ब्रेन बाइट्स
न्युरोनको शक्तिः
रसायनको खेलः
एसीटाइलकोलीनः
डोपामीनः
सेरोटोनिनः
सेरोटोनिन एमोनो एसिड ट्रिप्टोफानबाट बन्दछ । यसको सम्बन्ध ज्ञानात्मक धारणा, तापक्रम नियन्त्रण्, दुखाइ दमन तथा मनःस्थिति आदिसँग छ । त्यसैले यो स्नायुवाहकले शान्ति, आनन्द, पीडानाश गर्ने, निद्रा लगाउने तथा मनलाई सधैँ प्रफुल्ल तथा प्रसन्न राख्ने तथा आवेगलाई घटाउने जस्ता कार्यहरू गर्दछ । यसको कमी भएमा अनिद्रा तथा डिप्रेशन जस्ता रोगहरू लाग्ने गर्दछ । तरकारी, पिस्ता, आलु, अन्न आदि सेरोटोनिनजन्य पदार्थ हुन् ।
एण्डोरफिनः
एपीनेफ्रीनः
एपीनेफ्रीन प्रमुख स्टे«स स्नायुवाहक हो । यो रसायन रक्तचाप, हृदय गति आदि सँग सम्बन्धित छ । यो स्नायुहार्मोन डोपामीनबाट बन्दछ । यसलाई एडे«नालीन पनि भनिन्छ ।
नोरएपीनेफ्रीनः
गाबाः
गाबा एमिनो–एसिड, ग्लुटामिक एसिड, जसलाई ग्लुटामीन पनि भनिन्छ, बाट बन्दछ । यसले चिन्ता घटाउँछ, ब्लडप्रेशर तथा मुटुको धड्कन ठीक राख्दछ ।
ग्लुटामाइटः
एन्केफालिनः
आनन्दमाइडः
पुछारमाः
मस्तिष्क रसायनको ‘खेल’
ओम बानियाँ
दुःखपीडा भएर नै सुख छ, खुसी छ, आनन्द छ । डर भएर नै साहस छ । घृणा भएर नै प्रेम छ । वास्तवमा मानिसको टाउको र टाउको भित्र मस्तिष्क भएर नै दुःखपीडा, सुख, खुसी, आनन्द, डर, साहस, घृणा तथा प्रेम आदि छ । स्मरणशक्ति छ । बुद्धि छ । यही बुद्धिकै कारण मानिस अन्य पशुपक्षी भन्दा फरक छ, दिनप्रति दिन विकासको सिढी चढ्दै छ । वास्तवमा मानिसको मस्तिष्क स्नायुकोष र स्नायु रसायनहरुको खेल हो ।
मस्तिष्कको बनौटः
मानव मस्तिष्क खप्परको हाडभित्र सुरक्षित अवस्थामा रहेको हुन्छ । यसले विभिन्न भागहरूबाट प्रेरणा लिने र स्नायु मार्फत् विभिन्न अंगहरूमा पठाउने कार्य गर्दछ । मानव मस्तिष्क विभिन्न अंगहरू मिलेर बनेको हुन्छ । जस्तैः ठूलो मस्तिष्क, मध्य मस्तिष्क, मस्तिष्क सेतु, सानो मस्तिष्क, सुषुम्ना शीर्ष, थैलामस आदि । उपर्युक्त अंगहरूको अ–आफ्नै भूमिका तथा महत्व छ । तर मानव जीवनमा मस्तिष्कको सबैभन्दा ठूलो तथा प्रमुख अंग, ठूलो मस्तिष्क(सेरेब्रम )लाई सर्वाधिक महत्वपूर्ण अंग मानिन्छ । त्यो किनभने चेतना सम्बन्धी शारीरिक क्रियाहरू तथा विविध मानसिक अनुभवहरूको संचालन तथा नियन्त्रण यही ठूलो मस्तिष्कले गर्ने गर्दछ । जस्तैः सोच्नु, बिचार गर्नु, तर्कवितर्क गर्नु, कल्पना गर्नु इत्यादि सम्पूर्ण मानसिक क्रियाहरूको संचालन ठूलो मस्तिष्कद्वारा नै हुने गर्दछ । तर यसकालागि मनसँगको समन्वय आवश्यक पर्दछ ।
मानिसको मस्तिष्क पंच ज्ञानेन्द्रिय (आँखा, नाक, कान, जिब्रो तथा त्वचा) तथा मनबाट नै संचालित हुन्छ । मानिसको ठूलो मस्तिष्क खोपडीको ठीक तलपट्टि अवस्थित हुन्छ । यसको भित्री भाग सेतो पद्धार्थ र बाहिरी भाग खैरो पद्धार्थले बनेको हुन्छ । ठूलो मस्तिष्कमा विभिन्न खण्डहरू हुने गर्छन् । जस्तैः अघिल्लो खण्डः यो खण्ड मानिसको व्यवहार, शरीर संचालन एवं विचार तथा तर्कविर्तकसँग सम्बन्धित हुन्छ । यसमा गतिदायी क्षेत्र रहेको हुन्छ । तालुभित्रको खण्डः यस खण्डमा ज्ञानदायी क्षेत्र हुन्छ । यो खण्ड त्वचा तथा स्पर्शसँग सम्बन्धित हुन्छ । कन्चटको हाडभित्रको खण्डः यस खण्डमा गन्ध क्षेत्र र श्रव्य क्षेत्रहरू रहेका हुन्छन् । यो खण्ड गन्ध र श्रवणसँग सम्बन्धित हुन्छ । पछाडिको खण्डः मस्तिष्कको पछाडितिर रहेको यस खण्डमा दृश्य क्षेत्र हुन्छ । यो खण्ड दृष्टिसँग सम्बन्धित हुन्छ ।
न्युरोनको शक्तिः
स्नायु प्रणालीको सबै भन्दा सानो रचनात्मक एकाइ न्युरोन हो । लाखौं–लाख न्युरोनहरू मिलेर स्नायु प्रणाली बनेको हुन्छ । न्युरोनमा स्नायुकोषर यसबाट निस्केका रेशाहरू हुन्छन् । न्युरोनलाई विशेष किसिमको संयोजक तन्तुले अडाएर राखेको हुन्छ, जसलाई न्युरोग्लिया भनिन्छ । स्नायु प्रेरणा एक ठाउँबाट अर्को ठाउँमा पु¥याउनका लागि एक वा एक भन्दा बढी स्नायुहरू एक आपसमा मिलेर बसेका हुन्छन् । यसरी स्नायुहरू एक आपसमा मिल्ने ठाउँलाई सन्धिस्थल भनिन्छ । यस्तो सम्बद्धता प्रायः गरेर एउटा न्युरोनको एक्जोन र अर्को न्युरोनको डेन्ड्राइट्स बीच हुने गर्दछ ।
रसायनको खेलः
स्नायुकोषहरूले एक–अर्कालाई संदेश वा खबर पठाउन, स्नायुबाटाहरुको निर्माण आवश्यक हुन्छ, यसको लागि विभिन्न किसिमका रसायनको जरूरत पर्दछ, जसलाई स्नायुवाहक अर्थात् न्युरोकेमिकल ट्रांसमिटर्स भनिन्छ । स्नायुवाहक यस्ता मेसेन्जर हुन्, जस मार्फत् स्नायु प्रेरणा वा खबर एक न्युरोनबाट अर्को न्युरोनमा सर्दै जाने गर्दछ । त्यसैले मानिसको शरीरको सबै भन्दा प्रमुख अंग—मस्तिष्कको कार्य सम्पादनमा स्नायुवाहक (न्युरोट्रांसमिटर्स) को ज्यादै ठूलो भूमिका रहन्छ । मानिसको मस्तिष्कमा थुपै्र किसिमका न्युरोट्रांसमिटर्स छन्, जस मध्ये अहिलेसम्म करीब एक सय जति स्नायुवाहक ज्ञात भएका छन् । वास्तवमा भन्ने हो भने मानव जीवन यिनै रसायनहरुको खेल हो ।
एसीटाइलकोलीनः
एसीटाइलकोलीनको सम्बन्ध स्मरणशक्ति, सिकाई मांसपेशीको संचालन, ध्यान, उत्तेजना, संवेग, स्वइच्छिक गति आदिसँग छ । स्मरणशक्ति बनाइ राख्नमा एसीटाइलकोलीनले ज्यादै महत्वपूर्ण कार्य गर्दछ । त्यसैले स्नायुमनोवैज्ञानिकहरू यसलाई स्मरणशक्ति रसायन पनि भन्ने गर्दछन् । यसको कमी भएमा भुल्ने रोग तथा अल्जीमर जस्ता रोगहरू लाग्दछ । अण्डाको पहेँलो भाग, हाडेबदाम, कलेजो, मासु, माछा, दूध, घिउ तथा हरियो तरकारीहरू जस्तैः पालक, ब्रोकोली, बन्दगोपी तथा फूलगोपी आदि एसीटाइलकोलीनजन्य खाद्यान्न हुन् ।
डोपामीनः
डोपामीन एमिनो एसिडहरू फेनिलालनीन र टीरोसीनबाट बन्दछ । यसको सम्बन्ध सिकाइ, स्मरणशक्ति, संवेग, सतर्कता, निद्रा, सचेतना, भोक, मनःस्थिति, यौन–उत्तेजना, आक्रमकता, प्रेरणा आदिसँग छ । यसको कमी भएमा सिजोफ्रेनिया, पार्किनसनिज्म जस्ता रोगहरू लाग्दछ । माछा–मासु, दूग्धजन्य पदार्थहरू, सिमी, गेडागुडी तथा भटमास आदि डोपामीनजन्य पदार्थ हुन् ।
सेरोटोनिनः
सेरोटोनिन एमोनो एसिड ट्रिप्टोफानबाट बन्दछ । यसको सम्बन्ध ज्ञानात्मक धारणा, तापक्रम नियन्त्रण्, दुखाइ दमन तथा मनःस्थिति आदिसँग छ । त्यसैले यो स्नायुवाहकले शान्ति, आनन्द, पीडानाश गर्ने, निद्रा लगाउने तथा मनलाई सधैँ प्रफुल्ल तथा प्रसन्न राख्ने तथा आवेगलाई घटाउने जस्ता कार्यहरू गर्दछ । यसको कमी भएमा अनिद्रा तथा डिप्रेशन जस्ता रोगहरू लाग्ने गर्दछ । तरकारी, पिस्ता, आलु, अन्न आदि सेरोटोनिनजन्य पदार्थ हुन् ।
एण्डोरफिनः
एण्डोरफिन स्नायुहार्मोन, पोलिपेप्टायड मोलेकुल्स हो, यो स्नायुरसायन पिट्युटरी ग्रन्थिबाट निस्कने गर्दछ । एण्डोरफिन चार प्रकारका हुन्छन्ः अल्फा एण्डोरफिन, बिटा एण्डोरफिन, गाम्मा एण्डोरफिन, सिग्मा एण्डोरफिन, एण्डोरफिनको सम्बन्ध र्ददनाशक, आनन्द, सिकाई, स्मरणशक्ति, सपना, तथा जागरण आदिसँग छ । यो रसायन खास गरी पीडा वा चापको बेलामा निस्कने गर्दछ । यो एक प्रकारको प्राकृतिक दर्द निवारक हो । यसको प्रभाव ओपिअट ड्रग्स जस्तै हुन्छ, त्यसैले यसलाई एण्डोजिनियस ओपियोड्स पनि भनिन्छ । वास्तवमा एण्डोरफिन सन्तुलित भएमा नै सुख–शान्ति आउँछ । यसले प्राकृतिक दर्द निवारक जीवकोषलाई उत्तेजित पारेर रोगप्रतिरोधक प्रणालीलाई सक्रिय पार्दछ । बुढयौलीपनालाई रोक्दछ ।
एपीनेफ्रीनः
एपीनेफ्रीन प्रमुख स्टे«स स्नायुवाहक हो । यो रसायन रक्तचाप, हृदय गति आदि सँग सम्बन्धित छ । यो स्नायुहार्मोन डोपामीनबाट बन्दछ । यसलाई एडे«नालीन पनि भनिन्छ ।
नोरएपीनेफ्रीनः
नोरएपीनेफ्रीनलाई नोरएड्रीनालीन पनि भनिन्छ । यो दोस्रो स्टे«स स्नायुवाहक हो, यसको सम्बन्ध संवेग, चाप, मुटुको धड्कन तथा पाचनक्रिया आदिसँग छ । बैचनी तथा अनिद्राको स्थितिमा यो हार्मोन बढ्ने गर्दछ । लड या भागको स्थितिमा यो हार्मोन निस्काशन हुने गर्दछ । यसको कमी भएमा पनि डिप्रेस्ड हुने गर्दछ । यो स्नायुवाहक, एमिनो एसिड फेनिलालनिन र टीरोसिनका साथै भिटामिन बी६, भिटामिन सी, नायसिन आदिबाट बन्दछ । अर्थात् डोपामीनबाट नोरएपिनेफ्रीन र नोरएपिनेफ्रीनबाट एपिनेफ्रीन बन्दछ ।
गाबाः
गाबा एमिनो–एसिड, ग्लुटामिक एसिड, जसलाई ग्लुटामीन पनि भनिन्छ, बाट बन्दछ । यसले चिन्ता घटाउँछ, ब्लडप्रेशर तथा मुटुको धड्कन ठीक राख्दछ ।
ग्लुटामाइटः
ग्लुटामाइट स्नायु रसायनको कार्य गर्ने एउटा महत्वपूर्ण एमिनो एसिड हो, यसलाई ग्लुटामिक एसिड पनि भनिन्छ । यो प्रोटिनको एउटा प्रमुख तत्व हो । यो शरीरको सबै तन्तुहरूमा पाइन्छ । यो एसिडले चयापचयमा महत्वपूर्ण भूमिका निभाउँछ । यो स्नायु प्रणाली(ल्भचखयगक कथकतझ)लाई उत्तेजित पार्ने तथा ऊर्जा दिने एउटा अर्को महत्वपूर्ण स्नायु रसायन हो ।
एन्केफालिनः
एन्केफालिन स्नायुरसायन एण्डोरफिनसँग मिल्दोजल्दो हुन्छ, यो स्नायुरसायन खास गरी व्यायामको दौरान निस्काशन हुने गर्दछ । यो पनि पोलिपेप्टायड मोलेकुल्स हो, तर यो ज्यादै सानो हुन्छ । यो रसायन ५ प्रकारका एमिनो एसिड मिलेर बनेको हुन्छ । यो रसायन मस्तिष्कको थैलामसबाट निस्कने गर्दछ ।
आनन्दमाइडः
आनन्दमाइड सन् १९९२ मा पत्ता लागेको स्नायु रसायन हो । यसको नामकर्म संस्कृत शब्द आनन्दबाट गरिएको हो । यो रसायन कार्यशिल स्मरणशक्तिको साथसाथै भोक, निद्रा तथा प्रजनन तथा दुखाइ जस्ता व्यवहारहरूसँग सम्बन्धित छ । यसले उत्प्रेरणा र परमानन्द सृजित गर्न महत्वपूर्ण भूमिका निभाउँछ । यस रसायनको बारेमा प्रकाश पार्दै फ्रेड सेनेजले लेखेका छन्ः “चकलेट भोगी मानिस, भुलक्कड मुसो र परमानन्दित सँुगुरमा एउटा कुरा के मिल्दो–जुल्दो हुन्छ ? यसको उत्तर हो, आनन्दमाइड ।”
पुछारमाः
उपर्युक्त स्नायु रसायनहरूका साथसाथै एमिनो एसिडहरू जस्तैः एस्पेर्टिक एसिड तथा ग्लाइसीन आदि र अक्सिटोसिन तथा टेस्टोस्टेरोन जस्ता हार्मोनहरूले पनि स्नायुवाहकको रूपमा काम गर्दछन् । त्यसैले यस्ता एमिनो एसिड तथा हार्मोनहरूको पनि मस्तिष्क कार्य सम्पादनमा ठूलो भूमिका रहन्छ । यसको आधारमा नै मानिसको मस्तिष्क शक्ति, स्मरणशक्ति तथा बुद्धिले कार्य गर्छ । मानिसको आनन्द, खुसी, दुःखपीडा, भय, क्रोध तथा मायाप्रीति आदि यीनै रसायनहरुको खेल हो । (लेखक साइकोथेरापिष्ट हुन् ।)


No comments:
Post a Comment