Thursday, April 30, 2020

ब्रेन बाइट्स

पुरुष ‘मानसिकता’
ओम बानियाँ 

घर निर्माण कार्य भैरहेको थियो । गारो जोड्न सिपालु नाइके डकर्मी दुई दिनदेखि नआएको देखेपछि मैले अर्को डकर्मीसँग ऊ नआउनुको कारण सोधेँ । उसले भन्यो, अस्ति श्रीमतिसँग उसको झगडा भयो । अनि श्रीमतिलाई कुटेपछि उनी माइता गईन्, त्यसैले ऊ नआएको । मैले भनेँ, ‘श्रीमतिलाई यसरी कुट्नु हुन्छ त ? माया पो गर्नुपर्छ ।’ मेरो कुरा भुइँमा खस्न नपाउँदै सीधासाधा देखिने त्यो डकर्मीले भन्यो, ‘कहिलेकाहीँ त पिट्नु पनि पर्छ, नत्र कसरी तह लाग्छन् र ?’ उसको कुरा सुनेर मैले मनमनै भनें, ‘कुटेर तह लगाउन खोज्ने पुरुष मानसिकता ।’
-----------------
एक पटक म एक गाउँको बाटो हिँडिरहेको थिए । एक जना युवकले आफ्नी श्रीमतिलाई बाटोमा घिसार्दै खुब पिटिरहेको थियो । छुटाउन खोज्ने छिमेकीहरुलाई ऊ भन्दै थियो, म फलाम होइन, ढुंगा हुँ । बरु फोडिन्छु, तर यो सँग झुक्दिनँ । यसलाई मैले पिटेर नै ठिक पार्छु ।’ 

डकर्मी र युवकको कुरा मात्र होइन, अधिकांश पुरुषहरुमा यस्तो मानसिकता रहेको हुन्छ । यो पुरुष मानसिकता पुरुषहरुमा विभिन्न तरीकाले देखा पर्ने गर्छ । अचम्म लाग्दो कुरा के भने कतिपय महिलाहरुमा समेत यो पुरुष मानसिकता बलवती हुन्छ । यस्तो मानसिकताका महिलाहरुले आफ्ना छोराछोरीहरु मात्र होइन, पतिलाई समेत कुटेर ठेगान लगाउन उद्दत हुन्छन् ।

पुरुष मानसिकता अहम्को उपज हो । कामना वा आफुले भनेजस्तो नभएको खण्डमा भडासका कारण पुरुष मानसिकता व्यवहारमा देखा पर्छ । यही पुरुष मानसिकताको कारण नै घरसमाजमा झैंझगडा तथा घरेलु हिंसा हुने गर्छ ।  यदि पतिपत्नी दुवैमा यो मानसिकता भएको खण्डमा घरेलुहिंसाले उघ्ररुप लिन सक्ने संभावना बढी हुन्छ । नेपाल गाउँघरतिर मात्र होइन, शहरहरुमा पनि दिनहु घरेलुहिंसाका थुप्रै घटनाहरु घटिरहेका छन् । यस्ता अधिकांश घटनाहरुमा पत्नी नै पीडित हुने गरेका छन् । वास्तवमा नेपालका थुप्रै महिलाहरु आफ्नै घरभित्र नारकीय जीवन बाँच्नु परेको छ । आफ्नै पतिद्धारा कुटिएर घरमै बलात्कृत हुनु परेको छ । 

नेपालको हिमाल, पहाड तथा तराई जताततै यस्ता समस्याहरु देखिने गरेको छ । तर, जाँडरक्सी सेवन गर्ने निम्न वर्गीय परिवारमा घरेलुहिंसाको स्थिति निकै कहाली लाग्दो छ । मैले केही दिन पहिला भवन निर्माण कार्यमा संलग्न रुपन्देही जिल्लाका ३० विवाहित महिलाहरुलाई सोधेको थिएँ, ती मध्य २२ मजदुर महिलाहरुले आफ्नो पतिले दिनहु रक्सी सेवन गर्ने र सानो कुरामा पनि रिसाएर वा बिना कारण आफुलाई कुट्ने बताएँ । 

एक महिलाको कहानी 
 

एक महिलाले त मनको बह रोक्न सकिनन् । र, रुदै भनिन्, ‘मेरो लोग्नेले केही काम गर्दैन् । दिनभरि रक्सी पिएर बस्छ । केटाकेटीहरु सानासाना छन् । त्यसैले मजदुरी नगरी हातमुख जोर्न पुग्दैन ।  म दिनहु बिहानै ३, ४ बजेतिर उठ्छु, घरधन्दा गर्छु, खाना पकाउँछु । ७ बजेतिर हल्का खाना खाई दिउँसोको लागि खाना लिएर एक, डेढ घन्टा सकाइकल कुदाउँदै काममा आउँछु । एक, डेढ घन्टाको साइकल चलाउँदा त्यसै थकाइ लागेको हुन्छ, त्यसमाथि यो प्रचण्डमा गर्मीमा इँटा, सिमेन्ट तथा बालुवा बोकेर तीन चार तलामा पुराउँदा शरीर फत्तक हुन्छ । दिउँसोतिर बिहान पकाएको भात खाएर ५, ६ बजेसम्म काम गरेपछि घर पुग्न हतारो हुन्छ । घर पुग्दा झमक्क साँझ परिसकेको हुन्छ । घरमा पुग्नासाथ बुढोले पैसा माग्छ । पैसा नदिए, कुट्छ । दिए, रक्सी खाएर आउँछ र आज किन ढिलो आइस भन्दै कुट्छ । घर धन्दा गर्दा गर्दै रात निकै छिपिन्छ । तर भट्टिमा गएको बुढोको कुनै अत्तोपत्तो हुँदैन । निकै भोक लागेको हुन्छ, तर अबेरसम्म पनि उसलाई कुर्नुपर्छ, नत्र मलाई खाना नदिइ पहिला आफै खाइस् भन्दै कुट्छ । खाना खाएर भाँडासाडा माझी सुत्न जाँदा शरीर थाकेर मुर्दा जस्तो भएको हुन्छ । तर, बिछयौनामा पनि शरीरले आराम पाउँदैन । बेलाबेलामा आफ्नै पतिद्धारा बलात्कृत हुनुपर्छ । मलाई लाग्छ, मेरो मात्र होइन, म जस्ता थुप्रै महिलाहरुको जीवन यसरी नै चलिरहेको छ ।’ 

हो,  नेपाली महिलाहरु धेरै नै सहनशील हुन्छन् । पतिले जतिसुकै अत्याचार गरे पनि आफ्नो त भाग्य नै यस्तो रहे छ भनी सहेर बस्छन् ।  तर, बारम्बार पतिको दुव्र्यहारबाट आजित भएका कतिपय महिलाहरु चुप लागेर बस्दैनन् । आफुलाई कुट्ने पतिलाई कुटेर नै ठीक पार्न तम्सिन्छन् । आफ्नी पत्नीको दुर्गा रुप देखेपछि कतिपय पुरुषहरु ठीक ठाउँमा आएको उदाहरणहरु पनि देख्न सकिन्छ । एक अर्की महिलाको भनाइ थियो, मैले लोग्नेको अत्याचार धेरै सहेँ । तर, अहिले मैले मेरो लोग्नेको अत्याचार टुलुटुलु हेरि बस्दिनँ । जब ऊ शेर बन्न खोज्छ, झाडु समाएर ठुलाठुला आँखा देखाएपछि ऊ लुते कुकुर जस्तो हुन्छ । 

जाँडरक्सी सेवन गर्ने पुरुषहरुले मात्र होइन, जाँडरक्सी नखानेहरुले पनि आफ्नी पत्नीलाई गाली गर्ने तथा कुट्नेपिट्ने गरेको देखिन्छ । अधिकांश पुरुषहरुले महिलाहरुमाथि म पुरुष हुँ भन्ने डर देखाएर आफ्नो प्रभुत्व जमाउन चाहन्छन् । 

हो, मानिसको जीवनमा एकहदसम्म डर आवश्यक छ । यस्तो डरले मानिसलाई सम्भावित खतराबाट बचाउँछ, समाजिक मर्यादा नाघेर गलत कार्य गर्न जोगाउँछ, अनुशासनमा राख्दछ । त्यसैले महिलापुरुष हुन् वा केटाकेटीहरु हुन् केही हदसम्म डर देखाउनु आवश्यक हुन्छ । तर हाम्रो समाजमा नकारात्मक तरीकाले गाली गरेर तथा कुटेर डर पैदा गर्ने चलन छ । कलिलो मस्तिष्कमा रोपिएको यस्तो डर पछि गएर मनोवैज्ञानिक समस्या बन्न सक्दछ । अधिकांश मानसिक रोगहरुको प्रमुख कारण भनेको नै घर, परिवार तथा समाजमा देखा पर्ने नकारात्मक मनोविज्ञान नै हो । त्यसैले तनमन स्वस्थ राख्न सकारात्मक मनोविज्ञान आवश्यक छ । सकारात्मक मनोविज्ञान बिना कुनै पनि मानिस स्वस्थ रहन नसक्ने प्रा. र्मािर्टन सेलिगम्यानको दावी छ । (लेखक साइकोथेरापिष्ट हुन् ।)



Wednesday, April 29, 2020

ब्रेन बाइट्स 

के चिन्ता गर्नु रोग हो ? 
ओम बानियाँ

हरेक मानिसलाई बेला बेलामा चिन्ता पर्छ, फिक्री र सुर्ता हुन्छ । यस संसारमा साहेदै कोही व्यक्ति होलान्, जसलाई बेला बेलामा चिन्ता पर्दैन, सुर्ता हँुदैन । मानिसको मनमा अनेकौं प्रकारका चिन्ताहरु पैदा हुन्छन् । जस्तो कि छोराछोरीको चिन्ता, परिवारको चिन्ता, जागिरको चिन्ता, पैसाको चिन्ता, स्वास्थ्यको चिन्ता, भविष्यको चिन्ता तथा हैन मैले किन बेकारमा चिन्ता गरेको छु भन्ने कुराको चिन्ता आदि आदि । 



मनोवैज्ञानिक दृष्टिमा चिन्ता भविष्य उन्मुख एक सामान्यकृत मनोदशा हो, जसले व्यक्तिलाई भविष्यमा आइपर्न सक्ने घटनाहरुको सामाना गर्नका लागि सजग र तैयार गराउँछ । यही चिन्ता हो, जसले विद्यार्थीलाई फेल हुनुबाट बचाउन पढ्न बाद्य बनाउँछ । भविष्यमा आर्थिक संकट पर्ने हो कि भनेर वचत गर्न लगाउँछ । यसर्थमा चिन्ता जरुरी छ । तर यही चिन्ता बढी भयो भने यसले दृश्चिन्ताको रुप धारण गर्छ । यस सम्बन्धमा एक लोकप्रिय भनाइ नै छ, चिताले मरेको मान्छे जलाउँछ, तर चिन्ताले जिउँदो मान्छे जलाउँछ । त्यसैले चिन्ता होइन, चिन्तन गर्नुपर्छ । यही कुरा मनोविज्ञानले भनेको छ, विद्धानहरुले लेखेका छन् । तर पनि मानिसहरुमा चिन्ता बढेको बढ्यै छ । आखिर  यो चिन्ता (एनजाइटि) के हो ? रोग हो कि मानिसको स्वभाविक प्रकृति ?  

केस नं. एक 

एक जना दाउरे जंगलमा बसेर गीत गुनगुनाउँदै आफ्नै धुनमा दाउरा काटिरहेको छन् । अचानक नजिकैबाट बाघ कराएको आवाज आउँछ । उनी डराउँछन्, आत्तिन्छन्, उनको मुटु बेतमासले धडकिन्छ, सास छिटो छिटो चल्न थाल्दछ, उनको आँखा गोला र ठुल्ठुला हुन्छन्, शरीरबाट चितचित पसिना छुट्छ, उनले भयभति ठुल्ठुला आँखाले चारैतिर, परपर हेर्न थाल्छन् । पुनः नजिकैबाट बाघ कराएको झनै ठूलो आवाज आउँछ । उनको सातो जान्छ । उनी ज्यान जोगाउन त्यहाँबाट सुइँकच्चा ठोक्दछन् । पछाडि नहेरी भाग्छन् । खुब भाग्छन् । र, गाउँ पुग्दछन् । सुरक्षित ठाउँमा पुगेपछि उनको मुटुको धड्कन बिस्तारै कम हँुदै जान्छ, सास सामान्यरुपमा चल्न थाल्दछ । केही छिनमा पसिना सुक्दछ । मनमा भय र त्रास रहँदैन । उनको मनस्थिति सामान्य हुन पुग्दछ ।  

केस नं. दुई

कृति सानैदेखि आत्तिने र सानातिना कठिनाइहरु पर्नासाथ निकै चिन्तित हुने गर्थिन् । परीक्षामा पनि आत्तिनाले उनले आफुले चाहे जस्तो गर्न सकेकी थिइनन् । तर पनि उनले बीबीएस पास गरिन् र एक बैंकमा टेलरको नोकरी गर्न थालिन् । नोकरीको शुरुवातसँगै उनको समस्या निकै बढ्न थाल्यो । उनलाई अनेक कल्पनिक भयले सताउन थाल्यो । पैसा गन्दा गल्ति हुने त होइन ? बैंक लुट्न आए भने के गर्ने ? कतै कम्प्युटर बिग्रियो भने त सबै हिसाव किताब उढ्छ ? घरमा आमा एक्लै हुनुहुन्छ, कतै आमालाई केही हुने पो हो कि ? सुत्ने वेलामा पनि उनको मनमा अनेक थरीका कुराहरु खेल्न थाले, आमालाई केही हुने हो कि ? भोलि बैंक जांदा दुर्घटना हुने हो कि ? बैंकमा काम गर्न थालेपछि बिहानीलाई टाउको दुःख्ने, काम गर्न रुचि नलाग्ने, डर लाग्ने, चिटचिट पसिना आउने जस्ता समस्याहरु देखिन थाल्यो । जसले गर्दा उनी पटक पटक बैंकमा काम गर्न पनि गइनन् । पटक पटक गयल हुँदा उनको मनमा थप चिन्ता थपियो, यसरी लगातार छुट्टि लिँदा कतै मलाई बैंकबाट निकाल्ने त होइनन ? बल्ल बल्ल पाएको नोकरी गए पछि के गर्ने होला ?

केस नं. एक सामान्य आवस्था हो । त्यो किनभने मस्तिष्कले कुनै खतरा देख्यो भने लड्न वा भाग्नका लागि शरीरलाई तयार बनाउँछ । यसका लागि मुटु छिटो छिटो धड्किएर थप शक्तिका लागि बढी रगत शरीरलाई उपलब्ध गराउँछ । तर केस नं. दुई सामान्य होइन, यहाँ कुनै स्पष्ट घटना बिना नै डर लागिरहेको छ, मन आत्तिरहेको छ । मुटुको धड्कन बढिरहेको छ । 



अतः यि दुई उदाहरणहरुबाट के प्रष्ट हुन्छ भने कुनै स्पष्ट कारण र घटना बिना डर लागिरहने, मन आत्तिरहने तथा अनेक आशंकाहरुले मन बेचैन हुने, टाउको भारी हुने तथा दुख्ने, मुटुको धड्कन बढ्ने, मुटु हल्लिने, सास बढ्ने, चक्कर लाग्ने, शरीरका विभिन्न भागहरुमा अप्ठरो महसुस हुने तथा दुख्ने, पाचनक्रिया कमजोर हुने, मुखमा अमिलो पानी आउने, केही काम नगर्दा पनि थकाइ लागिरहने तथा निद्रा नलाग्ने जस्ता लक्षणहरु सामान्य होइन, यो एक मानसिक समास्याको संकेत हो, यसलाई मनोचिकित्साले सामान्यीकृत चिंता विकृति (जेनरजलाइज्ड एनजाइटि डिसअर्डर) भनेको छ । सामान्यीकृत चिंता विकृतिलाई पहिला एनजाइटि न्युरोसिस भन्ने गरिनथ्यो ।

केही नराम्रो हुने हो कि भनेर लगातार डराइरहनु, आत्तिइरहनु यस समस्याको प्रमुख लक्षण हो । यस्तो समस्याबाट पीडित व्यक्ति प्रायः चिन्तित भैइरहन्छन् । तर कुन कारण वा घटना वा परिस्थितिका कारण ऊ चिन्तित भएको छ भन्ने स्पष्ट बताउन सक्दैनन् । यस्ता व्यक्तिले अनेक तर्कहीन र असंगत कारणहरु बताउ“छन् । यस्ता व्यक्तिहरु प्रायः भय, आशंका, दुश्चिंता (खराव किसिमको कुरामा पर्ने पीर, नराम्रो चिन्ता ।) तथा मानसिक अन्तद्र्धन्दले घेरिएको हुने हुँदा प्रायः तनावपूर्ण, निराशाावादी, नकारात्मक कुरा गर्ने र आफ्ना जीवनकाप्रति असन्तुष्ट तथा उदासिन देखिन्छन् । आफुलाई अनुपयुक्त र असाहय पनि ठान्छन् । मनोचिकित्साले यसलाई कम कडा खालका मानसिक समस्या मानेको छ । अधिकांश मानिसले यसको उचित समाधान खोजेको पाइँदैन । प्रायः यस समस्याबाट ग्रस्त मानिसहरु शारीरिक लक्षणहरु जस्तै पेट दुःखाई, हर्टबर्न तथा शरीर दुःखाईलाई महत्व दिई घरि यो त घरि त्यो फिजिसियनकहाँ चक्कर लगाउँछन् । तर, उनीहरुको समस्या बीसको उन्नीस हँुदैन । 

के चिन्ता गर्नु रोग हो ?

मनोचिकित्साका अनुसार सामान्यीकृत चिंता विकृति महिलापुरुष दुवैमा देखा पर्छ । तर प्रायः किशोर अवस्थामा शुरु हुने यस समस्या पुरुषको तुलनमा महिला र युवामा बढी देखा पर्छ । सामान्यीकृत चिंता विकृति निम्नलिखित कारणहरुले देखा पर्न सक्दछ । ती हुन्ः जैविक कारणः जैविक दृष्टिमा मानिसको मस्तिष्कमा सेरोटोनीन, नोरएपिनेफरिन आदि रसायनहरुमा आएको असन्तुलन र गडबडी दुश्चिंताको कारक मानिन्छ । आनुवांशिक कारणः यस रोगबाट पीडित व्यक्तिका सन्तान र आफन्तहरुको स्नायुप्रणाली बढी संवेदनशील हुन सक्दछ । यसकारणले गर्दा यो रोग हुने संभावना हुन्छ । मनोवैज्ञानिक कारणः चेतन तथा अवचेतनमा चलेको द्धन्द, वाल्यकालको मानसिक आघात, हीन भावना, संघर्षपूर्ण जीवन, नकारात्मक सोच, अन्तर्मुखी व्यक्तित्व आदि जस्ता मनोवैज्ञानिक कारणहरु पनि सामान्यीकृत चिंता विकृतिका कारक मानिन्छन् । तर चिन्ता (एनजाइटि) सम्बन्धमा मनोचिकित्साको धारणाप्रति प्रसिद्ध मनोचिकित्सक तथा मनोवैज्ञानिक नै सहमत छैनन् । बिना ब्लड टेस्ट, बिना एक्सरे चिन्ताको समस्यालाई मस्तिष्क रसायन असुन्तलनको रोग भन्नु गलत भएको उनीहरुको भनाइ छ । यो समस्या व्यक्तिगत, पारिवारिक, आर्थिक, नैतिक तथा समाजिक वातावरण र घटनालाई हेर्ने दृष्टिकोणद्धारा पैदा हुने समस्या हो । यो समस्या मनले पैदा गर्छ । जस्तो कि दाउरेमा बाघको आवाज सुनेपछि जस्तो लक्षणहरु देखिएको थियो, ठीक त्यस्तै लक्षणहरु अब उनले बाघको कल्पना गर्दा वा त्यो परिस्थितिको स्मरण गर्दा पनि देखिन सक्दछ । 

सामान्यीकृत चिंता विकृति जस्तै लक्षण अन्य शारीरिक रोगहरु जस्तैः हाइपरथायराइडिज्मको समस्या वा एनिमियाको समस्या आदिमा पनि देखा पर्न सक्दछ । त्यसैले रोगको जरो पत्ता लगाउन कतिपय अवस्थामा विशेष स्वास्थ्य परीक्षणहरु पनि गर्न आवश्यक हुन्छ ।

उपचारः
मनोचिकित्साले सामान्यीकृत चिंता विकृति एक कम कडा खालको मानसिक रोग भनेको छ । तर, यो मानसिक रोग नभएर मानसिक समस्या हो भन्ने पनि धेरै छन् । विश्वमा अहिले यस रोगको उपचारकालागि प्रचलित प्रमुख दुई उपचार पद्धतिहरू छन् । ती हुन्ः जैविक चिकित्सा(औषधिद्धारा चिकित्सा) । मनोचिकित्सा (साइकोथेरापि) । यसका साथै विश्राम चिकित्सा तथा बायोफिड ब्याक आदि पनि निकै प्रभावकारी मानिन्छ ।


अन्तमाः
चिन्ता तथा डिप्रेसन आदि रोग होइनन्, लक्षणहरु हुन् । अतः यस्ता मानसिक समस्याहरुको लागि औषधि सही समाधान होइन, सही समाधान भनेको यस्ता लक्षणहरु पैदा गर्ने कारण हटाउनु हो ।  (लेखक साइकोथेरापिष्ट हुन् ।) 
 

Saturday, April 25, 2020

ब्रेन बाइट्स 

मस्तिष्क रसायनको ‘खेल’ 
ओम बानियाँ 

दुःखपीडा भएर नै सुख छ, खुसी छ, आनन्द छ । डर भएर नै साहस छ । घृणा भएर नै प्रेम छ । वास्तवमा मानिसको टाउको र टाउको भित्र मस्तिष्क भएर नै दुःखपीडा, सुख, खुसी, आनन्द, डर, साहस, घृणा तथा प्रेम आदि छ । स्मरणशक्ति छ । बुद्धि छ । यही बुद्धिकै कारण मानिस अन्य पशुपक्षी भन्दा फरक छ, दिनप्रति दिन विकासको सिढी चढ्दै छ । वास्तवमा मानिसको मस्तिष्क स्नायुकोष र  स्नायु रसायनहरुको खेल हो ।
 मस्तिष्कको बनौटः
मानव मस्तिष्क खप्परको हाडभित्र सुरक्षित अवस्थामा रहेको हुन्छ । यसले विभिन्न भागहरूबाट प्रेरणा लिने र स्नायु मार्फत् विभिन्न अंगहरूमा पठाउने कार्य गर्दछ । मानव मस्तिष्क विभिन्न अंगहरू मिलेर बनेको हुन्छ । जस्तैः ठूलो मस्तिष्क, मध्य मस्तिष्क, मस्तिष्क सेतु, सानो मस्तिष्क, सुषुम्ना शीर्ष, थैलामस आदि । उपर्युक्त अंगहरूको अ–आफ्नै भूमिका तथा महत्व छ । तर मानव जीवनमा मस्तिष्कको सबैभन्दा ठूलो तथा प्रमुख अंग, ठूलो मस्तिष्क(सेरेब्रम )लाई सर्वाधिक महत्वपूर्ण अंग मानिन्छ । त्यो किनभने चेतना सम्बन्धी शारीरिक क्रियाहरू तथा विविध मानसिक अनुभवहरूको संचालन तथा नियन्त्रण यही ठूलो मस्तिष्कले गर्ने गर्दछ । जस्तैः सोच्नु, बिचार गर्नु, तर्कवितर्क गर्नु, कल्पना गर्नु इत्यादि सम्पूर्ण मानसिक क्रियाहरूको संचालन ठूलो मस्तिष्कद्वारा नै हुने गर्दछ । तर यसकालागि मनसँगको समन्वय आवश्यक पर्दछ । 

मानिसको मस्तिष्क पंच ज्ञानेन्द्रिय (आँखा, नाक, कान, जिब्रो तथा त्वचा) तथा मनबाट नै संचालित हुन्छ । मानिसको ठूलो मस्तिष्क खोपडीको ठीक तलपट्टि अवस्थित हुन्छ । यसको भित्री भाग सेतो पद्धार्थ र बाहिरी भाग खैरो पद्धार्थले बनेको हुन्छ । ठूलो मस्तिष्कमा विभिन्न खण्डहरू हुने गर्छन् । जस्तैः  अघिल्लो खण्डः यो खण्ड मानिसको व्यवहार, शरीर संचालन एवं विचार तथा तर्कविर्तकसँग सम्बन्धित हुन्छ । यसमा गतिदायी क्षेत्र रहेको हुन्छ । तालुभित्रको खण्डः यस खण्डमा ज्ञानदायी क्षेत्र हुन्छ । यो खण्ड त्वचा तथा स्पर्शसँग सम्बन्धित हुन्छ । कन्चटको हाडभित्रको खण्डः यस खण्डमा गन्ध क्षेत्र र श्रव्य क्षेत्रहरू रहेका हुन्छन् । यो खण्ड गन्ध र श्रवणसँग सम्बन्धित हुन्छ । पछाडिको खण्डः मस्तिष्कको पछाडितिर रहेको यस खण्डमा दृश्य क्षेत्र हुन्छ । यो खण्ड दृष्टिसँग सम्बन्धित हुन्छ । 

न्युरोनको शक्तिः
स्नायु प्रणालीको सबै भन्दा सानो रचनात्मक एकाइ न्युरोन हो । लाखौं–लाख न्युरोनहरू मिलेर स्नायु प्रणाली बनेको हुन्छ । न्युरोनमा स्नायुकोषर यसबाट निस्केका रेशाहरू हुन्छन् । न्युरोनलाई विशेष किसिमको संयोजक तन्तुले अडाएर राखेको हुन्छ, जसलाई न्युरोग्लिया भनिन्छ । स्नायु प्रेरणा एक ठाउँबाट अर्को ठाउँमा पु¥याउनका लागि एक वा एक भन्दा बढी स्नायुहरू एक आपसमा मिलेर बसेका हुन्छन् । यसरी स्नायुहरू एक आपसमा मिल्ने ठाउँलाई सन्धिस्थल भनिन्छ । यस्तो सम्बद्धता प्रायः गरेर एउटा न्युरोनको एक्जोन र अर्को न्युरोनको डेन्ड्राइट्स बीच हुने गर्दछ ।

रसायनको खेलः
स्नायुकोषहरूले एक–अर्कालाई संदेश वा खबर पठाउन, स्नायुबाटाहरुको निर्माण आवश्यक हुन्छ, यसको लागि विभिन्न किसिमका रसायनको जरूरत पर्दछ, जसलाई स्नायुवाहक अर्थात् न्युरोकेमिकल ट्रांसमिटर्स भनिन्छ । स्नायुवाहक यस्ता मेसेन्जर हुन्, जस मार्फत् स्नायु प्रेरणा वा खबर एक न्युरोनबाट अर्को न्युरोनमा सर्दै जाने गर्दछ । त्यसैले मानिसको शरीरको सबै भन्दा प्रमुख अंग—मस्तिष्कको कार्य सम्पादनमा स्नायुवाहक (न्युरोट्रांसमिटर्स) को ज्यादै ठूलो भूमिका रहन्छ । मानिसको मस्तिष्कमा थुपै्र किसिमका न्युरोट्रांसमिटर्स छन्, जस मध्ये अहिलेसम्म करीब एक सय जति स्नायुवाहक ज्ञात भएका छन् । वास्तवमा भन्ने हो भने मानव जीवन यिनै रसायनहरुको खेल हो ।

एसीटाइलकोलीनः
एसीटाइलकोलीनको सम्बन्ध स्मरणशक्ति, सिकाई मांसपेशीको संचालन, ध्यान, उत्तेजना, संवेग, स्वइच्छिक गति आदिसँग छ । स्मरणशक्ति बनाइ राख्नमा एसीटाइलकोलीनले ज्यादै महत्वपूर्ण कार्य गर्दछ । त्यसैले स्नायुमनोवैज्ञानिकहरू यसलाई     स्मरणशक्ति रसायन पनि भन्ने गर्दछन् । यसको कमी भएमा भुल्ने रोग तथा अल्जीमर जस्ता रोगहरू लाग्दछ । अण्डाको पहेँलो भाग, हाडेबदाम, कलेजो, मासु, माछा, दूध, घिउ तथा हरियो तरकारीहरू जस्तैः पालक, ब्रोकोली, बन्दगोपी तथा फूलगोपी आदि एसीटाइलकोलीनजन्य खाद्यान्न हुन् ।

डोपामीनः

डोपामीन एमिनो एसिडहरू फेनिलालनीन र टीरोसीनबाट बन्दछ । यसको सम्बन्ध सिकाइ, स्मरणशक्ति, संवेग, सतर्कता, निद्रा, सचेतना, भोक, मनःस्थिति, यौन–उत्तेजना, आक्रमकता, प्रेरणा आदिसँग छ । यसको कमी भएमा सिजोफ्रेनिया, पार्किनसनिज्म जस्ता रोगहरू लाग्दछ । माछा–मासु, दूग्धजन्य पदार्थहरू, सिमी, गेडागुडी तथा भटमास आदि डोपामीनजन्य पदार्थ हुन् । 

सेरोटोनिनः

सेरोटोनिन एमोनो एसिड ट्रिप्टोफानबाट बन्दछ । यसको सम्बन्ध ज्ञानात्मक धारणा, तापक्रम नियन्त्रण्, दुखाइ दमन तथा मनःस्थिति आदिसँग छ । त्यसैले यो स्नायुवाहकले शान्ति, आनन्द, पीडानाश गर्ने, निद्रा लगाउने तथा मनलाई सधैँ प्रफुल्ल तथा प्रसन्न राख्ने तथा आवेगलाई घटाउने जस्ता कार्यहरू गर्दछ । यसको कमी भएमा अनिद्रा तथा डिप्रेशन जस्ता रोगहरू लाग्ने गर्दछ । तरकारी, पिस्ता, आलु, अन्न आदि सेरोटोनिनजन्य पदार्थ हुन्     ।
एण्डोरफिनः
एण्डोरफिन स्नायुहार्मोन, पोलिपेप्टायड मोलेकुल्स हो, यो स्नायुरसायन पिट्युटरी ग्रन्थिबाट निस्कने गर्दछ । एण्डोरफिन चार प्रकारका हुन्छन्ः अल्फा एण्डोरफिन, बिटा एण्डोरफिन, गाम्मा एण्डोरफिन, सिग्मा एण्डोरफिन, एण्डोरफिनको सम्बन्ध र्ददनाशक, आनन्द, सिकाई, स्मरणशक्ति, सपना, तथा जागरण आदिसँग छ । यो रसायन खास गरी पीडा वा चापको बेलामा निस्कने गर्दछ । यो एक प्रकारको प्राकृतिक दर्द निवारक हो ।  यसको प्रभाव ओपिअट ड्रग्स जस्तै हुन्छ, त्यसैले यसलाई एण्डोजिनियस ओपियोड्स पनि भनिन्छ । वास्तवमा एण्डोरफिन सन्तुलित भएमा नै सुख–शान्ति आउँछ । यसले प्राकृतिक दर्द निवारक जीवकोषलाई उत्तेजित पारेर रोगप्रतिरोधक प्रणालीलाई सक्रिय पार्दछ । बुढयौलीपनालाई रोक्दछ । 

एपीनेफ्रीनः 
एपीनेफ्रीन प्रमुख स्टे«स स्नायुवाहक हो । यो रसायन रक्तचाप, हृदय गति आदि सँग सम्बन्धित छ । यो स्नायुहार्मोन डोपामीनबाट बन्दछ । यसलाई एडे«नालीन पनि भनिन्छ ।

नोरएपीनेफ्रीनः
नोरएपीनेफ्रीनलाई नोरएड्रीनालीन पनि भनिन्छ । यो दोस्रो स्टे«स स्नायुवाहक हो, यसको सम्बन्ध संवेग, चाप, मुटुको धड्कन तथा पाचनक्रिया  आदिसँग छ । बैचनी तथा अनिद्राको स्थितिमा यो हार्मोन बढ्ने गर्दछ । लड या भागको स्थितिमा यो हार्मोन निस्काशन हुने गर्दछ । यसको कमी भएमा पनि डिप्रेस्ड हुने गर्दछ । यो स्नायुवाहक, एमिनो एसिड फेनिलालनिन र टीरोसिनका साथै भिटामिन बी६, भिटामिन सी, नायसिन आदिबाट बन्दछ । अर्थात् डोपामीनबाट नोरएपिनेफ्रीन र नोरएपिनेफ्रीनबाट एपिनेफ्रीन बन्दछ ।

गाबाः
गाबा एमिनो–एसिड, ग्लुटामिक एसिड, जसलाई ग्लुटामीन पनि भनिन्छ, बाट बन्दछ । यसले चिन्ता घटाउँछ, ब्लडप्रेशर तथा मुटुको धड्कन ठीक राख्दछ ।

ग्लुटामाइटः
ग्लुटामाइट स्नायु रसायनको कार्य गर्ने एउटा महत्वपूर्ण एमिनो एसिड हो, यसलाई ग्लुटामिक एसिड पनि भनिन्छ । यो प्रोटिनको एउटा प्रमुख तत्व हो । यो शरीरको सबै तन्तुहरूमा पाइन्छ । यो एसिडले चयापचयमा महत्वपूर्ण भूमिका निभाउँछ । यो स्नायु प्रणाली(ल्भचखयगक कथकतझ)लाई उत्तेजित पार्ने तथा ऊर्जा दिने एउटा अर्को महत्वपूर्ण स्नायु रसायन हो ।

एन्केफालिनः
एन्केफालिन स्नायुरसायन एण्डोरफिनसँग मिल्दोजल्दो हुन्छ, यो स्नायुरसायन खास गरी व्यायामको दौरान निस्काशन हुने गर्दछ । यो पनि पोलिपेप्टायड मोलेकुल्स हो, तर यो ज्यादै सानो हुन्छ । यो रसायन ५ प्रकारका एमिनो एसिड मिलेर बनेको हुन्छ । यो रसायन मस्तिष्कको थैलामसबाट निस्कने गर्दछ ।

आनन्दमाइडः
आनन्दमाइड सन् १९९२ मा पत्ता लागेको स्नायु रसायन हो । यसको नामकर्म संस्कृत शब्द आनन्दबाट गरिएको हो । यो रसायन कार्यशिल स्मरणशक्तिको साथसाथै भोक, निद्रा तथा प्रजनन तथा दुखाइ जस्ता व्यवहारहरूसँग सम्बन्धित छ । यसले उत्प्रेरणा र परमानन्द सृजित गर्न महत्वपूर्ण भूमिका निभाउँछ । यस रसायनको बारेमा प्रकाश पार्दै फ्रेड सेनेजले लेखेका छन्ः “चकलेट भोगी मानिस, भुलक्कड मुसो र परमानन्दित सँुगुरमा एउटा कुरा के मिल्दो–जुल्दो हुन्छ ? यसको उत्तर हो, आनन्दमाइड ।”

पुछारमाः
उपर्युक्त स्नायु रसायनहरूका साथसाथै एमिनो एसिडहरू जस्तैः एस्पेर्टिक एसिड तथा ग्लाइसीन आदि र अक्सिटोसिन तथा टेस्टोस्टेरोन जस्ता हार्मोनहरूले पनि स्नायुवाहकको रूपमा काम गर्दछन् । त्यसैले यस्ता एमिनो एसिड तथा हार्मोनहरूको पनि मस्तिष्क कार्य सम्पादनमा ठूलो भूमिका रहन्छ । यसको आधारमा नै मानिसको मस्तिष्क शक्ति, स्मरणशक्ति तथा बुद्धिले कार्य गर्छ । मानिसको आनन्द, खुसी, दुःखपीडा, भय, क्रोध तथा मायाप्रीति आदि यीनै रसायनहरुको खेल हो । (लेखक साइकोथेरापिष्ट हुन् ।)


Thursday, April 23, 2020

ब्रेन बाइट्स

मेमोरी मिराकल
ओम बानियाँ

सन्त ऋतुको मौसम थियो । बहारको बिहानी समय । सभागृहमा लगभग ५ सय मानिसहरू एकदम कोचाकोच भएर बसेका थिए । मञ्चको भित्तामा ठूलो बैनर टाँगिएको थियो । त्यो बैनरको माथिपट्टि एउटा लेखोट थियो, त्यहाँ लेखिएको थियो, वान डे मेमोरी वर्कशप बाइ डा. मेमोरी । सभागृहमा सुमधुर संगीत बजिरहेको थियो । सभागृहको भित्तामा झुण्डाइएको लंगुरे भित्ते घडीले टङ बिहानको आठ बजेको संकेत ग¥यो । मञ्चको दायाँ पट्टिको कलात्मक ढोका खुल्यो । ढोकामा कलेजी रंगको  स्वेटर र निलो जिन्स पाइन्टमा श्रृंगारिएकी फिल्मी नायिका जस्ती लाग्ने २४–२५ वर्षकी कलकलाउँदो उमेरकी एक सुन्दरी देखा परिन् र मोडल हिंडाइमा मञ्चतिर अगाडि बढिन् । उनै थिइन, लोकप्रिय मेमोरी मास्टर डा. मेमोरी ।
डा. मेमोरीको आवगमनले सभागृह क्रिसमसको रात जस्तो धपक्क उज्यालो भयो । डा. मेमोरीले मधुर मुस्कानकासाथ सम्बोधन गर्दै भनिन्ः “गुड मर्निङ लेडिज एण्ड जैन्टलमैन १ मेरो नाम डा. मेमोरी हो । म सर्वप्रथम यो एक दिने मेमोरी वर्कशपमा पाल्नु भएका सम्पूर्ण महानुभावहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।” डा. मेमोरीको कोमल कण्ठबाट कोइलीको जस्तो मीठो र सुरिलो आवाज कानमा ठोकिनासाथ हरेक सहभागीहरूको हत्केलाहरू स्वस्पूmर्तरूपमा ठोकिए । सभागृह तालीले गुन्जयमान भयो । “कार्यक्रमको शुभारम्भ म एक प्रश्नबाट गर्न चाहन्छु ।” डा. मेमोरी केही अगाडि बढेर भनिन्, “तँपाईं मध्य कसैले अंग्रेजी वर्णमालाको ए अक्षर नभएका २० वटा अंग्रेजी शब्दहरू ५ सेकेण्ड भित्र बताउन सक्नुहुन्छ ?” धेरैले जवाफ दिने प्रयास गरे । तर अधिकांशले ५ वटा भन्दा बढी शब्दहरू भन्न सकेनन् । अनि डा. मेमोरीले मञ्चमा आसिन एक फुच्ची बालिकातर्फ हेर्दै बोलिन्, “कृति तँपाईं भन्न सक्नुहुन्छ ?” कृति उठिन्, प्रयास गर्छु म्याम । “ल अब तिम्रो समय शुरु भयो ।” कृतिले फर्र भनिन्, “वान, टु थ्री, फोर, फाइव, सिक्स......ट्वान्टि ।” सहभागी सबै जिल्ल परे । 

एक जना भद्रपुरुष उठेर भने, “यो तँपाईहरूको मिलीभगत पनि त हुन सक्छ नी ?” “प्रोफेसर सुरेन्द्र थापाजी, यो हाम्रो मिलीभगत होइन, साँचो कुरा हो ।” डा. मेमोरीले प्रोफेसरलाई सम्झाउन खोजिन् । डा. मेमोरीले आफ्नो नाम सम्बोधन गरेको सुनेपछि प्रोफेसर तीनछक पर्दै भने, “मेरो नाम तपाईलाई कसरी थाहा भयो ?” डा. मेमोरी मन्द मुस्कान छर्दै बोलिन्, “म यस कार्यक्रमका लागि सभागृहमा पस्नु पूर्व सहभागीहरूको नाम, ठेगाना तथा फोटो सर्र हरेकी थिए, त्यसैबाट थाहा भयो ।” “मलाई त झन् शंका पो लाग्यो ?” प्रोफेसर बसे । अगाडि बसेका युवकले उठ्दै भने, “उसो भए मेरो नाम बताउन सक्नुहुन्छ ?” “तपाईको नाम सुधिर, ठेगाना माइतीघर ।” सुधिरले थपडी मार्दै डा. मेमोरीको प्रशंसा गरे । मेरो नाम ज्योति हो, मैले रजिस्टरमा आफ्नो फोन नम्बर पनि लेखेकी छु, कृपया मेरो फोन नम्बर बताउन सक्नुहुन्छ ?” डा. मेमोरी मुसुक्क हाँस्दै बोलिन्, “तपाईको फोन नम्बर हो, ९८४७०७८०७७ ।” ज्योति हाँस्दै, “एकदम सही छ ।” 

डा. मेमोरीले ज्योतिलाई सोधिन्ः “ज्योति १ म तपाईंलाई एक प्रश्न सोध्छु । जवाफ दिन तयार हुनुहुन्छ ?” “प्रयास गर्छु ।” खाली कागज दिँदै, “यो कागजमा आफू खुसी ५० वटा अंकहरू लेख्नुहोस् ।” डेस्कमा राखेको पानी पिउँदै डा. मेमोरी बोलिन्, “लेख्नु भयो ?” “अँ, लेखेँ ।” “अब तपाईंले यी अंकहरू जोडले पढ्नुहोस्, अनि सबैले ध्यान दिएर सुन्नुहोस् ।” ‘७०५७६१२४४९८५६७२३१०९८५६४३८९७९०६४५४१५५७७३४८९०३१५७५५९ ज्योतिले अंकहरू पढिन् । मेमोरी बोलिन्, “अब यी अंकहरू नहेरकन भन्न सक्नुहुन्छ ?” “७ ९..(हाँस्दै) अँह सक्दिनँ ।” 

डा. मेमोरी केही अगाडि बढेर दर्शकलाई इंगित गर्दै बोलिन्, “अगि भर्खरै ज्योतिले पढेका अंकहरू यहाँ उपस्थित तपाईंंहरू मध्य कसैले भन्न सक्नुहुन्छ ? सबै चुप । “उसो भए ज्योतिले भनेका अंकहरू कसैले पनि याद सक्नु भएन ?” पुनः मञ्चमा बसेकी कृतिलाई हेर्दै डा. मेमोरी बोलिन्, “कृति १ तपाईले भन्न सक्नुहुन्छ ?” कृति उठिन् “प्रयास गर्छु म्याम, ७०५७६१२४४...............५५९ ।” ७–८ वर्षकी नानीले एक पटक सुनेको भरमा ५० वटा अंकहरू जस्ताको तस्तै भनेको देखेर सबै आश्चर्यचकित भए । सबै उठेर ताली बजाए । डा. मेमोरीले गर्वसाथ भनिन्, “यो हो, टे«न्ड मेमोरी । डा. ओमसँग मेमोरी टेक्निक सिकेर कृतिले यो कमाल देखाएकी हुन् । कृतिले मात्र होइन यस मञ्चमा आसिन उहाँ बुढाबा र आमाले पनि यसरी नै आफ्नो मेमोरी प्रर्दशन गर्न सक्नुहुन्छ । कृतिको आडमा बस्ने निलो टिसर्ट लगाउने शिशिर भाइले त एक पटक सुनेको भरमा सयौं अंक तथा शब्दहरू भन्न सक्नुहुन्छ ।” 

डा. मेमोरी बोलिन्, “ज्योति, तपाईंलाई धन्यवाद १ कृतिलाई पनि धेरै–धेरै धन्यवाद १” ज्योति आफु बसेको ठाउँतिर गइन् । कृतिले डा. मेमोरीतिर हेर्दै भनिन्ः “म्याम, आज्ञा भएमा म यस मञ्चबाट केही कुरा भन्न चाहन्छु ।” “जरुर, तँपाई आफ्नो कुरा राख्न सक्नुहुन्छ ।” डा. मेमोरीले कृतिलाई माइक दिइन् । कृति अलि ठूलो आवाजमा बोलिन्, “डा. ओम सर नमस्कार १ तपाईको गुन मैले कहिल्यै बिर्सन सक्दिनँ ।” लामो सास लिँदै कृति आगडि बोलिन्, “म अहिले ५ कक्षामा पढ्छु । तर ४ कक्षामा पढ्दासम्म म गणितमा निकै कमजोर थिएँ । गणित हेर्न पनि मन पर्दैन्थ्यो । म सधैँ गणितमा फेल हुन्थे, तीन कक्षामा मेरो गणीतमा केवल १० अंक आएको थियो । त्यसैले मलाई साथीहरूले आलु, गोबरगणेश भनेर जिस्काउँथे । बाबाले जति अनुरोध गर्दा पनि स्कुलले मलाई प्रोमोट गर्न मानेको थिएन । तर भाग्यवस बाबाको साथीबाट डा. ओम सरका बारेमा थाहा भयो, अनि बाबाले मलाई मेमोरी ल्याबमा लिएर जानुभयो । 

न्युरोमनोवैज्ञानिक परीक्षणपछि म म्याथम्याटिकल डिसअर्डरबाट ग्रस्त भएको थाहा भयो । अनि मैले डा. ओमको प्रत्यक्ष रेखदेखमा मेमोरी टेक्निक सिकेँ, मेन्टल म्याथ सिकेँ । यसले मेरो मेमोरी मात्र बढेन कि गणितमा समेत निकै रुचि बढ्यो । ४ कक्षामा मैले गाणितमा १०० अंक ल्याउन सफल भएँ । अहिले त मेरो पढाइलेखाइमा निकै रुचि बढेको छ । मैले त आफ्नो जीवनको स्पष्ट लक्ष्य बनाइकी छु । म एक प्रसिद्ध गणितज्ञ बनेर देशको सेवा गर्न चाहन्छु । धन्यवाद १” चारैतिरबाट तालीको गडगडाहटले सभागृह गुन्जियो । खुसीले गदगद डा. मेमोरी अगाडि बोलिन्ः “कृति १ आई एम भेरि प्राउड अफ यु ।” कृति मुसुक्क हाँस्दै आफ्नो ठाउँमा गएर बसिन् । डा. मेमोरीले क्लास अगाडि बढाउँदै भनिन्, “मेमोरी टेक्निकको मुख्य आधार भनेको साहचर्य (एसोसिएसन) हो । हरेक मानिसले साहचर्यवाट नै हरेक नयाँ कुराहरू सिक्ने तथा याद राख्ने गर्छन् । जस्तो कि हामीले कुनै पनि भाषा पढ्न र लेख्नका लागि सबै भन्दा पहिला वर्णमाला (अक्षर) सिक्छौं । अनि शब्द र वाक्य होइन त ? मानौ, अन्जु र मन्जु मिल्ने साथी हुन् । अन्जुसँग भेट भयो भने मन्जु पनि स्मृतिमा प्रकट हुन सक्दिछन् !

एकै छिन पानी शब्द सम्झिनुहोस् त । पानीसँगै नदी याद आउन सक्दछ । अनि नदीका माछा याद आउन सक्दछ । माछा खाएको याद आउन सक्दछ । नदी नजिकैका रूख–बिरुवाहरू याद आउन सक्दछन् । रूखमा बसेको चरा याद आउन सक्दछ । पानीसँगै समुद्र याद आउन सक्दछ । पानी जहाज याद आउन सक्दछ । र, कुनै बेला तपार्इंले पानी जहाजमा यात्रा गरेको याद हुन सक्दछ । त्यस्तै गरी पानीसँगै वर्षा याद आउन सक्दछ । वर्षाले तपार्इंकी प्रेमिका वर्षाको याद दिलाउन सक्दछ । वर्षाले बिजुली याद हुन सक्दछ । बिजुलीसँगै घरको बल्ब याद आउन सक्दछ । यसरी नै अनुभवहरू स्मृतिमा प्रकट हुने गर्छन् । अतः मानिसको मेमारीले यसरी साहचर्यबाट कार्य गर्दछ ।”

डा. मेमोरी केही अगाडि बढेर बोलिन्, “औसतरूपमा मानिसको मस्तिष्क शक्ति उस्तै–उस्तै हुन्छ । मस्तिष्कको मेमोरी स्टोर गर्ने क्षमता पनि लगभग समान नै हुन्छ । यदि कुनै पनि सूचनाहरू मानिसको दीर्घकालीन मेमोरी स्टोरमा, यसलाई डा. ओमले मेमारी बैंक भन्नुहुन्छ, पुग्छन् भने बिर्सने रोग वा अन्य रोगहरूको कारणले बाहेक, ती सूचनाहरू बिर्सिदैनन् । मेमोरी बैंकमा स्टोर भएका सूचनाहरूलाई तपाईं बिर्सन चाहेर पनि बिर्सन सक्नुहुदैन । के तपाईंले आफ्नो नाम बिर्सन सक्नुहुन्छ ? कदापि सक्नुहुदैन । किनकि सानैदेखिनै तपाईंको नाम मेमोरी बैंकमा छ र बारम्बार प्रयोगमा आइरहेको छ । तर, यहाँ अर्को उल्लेखनिय कुरा के भने मेमोरी बैंकमा रहेका सूचनाहरू सुरक्षित रहे पनि यदि बारम्बार प्रयोग हुदैनन् भने चाहेको बेलामा याद नआउन सक्छन् ? (डा. मेमोरी हाँस्दै) यदि चाहेको बेलामा सूचनाहरू याद भएनन् भने ती सूचनाहरूको के काम ? होइन त ? त्यसैले आवश्यक सूचनालाई मेमोरी बैंकमा राख्न र आवश्यक परेको बेलामा तुरुन्त स्मृतिमा ल्याउन मेमोरी टेक्निक आवश्यक हुन्छ ।” 
के मेमारी बढ्न सक्छ ?

मेमोरी टेक्निकमार्फत् जो कोहीले पनि आफ्नो मेमोरी साँच्चिकै बढाउन सक्छन् । सुरुमा सिक्ने क्रममा चाहिँ केही समस्या आउन सक्छ । मेमोरी बढाउन लोसी पद्धति अथवा प्यालेस अफ मेमोरी महत्वपूर्ण टेकनिक हो । स्मरण गर्ने क्षमता बढाउन यो निकै पुरानो तरिका हो । यसमा चिरपरिचित ठाउँ, जस्तो कि घर, कुनै ठूलो महल आदिमा काल्पनिक यात्रा गर्नुपर्छ र त्यसको जानकारी राख्नका लागि घरका हरेक कुनामा भएका चिजबिजलाई भिजुअल इन्डिकेटरका रुपमा उपयोग गर्नु पर्छ । क्याम्ब्रिज विश्वविद्यालयमा न्युरोसाइन्स विभागका प्राध्यापक माइकल एन्डरसन भन्छन्न्ः ‘बाल्यकालमा मेरो मेमोरी उति राम्रो थिएन । विद्यालयमा अंग्रेजीका शब्द सम्झन नसक्दा निकै खप्की खानु परेको थियो । यस्तो भएपछि मलाई मेमोरी बढाउने तालिमको आवश्यकता चाहिन्छ भन्ने महसुस भयो र यस्तो शक्ति बढाउन विज्ञहरुको सहयोग लिएँ । प्राचीन कालदेखि नै विभिन्न किसिमका तरिका प्रयोग गरी मेमोरी बढाउने काम गरिन्थ्यो । र, त्यस्ता तरिका उपयोग गरी मेमोरी कमजोर हुनेले शसक्त बनाउन सक्छन् पनि ।’


 “अतः उपर्युक्त कुराहरूलाई ध्यानमा राखेर नै मेमोरी टेक्निकहरू बनेका हुन् । यस कार्यक्रममा डा. ओमको अनुमतिले म एक मेमोरी टेक्निक उल्लेख गर्न गइरहेको छु । यो आधारभूत मेमोरी टेक्निक हो । यो मेमोरी टेक्निक सिकेपछि आफैं पनि मेमोरी टेक्निक बनाउन सकिन्छ । यो मेमोरी टेक्निक नाम हो, लुक, स्न्याप एण्ड लिड्ढ टेक्निक । 

लुकः   
 
सिक्नु वा याद गर्नु पर्ने कुरालाई सबै भन्दा पहिला रुचिपूर्वक पढ्नु, हेर्नु तथा सुन्नुपर्छ । अर्थात् मस्तिष्कमा सूचना प्रविष्ट गर्नका लागि माध्यमहरूप्रति सजग हुनुपर्छ । यहाँ लुकको अर्थ केवल हेर्नु वा पढ्नु मात्र नभएर सुन्नु, अनभुव गर्नु, स्वाद लिनु तथा सुघ्नु पनि हो । त्यो किनभने पञ्च ज्ञानेन्द्रीयहरू सहायतबाट नै सूचना मस्तिष्कमा प्रवेश गर्छ ।

स्न्यापः   
    अनि हेरेको वा सुनेको कुरालाई याद राख्न कल्पनाचित्र (स्न्यापसट) बनाउनुपर्छ ।

लिंकः
अब याद गर्नु पर्ने कुराको स्न्यापसटलाई मेमोरी कोडको स्न्यापसटसँग वा दुई वा भन्दा बढी नयाँ स्न्यापसटहरू जोड्ने कार्य गर्नुपर्छ । यसरी दुई वा दुई भन्दा बढी स्न्यापसटहरू जोडेर नयाँ मानसिक चित्र (स्न्यापसट) बनाउनुपर्छ । जस्तो कि दुई वटा शब्दहरू, भ्यागुतो र साइकल याद गर्नुछ । यसका लागि पहिला भ्यागुतो शब्द हेर्नुहोस् वा सुन्नुहोस् । अनि भ्यागुतोको स्न्यापसट लिनुहोस् । यसै गरी साइकल शब्द हेर्नुहोस् वा सुन्नुहोस् र साइकलको स्न्यापसट लिनुहोस् । अब भ्यागुतो र साइकलको स्न्यापसटलाई जोडेर नयाँ अद्भुत खालको स्न्यापसट बनाउनुहोस् । जस्तो कि एउटा ठूलो भ्यागुतोले साइकल कुदाइरहेको छ । यति गर्नुभयो भने भ्यागुतो र साइकल, यी दुई आइटमहरू तपार्इंंलाई सधैंभरि याद रहन सक्छन् । यसै गरी कमिला र ब्रेड याद गर्न कमिलाले ब्रेड बोकेर हिंडेको दृश्य सम्झनुहोस् । भ्यागुतो, साइकल तथा टोपी याद गर्नु छ भने साइकल र टोपीको स्न्यापसटलाई जोडेर नयाँ स्न्यापसट बनाउनुहोस्, जस्तो कि साइकल कुदाइरहेको भ्यागुतोको टाउकोबाट टोपी खसेको नयाँ स्न्यापसट । अतः यसरी एकै छिनमा सयौं आइटम वा शब्दहरू सजिलै र सधैंभरि याद राख्न सकिन्छ ।”

डा. मेमोरीले सभागृहको चारैतिर नजर दौडाउँदै भनिन्, “तँपाईहरूले अझ पनि मेमोरी टेक्निकमाथि शंका लाग्छ भने कृति तपाईंको सामु नै हुनुहुन्छ । तँपाईहरूले अरु प्रयोगहरू गरी हेर्न सक्नुहुन्छ ?” डा. मेमोरीले दर्शकलाई चुनौती दिइन् । सुधिरले आफ्नो मोबाइलबाट १० जना साथीहरूको नाम र फोन नम्बर सोधे । कृतिले तुरुन्त नै नाम र नम्बर जस्ताको तस्तै भनेको देखेपछि सबैको मुख ह्वांग भयो ।  मोहनले सोधे, १९ मे १९८० कुन वार पर्छ ? फुच्ची कृतिले मुसुक्क हाँस्दै भनिन्, “सोमवार ।” मोहन मुसुक्क हाँसे, “जवाफ एकदम सही छ । यो मेरो जन्मदिन हो ।” सज्जाले सोधिन्, २१+३४+५६+९०+३२–२९–६५ कति हुन्छ ? कृतिले हाँस्दै भनिन्, “१३९ ।” ज्योतिले सोधिन्, “४५६ इन्टु २१३ कति हुन्छ ? कृतिले भनिन्, “९७१२८ ।” प्रो. सुरेन्द्रले सोधे “८७ वर्गमूल कति हुन्छ ?” “९.३२७ ।” कृतिको अद्भुत मेमोरीले प्रभावित भई प्रोफेसर सुरेन्द्र दौडिंदै मञ्चमा गए र कृतिलाई उचालेर काँधमा राखें । खुसीले गदगद अन्य दर्शकहरू पनि मञ्चमा गएर कृतिमाथि पैसाको बर्सात् गर्न थाले । उपस्थित सबैले उठेर ताली बजाए । म पनि उठें । मलाई हेर्दै कृति ठूलो आवाजमा कराइन्, “थैड्ढ यु ओम सर १ थैड्ढ यु १  ....आई लभ यु १ ” कृति उत्साहित भएर मतिर फ्लाइङ किस फ्याकिन् । मैले पनि गर्व र सुखद् अनुभूतिका साथ मनमनै वैल डन कृति, वैल डन भन्दै फ्लाइङ किस फर्र्काएँ ।  

अचानक मेरो आँखा खुल्यो । उत्तरतिरबाट सर्र चिसा बतास चलिरहेको थियो । त्यहीं माथि त्यो ब्युटिफुल मेमोरीले गर्दा मेरो शरीरका रोमरोम आनन्दको महासागरमा मस्त थिए । मैले यस्तो परमानन्द जीवनमा पहिलो पटक अनुभूति गरिरहेको थिएँ । आनन्दको महासागरमा मस्त मेरो मनले तर्क ग¥यो, मानिसको अपूर्ण इच्छा सपना भएर प्रकट हुन्छ । वास्तवमा सपना मानिसको मेमोरी बैंकमा संचित भएको अपूर्ण इच्छा हो, जुन चेतन मन निस्क्रिय भएको बेलामा सपनाको रुपमा प्रकट हुने गर्छ । (लेखक साइकोथेरापिष्ट तथा मेमोरी ल्याब प«मुख हुन् ।) 




Tuesday, April 21, 2020

ब्रेन बाइट्स 
मुभि, मस्तिष्क र मेडिसिन  
के चलचित्रले औषधिको काम गर्न सक्दछ < 
ओम बानियाँ


मुभि अर्थात् चलचित्र, जसलाई सिनेमा, मोसन पिक्चर तथा फिल्म पनि भन्ने गरिन्छ र आम नेपाली जनजिब्रोमा फिलिम र पिक्चरले चिनिन्छ, आधुनिक युगको प्रमुख र निकै लोकप्रिय मनोरंजनको साधान हो । तर हाम्रो समाजमा पिक्चरले मान्छे बिर्गाछ भन्ने पनि चलन छ । त्यो एक हदसम्म सत्य पनि हो, त्यो किनभने आफ्नो कामधन्दा वा पढाइलेखाइ छोडेर फिल्मको किरो बन्ने हो भने फिल्मले अवश्य नै मानिस बिर्गाछ । तर राम्रा चलचित्रहरु कहिलेकाहीँ हेर्ने हो भने चलचित्रले मानिसको थकित मनलाई मनोरंजन दिनुकासाथै मानिसलाई दिशा निर्देश पनि गर्छ । 



 
मुभि म्याजिक 
राम्रा चलचित्रले दर्शकलाई २—३ घण्टा यसरी बाँध्दछ कि दर्शक पर्दामा हराउँछन् । सम्ववत् मानिस यसरी र यत्तिबेर एकाग्रचित्त अन्य कुनै चिजमा हँुदैनन् । त्यसैले त किताबको पाठ याद नहुने विद्यार्थीलाई पनि चलचित्रको एक—एक सम्वाद र दृश्यहरु याद हुन्छन् । प्रायः दर्शकलाई थाहा हुन्छ, चलचित्र एक नाटक हो, कलाकारहरुको अभिनय हो, सत्य घटना होइन, तर पनि चलचित्र हेर्ने क्रममा उसले चलचित्रलाई सत्य घटना नै ठान्छ, सक्कली कथा नै मान्छ, अनि ऊ कथासँगै हाँस्छ, रुन्छ, खुसीले उफ्रिन्छ । साँच्चै मुभिले मानिसको मनमा म्याजिक नै पैदा गरिदिन्छ ।

मनमस्तिष्कमा मुभिको प्रभाव 
चलचित्र यस्तो साहित्य हो, जसलाई हेर्न, सुन्न र अनुभव गर्न सकिन्छ । त्यो किनभने दर्शकले चलचित्र हेरेका मात्र हुँदैन, सम्वाद र गीत सुनेका पनि हुन्छन्, चलचित्रको कथाको बगाइसँगै आफुलाई कलाकारको अभिनयमा समाहित पनि गरेका हुन्छन् । त्यसैले चलचित्रले मानव मनमस्तिष्कमा निकै ठुलो प्रभाव पार्छ । चलचित्रको कतिपय प्रभाव प्रत्यक्ष नै अनुभव हुन्छ भने अधिकांश प्रभाव मानिसको अवचेतन मनमा गएर बस्छ । अवचेतन मन, मानिसको त्यो मन हो, जसले मानिसको संसारलाई हेर्ने दृष्टिकोण, आचारविचार र उसको व्यक्तित्व निर्माणमा महत्वपुर्ण भुमिका निभाउँछ । 

मेरो आफ्नै अनुभव 

कलेज पढ्ने बेलाका कुरा हो । मेरो एउटा महत्वपुर्ण काम बिग्रिपछि म निकै हतास र निराश भएको थिएँ । मलाई खाना रुचि थिएन, कसैसँग बोल्न मन थिएन । मलाई रातभरि निद्रा परेन । निद्रा नपरेपछि मैले मन नलगाइ¬ नलगाइ टीभी खोलेँ । टीभीमा निर्देशक मोहन सिन्हाको हिन्दी फिल्म ‘इम्तिहान’ आइरहेको थियो । केहीबेर हेरेपछि मलाई फिल्मले निकै आर्कषित गर्यो । कभि रुक जना नही तु हारके गीतले निकै प्रभावित पार्यो । मेरो मन एकाएक परिवर्तन भयो, नून खाएको कुखुराको जस्तो भएको मेरो टाउको माथि उठ्यो, निराश मेरो मनमा एकाएक आशाको ज्योति जल्यो । इम्तिहानले म्याजिक गर्यो । चलचित्रले कसरी मानिसको मन परिवर्तन गरिदिन सक्दोरहेछ भन्ने कुरा मैले त्यसेबेला प्रत्यक्ष अनुभव गरेको थिएँ । 

मुभि मेडिसिन
मुभिले मेडिसिनको काम गर्छ भन्ने तथ्य मैले धेरै पहिला नै आफैँ अनुभव गरेका भएता पनि सन् २००२ तिर आएर माइन्डबडी मेडिसिनको अध्ययनका दौरानमा मैले सिनेमाथेरापीका पिता तथा मुभि डक्टरको उपनामले चर्चित डा. गैरी सोलोमन, डा. बिर्जिट वोल्ज र डा. न्यासी पेस्के आदिबाट सिनेमाथेरापीका बारेमा धेरै कुराहरु सिक्ने मौका पाएँ । सिनेमाथेरापीका क्षेत्रमा उनीहरुको चमत्कारिक प्रयोग सुन्न र देख्न पाएँ । सानैदेखि फिल्मप्रति रुचि राख्ने भएकोले पनि सिनेमाथेरापीले मलाई आकर्षित गर्नु स्वभाविकै थियो । त्यसैले मैले सिनेमाथेरापीलाई कग्निटिभ थेरापीसँगै प्रयोगमा ल्यान शुरु गरेँ । सिनेमाथेरापीलाई मुभिथेरापी, मोसनपिक्चर थेरापी, रीलथेरापी तथा मुभि मेडिसिन पनि भन्ने गरिन्छ ।

मेरो पहिलो मुभि प्रेस्क्रिप्सनः
सन् २००४ तिरको कुरा हो, मैले प्रेमिकाले अर्कै केटासँग विवाह गरेपछि डिप्रेस्ड भएका र तीन महिना एन्टीडिप्रेसेन्ट खाएर पनि ठीक नभएका काठमाडौंका एक युवकको केस हेरेको थिएँ । ती युवक निकै उदास थिए, बारम्बार आउने प्रेमीकाको सम्झनाले निकै स्ट्रेसफुल पनि थिए । मैले उनलाई कग्निटिभ थेरापीका साथै मुभिथेरापीद्धारा उपचार गर्ने निधो गरेँ र उनलाई विद्युविनोद चोपडाद्धारा निर्देशित हिन्दी चलचित्र ‘मुन्ना भाई एमबीबीएस’ हेर्न लगाएँ । कस्तो अचम्म भयो कि एन्टिडिप्रेसिन्टले ठीक नभएका ती युवक मुन्ना भाई हेरेर ठीक भए । यो मेरो पहिलो मुभि प्रेस्क्रिप्सन थियो । 

सयुंक्त परिवारमा बस्ने एक जना भद्रपरुष आफ्ना दाज्युभाइको खिचातानीले गर्दा निकै तनावमा थिए । मैले उनलाई ऋषिकेश मुखर्जीद्धारा निर्देशित हिन्दी चलचित्र ‘बावर्ची’ प्रेस्क्राब्ड गरेँ । उनले मेरो सल्लाह वमोजिम घरमा दाज्युभाइसँग बसेर त्यो चलचित्र हेरे । बावर्चीले कमाल नै गर्यो, दाज्युभाइहरुका बीचमा एकअर्कालाई हेर्ने नकारात्मक दृष्टिकोण नै फेरिदियो । दाज्युभाइको सम्बन्ध पुनः बाल्यकालमा जस्तो सुमधुर हुन पुग्यो । यस्ता उदाहरणहरु थुप्रै छन् ।  

निको नहुने क्यान्सरबाट थला परेका र एचआइभी एड्सको शिकार भएका कतिपय रोगीहरुलाई राजेश खन्नाद्धारा अभिनित हिन्दी चलचित्र आनन्दले बाँचुन्जेल खुसी र आनन्दसँग, आफुले गर्न सक्ने कार्य गरेर जिउन सिकाइदिएको छ । शिक्षक पेशाबाट एकदमै निराश बनेका एक शिक्षकलाई तुलसी घिमिरेद्धारा निर्देशित र अभिनित चलचित्र दक्षिणाले उनको जीवन नै फेरिदिएको छ । अहिले उनले दक्षिणाका हरि सरलेझैँ शिक्षा पेशामा आफुलाई समर्पण गरिदिएका छन् । उनले मानसम्मान र प्रतिष्ठा पनि निकै कमाएका छन् ।

कस्तो मुभि
चलचित्र धेरै किसिमका हुन्छन् । तर, चलचित्रलाई साधारणतया दुई वर्गमा विभाजित गर्न सकिन्छ । (१.) कथानक चलचित्र (पिचर फिल्म) र (२.) वृत्तचित्र (डकुमेन्ट्री) । कुनै काल्पनिक वा सत्यकथामा आधारित कलाकारद्धारा अभिनय गरिएको लामो चलचित्रलाई कथानक चलचित्र भनिन्छ । यस्ता चलचित्रहरु प्रायः २—३ घण्टा समयका हुन्छन् । जस्तैः लुट, दक्षिणा, शोले आदि । वृत्तचित्र कुनै घटना वा व्यक्तिको यथार्थ चित्रण हो । वृत्तचित्रमा कलाकारहरुले अभिनय गर्दैनन् । वृत्तचित्र प्रायः ३०—४० मिनेटको हुन्छन् । एरिक भ्यालीको हनी हन्टर तथा नविन सुब्बाको दी लंग जर्नी आदि वृत्तचित्रका उदाहरणहरु हुन् ।  



कथानक चलचित्रहरु पनि विभिन्न किसिमका हुन्छन्, जस्तै, पारिवारिक, समाजिक, एक्सनप्रधान, रोमान्टिक, कमेडि, रहस्यात्मक, हर्रर तथा बालचलचित्र आदि । यसैगरी व्यावसायिक उद्देश्य नराखी लिकबाट हटेर बनाइएका समाजिक यथार्थ कथामा आधारित चलचित्रहरु पनि हुने गर्छन्, जसलाई कलात्मक वा यथार्थवादी चलचित्र भन्ने गरिन्छ । जापनका महान् निर्देशक आकिरा कुरोसवा तथा भारतका महान् निर्देशक सत्यजीत राय कलात्मक चलचित्रका विश्वप्रसिद्ध सर्जकहरु हुन् । कुरोसवाको रसोमन तथा सत्यजीतको पाथर पंचाली निकै चर्चित कलात्मक चलचित्रहरु हुन् ।  

अतः चलचित्र चाहे कलात्मक होस् वा व्यावसायिक होस् । कथानक होस् वा वृत्तचित्र होस्, सबैमा थेरापीको गुण विद्यमान हुन्छ । तर कुन रोग र रोगीलाई कस्तो सिनेमा थेरापीका रुपमा प्रयोग गर्ने भन्ने कुरा जान्न विशेषज्ञको सल्लाह आवश्यक हुन्छ । रोगीले आफै उचित चलचित्र छनौट गर्न सक्दैनन् । बरु उल्टो रोग बढाउने खालका चलचित्र हेर्न मन पराउँछन । जस्तो कि डिप्रेस्ड व्यक्तिले प्रायः उदास गीत सुन्न र यस्तै फिल्म हेर्न चाहन्छन् । तर यस्ता गीत तथा फिल्मले उसको उदासी झन् बढाउँछन् । त्यसैले यस्ता व्यक्तिलाई हस्यौली ठटयौलीप्रधान चलचित्र र उसको नकारात्मक सोचलाई सकारात्मक बनाउने खालका चलचित्रहरु हेर्ने सल्लाह दिनुपर्छ । 

नेपालमा मुभि मेडिसिन 

हिजोआज विकसित मुलुकमा सिनेमाथेरापी माइन्डबडी मेडिसिनको एक प्रमुख टेक्निकका रुपमा उदाएको छ । मनोजन्य रोगहरुकालागि निकै उपयोगी पनि देखिएको छ । यहाँ उल्लेखनीय कुरा के भने मानिसका लगभग ९० प्रतिशत रोगहरु मनका कारण नै पैदा हुन्छन् । त्यसो त कतिपय शारीरिक रागहरुको उपचारकालागि पनि सिनेमाथेरापी प्रयोगमा ल्याउन सकिन्छ । त्यसैले दर्शकलाई मनोरंजन प्रदान गरी व्यापार गर्ने उद्देश्यले निर्माण गरिएका यस्ता चलचित्रहरु मेडिसिनको रुपमा उपयोग आउनु निकै खुसीको कुरा हो । तर बिडम्बना के भने २१ औं शताब्दीमा पनि नेपालको मनोचिकित्सा केवल औषधिमा मात्र निर्भर छ । नेपालमा साइकोथेरापीको पनि विकास हुन सकेको छैन । त्यसैले नेपालमा साइकोथेरापीसँग सिनेमाथेरापीको विकास हुन जरुरी छ ।  




हो, नेपालमा थेरापीका रुपमा प्रयोग गर्न सकिने खालका नेपाली चलचित्रहरु निकै कम छन् । तर पनि बासुदेव, दक्षिणा, रहर, हाइवे तथा महका चलचित्र तथा टेलिचलचित्रहरुलाई सिनेमाथेरापीका रुपमा उपयोग गर्न सकिन्छ । यस्तै मेरी बास्सै, जिरे खुर्सानी, तीतो सत्य, जय होस्, झ्याइँकुटी झ्याइँ आदि जस्ता टेलिश्रृंखला तथा कमेडी कार्यक्रमलाई पनि थेरापीको रुपमा प्रयोगमा ल्याउन सकिन्छ । त्यसो त हिन्दी र अंग्रेजी भाषाहरु बुझने व्यक्तिकालागि हिन्दी तथा अंग्रेजी फिल्महरुको लामो लिस्ट छँदै छ । (लेखक साइकोथेरापिष्ट तथा मेमोरी ल्याब प्रमुख हुन् ।)

Monday, April 20, 2020

ब्रेन बाइट्स 

इमोसनल ब्लैकमेल
ओम बानियाँ 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई विपक्षीहरुले इमोसनल ब्लैकमेलर भन्ने गर्छन् ।  नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि झुटा सपनाहरु देखाएर देश र जनतालाई इमोसनल ब्लैकमेलिंग गर्ने प्रयास गरिरहेका छन् । उनी मात्र होइन नेपाली राजनीतिक वृत्तमा थुप्रै इमोसनल ब्लैकमेलरहरु छन् । राजनीतिक क्षेत्रमा मात्र होइन, हरेक क्षेत्रमा इमोसनल ब्लैकमेलरहरुको बिगबिगी छ ।  पावर, पैसा र आफ्नो उद्देश्य पूरा गर्नको लागि टाठाबाठा चतुर व्यक्तिहरुले इमोसनल ब्लैकमेलको साहरा लिने गरेका छन् । आममानिसले पनि आफ्नो काम फत्ते गर्न कहिलेकाहीँ जानीनजानी इमोसनल ब्लैकमेलिङ गर्ने गर्छन् । 



एउटा शहरीया नेता गााउँमा किसानहरुको भेलामा स्थानीय पोशाक सजिएर यसो भन्न सक्दछ, म तपाईहरु जस्तै एक किसानको छोरा हुँ । मेरो नशा–नशामा किसानको रगत बगेको छ । मलाई थाहा छ किसानहरुको समस्या, दुःखपीडा । किसानहरु उसको भाषणमा भावुक बन्छन् । उसलाई आफ्नो मुक्तिको मसीहा ठान्छन् । अनि तरर्र ताली पिट्छन् । कुनै बेइमान चिकित्सकले यसो भन्न सक्दछ, स्थिति निकै नाजुक छ, तुरुन्त अप्रेसन गर्नुपर्छ, नत्र आमाबच्चा दुबैको ज्यान जान सक्दछ ? कुनै कम्पनीले यस्तो विज्ञापन गर्न सक्दछ, मुटुरोगबाट बच्न यो तेलको प्रयोग गर्नुहोस् । जर्महरुबाट बच्न यो साबुनको प्रयोग गर्नुहोस् । कुनै जँडाया मानिसले जाँड खाने पैसा जोगाडका लागि यसो भन्न सक्दछ, मेरो छोरोलाई क्यान्सर भएर अस्पतालमा भर्ना छ, केही सहयोग गरिदिनुहोस् । कुनै प्राइभेट स्कूलको प्रिन्सिपलले अभिभावकलाई यसो भन्न सक्दछ, तपाईंको छोरा निकै कमजोर छ, होस्टेल राख्नु भएन भने फेल हुन्छ । प्रेमीले प्रेमिकालाई फोनमा यसो भन्न सक्दछ, म पार्कमा छु, छिटो आऊ । धेरै बहाना नबनाऊ । यदि तिमी आइनेऊ भने मैले गाडी लगेर खोलामा हाल्छु । गाउँको धाराको लामो लाइनमा कुनै चतुर महिलाले यसो भन्न सक्छिन्, घरमा मेरो सानो बाबु एक्लै छ, मलाई पहिला पानी भर्न दिनुहोस् न । यी सबै इमोसनल ब्लैकमेलिङका केही उदाहरणहरु हुन् ।

सिर्फ यौनतृष्णा मेटाउने उद्देश्यले आकाशको तारा खसालिदिने सपना बाँड्नु पनि इमोसनल ब्लैकमेलिङको अर्को उदाहरण हो । ड्रग्स किन्ने पैसा असुल्न आमाबाबुसामु आत्महत्याको धम्की दिनु पनि इमोसनल ब्लैकमेल हो । समाजमा इमोसनल ब्लैकमेलका यस्ता अनेक उदाहरणहरु देख्न सकिन्छ । वास्तवमा भन्ने हो भने हिजो आज इमोसलन ब्लैकमेल अधिकांश व्यक्तिहरुको चरित्र भएको छ । त्यो किनभने इमोसनल ब्लैकमेलबाट आफ्नो स्वार्थ तथा उद्देश्य पूरा गर्न तुलानात्मकरुमा निकै सजिलो हुने भएकाले नै मानिसहरुमा यो प्रवृत्तिको विकास भएको हो । 

जनसंख्याको तीब्र वृद्धि, होडबाजी, जसरी हुन्छ अगाडि बढ्ने प्रतिस्पर्धा, स्वार्थी प्रवृत्ति तथा जायज बाटोबाट भन्दा इमोसनल ब्लैकमैलको बाटोबाट आफ्नो अभिष्ट पूरा गर्न सजिलो हुने भएका कारण हिजोआज यत्रतत्र सर्वत्र इमोसनल ब्लैकमेलिङको प्रकोप बढेको हो । त्यसैले अधिकांश मानिसहरु आफ्नो जीवन कालमा कुनै कुनै बेला इमोसनल ब्लैकमेलिङको शिकार हुने गर्छन् । त्यसो त इमोसनल ब्लैकमेलर पनि अर्को इमोसनल ब्लैकमेलरको शिकार बन्न सक्दछन् । 

इमोसनल ब्लैकमेलरले आफ्नो नाजायज उद्देश्य पुरा गर्न मानिसको भावनात्मक संवेगहरु जस्तैः प्रेम, डर, धम्की, क्रोध, लोभ, दुःखपीडा तथा अपराधबोध आदिलाई प्रभावित गरी ब्लैकमेलिङ गर्छन् । यसका लागि उनीहरुले नयाँ–नयाँ तरकिव निकाल्छन् । कतिपय इमोसनल ब्लैकमेलरहरुले यति चलाखीपूर्ण तरिकाले ब्लैकमेल गर्छन् कि इमोसनल ब्लैकमेलमा परेका व्यक्तिहरुले यसको सुँइको समेत पाउदैनन् । उल्टो ब्लैकमेलरलाई नै आफ्नो सहयोगी ठान्छन् । इमोसलन ब्लैकमेल प्रायः नजिकको व्यक्ति, परिचित व्यक्ति तथा साथीसंगीहरुबाट नै हुने गर्छ ।

सामान्यतया अरुलाई पनि आफु जस्तै सम्झने ईमान्दार व्यक्ति, नो भन्न नसक्ने व्यक्ति, परिस्थितिको मूल्यांकन गर्न नसक्ने व्यक्ति, अशिक्षित, डरपोक तथा भावुक प्रकृतिको व्यक्ति अर्थात् भावनात्मक बुद्धिमत्ता कम भएको व्यक्ति नै प्रायः इमोशनल ब्लैकमेलिङको शिकार हुने गर्छन् । त्यसो त शिक्षित व्यक्ति पनि इमोशनल ब्लैकमेलिङको शिकार हँुदैन भन्ने होइन, हुन्छन् । विद्यावारिधि गरेको एक शिक्षित व्यक्तिलाई एउटा अशिक्षित गाउँले मानिसले पनि इमोशनल ब्लैकमेलिङ गर्न सक्दछ । ईन्जिनियरलाई चिकित्सकले, चिकित्सकलाई ईन्जिनियरले, प्रहरीलाई वकिलले, वकिललाई प्रहरीले, शिक्षकलाई विद्यार्थीले, विद्यार्थी तथा अभिभावकलाई शिक्षकले, नेतालाई पत्रकार, कर्मचारी तथा व्यापारीले, पत्रकार, कर्मचारी तथा व्यापारीलाई नेताले तथा विज्ञापनले उपभोक्तालाई इमोशनल ब्लैकमेलिङ गर्न सक्दछन् । गरिरहेका प्रशस्त उदाहरणहरु छन् । त्यसैले वर्तमान युगमा इमोशनल ब्लैकमेलबाट बच्न त्यति सजिलो छैन । त्यसो त मानिसको मनोविज्ञान बुझ्न सक्ने, परिस्थितिको मूल्यांकन गर्न सक्ने सचेत र भावनात्मक बुद्धिमत्ताले परिपूर्ण व्यक्ति इमोशनल ब्लैकमेलबाट कमै पीडित हुन्छन् । तर संसारमा यस्ता व्यक्तिहरु कमै हुने गर्छन् । खुसीको कुरा के भने मानिसले चाह्यो भने आफ्नो व्यक्तित्वमा चार चाँद लगाउन सक्दछ । त्यसैले यस कुरालाई मनन गरी आफुमा भावनात्मक बुद्धिमत्ताको विकास गर्ने तथा इमोसनल ब्लैकमेलिङप्रति सचेत रहेन हो भने इमोसनल ब्लैकमेलबाट जोगिन सकिन्छ ।

अन्तमाः
 
अतः नाजायज फाइदा उठाउने उद्देश्यले अर्काको भावनालाई प्रभावित गर्नु नै इमोसनल ब्लैकमेलिङ हो । यसका लागि ब्लैकमेलरले प्रेम, डर, भावना(फिलिङ) तथा अपराधवोध आदिको साहरा लिने गर्छ । आधुनिक युगमा यत्रतत्र सर्बत्र, हरेक क्षेत्रमा इमोसनल ब्लैकमेलिङको बिगबिगि भएता पनि यसप्रति अलिकति सचेत हुने हो भने इमोसनल ब्लैकमेलिङलाई कम गर्न सकिन्छ । वास्तवमा शिक्षा तथा सचेतना नै इमोशनल ब्लैकमेलिङबाट बच्ने उपाय हो । (लेखक मनोविद् हुन् ।)
 

Sunday, April 19, 2020

ब्रेन बाइट्स

प्लेसिबो इफेक्ट मनोविज्ञान
ओम बानियाँ 
 
दिनमानले मनकामनालाई भाके, उनको मनोकामना पुरा भयो । औषधि गर्दागर्दै हैरान भएकी आकिसाको रोग तन्त्रमन्त्र तथा झारफुकबाट ठीक भयो । सत्यवतीमा चिच्चाएकी दिमनाले आफुले रोजेको पति पाइन् । आर्थीक कारोबार चौपट भएका विषम्ले टीभीद्वारा प्रभुकृपा वर्षाउने पास्टरलाई सम्झे, उनको अवस्था सुध्रियो । निशानले बाबाको सल्लाह बमोजिम दही खाए, गरीबहरूलाई दही बाँडिदिए, उनको फसेको पैसा असुल भयो । रुकमनीले रातो साडीको ठाउँमा निलो साडी लगाइन्, उनको छोराले मेडिकलमा नाम निकाल्यो । विरामी जावेद पीर–मौलाले भनेझैं गरेर मस्जिदमा माथा टेके, उनको रोग ठीक भयो । पशुरामको भैंसीले दुध दिएन, उनले झारफुक गराए, भैंसीले दुःध दिन थाल्यो । केही दिनदेखि भात खाना मन नगरेको मिनप्रसादको बालक छोरालाई पानी मन्तरेर दिएपछि सपासप भात खाना थाल्यो । निलमको हराएको औंठी ज्योतिषले भनेझैं पुर्व दिशामा भेट्टियो । 
 
 
 
के यस्ता घटनाहरू सम्भव छन् ? हो, एक दृष्टिकोणले यस्ता कुराहरू सम्भव छन् । यस्ता घटनाहरुको प्रत्यक्ष अनुभव गरेका व्यक्तिहरु पनि तपाईहामी सामु थुप्रै छन् । तर यहाँनिर महत्वपुर्ण कुरा के भने मनकामनालाई भाकेका कति मानिसहरूको मनोकामना पुरा हुन्छ ? कुनै बाबाको कृपाबाट कति मानिसहरूको मनोकामना पुरा हुन्छ ? ५–६ हजार मानिसहरूको भीडमा एकाध मानिसहरू एक पास्टरको कृपाबाट आफ्नो कामना पुर्ति भएको दावीको कुनै वैज्ञानिक महत्व छ ? वास्तवमा यस्ता घटनाहरूको पछाडिको मनोविज्ञान के हो ? यस प्रश्नको सीधा जवाफ हो, प्लेसिबो इफेक्ट । अतः प्लेसिबो इफेक्टका कारण नै यस्ता घटनाहरू सम्भव भएका हुन् । त्यसैले अब प्रश्न उठ्न सक्दछ, यो प्लेसिबो इफेक्ट के हो ?

एकजना प्रसिद्ध चिकित्सक आफ्नी पत्नीलाई लिएर अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूको मनमोहक कार्यक्रम हेर्न गएका थिए । कार्यक्रम निकै आकर्षक थियो । चिकित्सक मन्त्रमुग्ध भएर कार्यक्रम हेरिरहेका थिए । तर कार्यक्रम हेर्दाहेर्दै उनकी पत्नीको अचानक टाउको दुख्यो । दुःखाइ असह्य भएपछि उनले पतिसँग घर फर्किन आग्रह गरिन् । तर त्यो मनमोहक कार्यक्रम बीचमै छोडेर घर फर्किन चिकित्सकको मन मानिरहेको थिएन । अनि चिकित्सकले पकेटबाट एउटा च्युङ्गम निकालेर पत्नीलाई दिँदै भनेः “लौ यो च्युङ्गम चपाऊ । अमेरिकामा बनेको यो च्युङ्गमले एक मिनेटमै टाउको दुखेको ठीक पार्दछ ।” आफूले पनि च्युङ्गम चपाएझैं गर्दै उनले  भनेः “मेरो पनि टाउको दुखेको थियो । यो च्युङ्गम चपाएको त एकदमै ठीक भयो । त्यसैले त यसरी मन्त्रमुग्ध भएर कार्यक्रम हेरिरहेको छु ।” चिकित्सकी पत्नीले पनि च्युङ्गम चपाउन थालिन् । नभन्दै केही क्षण मै उनी बिलकुल ठीक भइन् । र, कार्यक्रम हेर्न थालिन् । त्यसपछि पुरा कार्यक्रम हेरेर उनीहरू घर फर्किए । 

चिकित्सकले उनकी पत्नीलाई दिएको त्यो च्युङ्गम कुनै विशेष औषधीय च्युङ्गम थिएन, त्यो त साधारण च्युङ्गम नै थियो । यहाँ च्युङ्गमले औषधीको काम गरेको थिएन, चिकित्सकप्रति उनकी पत्नीको विश्वासले औषधीको काम गरेको थियो । यो नै प्लेसिबो इफेक्टको एक उदाहरण हो ।

आधुनिक युगमा प्लेसिबो इफेक्टलाई प्रकाशमा ल्याउने डा. एच. के. बीचर हुन् । उनले १ हजार ८२ रोगीहरूमा गरेको १५ वटा क्लिनिकल ट्रायल्समा ३५ प्रतिशत रोगीहरूमा प्लेसिबो इफेक्ट्स देखियो । तर अन्य अध्ययनले यसको प्रभाव अझ बढी देखाएको छ । पीडा, डिपे्रसन, कतिपय हृदय रोग, ग्यासट्रिक अल्सर तथा अन्य पेटकाबिकार जस्ता रोगहरूमा त ५०–६० प्रतिशत प्लेसिबो प्रभाव देखा पर्ने कतिपय शोधकर्ताको दावी छ । एक पटक प्रसिद्ध आर्थोपेडिक सर्जन जे. ब्रुस मोसलेले ८ जना घुँडाका रोगीहरू मध्य २ जनालाई अप्रेशन गरे भने ६ जनालाई नक्कली अप्रेशन गरे । ६ महिनापछि उनले सबै रोगहरू ठीक भएको पाए ।

अतः प्लेसिबो इफेक्ट वैज्ञानिक कुरा हो । तर यसलाई जानेर वा नजानेर प्रत्यक्ष–परोक्षरूपमा धेरै ठाउँहरूमा प्रयोग गरिँदै आइएको छ । प्लेसिबो इफेक्टको व्यापक प्रयोग चिकित्सा क्षेत्रमा हुने गरेको छ । दृटान्तका रुपमा एन्टिबायोटिक थेरापीलाई लिन सकिन्छ । चिकित्सकले प्रायः भाइरल इन्फेक्सनका लागि एन्टिबायोटिक प्रेस्क्राइब्ड गर्ने गर्छन् । तर, एन्टिबायोटिकले व्याक्टेरियालाई मार्ने र प्रतिप्रभावको रुपमा पेटलाई असर गर्ने गर्छ । तर यस औषधिले भाइरसलाई कुनै असर गर्दैन । तर पनि एन्टिबायोटिकको सेवनबाट यस्ता रोगीहरूले आराम महसुस गर्छन् । त्यसो त बेला बेलामा नामी चिकित्सहरुले विरामीहरुको अवस्था हेरेर जानी जानी प्लेसिबोको रुपमा चिनीको चम्की वा सिरप दिने गर्छन् । विरामीले यस्ता चक्कीहरुलाई औषधि नै ठानेर खान्छन् । ठीक पनि हुन्छन् । जसरी चिकित्सककी पत्नीको टाउको दुखाई ठीक भएको थियो । शारीरिक रोग भन्दा पनि मानसिक रोगका लागि प्लेसिबो इफेक्ट अझ प्रभावकारी हुन्छ । यस्ता रोगहरूमा प्लेसिबो इफेक्टले ४०–५० प्रतिशत काम गर्छ । कतिपय एन्टिडिप्रेसेन्टसको ७० प्रतिशतसम्म प्रभाव प्लेसिबो इफेक्टका कारण हुने गर्छ ।


प्लेसिबो इफेक्टको यही विशेषताका कारण नै कतिपय झोले चिकित्सक, ओझा–धामी, तान्त्रिक, पीर–मौला, नीमहाकीम, ज्योतिष, वास्तुशास्त्री, सन्तमहाराज तथा धर्मगुरुहरूको दोकान चलिरहेको छ । मेडिकल चिकित्सकहरूले यसलाई रोगी र रोगको अवस्था हेरेर एक विज्ञानको रुपमा प्रयोग गर्छन् । तर प्लेसिबो इफेक्टको दोकान चलाउनेहरूले यसलाई आफ्नो सीप, प्रभु तथा अल्लाह आदिबाट प्रदत्त शक्तिको संज्ञा दिने गर्छन् । तर यो सरासर झुटो कुरा हो । त्यसैले कुनै बाबाको नाम सम्झेर मनकामनालाई भाके पनि वा कुनै जंगलमा गएर बनदेवीलाई भाके पनि वा खोलाको ढुंगामाथि विश्वास गरेर भाके पनि ३०–४० प्रतिशत मानिसको मनोकामना पुरा हुन सक्दछ, जुनसुकै चिकित्सा पद्धतिद्वारा उपचार गरेपनि ३०–४० प्रतिशत रोगीहरू ठीक हुन सक्दछन् । यो नै प्लेसिबो इफेक्टको चमत्कार हो । प्लेसिबो इफेक्टले कसरी कार्य गर्छ भन्ने ठोस वैज्ञानिक तथ्य अझ पनि प्रकाशमा आउन नसकेता पनि यसको मूलाधार भनेको विश्वास हो । त्यो किनभने विश्वास जति मजबुत हुन्छ, प्लेसिबो त्यत्तिनै प्रभावकारी हुन्छ । त्यसैले कतिपय ठगहरू स्वामी–महाराजको खोल ओढेर प्लेसिबो इफेक्टद्वारा समाजमा नाजायज प्रभाव जमाइरहेका छन् । सोेझासीधा मानिसलाई ठगेर अकुत सम्पत्ति थुपारिहेका छन् । यस्ता ठगहरू हरेक धर्महरू भित्र छन् । 

विश्वका ५० देशमा आफ्नो साम्राज्य खडा गर्न सफल भएका संख्यापति बेनी हिन धर्म र प्लेसिबो इफेक्टका आडमा चमत्कारको हौवा फैलाएर ठगी गर्नेहरूका प्राचार्य नै हुन् । अतः यसरी चमत्कारका नाउँमा वा घर–घरको ढोका ढकढकाएर चमत्कारको झुट बोल्दै प्रभुको विक्री गर्न खोज्नेहरूलाई के भन्ने ? के प्रभु भनेका कुनै कम्पनीका प्रडक्ट हुन् ? कथित चमत्कारहरू देखाएर जनता लुट्ने लुटेराहरू नेपालमा पनि थुप्रै छन् । यस्ता ठगहरूले अहिले टीभीलाई प्रचारको माध्यम बनाएका छन् । त्यसैले टीभी च्यानलहरूको विज्ञानमा देखाइने देउताबा वा स्पर्श चिकित्सा आदिको भम्रमा नपर्नु नै बुद्धिमानी हुन्छ ।

हो, सबै सन्त–महाराज तथा धर्मप्रचारकहरू खराब छैनन् । पुर्णरूपमा मानव सेवामा समर्पित र भट्किएकाहरूलाई सही मार्ग देखाउने असल स्वामी–महाराजहरू नभएका पनि होइनन् । तर अधिकांश धार्मीक व्यक्तिहरू तथा वैकल्पिक चिकित्सामा लागेकाहरूले यही प्लेसिबो इफेक्टको आडमा लुट मच्चाइरहेका छन् । यहाँ एउटा मननयोग्य कुरा के भने यस्ता ठगहरू प्रभुकृपाले शक्तिशाली भएका होइनन्, रोग–व्याधी र समस्या नै समस्याहरूले थिचिएका नागरिकहरू कमजोर भएपछि उनीहरूमा नाजायज फाइदा लिने शक्ति देखिएको हो । यसरी नै हामी आम नेपाली नागरिकहरू जतिखेर दुहुन गए पनि दुःध दिने जर्सी गाई जस्तो भएर नै देशमा दलहरूको लुटतन्त्र मौलाएको हो । त्यसैले आफ्नो निजी स्वार्थका लागि मुलकलाई नै दलदलमा फसाउने नेताहरूको दादागिरि टुलुटुलु हेर्नु भनेको मुलुकलाई टुक्रा–टुक्रा हुन दिएर विदेशीलाई सुम्पनु हो । जानेर वा नजानेर के हामीहरू यसैको प्रतिक्षा त गरेका छनौं ? 

अन्तमा धार्मीक आस्था तथा चिकित्साको आडमा चमत्कारको हल्ला फिंजाउँदै ‘प्लेसिबो इफेक्टको लुट’ मच्चाउने लुटेराहरूले भन्दा विदेशीहरूको निर्देशनमा आफ्ना नागरिकहरूलाई इमोसनल ब्ल्याकमैल गर्दै लुटतन्त्र मच्चाइरहेका लुटेराहरूले यो देशको दुगर्ति बनाउने पक्का छ । त्यसैले हामी सबै आम नेपाली नागरिकहरू आफ्नो जात, धर्म र भाषा भन्दामाथि उठेर जुनसुकै मुल्यमा यो देश बचाउनु छ । सोचौं त, देश नै नरहे, हामी कहाँ रहुलाँ । त्यसैले अब एकछिन अवेर नगरी उठौं, एकजुट होऔं र भ्रष्टचारको दलदलमा भासिन लागेको र २००७ सालदेखि नै विदेशीको पञ्जाले घाँटी अठाइएको यो देशलाई बचाऔं । (लेखक मनोविद् तथा मेमोरी ल्याब प्रमुख हुन् ।)






Saturday, April 18, 2020

ब्रेन बाइट्स

बार्ड ब्रेन
जहाँ पुग्दैन रवि, त्यहाँ पुग्दछ कवि
 
ओम बानियाँ

हान् साहित्यकार विलियम सेक्सपियर शब्दशिल्पी मात्र होइनन् मानवीय संवेदना र मनोविज्ञानलाई गहिरोसँग बुझेका तिक्ष्ण बुद्धिका एक भविष्यद्रष्टा पनि हुन् । त्यसैले त उनले मानवीय संवेदना र मानिसका यावत् चाहना तथा समस्याहरुलाई हरेक कोणहरुबाट आफ्ना नाटकहरुमार्फत् उजागर गरेका छन् । उनका नाटकहरुमा मानिसका भाव, राग, आवेग, इच्छाआकांक्षा, सामान्य तथा असमान्य व्यवहारहरु कलात्मकशैलीमा उल्लेख भएको पाइन्छ । उनले सामान्य तथा असमान्य दुवै थरीका पात्रहरुलाई आफ्ना नाटकहरुमा उतारेका छन् । तर उनले मानिसको असमान्य मनोविज्ञानलाई बढी जोड दिएका छन् । 


नाटकमा असामान्य मनोविज्ञानः
सेक्सपियरको नाटकहरुको अध्ययनबाट अवगत हुन्छ, उनको विषेश इच्छा असमान्य मनोविज्ञानमा थियो । त्यसैले त हेमलेट, ओफेलिया तथा लेडि म्याकबेथमा सेक्सपियरले सिजोफ्रेनिया (आम भाषामा पागलपन)को चरित्रलाई देखाएका छन् भने किंग लियरमा उनले बुढौली समस्या तथा डिमेंसियालाई सम्बोधन गरेका छन् । त्यसैगरि जुलियस सिजरमा छारेरोग (इपिलेप्टिक सिजर)का बारेमा उल्लेख गरेका छन् । उदासिनता (डिप्रेसन) अहिले संसारभरि निकै फैलिएको रोग हो । एक तथ्यांकका अनुसार अहिले १० जना मध्य एक जना मानिस डिप्रेसनबाट पीडित भएको देखिन्छ । तर, उत्तिबेलामा नै यो रोगका बारेमा पनि सेक्सपियरले आफ्ना नाटकहरुमा उल्लेख गरेका छन् । रिचर्ड द्धितियमा उनले डिप्रेसनका क्लिनिक लक्षणहरु उल्लेख गरेका छन् । 

हो, रिचर्डकोझै डिप्रेस्ड मानिसको नूर गिरेको हुन्छ, उसको अरुचि कम हुन्छ । उदासीसँगै अरुचि पैदा हुनु, आत्मविश्वासमा कमी आउनु, इच्छाहरू मरेर जानु, ध्यान केन्द्रित गर्न गाह्रो हुनु, सम्झना शक्तिमा कमी आउनु, चिडचिडापना बढ्नु जस्ता मानसिक लक्षणहरू तथा निद्रामा गडबढी, शरीरको तौल घट्नु वा बढ्नु, थकान तथा कमजोरी महसुस हुनु, टाउको भारी हुनु, दुख्नु, खानामा रुचि कम हँुदै जानु वा धेरै खानु, यौन इच्छामा कमि आउनु, धड्कन बढ्नु, चक्कर लाग्नु आदि डिप्रेसनका लक्षणहरु हुन् । यस्तै लक्षणहरु उनले रिचर्ड द्धितीयमा उल्लेख गरेका छन् । 

स्नायुविज्ञान र कवि मस्तिष्कः
आधुनिक स्नायुविज्ञानको विकास २०औं शताब्दीको शुरुतिर भएको हो । तर मस्तिष्क परीक्षण गर्ने सीटी स्क्यान तथा एमआरआई जस्ता स्नायुप्रविधिहरुको विकास भएको आधा शताब्दी पनि भएको छैन । तर चौथो शताब्दी पुर्व नै साहित्यकार विलियम सेक्सपियरले मानिसको मन र मस्तिष्कसँग सम्बन्धित धेरै विषयहरु नाटकमा उतारेका छन् । कल्पना के हो ? स्मरणशक्ति कसरी निमार्ण हुन्छ ? कस्तो कुराहरुले मानिसलाई उत्प्रेरित गर्छ ? किन विदेशी भाषा सिक्न गाह्रो हुन्छ ? स्नायुविज्ञानसंग सम्बन्धित यस्ता यावत् प्रश्नहरुको उत्तरहरु सेक्सपियरका नाटकहरुमा पाइन्छन् ।

अतः मानव मस्तिष्कप्रति जुन दिलचस्मी अहिले स्नायुवैज्ञानिकहरुको छ, त्यस्तै दिलचस्मी उहिले सेक्सपियरको थियो । स्नायुविज्ञानप्रति उनको यही दिलचस्मीका कारण नै उनका नाटकहरुमा यससम्बन्धमा थुप्रै वैज्ञानिक तथ्यहरु देख्न पाइन्छन् ।

मस्तिष्क पुनर्संरचनाः
सेक्सपियरले आफ्ना नाटकहरुमा औषधी तथा मानिसको सोच तथा व्यवहारले मानिसको मनमस्तिष्क पुनर्संरचना हुने कुरा उल्लेख गरेका छन् । हो, मानिसको सोचमा मन परिवर्तन गर्ने शक्ति हुन्छ । उचित र तार्कीक विचारहरूमा मस्तिष्क पुनर्संरचना गर्ने सामथ्र्य हुन्छ । अंगुलिमाललाई नै हेर्नुहोस् । एउटा विचारले ऊ हत्यारा भएको थियो, बुद्धको अर्को विचारले ऊ एकैछिनमा भिक्षु भयो । साइकोथेरापीको एक विधि, संज्ञानात्मक मनोचिकित्सा (कग्निटिभ थेरापी)ले गर्ने पनि यही हो ।


मनोचिकित्सा पद्धति मानसिक विकारहरूको मूल कारण प्रतिकूल वा नकारात्मक भावना हो भन्ने मान्यतामा आधारित छ । अर्को शब्दमा भन्ने हो भने मानिसको सोच, संज्ञान(कग्निसन) तथा चिन्तनले नै मानसिक रोग पैदा गर्छ । त्यसैले मानसिक रोग ठीक गर्नकालागि रोगीको मनमा रहेका प्रतिकूल तथा नकारात्मक भावनाहरू परिवर्तन गर्न आवश्यक पर्छ । कग्निटिभ बिहाभियर थेरापीमा विभिन्न कग्निटिभ टेक्निकहरूको सहायताबाट रोगीको संज्ञानात्मक पुनर्संरचना गर्ने कार्य गरिन्छ, जसलेगर्दा रोगीको मनमा गडेर बसेका गलत चिन्तन तथा विश्वास हटेर शुभचिन्तन तथा विश्वास विकसित भइ व्यवहार समायोजित हुन पुग्दछ । 

मानव मस्तिष्कमा एक असाधारण र अद्भुत लचकताको गुण हुन्छ, त्यो गुणलाई स्नायुविज्ञानको भाषामा न्यूरोप्ल्यास्टिसिटि भनिन्छ । मस्तिष्कको यही गुणका कारण नै मानिसको जीवनभरि नै मस्तिष्क पुनर्संरचना सम्भव हुन्छ । मस्तिष्कको यस्तो  पुनर्संरचनामा मनको सबै भन्दा ठूलो हात हुन्छ । अर्को शब्दमा भन्ने हो भने मन नै मस्तिष्क पुनर्संरचनाको मुख्य औजार हो । मनले मस्तिष्क पुनर्संरचना गर्न सक्ने कुरा एकदम सत्य हो । जस्तो कि सिद्धार्थ गौतम जन्मिदै बुद्ध भएका होइनन्, ध्यानद्वारा मस्तिष्क पुनर्संरचना गरेर महात्माबुद्ध भएका हुन् । ध्यान मन प्रशिक्षणको एक सर्वोत्तम मनोवैज्ञानिक विधि हो ।

कथा, कविता, संगीत, नाटक तथा फिल्म आदिमा पनि मानिसको मनमस्तिष्क पुनर्संरचना गर्ने शक्ति हुन्छ । त्यो किनभने काब्यमा रस हुन्छ, त्यो रसले गर्दा नै मानिसले गहिरो आनन्द, खुसी, करुणा तथा हास्य आदिको अनुभव गर्छ र सोही मुताबिक मानिसको मन परिवर्तन हुन्छ । काब्यको यही विशेषता कारण नै बिब्लियो थेरापी, म्युजिक थेरापि तथा मुवि थेपारी आदिको विकास भएको हो ।

नवरस र भावनाः
रसको मुख्य आश्रय भाव हो । भाव भन्नाले मनका विभिन्न स्थिति र तरंग बुझिन्छ । रस सामान्यता नौ थरी मानिएका छन्, श्रृगांर (संयोग र वियोग), हास्य, करुण, वीर, रौद्र, भयानक, वीभत्स, अद्भुत र शान्त । (कृष्णप्रसाद पराजुली) । यीनै रसहरु नै हरेक काब्यहरुमा पाइन्छन् । क्रोध, भय(डर), खुसी, प्रेम आदि हाम्रो जीवनका प्रमुख भावना वा संवेगहरु(इमोसन) हुन् । प्रेम धनात्मक संवेग हो । आनन्द तथा उल्लास पनि धनात्मक संवेगहरु हुन् । यसै गरी उदासी, खिन्नता, डर, दुश्चिंता, क्रोध, डाह तथा इष्र्या आदि नकारात्मक संवेगहरु हुन् । त्यसो त मानिसका लागि डर तथा चिन्ता एकहदसम्म आवश्यक पनि छन् । सम्यक डर र चिन्ताले मानिसलाई अग्रसर र उत्प्रेरित पनि गर्छ । तर बढी डर र चिन्ताले मानिसलाई मनोरोगी बनाउन पनि सक्दछ । 

भविष्य द्रष्टा कवि

जहाँ पुग्दैन रवि, त्यहाँ पुग्दछ कवि । यो भनाइ जति सटीक छ, त्यत्ति नै मनोवैज्ञानिक पनि छ । हो, कवि भविष्यद्रष्टा हुन् । कविले एक पंक्तीमा नै भविष्यको तस्विर खिच्छन् । भूपि शेरेचनको घुम्ने मेचमाथि अन्धो मान्छे एक सानो दृष्टान्त हो । वास्तवमा भन्ने हो भने हरेक सानाठूला कविसाहित्यकारहरु मानिसको ब्रेनबिहाभियर अध्ययन गर्ने मनोवैज्ञानिक नै हुन् । समाज र संस्कृतिलाई गहिरोसँग बुझ्ने समाज शास्त्री तथा मानव शास्त्री नै हुन् ।  प्रोफेटका कवि खलिल जिब्रानले लेखेका छन्, आमाबा धनुष् हुन्, छोराछोरी बाँण हुन् । जति धनुष् निहुरिन्छ, त्यत्ति नै बाँण टाढा पुग्दछ । उनले दुई वाक्यहरुमा नै सम्पूर्ण पारिवारिक मनोविज्ञानलाई दर्साएका छन् । वैदिक युगका ऋषिमुनि(वैज्ञानिक) पनि कवि नै हुन् । उनीहरुले हजारौं वर्ष पहिला वैदिक साहित्य मार्फत् जे—जे भनेका थिए, अहिले आएर ती—ती कुराहरु सत्य सावित भएका छन् । 



पुछारमाः
कवि मस्तिष्कका धनि हुन्, सृजनात्मक चिन्तनशीलता र कल्पनाशीलताका खानी हुन् । यहाँ उल्लेखनीय कुरा के भने चिन्तन तथा कल्पना दुवै उच्चतम मानसिक प्रक्रियाहरु हुन् । सृजनात्मक चिन्तन यस्तो प्रक्रिया हो, जो लक्ष्य–निर्देशित हुन्छ । अर्थात् सृजनतात्मकतामा व्यक्तिलाई आफ्नो लक्ष्य निश्चित थाहा हुन्छ र उसको हरेक व्यबहार त्यही लक्ष्यसँग सम्बन्धित हुन्छ । त्यसैले सेक्सपियर मात्र होइन । हरेक कवि कल्पनाको सुन्दर संसारमा हुन्छन् । र, सेक्सपियरद्धारा लिखित द टेम्पेस्टकी नायिका मिरन्डालेझैं सुन्दर र संभावनाको संसार देख्ने गर्छन् । (लेखक मनोविद् हुन् ।) 

 


Wednesday, April 15, 2020

ब्रेन बाइट्स

न्युरोमार्केटिङ
ब्रेन, ब्राण्ड र बजार 
 
ओम बानियाँ 


धुनिक युग भनेको बजार को युग हो । यो युगमा बजारले नै प्रायः हरेक कुराहरु निर्धारण गर्ने गर्छ । उत्पादक कम्पनीहरूले आफ्नो उत्पादनहरु मात्र होइन कि राजनीतिक दलहरूले आफ्नो राजनीति समेत बजार(मतदाता)मा बिक्री गर्नु पर्ने हुन्छ । यसैका लागि राजनीतिक पार्टीहरूले लक्षित वर्गलाई ध्यान दिएर नीति तथा कार्यक्रम र घोषणा पत्र बनाउने गर्छन् । 



 हिजो आज त राजनीतिक पार्टीहरू दुई कदम अगाडि बढेर कुनै उत्पादक कम्पनीलेझैं श्रव्यदृश्य विज्ञापनलाई समेत उपयोगमा ल्याएको देखिन्छ । तर कुनै उत्पादन किन्ने–नकिन्ने, कुनै सेवा लिने–नलिने, कुनै चलचित्र हेर्ने–नहेर्ने तथा कुनै राजनीतिक पार्टीलाई मतदान गर्ने–नगर्ने भन्ने निर्णयको अधिकार उपभोक्तासँग निहित हुन्छ । वास्तवमा उपभोक्ता नै कुनै पनि बजारका अन्तिम ‘डिसिजन मेकर’ हुन् । त्यसैले उपभोक्ताले किन र कसरी कुनै वस्तु वा सेवा खरीद गर्ने वा नगर्ने निर्णय गर्छन् र उपभोक्ताको मस्तिष्कको कुन अंग वा अंगहरू यसप्रक्रियामा संलग्न हुन्छन् भन्ने कुरा वर्षौदेखि अनुसंधानको विषय बन्दै आएको छ । तर यो स्नायुविज्ञानको एक जटिल विषय हो । 

स्नायुविज्ञानमा नयाँ आयामः
दुई दशक यता स्नायुविज्ञानले क्रान्तिकारी विकास गरेको छ ।  स्नायुविज्ञानका प्रविधिहरूका कारण वैज्ञानिकहरु हिजोसम्म रहस्यमय रहेका स्नायुकोष, स्नायुरसायन तथा मस्तिष्क तरंगका गतिबिधिहरूका बारेमा धेरै तथ्यहरू उजागार गर्न सफल भएका छन् । स्नायुविज्ञानको क्षेत्रमा भएको यो प्रगति निश्चितरूपमा बजारकालागि समेत कोशेढुंगा सावित भएको छ । यसको परिणाम स्वरुप स्नायुविज्ञानमा नयाँ आयाम थपिएको छ र न्युरोमार्केटिंगको रुपमा एक नयाँ उपशाखाको उदय भएको छ । त्यसैले अहिले मार्केटिंगको ठाउँ न्युरोमार्केटिंगले लिएको छ । र, यसैका आधारमा नै हिजोआज विकसित देशका टाइकुन कम्पनीहरूले उत्पादन प्रक्रिया तथा बजार रणनीति बनाउने गरेको पाइन्छ । 

‘न्युरोमार्केटिड्ड’ के हो ?
साधारण अर्थमा उत्पादनको विज्ञापन तथा उत्पादनसँग सम्बन्धित सूचनाहरूमाथि मानिस(उपभोक्ता)ले कसरी प्रतिक्रिया जनाउँछन् र खरीदको निर्णय गर्छन् भन्ने कुराको मस्तिष्क तरंग आदिको क्रियाकलापद्वारा गरिने अध्ययन नै ‘न्युरोमार्केटिड्ड’ हो । अर्को शब्दमा भन्ने हो भने स्नायुविज्ञानमा आधारित मार्केटिड्ड नै न्युरो–मार्केटिड्ड हो । ‘न्युरोमार्केटिड्ड’ मस्तिष्कका तीन पत्र(लेयर)को क्रियाकलापहरूमा आधारित छ । त्यसैले न्युरोमार्केटिड्ड के हो र यसले कसरी कार्य गर्छ भन्ने कुरा जान्न मस्तिष्कका यी तीन पत्रहरूका बारेमा जानकारी राख्न आवश्यक हुन्छ ।

ब्रेनको तीन तहः
मानव मस्तिष्क विभिन्न अंगहरू मिलेर बनेका हुन्छ । जस्तैः सेरेब्रम, मेडुला, पोन्स, सेरेबेलम आदि । तर सबै किसिमका जनावरहरू जस्तै कुकुर, बिरालो, बाघ तथा छेपारोमा समेत मस्तिष्क हुन्छ । तर मानिस के कारणले गर्दा जनावर भन्दा अलग हुन्छ ? मस्तिष्कमा विद्यमान कुन अंग वा अंगहरूका कारण ऊ जनावर भन्दा बढी चेतनशील र बुद्धिमान् हुन्छ ? यी निकै महत्वपुर्ण प्रश्नहरू हुन् । यी प्रश्नहरूको उचित जवाफ प्राप्त गर्नकालागि मस्तिष्कका तीन तहहरूका बारेमा जान्न आवश्यक हुन्छ । मस्तिष्कको सबै भन्दा माथिल्लो पत्र, जसलाई नयाँ मस्तिष्क(नियोकोर्टेक्स) भनिन्छ । त्यसपछिको पत्रलाई बिचको पत्र, मद्य मस्तिष्क (लिम्बिक सिस्टम) भनिन्छ भने सबै भन्दा भित्री पत्रलाई पुरानो मस्तिष्क (ब्रेन स्टेम) भनिन्छ । 

नयाँ मस्तिष्क (नियोकोर्टेक्स):
सेरेब्रम कोर्टेक्स नै ‘नया“ मस्तिष्क’ हो । यसले मानिसको पुरा मस्तिष्कको ९० प्रतिशत भाग ओगटेको हुन्छ । यही नयाँ मस्तिष्कले नै मानिसलाई जनावार भन्दा बढी चेतनशील र बुद्धिमान् बनाएको हुन्छ । त्यसैले यसलाई ‘मानिसको मस्तिष्क’ भनिन्छ । नयाँ मस्तिष्कलाई उन्नत मस्तिष्क (प्राइमेटिज ब्रेन) पनि भनिन्छ । मानिस तथा बाँदर आदि जस्ता उन्नत र बुद्धिमान् स्तनपायीहरूमा यो मस्तिष्क पाइन्छ । नियोकोर्टेक्सका कारण नै भाषा, धर्म–संस्कृति, निमयकानुन तथा सभ्यता विकास भएको हो । 

सेरेब्रम कोर्टेक्स दायाँ तथा बायाँ गरी दुई भागहरूमा विभाजित हुनुको साथै यसमा विभिन्न लोबहरू हुन्छन् । यी लोबहरूले आ–आफ्नै कार्यहरू गर्छन् । तर सेरेब्रम कोर्टेक्सको प्रमुख कार्य भनेको सोच्ने र तर्क गर्ने नै हो । यो नयाँ मस्तिष्क सय प्रतिशत तार्किक हुन्छ । यसले प्राप्त सुचनालाई शुक्ष्म अध्ययन गरेर मात्र ब्रेन स्टेममा पठाउँछ । यो मानिसको ‘मेमोरी बैंक’ हो । यसैमा नै सूचनाहरू संग्रह भएका हुन्छन् । त्यही संग्रहित सूचना (संस्कार)का आधारमा नै यसले सत्यताको जाँच गर्छ । जस्तो कि कुनै मानिसलाई गधा देखाएर यो गाई हो भन्ने हो भने उसको नियोकोर्टेक्सले गधा र गाईको तस्विर ब्रेन स्टेममा पठाउँछ । ब्रेन स्टेमले निर्णय गर्छ र भन्छ, होइन, यो गधा हो ।

मध्य मस्तिष्क(लिम्बिक सिस्टम):
लिम्बिक प्रणाली नै मद्य मस्तिष्क हो । यो भावना(इमोसन)को क्षेत्र हो । भोक, तिर्खा तथा सेक्स र आनन्द, क्रोध, घृणा तथा प्रेम जस्ता भावनाहरू यसै क्षेत्रमा पैदा हुन्छन् । मद्य मस्तिष्कलाई स्तनपायी मस्तिष्क (म्यामलियन ब्रेन) भनिन्छ । दुध खुवाउने वर्गका पशुपक्षीहरू जस्तै मानिस, गाई–भैंसी, बाघ तथा चमेरो आदिमा यो मस्तिष्क पाइन्छ । लिम्बिक प्रणालीले विषय तथा सुचनाहरूलाई दीर्घकालीन मेमोरीमा भण्डार गर्न पठाउने कार्य गर्छ । लिम्बिक प्रणाली, जसलाई भावनात्मक मस्तिष्क पनि भनिन्छ, यसको प्रमुख कार्य भनेको सुचनाहरू मूल्यवान् छन् कि छैनन् भन्ने निर्णय गर्ने पनि हो । त्यसैले लिम्बिक प्रणालीको सम्र्पकमा आएका सुचनाहरूलाई नियोकर्टेक्समा दीर्घकालीन मेमोरीका रूपमा भण्डारण गर्न उपयुक्त छ कि छैन भन्ने कुरा निर्धारण गर्न लिम्बिक प्रणालीले नियोकर्टेक्ससँग निरन्तर संवाद स्थापित गर्दछ । यस कार्यमा हिप्पोक्याम्पस तथा एमिग्डेलाको महत्वपुर्ण भूमिका रहन्छ । हिप्पोक्याम्पसले अभावनात्मक सुचानाहरू तथा एमिग्डेलाले भावनात्मक सुचनाहरूका बारेमा निर्णय गर्दछन् । नियोकर्टेक्सको विकाससँगै मानिसमा सेरेब्रल लिम्बिक प्रणालीको आकार सानो भएको छ र अहिले यो मानिसमा जनावारहरू जस्तै कुकुर–बिरालोको भन्दा कम विकसित अवस्थामा रहेको छ । 

पुरानो मस्तिष्क(ब्रेन स्टेम):
पुरानो मस्तिष्क जीवनको आधार हो । यो मानव मस्तिष्कको सबै भन्दा पुरानो पत्र हो । मस्तिष्क विकासक्रमलाई हेर्ने हो भने यो नै पहिलो मस्तिष्क हो । यसलाई सरीसृप मस्तिष्क (रेप्टाइलिन ब्रेन) पनि भनिन्छ । त्यो किनभने यो मस्तिष्क सरीसृप जस्तै छेपारो, सर्प तथा कछुवा आदिमा पनि पाइन्छ । तर मानिसको जीवनमा यसको ठुलो महत्व छ । त्यो किनभने यही ब्रेन स्टेमद्वारा नै सम्पुर्ण आधारभुत शारीरिक क्रियाकलापहरू नियन्त्रित हुन्छन् । कुनै कुरा गर्ने–नगर्ने, खाने–नखाने वा किन्ने–नकिन्ने आदि जस्ता निर्णय सम्बन्धित विषयहरूको अन्तिम फैसला नयाँ मस्तिष्क र मद्य मस्तिष्कले पठाएको सुचनाका आधारमा यही मस्तिष्कले गर्छ । यसको अनुमति बिना रौं पनि हल्लिदैन । वास्तवमा पÒरानो मस्तिष्क नै न्युरोमार्केटिड्डको ‘बटन’ हो । त्यसैले यसैमा न्युरोमार्केटिड्डको ध्यान केन्द्रित छ । 

‘सेल्स बटन’ के हो ?
न्युरोमार्केटिड्डको भाषामा ब्रेन स्टेम ‘सेल्स बटन’ हो । यसले नै कुन उत्पादन किन्ने वा नकिन्ने, कुन फिल्म हेर्ने वा नहेर्ने तथा कुन दललाई समर्थन गर्ने वा नगर्ने आदि निर्णय गर्छ । यसैका क्रियाकलापका आधारमा नै उत्पादकहरूले विज्ञापन तयार गर्छन् ।     



‘बेबकूफ’ नियोकर्टेक्स:
न्युरोमार्केटिड्डको उदयले उत्पादक तथा विज्ञापनकर्तालाई आफ्नो बजार प्रबद्र्धनमा ठुलो फाइदा भएको छ । त्यसैले नयाँ रुपरड्डका करोडौं रुपैयाँका विज्ञापनद्वारा नियोकर्टेक्सलाई सम्मोहित पारेर आफ्नो विक्री प्रवद्र्धन गर्ने होडबाजी चलेको छ । विज्ञापनद्वारा नियोकोर्टेक्स बेबकुफ पनि बनिरहेको छ । सयप्रतिशत तार्कीक नियोकर्टेक्स पनि कसरी बेबकुफ बन्न सक्दछ भन्ने जान्नका लागि एउटा दृष्टान्त हेरौं । 

उदाहरणका लागि कुनै मानिसलाई आँखा बन्द गर्न लगाउने र उसको घाँटीमा प्लाष्टिकको सर्प राखिदिने र सुझाव दिने, मैले तिम्रो घाँटीमा सर्प राखिदिएको छु । यस्तो बेलामा नियोकर्टेक्स तर्कहीन हुन्छ र प्लाष्टिकको सर्पलाई समेत साँच्चैको सर्प ठान्दछ । अनि त्यो सुचना ब्रेन स्टेमकहाँ पठाउँछ । तब ब्रेन स्टेमले तुरुन्त हातलाई सक्रिय बनाउँछ र मानिसले हतपत त्यो प्लाष्टिकको सर्प थुतेर फाल्छ । 

यसरी नै विज्ञापनले कार्य गर्छ । जस्तो कि कुनै अर्धनग्न सेक्सी केटी वा नायिका पर्दामा आउँछे र फलानो ‘तेल’ ले मुटुको रक्षा गर्छ, शरीरलाई स्वस्थ बनाउँछ भन्छे । यसले नियोकोर्टेक्स सम्मोहित हुन पुग्छ र त्यो सुचना लिम्बिक प्रणाली मार्फत् ब्रेन स्टेममा पठाउँछ । अनि मानिसले त्यही तेल किन्ने फैसला गर्छ । ब्रेन स्टेम भिज्युअल ब्रेन भएको हुनाले यो आर्कषक दृश्य र भावनाहरूबाट बढी प्रभावित हुने गर्छ । त्यसैले त आर्कषक खोलका किताबहरू बढी बिक्री हुनुको प्रमुख कारण पनि यही नै हो । 

पुछारमाः
हिजोआज विश्वबजारमा जसरी न्युरोमार्केटिड्डको चर्चा भैरहेको छ । त्यसरी नै यसको आलोचना र विरोध पनि भैरहेको छ । गैरी रास्किन जस्ता मानिसहरू न्युरोमार्केटिड्डका जबरजस्त विरोधीहरू हुन् । उनीहरूको तर्क छ कि न्युरोमार्केटिड्डको उदयले उपभोक्ताहरु झन् शोषण परेका छन् । यसले उपभोक्तालाई बेबकुफ बनाएर चर्को मूल्यमा कमसल उत्पादन भिराउने कार्य गरिरहेको छ । अर्कोतिर न्युरोमार्केटिड्डका विशेषज्ञको दावी छ कि न्युरोमार्केटिड्डको विकास उपभोक्ताको शोषण गर्न नभइ बरु उपभोक्ताले किन र कसरी उत्पादन, ब्राण्ड तथा कम्पनीसँग सम्बन्ध स्थापित गर्छन् भन्ने कुराको अध्ययनका लागि हो र यसले उपभोक्तालाई समेत फाइदा गर्छ । (लेखक साइकोथेरापिष्ट तथा मेमोरी ल्याब प्रमुख हुन् ।)








Monday, April 13, 2020

Health First 


Relaxation Prescription for Stress Relief
Om Baniya

The term stress may be defined as a state of psychological and or physiological imbalance resulting from the disparity between situational demand and the individual's ability and or motivation to meet those demands.  From a medical standpoint, stress is a disturbance in the body’s homeostasis. From an ayurvedic standpoint, stress is an obstruction in the flow of natural intelligence. Technically whenever we perceive any physical or psychological threat or challenge, we are under the grip of stress.


 
Classification of Stress:
Generally, there are two types stress: eustress and distress. Eustress is healthy stress, where the stress is taken up as a challenge to perform better in life and is productive. It is also called positive or good stress. Distress is negative stress, where one is not able to cope with stress and tries to escape from it. It is counterproductive. It is also called negative or bad stress.

Symptoms of distress: 
Following is a brief list of distress symptoms. Emotional distress symptoms: moodiness, anger, irritability and frustration, anxiety and panic fear, feeling overwhelmed, agitation, inability to relax and irritability or short temper. Physical distress symptoms: headache, back pain, neck pain, loss of sex drive, frequent colds. Intestinal or gut distress symptoms: heartburn, flatulence, diarrhea or constipation, stomach cramping, acid reflux, nausea. Arousal distress symptoms: sudden rise in blood pressure, rapid heartbeat and palpitations, dizziness, shortness of breath, chest pain. Cognitive symptoms: memory problems, inability to concentrate, poor judgment, seeing only the negative, anxious or racing thoughts. Behavioral Symptoms: worrying, eating more or less, sleeping too much or too little, isolating yourself from others, procrastinating or neglecting responsibilities, using alcohol, cigarettes, or drugs to relax and nervous habits (e.g. nail biting, pacing).
 
Distress and diseases: 
Most of the diseases which we come across, have its link with distress, it is said that 80% of diseases are due to distress. They are either originated or aggravated by distress and are called psychosomatic diseases. The most common diseases associated with distress are: asthma, heart attack, angina, high blood pressure, digestive disorders, stomach ulcers, hyperacidity, irritable bowel syndrome, ulcerative colitis, sleeplessness, headaches, migraine, arthritis, diabetes, impotence, addictions, memory problems, anxiety, depression and various psychological disorders.
 
Memory’s worst enemy: 
Distress is one of the most common causes of memory problems among healthy people. When you are under the grip of distress, your memory does not work properly. Distress affects both, short-term and long-term memory. Memory expert Arthur Bornsrien has called distress the number one enemy of a good memory.



Treatment of Distress: 
There are various types of prescription medication for stress; these include drugs like benzodiazepines, anti-depressants, as well as beta blockers. But these medicines, when given, merely sweep the dust under the carpet. So such medicines are not right option. Relaxation technique is one of the best treatment options to combat the menace of distress. 

Relaxation is the act of relaxing the mind and body, and can also be defined as the state of being relaxed. It is the state of being free from tension and anxiety. Learning how to relax deeply, and allowing accumulated stress and tension to dissolve not only feels great but it’s also an essential part of keeping healthy. Regular relaxation can help you manage stress, reduce levels of pain and discomfort, increase wound healing, and even help you access greater creativity. 

Relaxation, through the use of visualization, breathing or meditation stimulates the relaxation response, an in-built program in which the parasympathetic nervous system is activated. This balances the state of arousal generated by the sympathetic nervous system in response to prolong stress.



Relaxation Prescription: 
Lie flat on the back. Place the hands a little away from the thighs with the palms up. Stretch the legs out. Keep the heels together and the toes apart. Now close the eyes and breathe very slowly. Begin by consciously and gradually relaxing each part and each muscle of the body; feet, calves, knees, thighs, abdomen and hips. Then relax the muscles of the back, chest, arms, fingers, neck, head and face in that order. After relaxing all the muscles and muscles groups, then place one hand on your abdomen right beneath your rib cage. 

Inhale slowly and deeply through your nose into the bottom of your lungs—in other words, send the air as low down as you can. If you are breathing from your abdomen, your hand should actually rise. Your chest should move only slightly while your abdomen expands. Hold the breath for a moment and then exhale slowly through your mouth or nose, depending on your preference. The hand on your stomach should move in as you exhale. Be sure to exhale fully. As you exhale allow your whole body to just let go (you might visualize more relaxed). Continue to breathe in through your nose and out through your mouth or nose for ten cycles. Try to keep your breathing smooth and regular, without gulping in a big breath or letting your breath out all at once. Count from ten down to one counting backwards one number with each exhalation. The process should go like this:


Slow inhale………..pause…………Slow exhale (ten)

Slow inhale………..pause…………Slow exhale (nine)

Slow inhale………..pause…………Slow exhale (eight)

And so on down to one. Go deeper. Feel the deeper relaxation. Then you visualize the romantic and beautiful days of the past, feel good and enjoy this moment. Now gently rub your palms and rub them gently over your eyes, slowly open your eyes and come back to your outer world as a recharged battery. Do this exercise 3 times a day, in morning, after returning from work and at the time of sleeping.

This type of relaxation technique is also effective with symptoms of all types of anxiety, insomnia, depression, high blood pressure and all other diseases associated with distress. -(Dr. Baniya is a Psychotherapist and CogMed Coach)