका साथ मनमनै वैल डन कृति, वैल डन
भन्दै फ्लाइङ किस फर्र्काएँ ।
अचानक
मेरो आँखा खुल्यो । उत्तरतिरबाट सर्र चिसा बतास चलिरहेको थियो । त्यहीं
माथि त्यो ब्युटिफुल मेमोरीले गर्दा मेरो शरीरका रोमरोम आनन्दको महासागरमा
मस्त थिए । मैले यस्तो परमानन्द जीवनमा पहिलो पटक अनुभूति गरिरहेको थिएँ ।
आनन्दको महासागरमा मस्त मेरो मनले तर्क ग¥यो, मानिसको अपूर्ण इच्छा सपना
भएर प्रकट हुन्छ । वास्तवमा सपना मानिसको मेमोरी बैंकमा संचित भएको अपूर्ण
इच्छा हो, जुन चेतन मन निस्क्रिय भएको बेलामा सपनाको रुपमा प्रकट हुने गर्छ
। (लेखक साइकोथेरापिष्ट तथा मेमोरी ल्याब प«मुख हुन् ।)


No comments:
Post a Comment