ब्रेन बाइट्स
अ गैम अन लभ
कार्यक्रमको अन्तमा प्रमुख अथिति फुच्चे कोर्टेक्स मंचमा गयो । र, सहभागिहरुलाई हेर्दै भन्यो, 'धेरै हाँसियो, हाँस्दा हाँस्दा मेरो पेट नै दुःख्यो । शान्ति, बुद्धिबल, मस्तराम सबैले खुब हँसाए । ल अब एक गैम खेलौं। अनि मूल विषयमा केन्द्रित हौलाँ ।'
----------------
सुबै खुसी भए ।
कुबेरले भने, 'कस्तो गैम ?'
कोर्टेक्सले भन्यो,' 'अ गैम अन लाभ' ! गैम खेल्न इच्छुक महिला मंचमा आउनुहोस् ।'
------------------------
सम्झना मंचमा गईन् ।
कोर्टेक्सले भन्यो, 'सम्झना, पक्का गैम खेल्ने हो ? गैम निकै कठीन छ, बिचमै छोडेर भाग्न पाइँदैन नि फेरि !'
सम्झनाः 'ओक । डन ।'
कोर्टेक्सः 'अब तँपाईले बोर्डमा तँपाईलाई मन पर्ने २५ जना मानिसहरुको नाम लेख्नुहोस् ।'
--------------------------
सम्झनाले फटाफट परिवारका सदस्यहरुको नाम लेखिन् ।
अनि साथी तथा छिमेकीहरुको नाम लेखिन् ।
त्यसपछि सहकर्मीहरुको नाम लेखिन् ।
--------------------------
अनि कोर्टेक्सले भन्यो, 'ल अब कम मन पर्ने ५ नामहरु मेटाउनुहोस् ।'
सम्झनाले तुरुन्तै सहकर्मीहरुको नाम मेटाइदिइन् ।
कोर्टेक्सले फेरि भन्यो, 'अरु ५ नामहरु मेटाउनुहोस् ।'
सम्झनाले केही बेर सोचिन् र छिमेकीहरुको नाम मेटाइदिइन् ।
--------------------------
अनि कोर्टेक्सले भन्यो, 'अब फेरि १० नामहरु मेटाइदिनुहोस् ।'
सम्झनाले साथीसंगी लगायतका नामहरु मेटाइदिइन् ।
--------------------------
अब बोर्डमा सिर्फ ५ नामहरु थिए ।
बाबा, आमा, पति र छोराछोरी ।
कोर्टेक्सले भन्यो, 'सम्झना, गैम कठिन मोडमा आएको छ, गैम छोड्न पाइँदैन नि अब !'
सम्झनाः 'भाग्दिनँ ।'
कोर्टेक्सः 'क्याबात ! ल अब अरु २ नामहरु मेटाइदिनुहोस् ।'
--------------------------
सम्झना असमंजसमा परिन् । के गर्ने के नगर्ने ? सम्झनाको अनुहार रातो भयो, निधारबाट तपतप पसिना झर्यो ।
निकै बेर सोचेपछि दुःखीत हातले बाबाआमाको नाम मेटाइदिइन् ।
सबै सहभागीहरु स्तब्ध र शान्त ।
किनकी यो गैम कोर्टेक्स र सम्झना मात्र खेलिरहेका थिइनन्, हेर्नेहरु सबै खेलिरहेका थिए ।
--------------------------
अब बोर्डमा ३ नामहरु बाँकी थिए ।
पति, छोरा र छोरी ।
कोर्टेक्सले भने, 'सम्झना, अब अरु २ नामहरु मेटाइदिनुहोस् ।'
कोर्टेक्सको कुरा सुनेर सम्झनाका आँखा गोला भए । एकातिर सातफेरा लिएका पति थिए, अर्कोतिर कलिला मासुम छोराछोरी !
निकै बेर सोचेपछि हात कँपाउँदै सम्झनाले छोराछोरीको नाम काटिदिइन् ।
अब बोर्डमा सिर्फ पतिको नाम थियो ।
--------------------------
कोर्टेक्सले भन्यो, 'ल अब तपाई आफ्नो ठाउँमा गएर बस्नुहोस् । अनि दर्शकतिर हेर्दै कोर्टेक्स बोल्यो, अब कसैले भन्न सक्दछ यस्तो कसरी भयो ? बोर्डमा पतिको नाम मात्र किन रह्यो ?
सबै चुप ।
सबैले अनुहार लटकाएका थिए ।
--------------------------
कोर्टेक्सले फेरि सम्झनालाई उठ्न भन्यो र सोध्यो, 'सम्झना, तँपाईले किन यस्तो गर्नु भयो ? तँपाईले तँपाईलाई जन्माइ पालनपोषण तथा शिक्षादीक्षा दिएर हुर्काएका आफ्नै बाबाआमाको नाम नै मेटाइदिनु भयो ? अनि आफैले जन्माएका कलिलाका छोराछोरीको नाम मेटाइदिन भयो ?'
सम्झनाले नम्र भएर भनिन्, 'मेरा बाबाआमालाई म धेरै माया गर्दछु, हो, उहाँहरु भएर नै मैले यस संसार देख्न पाएकी हुँ । उहाँहरुकै योगदानकै कारण म यस अवस्थमा आइपुगेकी हुँ । तर उहाँहरु बृद्ध भइसक्नुभएको छ, अब केही समयपछि मलाई र यस संसार छोडेर जानहुन्छ ! मेरा छोराछोरी पनि ठुला हुन्छन्, उनीहरुको विवाह हुन्छ, उनका आआफ्नै परिवार हुन्छन् । तर, मेरो पति भनेको मेरो जीवन साथी हुन् । अन्तिम साससम्म मेरो साथ निभाउने जीवनसाथी । त्यसै मेरो लागि सबै भन्दा प्यारा मेरो पति हुन् !'
मंच तालीको गडगडाहटले गुन्जियो ।
--------------------------
कोर्टेक्सले भन्यो, 'तपाईले ठीक भन्नुभयो सम्झना ! पति, पत्नी तथा विवाहको मजाक मस्ती र पतिपत्नी बिचको झगडा आफ्नो ठाउँमा छ । तर, हरेक मानिसको लागि आफ्नो जीवनसाथी नै सबै भन्दा प्यारो हुन्छ । जय होस् यहाँ उपस्थिति र संसारका सबै पतिपत्नीहरुको !'




























