Friday, March 27, 2020

मनको शक्ति

मनको शक्ति
ओम बानियाँ


चर्चित हिन्दी फिल्म तारे जमीन परमा एक दृश्य छ, जसमा अभिनेता आमिर खानले भन्छन्ः सोलोमन आइल्याण्डका आदिवासीहरुले रुख काँट्दैनन् । उनीहरु रुखको वरिपरि एककठ्ठा भएर घण्टौसम्म रुखलाई तथानाम गाली गर्छन् । खुब गाली गर्छन् । केही हप्तापछि रुख सुखेर आफैं ढल्छ । 



धेरैलाई यो कुरा साहदै विश्वास लाग्ला । प्रत्यक्ष देख्ने आममानिसले यसलाई दैविक चमत्कार भन्ने गर्छन् । तर यो कुरा सही र प्रमाणिक हो । यस सम्बन्धमा अनेक विद्धानहरुको आ–आफ्नो तर्क छ । तर वैज्ञानिक डा. बू्रस लिप्टनको अनुसार यो कुनै चमत्कार नभएर मानव मनको शक्ति कमाल हो । हुन पनि हो, मानिसको मनमा असीमित शक्ति छ । तीन त्रिभुवन हल्लाउने शक्ति छ । खाँचो छ त सिर्फ यसको सदुपयोगको । 

मनको शक्तिः

मन र मस्तिष्क अलग अलग अंगहरु हुन् । मन मस्तिष्क जस्तो दृश्य छैन, अदृश्य छ । वास्तवमा मस्तिष्क हार्डवेयर हो भने मन सफ्टवेयर हो । मनको तीन स्तर हुन्छ । चेतन अवस्था, अवचेतन अवस्था तथा अचेतन अवस्था । यो वर्गिकरणको कुनै भौतिक आधार छैन । यो एक मनोवैज्ञानिक अवधारणा हो । चेतन मनको शक्ति १० प्रतिशत भन्दा कम छ, जबकी अवचेतन मनको शक्ति ९० प्रतिशत भन्दा बढी । तर मानिसले केवल चेतन मनको शक्तिले कार्य गर्छ । अवचेतनलाई उपयोग गर्दैन । अवचेतन मन कहिल्यै सुत्दैन, आराम गर्दैन । दिनरात क्रियाशिल रहन्छ, श्वाप्रश्वास, रक्तसंचार, पाचन तथा उत्सर्जन क्रियामा यसको भूमिका रहन्छ । 

चेतन मन सक्रिय अवस्थामा हो, जसले सोचविचार तथा तर्कका आधारमा निर्णय लिन्छ, कार्य गर्छ । तर अवचेतन मन एक भण्डार जस्तो हो, जसमा विचार, अनुभव तथा धारणा संग्रह हुन्छ । अवचेतन मन तर्क तथा सोचविचारले कार्य गर्दैन, अनुभव तथा धारणााको आधारमा स्वचालित तरिकाले कार्य गर्छ । चेतन तथा अवचेतन मनलाई उदाहरणबाट प्रष्ट पार्न सकिन्छ । जब कुनै व्यक्तिले साइकल चलाउन सिक्दछ, उसलाई ध्यानपर्वूक साइकल नियन्त्रित गर्नु पर्छ । शुरुवातमा सन्तुलन बनाउन गाह्रो हुन्छ, ऊ डराएको पनि हुन्छ । तर जब उसले साइकल चलाउन सिक्छ, तब उसलाई साइकल चलाउन नियन्त्रित गर्नु पर्दैन, साइकल आफसे आप नियन्त्रित हुन्छ, उसले बातचित गर्दै वा कुनै कार्य गर्दै पनि साइकल चलाउन सक्दछ । यो कसरी हन्छ ? शुरुवातमा जब व्यक्ति पहिलो पटक साइकल चलाउन सिक्दछ, तब उसले आफनो चेतन मन प्रयोग गर्छ, जब उसले साइकल चलाउन अभ्यास गर्छ, तब यो अनुभव अवचेतन मनमा संग्रह हुन थाल्छ, अनि बिस्तारै बिस्तारै अवचेतन मनले चेतन मनको ठाँउ लिन थाल्छ । वास्तवमा अवचेतन मनले एक अटोपाइलट सिस्टम जस्तै आफसे आफ स्वचालित तरिकाले कार्य गर्छ । सबै स्वचालित कार्यहरु जस्तैः सास लिनु, मुटु धडकनु, रक्तसंचार, पाचन तथा उत्सर्जन आदि कार्यहरु अवचेतन मनद्धारा नै हुने गर्छ । आदत तथा दैनिक दिनचर्याका कार्यहरुमा पनि अवचेतन मनको महत्वपूर्ण भुमिका हुन्छ । 

अवचेतन मन एक सफ्टवेयर वा रोबोट जस्तै हो, जसको प्रोग्रामिंग चेतन मनद्धारा हुने गर्छ । अवचेतन मनले स्वयं रामो नरामो सोच्न सक्दैन, यो प्रोग्राम अनुसार स्वचालित तरिकाले कार्य गर्छ । हाम्रो हर विचार हामो अवचेतन मनमा महत्वपूर्ण प्रभाव वा अर्को शब्दमा भन्ने हो भने हामी जे जस्तो सोच्छौ वा गर्छौ, त्यो सबै अवचेतन मनमा प्रोग्रामिंग हुन्छ । अनि बिस्तारै बिस्तारै अवचेतन मन त्यस कार्यलाई नियन्त्रित गर्न थाल्छ ।  हाम्रो आदत तथा धारणा यसरी नै निर्माण हुन्छ । पछि स्वचालित रुपमा अवचेतन मनद्धारा नियन्त्रित हुन्छ । 

रोगहरुको जरोः

मानिसको अवचेतन मन चेतन मन भन्दा लाखौं गुणा शक्तिशाली हुन्छ । यही अवचेतन मनले नै मानिसको जीवन बनाउँछ । मानिसको जीवन बिर्गाछ । मानिसलाई स्वस्थ बनाउँछ । मानिसलाई रोगी बनाउँछ । जब व्यक्तिले नकारात्मक भावनाहरु अवचेतन मनमा दबाएर राख्दछ, बाहिर निक्लने बाटो दिँदैन, तब शरीरको रासायनिक प्रक्रिया विषाक्र हुन्छ, अनि तनाब, चिन्ता, हृदय रोग तथा अल्सर आदि जस्ता रोगहरु पैदा हुन्छन् । वास्तवमा रोगहरुको जरो भनेको नै अवेचेतनमा दबेर रहेको नकारात्मक भावना हो । 

परिर्वतन सम्भवः

हो, परिवर्तन गर्न गाह्रो छ, तर असम्भव चाही छैन । चेतन मन र अवचेतन मनको मनोवैज्ञानिक अवधारणालाई बुझ्ने हो भने मानिसले जीवनका ठूलो परिवर्तन गर्न सक्छन, कहौं मानिसहरुले गरिरहेका पनि छन् । यसैका कारण नै मानिसले आप्mनो कुनै खराब आदत परिर्वतन गर्ने भरमग्दुर कोशिश गर्दा पनि परिवर्तन गर्न सक्दैनन् । त्यो किनभने आदत अवचेतन मनमा यति मजबुतसँग प्रोग्रामिंग भएको हुन्छ कि त्यसलाई चेतन मनको कोशिशले कुनै असर गर्दैन । 

आदत बदल्न अवचेतन मनमा इन्स्टल भएका खराब आदतहरुलाई हटाएर त्यसमा सकारात्मक कुराहरु स्थापित गर्नु पर्छ । दि बाइलोजी अफ बिलिफका लेखक डा. ब्रुस लिप्टनका अनुसार यसरी नै जब सोलोमन आइल्याण्डका मानिसहरु रुखलाई गाली दिन्छन्, तब रुखको माइण्डले नकरात्मक तथा खतरनाक विचारहरुलाई इन्स्टल गर्छ । जसका कारण रुखको मोलेकुलर संरचना बिग्रन्छ । अनि रुख सुकेर ढल्छ । यस कुराको पुष्टि क्वान्टम फिजिक्सले पनि गर्छ । यही कुरा मानिसमा पनि लागु हुन्छ । बारम्बार एकै कुरा दोहोराउनाले मनमस्तिष्कको संरचना नै परिवर्तन हुन्छ । २५ सय वर्ष पहिला महात्मा बुद्धले भनेका नै थिए, तिमीले जस्तो सोचका थियौ, त्यस्तै भएका छौ ।

पुछारमाः

संसारमा जति पनि हिंसा, डर, क्रोध, घृणा, इष्र्या तथा बदलाका भावनाहरु छन्, त्यसको मूल कारण हो, अवचेतनमा छुपेको नकारात्मक भावना । चिन्ता, भय, तनाव तथा निराशाले हृदय, फोक्सो, आमाशय तथा आन्द्रा आदिको समान्य कार्यप्रणालीको गतिमा अवरोध सृजना गर्छ  । सकारात्मक विचारले अवचेतन मनको नकारात्मक हट्छ । सुख, स्वस्थ र शान्ति प्रकट हुन्छ । स्वस्थ र सकारात्मक विचार अवचेतनमा प्रवाहित गरेर स्वस्थ जीवन प्राप्त गर्न सकिन्छ ।

Tuesday, March 24, 2020

ब्रह्माण्डरुपि शरीरका जीवजन्तु

ब्रह्माण्डरुपि शरीरका जीवजन्तु
 ओम बानियाँ

 वेद भन्छ, यथा पिण्डे तथा ब्रह्माण्डे । अर्थात् ब्रह्माण्डमा जे–जे छ, शरीरमा पनि त्यही–त्यही छ । जसरी शारा ब्रह्माण्ड पाँच महाभूतहरु आकाश, वायु, अग्नि, जल तथा पृथ्वीले बनेको छ त्यसरी नै मानव शरीर पनि पाँच महाभूतहरुले बनेको छ । त्यसैले त वैदिक वैज्ञानिकहरुले मानव शरीर आफै एक शुक्ष्म ब्रह्माण्ड हो भनेका छन् ।
धेरैलाई थाहा नभएको अर्को तथ्य के हो भने जसरी  विशाल ब्रह्माण्ड भित्र अनेक अनेक सृष्टिहरु छन्, त्यसरी नै मानव शरीर भित्र पनि अनेक जीवजन्तुहरुका सृष्टिहरु छन् । मानव शरीरमा बसोबास गर्ने शुक्ष्म जीवजन्तुहरुलाई जीवाणु (माइक्रोब्स) भनिन्छ । अधिकांश यस्ता शुक्ष्म जीवजन्तुहरुलाई शुक्ष्मदर्शक यन्त्रले मात्र देख्न सकिने भएकाले माइक्रोब्स भनिएको हो ।

शुक्ष्म जीवाणुहरुले शरीररुपी सृष्टि संचालनमा महत्वपूर्ण भुमिका खेल्छन् । यस्ता जीवाणुहरु बिना मानिस बाँच्न सक्दैनन् भने पनि हुन्छ । मानिसको पाचन क्रियालाई स्वस्थ र सुदृढ बनाउनेदेखि लिएर पेट र आन्द्रालाई सफा राख्न, हानीकारक जीवाणुहरुलाई सफाया गर्न, चिनीलाई फ्याट्टी एसिडमा परिवर्तन गर्न, इन्जाइम्स, भिटामिन्स तथा हार्मोन्सलाई संश्लेषण गर्न, शरीरको प्रतिरोधक प्रणाली मजबुत बनाउन, मस्तिष्क रसायनहरुलाई सन्तुलित राख्न र मानिसको मुड, भावना तथा व्यक्तित्व निर्माण गर्न समेत माइक्रोब्स महत्वपूर्ण भूमिका रहन्छ । पुर्खाहरुको स्वास्थ्य, बसोबास गर्ने ठाउँ, रहनसहन, पेशा, व्यक्तिगत सरसफाइ, खानपिन तथा भावना अनुरुप मानिसको शरीरमा माइक्रोब्सको फुट प्रिन्ट विकास हुने गर्छ । मानिसको शरीरमा खरबौं संख्यामा माइक्रोब्स (शुक्ष्म जीवाणु) हुने गर्छन्, जसको वजन लगभग डेढ किलो हुने गर्छ ।

शुक्ष्म जीवाणुहरु अनेक थरिका हुन्छन् । भाइरस, ब्याक्टेरिया, प्रोटोजोआ तथा फंगी आदि सबै शुक्ष्म जीवाणुहरु हुन् । यहाँ उलेख्य कुरा के भने यस्ता जीवाणुहरु पृथ्वीमा जीवन सुरु भएदेखि नै अस्तित्वमा थिए । यी सबै भन्दा सरल र शुक्ष्म प्राणीमा परिस्थिति अनुरुप आफुलाई छाँटकाँट र परिवर्तन गर्न सक्ने अचम्मको क्षमता भएको हुँदा अरु कुनै प्राणीहरू बाँच्न नसक्ने वातावरणमा समेत यिनीहरू जीवित रहन सक्छन् । त्यसैले यस्ता जीवाणुहरु समुद्रको सतहदेखि उम्लेको बाफ र हिमालको जम्ने पानीमा समेत पाइन्छन् ।

सबै शुक्ष्म जीवाणुहरु फाइदाजनक छैनन् । कतिपय शुक्ष्म जीवाणुहरुले शरीरलाई हानीनोक्सानी पुराउँछन् । भाइरस सबैभन्दा साना जीवाणुहरू हुन् । भाइरसका कारण रुघाखोकी, ज्वरो, घाँटी बस्ने आदि जस्ता सामान्य समस्याहरुदेखि पोलियो, इबोला र एड्स जस्ता भयानक रोगहरु समेत लाग्ने गर्दछन् ।  प्रोटोजोआ ब्याक्टेरिया जस्तै एक कोषीय जीवाणु हुन् । तर तिनीहरूको एउटा भन्दा बढी न्युक्लियस हुन सक्दछ । यसमा अमिबा, ट्रिपानोसोम लगायत मलेरिया सार्ने परजीवी पर्छन् । लगभग एक तिहाइ यस्ता जिवाणुहरू परजीवी हुन् र यी लगभग १० हजार किसिमका छन् । तर यी मध्य थोरै किसिमका परजीवीहरूले मात्र मानिसहरूलाई रोग सार्छन् । फंगी पनि रोग सार्ने जीवाणु हो । यी जीवाणुहरूको न्युक्लियस हुन्छ र यी मसिना त्यान्द्राले बुनेको मान्द्रोजस्ता हुन्छन् । फंगीले कुपोषण, क्यान्सर, लागूपदार्थ वा भाइरल इन्फेक्सनका कारण रोग प्रतिरोधात्मक क्षमता कमजोर बनाइसकेका मानिसहरूलाई मात्र अक्सर आक्रमण गर्ने गर्छ ।

ब्याक्टेरिया एक कोषीय जीवाणुहरू हुन् र अति शुक्ष्म हुनाले यिनीहरूको न्युक्लियस हुदैन र सामान्यतया एउटा मात्र क्रोमोजोम हुन्छ । यस सृष्टिका कुनै पनि जिवजन्तु र बनस्पतीको अस्तित्व ब्याक्टेरिया बिना सम्भव छैन । मृत जीवहरुको शरीरलाई कुहाउने कार्य पनि ब्याक्टेरियाले नै गर्दछ । ब्याक्टेरियाले मृत जीवको शरीरलाई कुहाउने क्रममा जटिल यौगिकहरुलाई साधारण यौगिकमा रुपान्तारण गर्दछ, जसलाई वनस्पतिले सोसेर लिन्छन् र विकसित हुन्छन् । तिनै वनस्पतीहरुमा नै सम्पूर्ण जनावरहरु प्रत्यक्षपरोक्ष रुपमा आश्रित रहँछन् ।
मानव शरीरमा खरबौं ब्याक्टेरियाहरू हुन्छन् । अधिकांश ब्याक्टेरियाको बास स्थान भनेको पाचन नली हो । ठुलो आन्द्राको एक थोपा फ्लुडमा मात्रै करिब १० लाख ब्याक्टेरिया हुने गर्छन् ।  पाचन नलीका ब्याक्टेरियाहरूले खाना पचाउन मदत गर्छन् । यत्ति मात्र होइन यी जीवाणुहरू रगत जम्नको लागि आवश्यक भिटामिन के का आधारभूत स्रोत पनि हुन् ।  सबै ब्याक्टेरियाहरु शरीर र स्वास्थ्यका लागि हितकर छैनन् । ४६ सय जातका ब्याक्टेरियाहरु मध्य ३ सय जातका ब्याक्टेरियाहरु प्योथोजेन (रोग ल्याउने) मानिन्छन् । यस्ता ब्याक्टेरियाका कारण मानिसहरूमा टाइफाइड, क्षयरोग, भ्यागुते रोग, एन्थ्राक्स, दाँत कीराले खानु, निमोनिया तथा यौनजन्य रोगहरूको प्रकोप देखा पर्छ । केही ब्याक्टेरियाहरुले शरीरको विभिन्न भित्री र बाहिरी अङहरुमा संक्रमण गरी शरीरको नास गर्दछन् र क्रमिक रुपमा फैलिएमा रोग जीर्ण हुन गइ बिरामीको मृत्यु समेत हुने गर्दछ । उदाहरणको लागी टाइफाइड रोग साल्मोनेला टाइफी नामक ब्याक्टेरियाको संक्रमणले हुने गर्दछ र समयमै उपचार नभएको खण्डमा यो रोगले बिकराल रुप पनि लिन सक्दछ ।

सबै भन्दा बढी संख्यामा ब्याक्टेरिया मानिसको पेट (गट) मा पाइने गर्छन् । तर, यदि पेटमा पर्याप्त मात्रामा राम्रो ब्याक्टेरिया छैनन भने अनेक रोगहरु लाग्ने मात्र होइन, जतिसुकै स्वास्थ्यवद्र्धक, पौष्टिक खाद्यपदार्थहरु खाएपनि त्यसबाट जति फाइदा प्राप्त हुनु पर्ने हो, त्यो हुँदैन, रोगोपचारका लागि खाएको औषधिले समेत ठीकसँग काम गर्न सक्दैन । त्यसैले ब्रह्माण्डरुपी शरीरलाई स्वस्थ, निरोग र मजबुत राख्न सबै भन्दा पहिला पाचन प्रणाली स्वस्थ राख्न आवश्यक छ । त्यो किनभने अधिकांश रोगहरुको उद्गम स्थल भनेको नै पेट हो । पर्याप्त मात्रामा असल ब्याक्टेरियाको समुदाय (माइक्रोबायोटा) बिना पेट स्वस्थ रहन सक्दैन ।

हिजोआज गलत खानपान, अप्राकृतिक जीवनशैली तथा एन्टिबायोटिकको बढ्दो प्रयोगका कारण मानिसको शरीरमा माइक्रोबायोटा असन्तुलन भएको छ, एकातिर असल ब्याक्टेरियाहरुको संख्या कम हुदै गएको छ भने खराब ब्याक्टेरियाहरु झन झन मजबुत र सशक्त हुदै गएका छन् । साधारण शब्दमा एन्टिबायोटिक भन्नाले ब्याक्टेरिया विरुद्ध लड्ने औषधीलाई बुझाउँछ । एन्टिमाइक्रोबियल अझ सामान्य पदावली हो र यसले भाइरस, ब्याक्टेरिया, फंगी तथा साना परजीवी आदि, सबै प्रकारका सूक्ष्मजीवहरु विरुद्ध लड्ने औषधीलाई बुझाउँछ । तर दुःखको कुरा के भने एन्टिमाइक्रोबियलले असल माइक्रोब्सलाई समेत हानी नोक्सानी गर्न सक्दछ । त्यसैले एन्टिबायोटिकमा भरपर्दा र त्यसको अचाक्ली प्रयोग गर्दा अहिले भयावह परिणामहरू निस्केका छन् । संक्रामक रोगहरू समेत हराएका छैनन् । तीव्र गतिमा पुनः देखा परिरहेका छन् । ब्याक्टेरिया मात्र होइनन्, भाइरस लगायत फंगी तथा अन्य ससाना परजीवीहरू अचम्मै लाग्दो ढंगमा वातावरणमा घुलमिल भएका छन् । प्रतिरोधी भएका छन् । जसले मानव स्वास्थ्यमा थप संकट पारेको छ ।

अतः रोग प्रतिरोधक क्षमता बढाउन, मोटोपना, थाइरोइड, मधुमेह, आमवात तथा क्यान्सर आदि जस्ता रोगहरुबाट बच्नका लागि शरीरमा माइक्रोबायोटा सन्तुलन आवश्यक छ । पेटमा माइक्रोबायोटाको सन्तुलन कायम राख्नका लागि मानव मल प्रत्यारोपण चिकित्सा (एफ.एम.टी) अहिले चर्चामा छ । मानव मल प्रत्यारोपण उपचार चिकित्साविज्ञानको क्षेत्रमा एकदम नयाँ हो । झट्ट हेर्दा यस चिकित्सा सरल देखिएता पनि यसका कठिनाइहरु पनि प्रशस्त छन् । त्यो किनभने मानिसको पाचन अंगहरूमा पाइने जिवाणुहरूको समुदाय (माइक्रोबायोटा) व्यक्ति पिच्छे फरक फरक हुन्छ । कुनै दुईजना मानिसहरुमा जिवाणुहरूको समुदाय समान हुदैनन् । जिवाणुहरूको समुदाय समान भएनन् भने मल प्रत्यारोपण गर्न सकिंदैन । तर खुसीको कुरा के भने मल प्रत्यारोपण बिना, प्राकृतिक रुपमा नै पेटमा माइक्रोबायोटाको सन्तुलन कायम गर्न सकिन्छ । प्रिबायोटिक खाद्यपदार्थको सेवन नै असल जिवाणुहरूको संख्या बढाउने तथा खराब जिवाणुहरूको संख्या घटाउने सर्वोत्तम उपाय हो । फाइबर नै प्रिबायोटिक हो भने रिफाइण्ड फुड्स भनेको फाइबर नभएको फुड्स हो । त्यसैले प्राकृतिक जीवनशैली अपनाऔं, फाइबरयुक्त खाद्यपदार्थ खाआंै, रिफाइण्ड फुड्स तथा जंक फुड्सको सवेन बन्द गरौं र स्वस्थ जीवन बाचौं । (लेखक मनोविद् हुन् ।)


Sunday, March 22, 2020

कोरोनाको औषधि

 के आहारबाट ठीक हुन्छ कोभिड १९ ?

प्रकृतिले जीवन दिएको छ । रोग लागेको खण्डमा औषधि पनि दिएको छ । रोगको वास्तविक औषधि भनेको नै प्रकृति हो, आहार हो । भनाई नै छ, खानिपिन ठीक भयो भने रोग नै लाग्दैन, खानपिन ठीक भएन भने औषधिले पनि काम गर्दैन । तर अहिले यस विज्ञान ओझेल परेको छ । मानिसहरु टेबलेट र क्याप्सुलका पछाडि दौडिरहेका छन् । नतिजा । रोगहरु झनै बढेका छन् । अनेक प्रकारका भाइरसहरु रौसिएका छन्, बौरिएका छन् । विश्वलाई स्वस्थ र निरोग बनाउने हो भने आहारलाई नै औषधि बनाउने पर्ने विश्वका कतिपय विशेषज्ञहरुको भनाइ छ । 


आहारबाट अनेक रोगहरु ठीक भएका प्रशस्त वैज्ञानिक प्रमाणहरु पनि छन् । स्वाइनफ्लू, डेंगू तथा कोभिड १९ समेत आहारबाट नै ठीक हुन सक्ने अनेक वैज्ञानिक अध्ययनहरु समेत प्रकाशित भइसकेका छन् । तर मेडिकल माफियाको नियन्त्रणमा रहेको स्वास्थ्य क्षेत्रको ध्यान त्यत्तापट्टि जाने कुरै भएन ? तर विश्वलाई रोगमुक्त बनाउने हो भने आम मानिसको ध्यान त्यतापट्टि जानु नितान्त आवश्यक छ । अनेक साइन्टिफिक रिसर्चका आधारमा पोषणविद् तथा प्राकृतिक चिकित्सक आदिले बनाएको स्वाइनफ्लू, डेंगू तथा कोभिड १९ आदिको आहारा चिकित्सा यस्तो छः

पहिलो दिनः 
सिर्फ सुन्तला, अमला तथा मौसमीको आदिको रस तथा नरिवल पानी पिउने । कति पिउने भन्दा आफ्नो तौलको दस भाग अर्थात शरीरको वजन ८० केजी छ भने ८, ८ गिलास ) एक एक घण्टामा पिउने ।

दोस्रो दिनः सुन्तला, अमला तथा मौसमीको आदिको रस तथा नरिवल पानी ४, ४ गिलास र शरीरको तौलको ५ गुणा ( शरीरको वजन ८० केजी छ भने ४०० ग्राम ) काँचो टमाटर र काँक्रो सेवन गर्ने ।

तेस्रो दिनः बिहानको नास्ताको रुपमा दुई दुई गिलास सुन्तला, अमला तथा मौसमीको आदिको रस तथा नरिवल पानी पिउने तथा लन्चमा ४०० ग्राम टमाटर र काँक्रो सेवन गर्ने । अनि डिनरमा घरमै बनाएको तेल मसला कम हालेको साधा खाना खाने ।

अतः यसरी तीन दिन यो प्राकृतिक तरिका अपनाउने हो भने ज्वरोबाट मात्रै होइन, डेंगु तथा कोभिड १९ को संक्रमणबाट समेत पुर्णतया मुक्त रहन सकिन्छ भन्ने उनीहरुको दावि छ ।
---------
जय हो ।