Saturday, April 11, 2020

Brain Bites
 Believe it or not
You can be a memory champion
Om Baniya

Have you ever seen or heard about people who can effortlessly remember huge list of words or numbers? Have you read elsewhere the stories of memory champions like Tony Buzan, Hary Lorayne, Dominic O’Brien, Rajan Mahadevan and Christiane Stenger and even ancient poet Simonides and and the great Russian mnemonist, Solomon Veniaminovich Shereshevsky, better known as Russian S,  who have phenomenal memory? And, would you want to be a memory champion like them? Believe it or not, you can be a memory champion, too!!!. But the first thing you need to do is to come up with a memory system, called mnemonics that helps you remember any things.




Perhaps S was the most famous mnemonist (Mnemonist is a person who demonstrates extraordinarily keen memory ability, usually based on using special techniques for memory enhancement.) of the 20th century. In the book, The Mind of a Mnemonist, Russian Neuropsychologist Dr. A.R. Luria states that one day S appeared in his Lab and asked to have his memory tested. Dr. Luria tested him. He discovered that the man’s memory appeared to have virtually no limits. S could retrieve extremely long strings of words, regardless of how much time had passed since the words had been presented to him. Dr. Luria studied him for 30 years. He found that even when S’s retention was measured 15 or 16 years after a session in which S had learned words, S still could retrieve the words. S eventually became a professional entertainer. He dazzled audiences with his ability to recall whatever was asked of him.  

What was S’s trick? How did he remember so much? Apparently, he relied heavily on the mnemonic of visual imagery. He simply converted material that he needed to remember into visual images. For example, he reported that when asked to remember the world red, he would visualize a red apple. Number called up images. For example; 1 was a pen. The number 2 was a Duck. The number 5 was a hook, and so on. 


This is an example of mnemonics. The term  ‘mnemonics’, which refers to the art of improving memory, derives from the name Mnemosyne, the Greek goddess of memory, mnemonics are the strategies for placing information into an organized context in order to remember it. A mnemonic is merely a coding system, a filing cabinet for the brain. Ancient Greeks developed Mnemonics. In ancient world, a trained memory was an immense asset, particularly in public life. There were no convenient devices for taking notes, and early Greek orator delivered long speeches with great accuracy because they learned the speeches using Mnemonics systems.
 
Generally mnemonics can be divided into the two groups, verbal mnemonics and visual mnemonics.
Verbal Mnemonics: Verbal mnemonics helps you remember information by encoding it using words. Some popular types of verbal mnemonics are mentioned below.

Acrostic Method: Acrostics are phrases (or poems) in which the first letter of each word (or line) functions as a cue to help you recall information to be remembered. For example, Run Off You Great Big Invisible Vampire. For remembering the colours of Red, Orange, Yellow, Green, Blue, Indigo, Violet.

Acronym Method: Acronym is a method in which the first letter is used from a group of words to form a new word. For example, NPA, Nepalese Psychological Association, CD-ROM, Compact Disk-Read Only Memory.

Story Method: Another useful way to remember a list of words is to create a story that includes the words in the appropriate order.

Rhymes Method: Another verbal mnemonic that people often rely on is a rhyming­­—you’re probably repeated, ‘Twinkle, Twinkle, Little Star’ thousands of times. Perhaps you also remember the number of days in each month with the old standby, thirty days hath September…Rhyming something to remember it is an old and useful trick.

Visual mnemonics:
            Visual mnemonics is based on visual imagery. It is more powerful than verbal mnemonics. Some popular forms of visual mnemonics are described below shortly.

The liked Method:

The Linked or Chained Method is one of the simplest forms of verbal mnemonics yet it is very flexible and effective. The terms are used interchangeably and refer to the same system. This method works especially well with an ordered sequence of arbitrary items as unrelated words. For example, you have to remember four items: Frog, chair and Cigarette. Imagine the gigantic frog sitting on a chair, or a large frog being used a chair. Chair smoking a huge cigarette. Once you have memorized the items in this way, you can easily recall them in order by simply taking your mental walk again. The method clearly works and is a favourite among people who perform memory feats professionally.


 
The key word Method: 
The key word Method is also useful for learning words in other language. Suppose that you had to learn that Spanish word ‘Pato’ means duck. The key word method has two steps. The first is to find a part of the other word that sound like an English word. Since pato is pronounced, roughly, pot could serve as the key word. The next step is to form an image that connects the key word and the English equivalent—for example, a giant duck. In a test on translating from English to Spanish, this would be reversed—duck would remind you pot, which would remind you pato.

 
The peg Method: 
The Peg Method or Hook Method is one of the most useful visual mnemonics. Like all mnemonics devices the Peg System uses visual imagery to provide a hook or peg from which to hang or associate memories. There are different forms of Peg Systems. Some of them are: The number Shape system, The Number Rhyme System, The Roman Room System, Vedic Peg System and The Alphabet System. The Alphabet System is the most powerful and useful Peg system of mnemonics.

The techniques mentioned above take some effort and practice to use, but research suggests that the effort may be worthwhile. So, with the constant practice of mnemonics you’ll soon be able to memorize long list of words, numbers, even more complicated or abstract ones and you can be a memory champion, too!!! (Dr Baniya is a Psychotherapist and a Certified CogMed Coach)

ब्रेन बाइट्स
हाकु कालेको 'दिमाग’
ओम बानियाँ 

हाकु काले रीसले चुर थियो । दुवै हातले टाउको मिच्दै र यताउति गर्दै भनभनिएको थियोः ‘तिमीहरुले गरेर खादैनौ केटा हो ! तिमीहरुलाई मैले के ल्याउन भनेको थिएँ । यो के-के ल्याएर आयौ ? बंगुरको मासु, यो गनाउने झोल, अनि यो चुरोट र खैनी । चुरोट-खैनी स्वास्थ्यका लागि हानीकारक छ भन्ने यत्ति कुरा पनि थाहा छैन तिमीहरुलाई ? कस्ता गजडी केटाहरु फेला परेछन् भन्या ।’ 


‘हामीहरु कहाँ गएका थियौ र ? यो गोफ्लेले मैले ल्याएर आउँछु भनेर एक्लै गएको थियो ।’ पाण्डेले भन्यो । ‘मोटो बंगुरको मासु खाई-खाई यसको बुद्धि पनि मोटो भएको छ । दिमाग लगा पासा, दिमाग, नत्र तँ सधैभरि यस्तै गोफ्ले नै रहने छस् ? रक्सीचुरोट खाईस भने तँ खत्म हुन्छस् । जीवनमा केही गर्ने हो भने रक्सीचुरोट होइन, दिमाग बढाउने खुराक खाने गर् । बलले मात्र होइन बुद्धिले पनि काम गर्ने गर् ।’ हाकु कालेले सम्झाउदै भन्यो । 

‘भैगयो नि त म ल्याएर आउँछु ।’ बीचमा प्याच्च मने बोल्यो । ‘हुँदैन, हुँदैन । यही मोटो बुद्धिलाई नै पठाउनुपर्छ । नत्र हाम्रा बैंक लुट्ने योजना नै सब चौपट हुन्छ । बैंक लुट्न जाँदा यो भुलक्कड गोफ्लेले बैंकको क्यान्टिनमा पसेर भुटुवा खाना थाल्यो भने के हुन्छ थाहा छ तिमीहरुलाई ? सीधै जेल जानुपर्छ । मसँग काम गर्ने भए दिमागले काम गरौ केटा हो, नत्र, तिमीहरु जस्ता केटाहरु त म गल्ली गल्लीमा पाउँछु ।’

‘फेरि एक चोटि भन् त सही । अब सत्ते सत्ते बिर्सिन्नँ ।’ गोफ्ले बोल्यो । गोफ्लेको कमस सुनेपछि हाकु कालेले भन्यो, ‘ल सुन्, बाइक लिएर जाने अनि माछा, चना, पालुंगो, अमलाको मुरब्बा, बदाम, दूध, मख्खन, किताब र स्ट्राबरि लिएर आउने ।’ ‘ल ल अब त मैले सम्झें, बाइक लिएर जाने अनि माछा, गोलभेडा, सुर्ती...’ गोफ्लेले फेरि बिर्सियो । ‘हत्तेरिका फेरि बिस्र्यो यसले ?’ हाकु कालेले रिसले टाउको समायो । ‘यो यस्तै छ हाकु, लेखेर दिए भैहाल्यो नि?’ ‘यो नरेको बुद्धि हेरन बुद्धि । यसको बुद्धि पनि एक पैसाको छैन, बैंक लुट्ने बेलामा पनि यसरी नै के के गर्ने भनेर लेखेर लान्छस् ?’ ‘अनि के गर्ने त ?’ ‘ए पाण्डे ! तैले उल्लूले जस्तो के टुलुटुलु हेरिरहेको छस् ? सिका यसलाई ? तैले त पढेको छस् नि ?’ ‘सक्दिनँ मैले यसलाई सिकाउन । कसरी सिकाउने ?’ पाण्डे ठुस्सियो । ‘यो पनि मैले नै सिकाउनु पर्ने ? पढेको मानिसलाई पनि कसरी पढाउने भन्ने कुरा थाहा छैन रे ? यो के सुन्नु पर्यो मैले ? त्यही भएर त तैले कही काम नपाएको ?’ हाकु बोल्यो । ‘तँ दिमाग लगाउनेले आफै सिकाए भैहाल्यो नि ?’ पाण्डे च्याठ्ठियो ।

‘हेर गोफ्ले ! मैले एउटा टेक्निक सिकाउँछु, तब पनि सम्झिन सकिनस् भने तँ सीधै आउट भइस्, बुझिस् ? ल अब राम्रोसँग सुन् । एउटा बढेमानको माछाले मोटरबाइक चलाएको छ । आँखा बन्द गरेर यो कल्पना गर् । गरिस् ?’ हाकुले सोध्यो । ‘गरेँ ।’ गोफ्लले आँखा बन्द गरेर भन्यो । ‘अनि भन्, चना कसले बढी मन पराउँछ ?’ ‘घोडाले ।’ ‘ठीक कुरा गरिस्, अब कल्पना गर् कि बाइक चलाएको माछा घोडासँग ड्याम्म ठोकिन्छ । घोडा उछिट्टिएर पालुंगोको वारीमा पल्टिन्छ । पल्टिएको घोडाले अमलाको रुख समाएर उठ्न खोज्दछ । रुख हल्लिन्छ । रुखबाट बर्र बदामका ठूल्ठुला दानाहरु खस्छन् । बदामले लागेपछि घोडा कराउँदै उठ्छ । उसले एउटा खुट्टाले दूधको पाउच र अर्को खुट्टाले मख्खनको डिब्बा समाएको हुन्छ । अनि ऊ एउटा बढेमानको किताबमाथि बस्दछ र राताराता स्ट्राबरि खाना थाल्दछ । कल्पना गरिस् ?’ ‘गरेँ, गरेँ ।’ ‘ल अब भन त ? अब तैले केके ल्याएर आउछस् ?’ ‘बाइक लिएर जान्छु, अनि माछा, घोडा, ए होइन, चना, पालुंगो, अमलाको मुरब्बा, बदाम, दूध, मख्खन, किताब र स्ट्राबरि लिएर आउँछु ।’

‘आबुई, मलाई त डरलाग्यो, यस्तो मोटो दिमागले पनि काम गर्यो भन्या ! अब त हाम्रो काम होला जस्तो छ खत्री ।’ हाकु खुसी भयो । ‘हाकु तेरो टेक्निकले त कमाल नै गर्यो ।’ खत्रीले हाकुलाई धाप लगायो । ‘त्यही त खत्री, यसको यो मोटो बुद्धिले त काम गर्यो भने यो हाकुको छोराले त झन चमत्कार नै गर्ने छ । अब त मैले मेरो भुन्टेलाई पनि यसरी नै पढ्न सिकाउने छु र डाक्टर बनाउने छु ।’

‘यी भुत्रो बनायौ तिमीले छोरालाई डाक्टर ? बैंक लुटेर तिमीले छोरालाई डाक्टर होइन, डाँकाको छोरा भने पक्कै बनाउँने छौं । तिमीले अरुलाई दिमाग लगा पासा, दिमाग लगा भन्छौ, तर खै तिमीले दिमाग लगाएको ? फिल्म हेरेर फिल्मको नक्कल गर्न खोजेर हुन्छ ? चोर, डाँका, हत्यारा तथा ठगहरु एक न एक दिन अवश्य जेल जानुपर्छ भन्ने यत्ति कुरा पनि थाहा छैन तिमीलाई ? चाल्स सोभराज त जेलमा सढ्नु पर्यो भने तिमीहरु कुन खेतका मूला हौ र ? तीन तीन वर्ष जेलको हावा खाएर अझ तिम्रो सुद्धि पलाएको छैन ?’ काखमा भुन्टेलाई लिएर पुतली आइन् ।
‘हरे ! यो फेरि कहाँबाट आइ यहाँ ?’ हाकुले टाउको समायो । ‘मैले लिएर आएकी हुँ ।’ ‘आयशा तिमी ?’ पाण्डे चकित पर्यो । ‘हो पाण्डेजी म, तिमीमाथि मैले कति भरोसा गरेकी थिएँ । तर तिमी यस्तो रहेछौ ? छिः !’ आयशाले आँसु पुछ्दै भनिन् । ‘आयशा मेरो कुरा त सुन ।’ ‘मलाई हात नलगाऊ, म तिम्रो कुनै कुरा सुन्दिनँ ।’ ‘हो यार, भाउज्यु र आयशाले ठीक भनेका छन् । हामीले हाम्रो बल र बुद्धिलाई सही काममा लगाउनुपर्छ । लुटेर होइन मेहनतको पसिना बगाएर कमाउनुपर्छ । मेहनत गर्याैं भने खेतमा पनि लहलह सुन फल्दछ ।’ पाण्डेले पुतली र आयशाको समर्थन गर्यो ।


‘तैले पहिलो पटक सही कुरा गरिस् पाण्डे ।’ हाकु कालेले अगाडि भन्यो, ‘हामी पाँच जना मिलेर मेरो त्यो होटललाई बिस्तार गरौं । दिमाग लगाएर मेहनत गरौं । बल र बुद्धि लगाए पछि गैरकानूनी काम नगरेपनि पैसा कमाउन सकिन्छ । धेरै पैसा कमाएपछि बैंक नै खोलौलाँ नि । अनि बैंक डकैत होइन, बैंकको मालिक नै बनौउला नि कसो ?’ ‘कुरा एकदम सही हो । हात मिला ।’ नरेले हात अगाडि बढायो । पाँचै जनाले हात मिलाए ।  ‘हामीले चाहेको पनि त यही हो ।’ पुतली र आयशा, दुवै खुसी भए । पुतलीलाई खुसी देखेर हाकु कालेले पुतलीको नाक समात्दै जिस्कायो, ‘यो मेरो पुतलीको नाकमै रिस झुण्डिएको छ, खुसी पनि नाकमै झुण्डिएको छ । हेर त कसरी मुस्कुराइकी ? आबुई म त मर्छु कि क्या हो गाँठे ?’(लेखक मनोविद हुन्। )




Thursday, April 9, 2020

ब्रेन बाइट्स

ब्रेनको 'व्यायाम'
ओम बानियाँ 

हातको क्रियाकलापका दृष्टिले मानिस दुई प्रकारका हुन्छन्ः दायाँहाते र वायाँहाते । दायाँहाते मानिसले दायाँ हातले कार्य गर्दछन् भने वायाँहाते मानिसले वायाँ हातले कार्य गर्दछन् । दायाँहाते मानिसको तुलनामा वायाँहाते मानिसको संख्या ज्यादै न्यून हुने गर्दछ । तर क्रिकेटका नामी खेलाडीहरू वायाँहाते छन् । जस्तैः सचिन तेन्दुलकर, सनथ जयसूर्या आदि । भारतका प्रसिद्ध अभिनेता अमिताभ बच्चन पनि वायाँहाते हुन् । यसको फेहरिस्त निकै लामो छ ।


मानिसको हात र ब्रेनः


मानिसको मस्तिष्कसँग हातको सम्बन्ध ज्यादै अनौठो छ । त्यो किनभने वायाँहाते मानिसको दायाँ मस्तिष्क बढी सक्रिय हुने गर्दछ भने दायाँहाते मानिसको वायाँ मस्तिष्क बढी सक्रिय हुने गर्दछ । साथै बायाँ हाते मानिस तुलनात्मकरुपमा बढी सृजनात्मक पनि हुने गर्छन् । बनौटको दृष्टिकोणले ठूलो मस्तिष्क (सेरेब्रम)का दुई भागहरु हुन्छन्,  जसलाई दायाँ मस्तिष्क तथा वायाँ मस्तिष्क पनि भनिन्छ । यी दुवै भागहरूलाई कोर्पस कोलोजमले जोडेको हुन्छ । कोर्पस कोलोजम लाखौं स्नायुरेसाहरूद्वारा बनेको हुन्छ । यसको प्रमुख कार्य दायाँ मस्तिष्क तथा वायाँ मस्तिष्क बीच सम्बन्ध स्थापित गर्नु हो । 

दायाँ मस्तिष्क तथा वायाँ मस्तिष्कको एउटा विशेषता के छ भने दायाँ मस्तिष्कले शरीरको वायाँ अंगहरूको क्रियाहरूको संचालन तथा नियन्त्रण गर्ने कार्य गर्दछ भने वायाँ मस्तिष्कले दायाँ अंगहरूको क्रियाहरूको संचालन तथा नियन्त्रण गर्ने कार्य गर्दछ । त्यसैले नै त टाउकाकोे दायाँपट्टि चोटपटक लागेर दायाँ मस्तिष्कमा क्षेति पुग्यो भने वायाँ हात–खुट्टा नचल्ने हुन्छ । त्यसै गरी वायाँ मस्तिष्कमा क्षेति पुग्यो भने शरीरको दायाँ भागमा असर पर्न सक्दछ । यसको साथै यी दुई मस्तिष्कको अर्को विशेषता पनि छ, त्यो के भने दायाँ मस्तिष्क संगीत, नृत्य, चित्रकला, अभिनय, प्रत्यक्षीकरण, सिलाइबुनाइ इत्यादि सृजनात्मक कार्यहरूसँग सम्बन्धित हुन्छ । वायाँ मस्तिष्क तर्क–बितर्क गर्ने परीक्षण गर्ने, हिसाबकिताब गर्ने, भाषा र विज्ञान इत्यादि तर्कपूर्ण कार्यहरूसँग सम्बन्धित हुन्छ । 

दायाँ मस्तिष्कले कार्य गर्ने मानिसहरू ज्यादै सृजनशील हुने गर्दछन् । उनीहरूको सिक्ने र याद राख्ने क्षमता राम्रो हुन्छ । तर वायाँ मस्तिष्कले कार्य गर्ने मानिस बढी तार्किक हुने गर्दछन् । भाषामा उनीहरूको राम्रो दखल हुने गर्दछ । दायाँ मस्तिष्क तथा वायाँ मस्तिष्कको सम्बन्धमा वैज्ञानिकहरूको निचोड छ, साधारणतया वयस्क र दायाँहाते मानिसहरूले वायाँ मस्तिष्कले कार्य गर्ने गर्छन् । तर बालबालिकाहरूले दायाँ मस्तिष्कले कार्य गर्दछन् । जति–जति मानिसको उमेर ढल्कँदै जान्छ, उनीहरूको दायाँ मस्तिष्क निस्क्रिय हुदै जान्छ । यसैकारणले गर्दा नै बालबालिकाहरू कुरा भुइँमा खस्न नपाउँदै टप्प टिप्ने गर्दछन्, पाको मानिस दिनप्रति दिन भुलक्कड हुदै जान्छन् । 

अतः मस्तिष्क शक्ति, तेज मेमोरी र सिक्ने क्षमता बृद्धि गर्न दायाँ तथा वायाँ, दुबै मस्तिष्कलाई उचित सदुपयोग गर्नु पर्ने देखिन्छ । यदि मानिसले आफ्नो दायाँ मस्तिष्कलाई निस्क्रिय हुन नदिई दायाँ–वायाँ, दुवै मस्तिष्कलाई सदुपयोग गर्दछ भने मानिसले गर्न नसक्ने कुनै कुरा हुदैन, मानिसकालागि सबै कुरा सम्भव हुन्छ । त्यो किनभने जति–जति मानिसको मस्तिष्क शक्ति बढ्छ, त्यति–त्यति मानवीय समाथ्र्य पनि बढ्ने गर्दछ ।  यो वैज्ञानिक तथ्यलाई ध्यानमा राखेर सानैदेखि नै शारीरिक व्यायामका साथै मस्तिष्क व्यायाम गर्नु सुनमा सुगन्ध थपेजस्तो हुन्छ । मस्तिष्क व्यायामले मस्तिष्कलाई सृजनतात्मक बनाउँछ । सृजनात्मक चिन्तन यस्तो प्रक्रिया हो, जो लक्ष्य–निर्देशित हुन्छ । अर्थात् सृजनतात्मकतामा व्यक्तिलाई आफ्नो लक्ष्य निश्चित थाहा हुन्छ र उसको हरेक व्यबहार यही लक्ष्यसँग सम्बन्धित हुन्छ ।

ब्रेन व्यायामः
मस्तिष्क व्यायाम अनेक प्रकारका छन् । तर यहाँ ५, ७ वर्षका सानासाना बालबालिकाहरुले पनि गर्न सक्ने केही सरल मस्तिष्क व्यायामहरु उल्लेख गरिएको छ । अतः मस्तिष्क व्यायामबाट लाभ प्राप्त गर्न पहिला मस्तिष्क व्यायाम कसरी गर्ने हो भन्ने कुरा पढ्नुस्, सिक्नुस् र दिनहु अभ्यास गर्नुस् । 


ब्रेन व्यायाम एकः
आफ्नो जुन हात बढी चल्दछ, बेलाबेलामा त्यसको विपरित हातले कार्य गर्ने हो भने मस्तिष्कको व्यायाम हुने गर्दछ । त्यसैले यदि तपाईं दायाँ हाते हुनुहुन्छ भने बेलाबेलामा वायाँ हातलाई पनि प्रयोगमा ल्याउनुस् । यस्तो अभ्यासले सुसुप्त अवस्थामा रहेको मस्तिष्कको दायाँ भागलाई पनि क्रियाशिल बनाउँछ । त्यसैले टुथ–ब्रश गर्दा, नुहाउँदा, साबुन लगाउँदा वा जुत्ताको तना बान्ने जस्ता कार्यहरू गर्दा वायाँ हातको प्रयोग गर्न सकिन्छ । तर तपाईं वायाँहाते हुनुहुन्छ भने बेलाबेलामा यसरी नै दायाँहातलाई पनि प्रयोगमा ल्याउनुस् । 

ब्रेन व्यायाम दुईः
बिहान सबेरै उठ्ने बानी बसाल्नुस् । दिसापिसाब आदि गरेर बिहानको नित्यकर्म सकेपछि अनुलोमबिलोम प्राणायाम र भ्रामरी प्राणायाम गर्नुस् । यी दुई प्राणायामहरु मस्तिष्कका लागि निकै उपयोगी छन् । प्राचिन वैज्ञानिक(ऋषिमुनि)हरुले मस्तिष्क शक्ति बढाउनका लागि नै यी प्राणायामहरुको आविस्कार गरेका हुन् ।

ब्रेन व्यायाम तीन:
 प्राणायाम गरेपछि आफ्नो जुन हात चल्छ, त्यसको विपरित हातले आफ्नो नाम लेख्नुस्, आफ्नो जीवनको लक्ष्य लेख्नुस् । अनि अर्को हातले पछाडिको अक्षरतिरबाट आफ्नो नाम लेख्नुस् । अनि दुवै हातले एकै पटक आफ्नो नाम लेख्नुस् । हरेक दिन केही समय निकालेर यस प्रकारका अभ्यासहरु गर्नुस् । 

ब्रेन व्यायाम चारः
बिहानको नास्तामा ब्रेन फूड्स जस्तै ओक्खर, बदाम(आलमन्ड), कालो अँगुर, अमला, ब्ल्याकबेरी, स्ट्राबेरी, अंकुरित गेडागुडि, अन्डा तथा मौसमी फलफूलहरुको नास्ता गर्नुस् । खाली पेट चियाकफी नपिउनुस् ।

ब्रेन व्यायाम पाँचः
ध्यान लगाएर आफ्नो कार्य गर्नुस् । ध्यानपूर्वक पढाइलेखाइ गर्नुस् । पढेका कुराहरुलाई कल्पनाचित्रमा उतारेर याद राख्ने कोसिस गर्नुस् । आफ्नो कार्य वा पढाइलेखाइलाई बोझका रुपमा होइन कि खेलका रुपमा लिनुस् । सृजनात्मक र सकारात्मक सोच राख्नुस् । सृजनात्मक कार्यहरु गर्नुस् । फुर्सदका बेलामा चित्रहरु बनाउने रंग भर्ने, कविता वा निबन्ध आदि लेख्ने, वर्गपहेली आदि हल गर्ने कार्य गर्नुस् ।


अतः यसरी ब्रेनको ब्यायाम गर्ने हो भने मस्तिष्क स्वस्थ र मजबुत हुन्छ, मस्तिष्क शक्ति बढ्छ । मानिसको मस्तिष्क स्वस्थ र मजबुत भयो भने मानिसको शरीर पनि स्वस्थ र मजबुत हुन्छ । अनि मानिसले बढी मस्तिष्क शक्ति उपयोग गर्न सके भने असम्भवलाई पनि सम्भव बनाउन सक्छन् । आफ्नो मस्तिष्क शक्तिलाई अधिकतम सदुपयोग गरेर नै अल्बर्ट आइन्सटाइन शब्ताब्दी कै महान् वैज्ञानिक बनेका हुन् । (लेखक मनोविद् तथा मेमोरी ल्याब प्रमुख हुन् ।)


Brain Bites

The Forgetful Brain 
Om Baniya

Brain is the most powerful organ of the human body. Brain is basically a physical organ, safely secured in head, composed of flesh and blood. It should not be confused with the mind. The brain is a physical organ like any other organ of the body while mind is a non-physical entity. The brain is the hardware, the mind is the software. 



Brain is also memory bank.  Memory is stored and processed throughout the brain. Different memory functions have been localized to distinct areas of the brain. There are three main ways information store in the memory bank: from seeing, from hearing, from doing. These three types of memory are called, auditory memory, visual memory and kinaesthetic memory.  

Most auditory memories are stored in the left-side of the brain’s neocortex, and most visual memories are stored in the right-side. Most kinaesthetic memories are stored out sides the neocortex, in the cerebellum.

Momories are shipped to long-term memory bank by the limbic system.

Brain has huge capacity to store information. But due to several causes it becomes partially or totally forgetful. Forgetfulness is a persistent failure to remember. It results from changes in the brain and can be a normal part of aging or a symptom of another condition or disease. Common causes of forgetfulness include aging, side effects from medications, trauma, vitamin deficiencies, strokes, cancer in the brain, and infections in the brain, as well as a variety of other disorders and diseases. Amnesia (amnestic disorders) is the medical term associated with forgetting. 

Generally amnesia can be divided into two types: organic amnesia and psychogenic amnesia.

Organic Amnesias: organic amnesias are caused by brain injury, disease, or mental deterioration.  People who suffer from organic amnesias usually forget both personal information (such as where they were born) and general information(such as the name of the current prime minister). Organic amnesias are characterized by anterograde amnesias, the inability to recall new information and events that occurred after a trauma, though sometimes retrograde amnesia, the inability to recall events that occurred before a trauma is also present.

The movies ‘ Memento’, ‘So far dates’, ‘Finding Nemo’, ‘30 Rock’ and the Bollywood movie ‘Ghajini’ personified by Aamir khan prong towards an eminent brain disorder-Anterograde Amnesia. Frequently tagged as ‘Short Term Memory Loss’.

The main causes of organic amnesias:
Any disease or injury that affects the brain can interfere with the intricacies of memory. Memory function engages many different parts of the brain simultaneously. Damage to brain structures that form the limbic system, the hippocampus and thalamus, can lead to amnesia - the limbic system controls our emotions and memories. There are many reasons which can be the cause of amnesia and these are some of them.

Brain injury: The leading cause of amnesia is an injury to the head. The severity of amnesia depends on the severity of the head injury. Amnesia caused by mildhead injuries usually resolves quickly and spontaneously. Korsakoff’s syndrome: it is a form of anterograde amnesia caused by chronic alcoholism. Delirium and dementia: these mental disorders frequently associated with aging, often involve amnesia as a result of brain disease or deterioration. Emotional shock or hysteria, Brain surgery and drugs etc are others causesof memory loss.

The common factor in all the above causes is that it has affected the brain in some or the other manner. As there is damage to the brain cells and deterioration of cells causes the loss of memory. Brain injury can happen due to some vehicle accident or due to some fall or a blow on the head. Alzheimer sufferers are the worst hit with memory loss as it is the first thing which the disease hits upon. Firstly they would lose memory on the current events and later in the advanced stages of Alzheimer the long term memory is affected. 

Psychogenic Amnesias:
Organic amnesias are caused by biological factors such as a head injury, or neurological illness-while psychogenic amnesia(dissociative amnesia) is caused by psychological factors (stressful events). People with psychogenic amnesia usually experience only retrograde amnesia, meaning that they cannot remember what happened before the event that caused their amnesia. People who suffer from this type of amnesia typically forget only personal information. In the English film ‘spellbound’, Gregory Peck played a man with dissociative amnesia. Dissociative amnesia can take many forms: localized amnesia, selective amnesia, generalized amnesia, continuous amnesia and systematic amnesia.




Prevention and treatment:
Prevention is better than cure. Brain health Lifestyle minimizes the risk of amnestic disorders. A healthy Brain will have less of damages due to strokes or seizures which occur due to the blockages in the heart. When all kind of brain damages and Stressful events are avoided, Amnesia can be prevented. Treatment of amnesia depends upon the cause of amnesia and diagnosis is done on that basis. If it is a brain injury due to some physical causes like accident or fall then it has to be treated immediately by the neurologist and neurosurgeon. But, emotional trauma can be cured or helped through psychological therapies. Hypnotherapy, a kind of psychotherapy has played an active role in getting people's memory back. Medicine and memory training have also been important factors in helping people regain their memory. (Dr. Baniya is a Psychotherapist and Chief at Memory LAB)

Tuesday, April 7, 2020

ब्रेन बाइट्स 
घटना घर घरका

ओम बानियाँ 
तोकिएको समयमा नै पीएचडीका होनहार विद्यार्थी विवेक बस्नेत मेमोरी क्लिनिकमा हाजिर भए । डा. कोर्टेक्सले विवेकलाई देखाउन दराजबाट धमाधम पुराना केसहरु निकाल्न थाले । डा. कोर्टेक्सको हातमा सबै भन्दा पहिला वसन्तको केस पर्यो । फाइल हातमा पर्नसाथ डा. कोर्टेक्सलाई झल्यास ३ वर्ष पहिला कलेंटी परेको ओंठ लिएर मेमोरी क्लिनिकमा आएका वसन्तको सम्झना भयो । केही वर्षदेखि आफ्नै आमा र पत्निको दोहोरो पेलाइमा परेर उनको अवस्था कस्तो भएको थियो भन्ने कुरा कित त्यतिबेला वसन्तलाई थाहा थियो कि त डा. कोर्टेक्सलाई अनुमान थियो । तर वसन्तको केस नौलो थिएन, नेपाली समाजको आमकेस थियो । प्रायः यस्ता समस्याहरु नेपालका घर-घरमा घटिरहन्छन् भने पनि फरक खाँदैन ।

----------------
डा. कोर्टेक्सले विवेकलाई वसन्तको फाइल दिँदै भने, ‘यो फाइल हेर्नेुहोस् । समस्या एउटा छ, पीडित तीन जना छन् । तर सबै भन्दा पीडित समस्या सृजना नगर्ने छन् ।’ फाइल हातमा पर्नासाथ विवेकले निकै इच्छुक भएर केस पढ्न थाले । 
----------------
ऋतु वसन्तको घरमा बुहारी भएर भित्रिएको दुई वर्ष भएको थियो । उनको एक वर्षकी छोरी समेत छे । तर विवाह भएर आएको हप्तादिनदेखि नै सासुसँगको उनको सम्बन्ध राम्रो छैन । जतिसुकै राम्रोसंग घरधन्दा गर्दा पनि उनकी सासु कहिल्यै खुसी नदेखिने, बिरामी पर्दा समेत ख्याल नगर्ने तथा आफ्नो पतिलाई जोइटिंग्रे भन्दै गाली गर्ने उनको भनाइ छ । जति सिकाए पनि काम नसिक्ने, बिहान ढिलो उठ्ने, जतिखेर पनि टाउको दुख्यो भनेर बाहना बनाउने, राम्रोसंग सम्झाउंदा पनि मुख लाउने बुहारीबाट आफु हार खाएको सासुको भनाइ छ । श्रीमतिलाई सम्झाउंदा श्रीमाति ठुस्सिने, आमालाई सम्झाउंदा आमा भुनभुनिदै मर्न जान्छु भन्दै हिँड्ने, सानोतिनो कुरा पनि सहन नसक्ने आमा र मुखाले पत्नीको चेपुवा आफु परेको ऋतुको श्रीमान् वसन्तको भनाइ छ । 
----------------
केस पढेपछि विवेक बोले, ‘सर । यस केसमा विवेक मात्रै मानसिक समस्यामा परेका थिए कि सासुबुहारी पनि ? डा. कोर्टेक्सले भने, ‘समस्या सासुबुहारी बीचको सम्बन्धमा थियो, तर सासुबुहारी बीचको कटुताले वसन्तमाथि गम्भिर असर गरेको थिए । तनावका कारण वसन्त डिप्रेसनमा पुगेका थिए । मैले यस केसका लागि खुब मेहनत गरेको थिएँ । सीबीटी, इन्टरपर्सनल साइकोथेरापि तथा पारिवारिक साइकोथेरापिबाट वसन्तको पारिवारिक सम्बन्ध समाधान गरेको थिएँ । केही दिन पहिला वसन्तकी आमासंग भेट भएको थियो, सबै खुसी छन् ।’
----------------
डा. कोर्टेक्सले भने, ‘संयुक्त परिवारमा सबै भन्दा बढी समस्या सासुबुहारीको बिचमा हुने गर्छ । सासुबुहारीको बिचमा देखा पर्ने समस्याको अनेक कारण छन्  । दाइजोको कारणले पनि समस्या देखा पर्छ । बुहारीले घरधन्दा ठीकसंग नगर्नाले तथा मरिमेटी घरधन्दा गर्दा पनि सासु सन्तुष्ट नहुनाले पनि समस्या देखा पर्छ । आफ्नी आमाले गाली गर्दा तथा पिट्दा पनि सहने छोरीले बुहारीका रुपमा सासुले गरेको सानोतिनो गालीलाई पनि सहन नसक्दा पनि समस्या पैदा हुन्छ । छोरा बेरोजगार, दुव्र्यसनी र आवारा भएको खण्डमा पनि सासुबुहारीको बिचको बिचमा समस्या देखा पर्छ । र, सासुबुहारीका बिचमा हुने मनमुटावका सबै भन्दा प्रमुख मनोवैज्ञानिक कारण ईष्या र अहम् हो । सासुलाई छोराबुहारी संगै बसेर हाँसेको, छोराले बुहारीको काममा सगाएको तथा धेरै माया गरेको देख्दा जलन हुन्छ । यदि पहिलादेखि नै बुहारी कुनै कारणले मन परेकी छैनिन् भने यो जलन झन उघ्र हुन्छ र घर नै जलाउंछ । सासुबुहारीको बिचको समस्याले कहिलेकाही त छोरा यत्ति मिच्चिएको हुन्छ, वसन्तझैं ऊ मरुकि बाँचुको स्थितिमा पुग्छ ।’ 
 ----------------
डा. कोर्टेक्सले अर्को फाइल दिँदै भने, ‘ल यो हेर्नुहोस् आकाश र मेघाको केस । यी दुई ५ वर्ष पहिला मेमोरी क्लिनिकमा आएका थिए ।’ 
----------------
३४ वर्षीय आकाश र ३० वर्षीय मेघा । ८ वर्ष पहिला यी दुईको विवाह भएको थियो । उनीहरूको ५ वर्षको छोरा छ । आकाश पेशाले एक व्यस्त इन्जिनियर हुन् । उनी आफ्नो पेशाप्रति यति व्यस्त छन् कि परिवारका लागि समय निकाल्न अति कठीन हुन्छ । शुरु–शुरुमा आकाशमेघाको सम्बन्ध निकै सुमधुर भएपनि केही वर्ष यता उनीहरू बीच खटपट बढेको छ । मेघा सानासाना कुराहरू पनि झडयाड्ड रिसाउने तथा च्याठिने गर्न थालेकी छिन् । आकाशको साथी हिमाललाई केही दिनदेखि मेघाको व्यवहार देखेर शंका लाग्न थालेको थियो । त्यसैले एक दिन उसले आकाशलाई मेघालाई लिएर मेमोरी क्लिनिकमा जाने सल्लाह दियो । आकाशलाई हिमालको सुझाव उचित लाग्यो र अर्को दिन नै उनले मेघालाई लिएर मेमोरी क्निनिकमा आएका थिए । 
----------------
विवेकले सोधे, ‘अनि के भयो ?’ डा. कोर्टेक्स बोले, ‘मैले दुवैको मनोवैज्ञानिक परीक्षण गरे । परीक्षणबाट मेघाको समस्या यौनजन्य भएको निचोड निक्लियो ।’ विवेक आश्चर्य मान्दै, ‘हो र सर ?’ डा. कोर्टेक्सले अगाडि भने, ‘पारिवारिक जीवनमा सामान्यता सबै भन्दा बढी नजिक भएर बढी समयसम्म साथसाथ रहने पतिपत्नी हुन्  । यसरी एउटै बिछयौनमा सुत्ने र उठ्ने हुँदा पतिपत्नीका बिचमा कहिलेकाही ठाकठुक हुनु, मनमुटाव स्वभाविकै हो । तर, कहिलेकाही त झिनामसिना कारणले पनि पतिपत्नीको झैझगडा सम्बन्ध विच्छेद तथा हिंसामा परिणत हुन पुग्दछ । बुढेसकालमा समेत पतिपत्नी बीचको आपसी सम्बन्धमा समस्या पैदा हुने गर्छ । सामान्यतया पतिपत्नीको सोच, व्यवहार, अहंम, एक अर्कोमाथि प्रभुत्व जमाउने होडबाजी, रोजीरोटी, रोजगार, मादकपदार्थको सेवन तथा दाइजो जस्ता पारिवारिक तथा समाजिक कारणले पतिपत्नी बिचको सम्बन्धमा समस्या उत्पन्न हुन्छ । तर, पतिपत्नीका बिचमा सबै भन्दा बढी समस्या उत्पन्न गर्ने विषय हो, शंका र सेक्स ।’  डा. कोर्टेक्सले चस्मा मिलाउँदै भने, ‘सामान्यतया पतिपत्नीबीच देखा पर्ने समस्याहरुलाई दुई वर्गमा वर्गिकरण गर्न सकिन्छ । पहिलो हो, व्यक्तिगत जीवनसंग सम्बन्धित समस्या जस्तै सेक्स समस्या र अर्को हो, पारिवारिक तथा समाजिक समस्या । पारिवारिक तथा समाजिक समस्याको समाधानका लागि पतिपत्नीलाई परिवार र समाजको समेत सहयोग मिल्दछ । जसले गर्दा यस्ता समस्याहरुको समाधान पनि छिटै निस्किन्छ । तर पतिपत्नीबीचको व्यक्तिगत समस्या बढी जटिल हुन्छ । यो समस्या प्रायः सेक्ससंग  सम्बन्धित हुनाले निजात्मक हुन्छ, समस्या लामोसमय सम्म रहिरह्यो भने यसले पतिपत्नीबीच आक्रोश, कलह तथा कटुता पैदा गर्छ । सेक्स समस्याले पतिपत्नी दुवैलाई प्रभावित पार्छ । जस्तो कि पत्नी कामशीतलताद्धारा पीडित भएको खण्डमा पतिलाई यौन सुखानुभूति प्राप्त हुँदैन । पत्नी पनि यौनसुखबाट वंचित हुन्छिन् । यदि पति शीघ्रपतनवाट ग्रस्त छ भने पत्नीलाई मात्र होइन, स्वयंमलाई पनि प्रभावित पार्छ । यस्ता पतिहरु हीनतावोध र डिप्रेसनको शिकार बन्न सक्छन् ।’ 
 ----------------
आकाश र मेघाको फाइल राख्दै डा. कोर्टेक्स बोले, ‘अर्को उल्लेख्य कुरा के भने विवेक, अधिकांश मानसिक समस्याहरु सेक्ससंग नै सम्बन्धित हुने हुनाले उपचारका लागि चिकित्सककहाँ पुगेका अधिकांश महिलाहरुले पनि आफ्नो समस्या पूरा खोलेर भन्न लज्जाउंछन् । जस्तो कि दुश्चिंता तथा डिप्रेसनबाट पीडित महिलामा सेक्स इच्छा कम हुन्छ । जसले पतिपत्नी विच कटुता पैदा गर्न सक्छ । यति हुँदा पनि महिलाहरुले यो समस्यालाई आफैं भित्र गुम्साएर राख्न उचित ठान्छन् । सेक्सबाट सन्तुष्टि प्राप्त गर्न नसकेको कुरा पनि लुकाएर नै राख्छन् । परिणामस्वरुप यस्ता महिलाहरु थप मानसिक समस्याहरुको चुंगलमा पर्छन् । अनि पीडाको पहाड बोकी आँसु पिएर बाँच्न बाद्य भएका हुन्छन् ।’
----------------
कार्यालय सहयोगीले चिया लिएर आए । र, टेबुलमा राखिदिए । डा. कोर्टेक्स चियाको कप समात्दै बोले, ‘विवेक मैले त हर्बल चिया पिउँछु, अरुलाई पनि हर्बल चिया नै खुवाउँछु । मीठो नलागे पनि मीठो मानेर पिउनु है ।’ विवेक हतपत बोले, ‘मलाई पनि हर्बल चिया नै मन पर्छ सर ।’ डा. कोर्टेक्सले सुरुप्प चिया पिए र अर्को फाइल निकाले । 

----------------
सचिन ११ कक्षाका विद्यार्थी हुन् । पढाइमा राम्रो भएपनि उनी घरमा बाबुले भनेजस्तो गरेर पढ्दैनन् । उनको चालढाल तथा बोलीव्यबहार पनि बाबुले सोचे जस्तो छैन । उनी मौका पाउनसाथ मोबाइलमा गैम खेलेर वा टीभी हेरेर बस्छन् । दैनिक जसो नै बाबुछोरामा टोकाटोक हुन्छ । कहिलेकाहीं त हात हालाहाल नै हुन्छ । छोरासंग आजित भएर सचिनका बाबु एक वर्ष पहिला मेमोरी क्लिनिकमा आएका थिए । उनी निकै तनावमा थिए । केस हेरेपछि विवेक बोले, ‘सर ! यस्तो समस्या त अहिले हरेक घर घरमा हुन्छ जस्तो छ ।’ डा. कोर्टेक्स बोले, ‘हो, विवेक ! इन्टरनेट र प्रविधिको पहुँचका कारण हिजोआज स्क्रिन् एडिक्सनले समाजमा जरो गाँडेको छ । हाम्रो परिवार तथा समाज नै दोषि छ । यसबारे कुनै दिन बिस्तृत कुरा गरौलाँ । अहिले यो हेर जीवनका तीन भाइको केस ।
----------------
६० वर्षीय जीवन राती निद्रा नलाग्ने तथा बेलाबेलामा झाँक्रीझैं हल्लिने समस्याको कहीकतै उपचार नभएपछि मेमोरी क्लिनिकमा आएका थिए । जीवनका तीन भाइहरु छन् । आर्थिकरुपमा सबै राम्रै छन् । तर, आमाको मृत्युपछि एक तोला सुनको विषयलाई लिएर भाइहरुमा चर्को विवाद भयो । ५ वर्षदेखि उनीहरुका बीचमा पानी बाराबारको स्थिति छ । जीवनको छोराको विवाहमा समेत अन्य दुई भाइहरु उपस्थित भएनन् । केही समय पहिला जीवनले आफ्नी श्रीमतिलाई स्कुटी किनीदियो । त्यो देखेर माइलोले जग्गा बेचेर भए पनि स्कुटी किन्यो । अहिले उनीहरुका बीचमा भएको अस्वस्थ प्रतिस्पर्धाले छिमेकीहरु पनि तीनछक्क छन् । विवेकले प्रश्न गरे, ‘जीवनको समस्या कस्तो हो ? डा. कोर्टेक्सले जवाफ दिए, ‘पारिवारिक समस्याको तनाव । मैले उनलाई केही दिन सीबीटी गराए, हिन्दी फिल्म वार्वची देखाए । उनी मात्र होइन, भाइहरुको सम्बन्ध पनि पहिला जस्तो नै सुमधुर भयो ।’ डा. कोर्टेक्सले अगाडि भने, ‘विवाह हुनुभन्दा पहिला दाजुभाइहरुका बिचको सम्बन्धमा खासै ठुला समस्याहरु देखा पर्दैन । तर, विवाह भएपछि दाजुभाइका विचमा बढी खटपट शुरु हुने गर्छ । एउटा भाइले बढी कमाउने तथा अर्को भाइले नकमाउने वा कम कमाउने भयो भने पनि परिवारमा समस्या देखा पर्छ । अंशबण्डाको विषयलाई लिएर पनि दाजुभाइको सम्बन्धमा समस्या देखा पर्छ । कहीकही त एक फिट जमीनलाई लिएर समेत दाजुभाइका बिच पानी बाराबरको स्थिति सृजना हुन्छ । कतिपय अवस्थामा त मारकाट नै हुने गर्छ ।  अंशबण्डा भएर बसेका दाजुभाइमा प्रतिस्पर्धा र ईष्र्याका कारण सम्बन्धमा समस्या पर्छ ।’ डा. कोर्टेक्स मुसुक्क हाँस्दै बोले, ‘तर विवेक, एकाध अपवादलाई छोड्ने हो भने दिदीबहिनी बिचको सम्बन्धमा खासै ठुलो समस्या देखिंदैन । कहिंलेकाही दिदीबहिनीहरुका बिचमा ठाकठुक, हात हालाहाल तथा बोलचाल नै बन्द भए पनि यसले उघ्ररुप लिदैन । केहीदिनमै आपसी समस्या साम्य हुन्छ र दिदीबहिनी बिचको सम्बन्ध पुनः पहिलाको जस्तै हुन्छ । दिदीबहिनी बीचको समस्या लिएर अहिलेसम्म मेरोे क्लिनिकमा कोही पनि आएका छैनन् ।’
----------------
विवेकले डा. कोर्टेक्सका हरेक कुरा ध्यान दिएर सुनिरहेका थिए । ‘विवेक ! ल यो हेर्नुहोस् कुलबहादुरको केस ।’ डा. कोर्टेक्सले विवेकलाई कुलबहादुरको फाइल दिए । कुलबहादुर अवकाशप्राप्त कर्मचारी हुन् । उनका दुई भाइ छोराहरु छन् । जेठोले व्यापार गर्छ । कान्छोले जागिर । कान्छोको विवाह भएपछि कुलबहादुर तथा उनी श्रीमति निकै टेन्सनमा छन् बुहारीहरुको बोली र व्यवहारले । छिमेकीले हेर्दा देउरानीजेठानीको सम्बन्ध राम्रो देखिएता पनि भित्र भने त्यस्तो छैन । जेठानीले आफु जेठानी हुँ भन्ने तथा देवरानीले आफु ठुलाबढाकी छोरी हुँ भन्ने धाकले गर्दा उनीहरुका बीचको सम्बन्धमा चिसो पसेको छ । डा. कोर्टेक्सले मोबाइल चलाउँदै भने, ‘नेपाली समाजमा देवरानीजेठानी बिचमा समस्या नभएको कुनै घर छैन । कतिपय घर त देउरानीजेठानी बिचको झैझगडाका कारण नै टुट्ने गर्छ । देउरानीजेठानीहरुका बिचमा आइ पर्ने समस्याको जड भनेको भाइहरुको कमाइको अवस्था, घरधन्दा, एकअर्को माथि प्रभुत्व जमाउने होडबाजी तथा ईष्या हो ।’ 
----------------
डा. कोर्टेक्सले दराज बन्द गर्दै भने, ‘विवेक ! यसरी हरेक घरमा समस्या छ । पारिवारिक सम्बन्धमा समस्या । पतिपत्नी बिचमा समस्या । आमाबाबु र छोराछोरीको बिचमा समस्या । दाजुभाइ बिचमा समस्या । दिदीबहिनी बिचमा समस्या । देउरानीजेठानी बिचमा समस्या । सासुबुहारी बिचमा समस्या । यहाँ उल्लेखनीय कुरा के भने यस्ता अधिकांश समस्याहरु सानातिना कुराहरुबाट उत्पन्न हुन्छन् । कतिपय घरमा यस्ता मनमुटावहरु यति गम्भिर बन्छन् कि जसले गर्दा परिवारमा मानसिक समस्या, जाँडरक्सी तथा लागुपदार्थ कुलतको समस्या तथा घरेलु हिंसाका अपराधहरु समेत देखा पर्छन् । हो, कुनै यस्तो घर छैन, जहाँ बेलाबेलामा आमाबाबु र छोराछोरीहरुको बिचमा ठाकठुक नभएको होस् । तर कतिपय घरमा बाबुछोरा बिचको समस्याले यति उघ्ररुप लिन्छ कि बाबुछोरा बिच मारकाट नै हुन पुग्छ । खासगरी किशोर छोरा र आमाबाबुका बिचमा भनाभन, झैझगडा र हातपात समेत हुने गर्छ । किशोरकिशोरीमा हुने रासायनिक परिर्वतन, छोराछोरीबाट आमाबाबुको अपेक्षा, पुरानो पिढी र नयाँ पिढीको सोचको अन्तर, पारिवारिक संस्कार तथा घरको वातावरणका कारण नै यस्तो समस्या देखा पर्छ ।’ 
----------------
विवेकले भने, ‘सर ! यस्ता पारिवारिक समस्याहरुको रोकथाम र समाधानहरु के के हुन् ?’ डा. कोर्टेक्सले रुमालले अनुहार पुछ्दै भने, ‘विवेक ! परिवारमा कुनै विवाद, समस्या वा कठिनाईहरु उत्पन्न नहुनु सम्भव छैन । एउटै घरमा बस्दा, संगै उठबस गर्दा परिवारका बीच अनेक आपसी समस्याहरु आउन सक्छन् । यो आम कुरा हो । तर, यस्ता समस्याहरुको समाधान आवश्यक हुन्छ । यदि यस्ता समस्याहरुले उग्ररुप लियो भने परिवार नै भताभुंग हुन सक्दछ । त्यसैले परिवारमा देखा पर्ने समस्याहरुलाई समयमै समाधान गर्न आवश्यक हुन्छ ।  पतिपत्नी जीवनरुपी रथका दुई पांग्रा हुन् । यी दुई पांग्राको आपसी सहयोगमा नै जीवनरुपी रथ ठीकसंग अगाडि बढ्छ । वास्तवमा पतिपत्नीको सोच, आपसी भावना, व्यवहार तथा शैलीद्धारा उत्पन्न स्थिति तथा परिस्थितिहरुको परिणामस्वरुप नै परिवारको भविष्य बन्दछ । दाम्पत्य जीवन सुखमय भएको खण्डमा नै परिवार फुल्छ । फल्छ । त्यसैले पतिपत्नीले आफु बिच र परिवारका बिचमा देखा पर्ने समस्याहरु बेलैमा समाधान गर्न अग्रसर हुनुपर्छ । पारिवारिक सम्बन्ध सुमधुर बनाउन परिवारका प्रत्येक सदस्यहरुले आआफ्नो कर्तव्य पुरा गर्नुपर्छ । एकअर्कालाई प्रेम, आदार र सम्मान गर्ने तथा एकअर्कोको कुरा सुन्ने, एक अर्काको दुःखमा तथा काम हात बटाउने, सानाठुला सबै सदस्यहरुको विचार र भावनाको कदर गर्ने, आफुले कुनै गल्ती तथा त्रुटि गरेको खण्डमा स्वीकार गर्ने र आइन्दा नदोराउने प्रतिवद्धता जनाउने तथा परिवारमा कुनै समस्या देखा परे मिलेर समाधान गर्नुपर्छ ।  पतिपत्नी जति व्यस्त भएपनि पारिवारका सदस्यहरुका लागि समय निकाल्नु पर्छ । परिवारसँग  सँगै बसेर खाना खाने, गफ गर्ने, बेलाबेलामा घुम्न जाने तथा चाडपर्व सँगै मनाउदा परिवारका सदस्यहरुमा झनै मायाममता बढ्छ । बालबालिकाले राम्रो संस्कार पाउँछन् । परिवारमा कुनै मनमुटाव देखिएमा उचित तरिकाले समाधान गर्नु पर्छ । परिवारका सदस्यलाई हेला गर्ने तथा होच्चाउने, कसैलाई काखा, कसैलाई पाखा गरियो भने परिस्थिति झन जटिल हुन सक्दछ । डा. कोर्टेक्सले अगाडि भने, ‘महिलाहरुले आफु वा आफ्नो पतिमा कुनै मानसिक समस्या तथा सेक्सस“ग सम्बन्धित समस्याहरु देखिएमा तुरुन्त मनोचिकित्सकस“ग सम्र्पक गर्नुपर्छ, झारफुकतिर लाग्नु हु“दैन । चिकित्सकस“ग राम्रोस“ग छलफल गर्नुपर्छ । चिकित्सकलाई आफ्नो सम्पूर्ण समस्याहरु बताउनुपर्छ । तब मात्र चिकित्सकलाई रोग पहिचान गर्न तथा उपचार गर्न सजिलो हुन्छ । यसरी परिवारका सदस्यहरुले आफ्नो कर्तव्य पुरा गर्ने हो भने पारिवारिक सम्बन्ध सुमधुर हुन पुग्छ । पारिवारिक सम्बन्ध सुमधुर भएको खण्डमा नै परिवार सुखी र सम्पन्न हुने गर्छ ।’
----------------
डा. कोर्टेक्सको कुरा विवेललाई निकै चित्त बुझ्यो । विवेकले मेमोरी क्लिनिकमा आएर धेरै कुराहरु सिके । साइकोथेरापिप्रति उनको आस्था र विश्वास झन मजबुत भयो । आफु पनि एक कुशल साइकोथेपिष्ट बन्ने लक्ष्य लिएर विवेक बिदा भए । (लेखक साइकोथेपिष्ट हुन् ।)