Friday, March 27, 2020

मनको शक्ति

मनको शक्ति
ओम बानियाँ


चर्चित हिन्दी फिल्म तारे जमीन परमा एक दृश्य छ, जसमा अभिनेता आमिर खानले भन्छन्ः सोलोमन आइल्याण्डका आदिवासीहरुले रुख काँट्दैनन् । उनीहरु रुखको वरिपरि एककठ्ठा भएर घण्टौसम्म रुखलाई तथानाम गाली गर्छन् । खुब गाली गर्छन् । केही हप्तापछि रुख सुखेर आफैं ढल्छ । 



धेरैलाई यो कुरा साहदै विश्वास लाग्ला । प्रत्यक्ष देख्ने आममानिसले यसलाई दैविक चमत्कार भन्ने गर्छन् । तर यो कुरा सही र प्रमाणिक हो । यस सम्बन्धमा अनेक विद्धानहरुको आ–आफ्नो तर्क छ । तर वैज्ञानिक डा. बू्रस लिप्टनको अनुसार यो कुनै चमत्कार नभएर मानव मनको शक्ति कमाल हो । हुन पनि हो, मानिसको मनमा असीमित शक्ति छ । तीन त्रिभुवन हल्लाउने शक्ति छ । खाँचो छ त सिर्फ यसको सदुपयोगको । 

मनको शक्तिः

मन र मस्तिष्क अलग अलग अंगहरु हुन् । मन मस्तिष्क जस्तो दृश्य छैन, अदृश्य छ । वास्तवमा मस्तिष्क हार्डवेयर हो भने मन सफ्टवेयर हो । मनको तीन स्तर हुन्छ । चेतन अवस्था, अवचेतन अवस्था तथा अचेतन अवस्था । यो वर्गिकरणको कुनै भौतिक आधार छैन । यो एक मनोवैज्ञानिक अवधारणा हो । चेतन मनको शक्ति १० प्रतिशत भन्दा कम छ, जबकी अवचेतन मनको शक्ति ९० प्रतिशत भन्दा बढी । तर मानिसले केवल चेतन मनको शक्तिले कार्य गर्छ । अवचेतनलाई उपयोग गर्दैन । अवचेतन मन कहिल्यै सुत्दैन, आराम गर्दैन । दिनरात क्रियाशिल रहन्छ, श्वाप्रश्वास, रक्तसंचार, पाचन तथा उत्सर्जन क्रियामा यसको भूमिका रहन्छ । 

चेतन मन सक्रिय अवस्थामा हो, जसले सोचविचार तथा तर्कका आधारमा निर्णय लिन्छ, कार्य गर्छ । तर अवचेतन मन एक भण्डार जस्तो हो, जसमा विचार, अनुभव तथा धारणा संग्रह हुन्छ । अवचेतन मन तर्क तथा सोचविचारले कार्य गर्दैन, अनुभव तथा धारणााको आधारमा स्वचालित तरिकाले कार्य गर्छ । चेतन तथा अवचेतन मनलाई उदाहरणबाट प्रष्ट पार्न सकिन्छ । जब कुनै व्यक्तिले साइकल चलाउन सिक्दछ, उसलाई ध्यानपर्वूक साइकल नियन्त्रित गर्नु पर्छ । शुरुवातमा सन्तुलन बनाउन गाह्रो हुन्छ, ऊ डराएको पनि हुन्छ । तर जब उसले साइकल चलाउन सिक्छ, तब उसलाई साइकल चलाउन नियन्त्रित गर्नु पर्दैन, साइकल आफसे आप नियन्त्रित हुन्छ, उसले बातचित गर्दै वा कुनै कार्य गर्दै पनि साइकल चलाउन सक्दछ । यो कसरी हन्छ ? शुरुवातमा जब व्यक्ति पहिलो पटक साइकल चलाउन सिक्दछ, तब उसले आफनो चेतन मन प्रयोग गर्छ, जब उसले साइकल चलाउन अभ्यास गर्छ, तब यो अनुभव अवचेतन मनमा संग्रह हुन थाल्छ, अनि बिस्तारै बिस्तारै अवचेतन मनले चेतन मनको ठाँउ लिन थाल्छ । वास्तवमा अवचेतन मनले एक अटोपाइलट सिस्टम जस्तै आफसे आफ स्वचालित तरिकाले कार्य गर्छ । सबै स्वचालित कार्यहरु जस्तैः सास लिनु, मुटु धडकनु, रक्तसंचार, पाचन तथा उत्सर्जन आदि कार्यहरु अवचेतन मनद्धारा नै हुने गर्छ । आदत तथा दैनिक दिनचर्याका कार्यहरुमा पनि अवचेतन मनको महत्वपूर्ण भुमिका हुन्छ । 

अवचेतन मन एक सफ्टवेयर वा रोबोट जस्तै हो, जसको प्रोग्रामिंग चेतन मनद्धारा हुने गर्छ । अवचेतन मनले स्वयं रामो नरामो सोच्न सक्दैन, यो प्रोग्राम अनुसार स्वचालित तरिकाले कार्य गर्छ । हाम्रो हर विचार हामो अवचेतन मनमा महत्वपूर्ण प्रभाव वा अर्को शब्दमा भन्ने हो भने हामी जे जस्तो सोच्छौ वा गर्छौ, त्यो सबै अवचेतन मनमा प्रोग्रामिंग हुन्छ । अनि बिस्तारै बिस्तारै अवचेतन मन त्यस कार्यलाई नियन्त्रित गर्न थाल्छ ।  हाम्रो आदत तथा धारणा यसरी नै निर्माण हुन्छ । पछि स्वचालित रुपमा अवचेतन मनद्धारा नियन्त्रित हुन्छ । 

रोगहरुको जरोः

मानिसको अवचेतन मन चेतन मन भन्दा लाखौं गुणा शक्तिशाली हुन्छ । यही अवचेतन मनले नै मानिसको जीवन बनाउँछ । मानिसको जीवन बिर्गाछ । मानिसलाई स्वस्थ बनाउँछ । मानिसलाई रोगी बनाउँछ । जब व्यक्तिले नकारात्मक भावनाहरु अवचेतन मनमा दबाएर राख्दछ, बाहिर निक्लने बाटो दिँदैन, तब शरीरको रासायनिक प्रक्रिया विषाक्र हुन्छ, अनि तनाब, चिन्ता, हृदय रोग तथा अल्सर आदि जस्ता रोगहरु पैदा हुन्छन् । वास्तवमा रोगहरुको जरो भनेको नै अवेचेतनमा दबेर रहेको नकारात्मक भावना हो । 

परिर्वतन सम्भवः

हो, परिवर्तन गर्न गाह्रो छ, तर असम्भव चाही छैन । चेतन मन र अवचेतन मनको मनोवैज्ञानिक अवधारणालाई बुझ्ने हो भने मानिसले जीवनका ठूलो परिवर्तन गर्न सक्छन, कहौं मानिसहरुले गरिरहेका पनि छन् । यसैका कारण नै मानिसले आप्mनो कुनै खराब आदत परिर्वतन गर्ने भरमग्दुर कोशिश गर्दा पनि परिवर्तन गर्न सक्दैनन् । त्यो किनभने आदत अवचेतन मनमा यति मजबुतसँग प्रोग्रामिंग भएको हुन्छ कि त्यसलाई चेतन मनको कोशिशले कुनै असर गर्दैन । 

आदत बदल्न अवचेतन मनमा इन्स्टल भएका खराब आदतहरुलाई हटाएर त्यसमा सकारात्मक कुराहरु स्थापित गर्नु पर्छ । दि बाइलोजी अफ बिलिफका लेखक डा. ब्रुस लिप्टनका अनुसार यसरी नै जब सोलोमन आइल्याण्डका मानिसहरु रुखलाई गाली दिन्छन्, तब रुखको माइण्डले नकरात्मक तथा खतरनाक विचारहरुलाई इन्स्टल गर्छ । जसका कारण रुखको मोलेकुलर संरचना बिग्रन्छ । अनि रुख सुकेर ढल्छ । यस कुराको पुष्टि क्वान्टम फिजिक्सले पनि गर्छ । यही कुरा मानिसमा पनि लागु हुन्छ । बारम्बार एकै कुरा दोहोराउनाले मनमस्तिष्कको संरचना नै परिवर्तन हुन्छ । २५ सय वर्ष पहिला महात्मा बुद्धले भनेका नै थिए, तिमीले जस्तो सोचका थियौ, त्यस्तै भएका छौ ।

पुछारमाः

संसारमा जति पनि हिंसा, डर, क्रोध, घृणा, इष्र्या तथा बदलाका भावनाहरु छन्, त्यसको मूल कारण हो, अवचेतनमा छुपेको नकारात्मक भावना । चिन्ता, भय, तनाव तथा निराशाले हृदय, फोक्सो, आमाशय तथा आन्द्रा आदिको समान्य कार्यप्रणालीको गतिमा अवरोध सृजना गर्छ  । सकारात्मक विचारले अवचेतन मनको नकारात्मक हट्छ । सुख, स्वस्थ र शान्ति प्रकट हुन्छ । स्वस्थ र सकारात्मक विचार अवचेतनमा प्रवाहित गरेर स्वस्थ जीवन प्राप्त गर्न सकिन्छ ।

No comments:

Post a Comment