अ ब्युटिफुल ब्रेन
ओम बानियाँ
वसन्त ऋतुको मौसम थियो बिहानी समय । सभागृहमा लगभग ५ सय मानिस एकदम
कोचाकोच भएर बसेका थिए । मञ्चको भित्तामा ठूलो बैनर टाँगिएको थियो । त्यो
बैनर माथिपट्टि एउटा लेखोट थियो, त्यहां लेखिएको थियो, 'वान डे मेमोरी
वर्कसप' बाइ डा. कोर्टेक्स । सभागृहमा सुमधुर संगीत बजिरहेको थियो ।
सभागृहको भित्तामा झुन्ड्याइएको लठ्ठे भित्ते घडीले ‘टङ’ बिहानको ८ बजेको
संकेत ग¥यो । मञ्चको दायाँपट्टिको कलात्मक ढोका खुल्यो । ढोकामा सेतो रङको सर्ट र निलो पाइन्टमा डा. कोर्टेक्स देखा परे र स्मार्ट
हिडाइमा मञ्चतिर अगाडि बढे । र, मधुर मुस्कानसाथ सम्बोधन गर्दै भने, ‘गुड
मर्निङ लेडिज एन्ड जेन्टलम्यान ! म सर्वप्रथम यो एकदिने मेमोरी वर्कसपमा
पाल्नु भएका सम्पूर्ण महानुभावलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’ डा.
कोर्टेक्सको कण्ठबाट निस्केको कोइलीजस्तो मीठो र सुरिलो आवाज कानमा
ठोकिनासाथ हरेक सहभागीका हत्केला स्वःस्पूmर्त रूपमा ठोकिए । सभागृह तालीले
गुन्जायमान भयो ।---
--------------------------
‘कार्यक्रम शुभारम्भ म एक प्रश्नबाट गर्न चाहन्छु,’ डा. कोर्टेक्स केही
अगाडि बढेर भने, ‘तपाईमध्ये कसैले अंग्रेजी वर्णमालाको ‘ए’ अक्षर नभएका २०
वटा अंग्रेजी शब्द ५ सेकेन्डभित्र बताउन सक्नुहुन्छ ?’ धेरैले जवाफ दिने
प्रयास गरे । तर, अधिकांशले पाँचवटा भन्दा बढी शब्द भन्न सकेनन् । अनि डा.
कोर्टेक्सले मञ्चमा आसीन एक फुच्ची बालिकातर्फ हेर्दै बोले, ‘स्मृति के
तपाईं भन्न सक्नुहुन्छ ?’ स्मृति उठिन्।
‘प्रयास गर्छु सर ।’ ‘ल अब तिम्रो समय सुरु भयो ।’ स्मृतिले फर्र भनिन्, ‘वान, टु थ्री, फोर, फाइभ, सिक्स…ट्वान्टी,’ सहभागी जिल्ल परे । एक जना भद्रपुरुष उठेर भने, ‘यो तपाईहरूको मिलीभगत पनि त हुन सक्छ नि डा. साब ?’ ‘प्रोफेसर महेन्द्र थापाजी, यो हाम्रो मिलीभगत होइन, साँचो कुरा हो । ‘डा. कोर्टेक्सले प्रोफेसरलाई सम्झाउन खोजे । डा. कोर्टेक्सले आफ्नो नाम सम्बोधन गरेको सुनेपछि प्रोफेसर तीन छक पर्दै भने, ‘मेरो नाम तपाईंलाई कसरी थाहा भयो ? ‘डा. कोर्टेक्स मन्द मुस्कान छर्दै बोले, ‘म यस कार्यक्रमका लागि सभागृहमा पस्नु पूर्व सहभागीको नाम, ठेगाना तथा फोटो सरर्र हरेकी थिऍ , त्यसैबाट थाहा भयो ।’ ‘मलाई त झन् शंका पो लाग्यो ? ‘अगाडि बसेका युवक उठे, ‘उसो भए मेरो नाम बताउन सक्नुहुन्छ ?’ ‘तपार्इंको नाम सुधीर, ठेगाना माइतीघर । ‘सुधीरले थपडी मार्दै डा. कोर्टेक्सको प्रशंसा गरे । मेरो नाम बन्दना हो, मैले रजिस्टरमा आफ्नो फोन नम्बर पनि लेखेकी छु, कृपया मेरो फोन नम्बर बताउन सक्नुहुन्छ ?’ डा. कोर्टेक्स मुसुक्क हांस्दै बोले, ‘तपार्इंको फोन नम्बर हो, ९८४७०७८०७७ ।’ बन्दनाले हाँस्दै भनिन्, ‘एकदम सही छ ।’

-----------------------
डा. कोर्टेक्सले बन्दनालाई सोधे, ‘बन्दना ! म तपाईंलाई एक प्रश्न सोध्छु
। जवाफ दिन तयार हुनुहुन्छ ?’ ‘प्रयास गर्छु,’ खाली कागज दिदै, ‘यो
कागजमा आफ्ना खुसी ५० वटा अंक लेख्नुहोस् ।’ डेस्कमा राखेको पानी पिउदै
डा. कोर्टेक्स बोले, ‘लेख्नुभयो ?’ ‘अ“, लेखें ।’ ‘अब तपाईंले यी अंक जोडले
पढ्नुहोस्, अनि सबैले ध्यान दिएर सुन्नुहोस् ।
‘७०५७६१२४४९८५६७२३१०९८५६४३८९७९०६४५४१५५७७३४८९०३१५७५५९’ बन्दनाले अंक पढिन् ।
डा. कोर्टेक्स बोेले, ‘अब यी अंकहरू नहेरकन भन्न सक्नुहुन्छ ?’ ‘७
९..(हाँस्दै) अँह सक्दिनं ।’
डा. कोर्टेक्स केही अघि बढेर दर्शकलाई इंगित गर्दै भने, ‘अघि भर्खरै बन्दनाले पढेका अंक यहाँ उपस्थित तपाईंंमध्ये कसैले भन्न सक्नुहुन्छ ?’ सबै चुप । ‘उसो भए बन्दनाले भनेका अंक कसैले पनि याद सक्नु भएन ?’ पुनः मञ्चमा बसेकी स्मृतिलाई हेर्दै डा. कोर्टेक्स बोले, ‘स्मृति १ तपार्इंले भन्न सक्नुहुन्छ ?’ स्मृति उठिन् :‘प्रयास गर्छु सर, ७०५७६१२४४……………५५९ । ‘७–८ वर्षकी नानीले एकपटक सुनेको भरमा ५० वटा अंक जस्ताको त्यस्तै भनेको देखेर सबै आश्चर्यचकित भए । सबै उठेर ताली बजाए ।
डा. कोर्टेक्सले गर्वसाथ भने, ‘यो हो, ट्रेन्ड मेमोरी । यो कुनै चमत्कार होइन, मेमोरी टेक्निक सिकेर स्मृतिले यो कमाल देखाएकी हुन् । स्मृतिले मात्र होइन यस मञ्चमा आसीन उहाँ बुढाबा र आमाले पनि यसरी नै आफ्नो ‘मेमोरी प्रदर्शन’ गर्न सक्नुहुन्छ । स्मृतिको आडमा बस्ने निलो टिसर्ट लगाउने शिशिर भाइले त एकपटक सुनेको भरमा सयौं अंक तथा शब्द भन्न सक्नुहुन्छ ।’
--------------------

डा. कोर्टेक्स बोले, ‘बन्दना बैनी, तपाईंलाई धन्यवाद ! स्मृतिलाई पनि धेरैधेरै धन्यवाद !
‘बन्दना आफू बसेको ठाऊँतिर गइन् । स्मृतिले डा. कोर्टेक्सतिर हेर्दै भनिन्, ‘सर, आज्ञा भएमा म यस मञ्चबाट केही कुरा भन्न चाहन्छु,’ ‘जरुर, तपार्इं आफ्नो कुरा राख्न सक्नुहुन्छ,’ डा. कोर्टेक्सले स्मृतिलाई माइक दिए । स्मृति लामो सास लि“दै बोलिन्, ‘म अहिले ५ कक्षामा पढ्छु । तर, ४ कक्षामा पढ्दासम्म म गणितमा निकै कमजोर थिएं । गणित हेर्न पनि मन पर्दैन्थ्यो । म सधैं गणितमा फेल हुन्थें, तीन कक्षामा मेरो गणितमा केवल १० अंक आएको थियो । त्यसैले मलाई साथीहरूले आलु, गोबरगणेश भनेर जिस्काउ“थे । बाबाले जति अनुरोध गर्दा पनि स्कुलले मलाई प्रोमोट गर्न मानेको थिएन । तर, भाग्यवश बाबाको साथीबाट डा. कोर्टेक्स सरका बारेमा थाहा भयो, अनि बाबाले मलाई मेमोरी क्लिनिकमा लिएर जानुभयो । न्युरोमनोवैज्ञानिक परीक्षणपछि म म्याथम्याटिकल डिसअर्डरबाट ग्रस्त भएको थाहा भयो । अनि मैले डा. कोर्टेक्स सरको प्रत्यक्ष रेखदेखमा मेमोरी टेक्निक सिकें, मेन्टल म्याथ सिकें । यसले मेरो मेमोरी मात्र बढेन कि गणितमा समेत निकै रुचि बढ्यो । ४ कक्षामा मैले गाणितमा १०० अंक ल्याउन सफल भए“ । अहिले त मेरो पढाइलेखाइमा निकै रुचि बढेको छ । मैले त आफ्नो जीवनको ‘स्पष्ट लक्ष्य’ बनाइकी छु । म एक प्रसिद्ध गणितज्ञ बनेर देशको सेवा गर्न चाहन्छु । धन्यवाद !' चारैतिरबाट तालीको गडगडाहटले सभागृह गुन्जियो ।

खुसीले गदगद डा. कोर्टेक्स अगाडि बोले, ‘स्मृति !आई एम भेरी प्राउड अफ
यु ।’ स्मृति मुसुक्क हाँस्दै आफ्नो ठाउंमा गएर बसिन् । डा. कोर्टेक्सले
क्लास अगाडि बढाउंदै भने, ‘मेमोरी टेक्निकको मुख्य आधार भनेको साहचर्य
(एसोसिएसन) हो । हरेक मानिसले साहचर्यवाट नै हरेक नया“ कुरा सिक्ने तथा याद
राख्ने गर्छन् । जस्तो कि हामीले कुनै पनि भाषा पढ्न र लेख्नका लागि
सबैभन्दा पहिला वर्णमाला सिक्छौं । अनि शब्द र वाक्य होइन त ?
मानांै, अञ्जु र मञ्जु मिल्ने साथी हुन् । अञ्जुसंग भेट भयो भने मञ्जु पनि
स्मृतिमा प्रकट हुन सक्छिन् । एकैछिन पानी शब्द सम्झिनुहोस् त ! पानीसंगै नदी याद आउन सक्छ । अनि नदीका
माछा याद आउन सक्छन् । माछा खाएको याद आउन सक्छ । नदी नजिकैका रूखबिरुवा
याद आउन सक्छन् । रूखमा बसेको चरा याद आउन सक्छ । पानीसंगै समुद्र याद आउन
सक्छ । पानी जहाज याद आउन सक्छ । र, कुनै बेला तपार्इंले पानी जहाजमा
यात्रा गरेको याद हुन सक्दछ । त्यस्तै गरी पानीस“गै वर्षा याद आउन सक्छ ।
वर्षाले तपार्इंकी प्रेमिका वर्षाको याद दिलाउन सक्छ । वर्षाले बिजुली याद
हुन सक्छ । बिजुलीस“गै घरको बल्ब याद आउन सक्छ । यसरी नै अनुभव स्मृतिमा
प्रकट हुने गर्छन् । अतः मानिसको मेमारीले यसरी साहचर्यबाट कार्य गर्छ ।’
--------------------
डा. कोर्टेक्स केही अगाडि बढेर बोले, ‘औसत रूपमा मानिसको मस्तिष्क शक्ति
उस्तैउस्तै हुन्छ । मस्तिष्कको मेमोरी स्टोर गर्ने क्षमता पनि लगभग समान
नै हुन्छ । यदि कुनै पनि सूचना मानिसको दीर्घकालीन मेमोरी स्टोरमा पुग्छन्
भने बिर्सने रोग वा अन्य रोगले बाहेक, ती सूचना बिर्सिंदैनन् । मेमोरी
बैंकमा स्टोर भएका सूचनाहरूलाई तपाईं बिर्सन चाहेर पनि बिर्सन सक्नुहुन्न ।
के तपाईंले आफ्नो नाम बिर्सन सक्नुहुन्छ ? कदापि सक्नुहु“दैन । किनकि
सानैदेखि नै तपाईंको नाम मेमोरी बैंकमा छ र बारम्बार प्रयोगमा आइरहेको छ ।
तर, यहाँ अर्को उल्लेखनीय कुरा के भने मेमोरी बैंकमा रहेका सूचना सुरक्षित
रहे पनि यदि बारम्बार प्रयोग हु“दैनन् भने चाहेको बेलामा याद नआउन सक्छन् ?
(डा. कोर्टेक्स हाँस्दै) यदि चाहेको बेलामा सूचना याद भएनन् भने ती
सूचनाहरूको के काम ? होइन त ? त्यसैले आवश्यक सूचनालाई मेमोरी बैंकमा राख्न
र आवश्यक परेको बेलामा तुरुन्त स्मृतिमा ल्याउन मेमोरी टेक्निक आवश्यक
हुन्छ ।’
'भ्यागुतो र साइकल याद गर्नु छ । यसका लागि पहिला भ्यागुतो शब्द हेर्नुहोस् वा सुन्नुहोस् । अनि भ्यागुतोको स्न्यापसट लिनुहोस् । यसैगरी, साइकल शब्द हेर्नुहोस् वा सुन्नुहोस् र साइकलको स्न्यापसट लिनुहोस् । अब भ्यागुतो र साइकलको स्न्यापसटलाई जोडेर नयाँ अद्भूत खालको स्न्यापसट बनाउनुहोस् । जस्तो कि एउटा ठूलो भ्यागुतोले साइकल कुदाइरहेको छ । यति गर्नुभयो भने भ्यागुतो र साइकल, यी दुई आइटम तपाईंलाई सधैंभर याद रहन सक्छन् । यसैगरी, कमिला र ब्रेड याद गर्न कमिलाले ब्रेड बोकेर हिडेको दृश्य सम्झनुहोस्। '
-------------------
‘अत: उपर्युक्त कुरालाई ध्यानमा राखेर नै मेमोरी टेक्निक बनेका हुन् ।
यस कार्यक्रममा म एक मेमोरी टेक्निक उल्लेख गर्न गइरहेको छु । यो आधारभूत
मेमोरी टेक्निक हो । यो मेमोरी टेक्निक सिकेपछि आफैं पनि मेमोरी टेक्निक
बनाउन सकिन्छ । यो मेमोरी टेक्निक नाम हो, ‘लुक, स्न्याप एन्ड लिंक टेक्निक
।’
लुकः सिक्नु वा याद गर्नुपर्ने कुरालाई सबैभन्दा पहिला रुचिपूर्वक पढ्नु, हेर्नु तथा सुन्नुपर्छ । अर्थात् मस्तिष्कमा सूचना प्रविष्ट गर्नका लागि माध्यमप्रति सजग हुनुपर्छ । यहा“ लुकको अर्थ केवल हेर्नु वा पढ्नु मात्र नभएर सुन्नु, अनभुव गर्नु, स्वाद लिनु तथा सु“घ्नु पनि हो । त्यो किनभने पञ्च ज्ञानेन्द्रीय सहायतबाट नै सूचना मस्तिष्कमा प्रवेश गर्छ ।
स्न्याप: अनि हेरेको वा सुनेको कुरालाई याद राख्न कल्पनाचित्र (स्न्यापसट) बनाउनुपर्छ ।
लिंक: अब याद गर्नुपर्ने कुराको स्न्यापसटलाई मेमोरी कोडको स्न्यापसटसंग वा दुई वा भन्दा बढी नयाँ स्न्यापसटहरू जोड्ने कार्य गर्नुपर्छ । यसरी दुई वा दुई भन्दा बढी स्न्यापसट जोडेर नयाँ मानसिक चित्र (स्न्यापसट) बनाउनुपर्छ ।
---------------------

जस्तो कि दुई शब्द, भ्यागुतो र साइकल याद गर्नु छ । यसका लागि पहिला
भ्यागुतो शब्द हेर्नुहोस् वा सुन्नुहोस् । अनि भ्यागुतोको स्न्यापसट
लिनुहोस् । यसैगरी साइकल शब्द हेर्नुहोस् वा सुन्नुहोस् र साइकलको
स्न्यापसट लिनुहोस् । अब भ्यागुतो र साइकलको स्न्यापसटलाई जोडेर नया“
अद्भूत खालको स्न्यापसट बनाउनुहोस् । जस्तो कि एउटा ठूलो भ्यागुतोले साइकल
कुदाइरहेको छ । यति गर्नुभयो भने भ्यागुतो र साइकल, यी दुई आइटम
तपार्इंंलाई सधैंभरि याद रहन सक्छन् । यसै गरी कमिला र ब्रेड याद गर्न
कमिलाले ब्रेड बोकेर हिडेको दृश्य सम्झनुहोस् । भ्यागुतो, साइकल तथा टोपी
याद गर्नु छ भने साइकल र टोपीको स्न्यापसटलाई जोडेर नयाँ स्न्यापसट
बनाउनुहोस्, जस्तो कि साइकल कुदाइरहेको भ्यागुतोको टाउकोबाट टोपी खसेको
नयाँ स्न्यापसट । अतः यसरी एकै छिनमा सयांै आइटम वा शब्द सजिलै र सधैंभरि
यादराख्न सकिन्छ ।’
------------------
डा. कोर्टेक्सले सभागृहको चारैतिर नजर दौडाउंदै भने, ‘तपाईंहरूले अझ पनि
मेमोरी टेक्निकमाथि शंका लाग्छ भने स्मृति तपाईंको सामु नै हुनुहुन्छ ।
तपार्इंहरूले अरू प्रयोग गरी हेर्न सक्नुहुन्छ ?’ डा. कोर्टेक्सले दर्शकलाई
चुनौती दिए । सुधीरले आफ्नो मोबाइलबाट १० जना साथीहरूको नाम र फोन नम्बर
सोधे । स्मृतिले तुरुन्त नै नाम र नम्बर जस्ताको त्यस्तै भनेको देखेपछि
सबैको मुख ह्वांग भयो । मोहनले सोधे, १९ मे १९८० कुन बार पर्छ ? फुच्ची
स्मृतिले मुसुक्क हा“स्दै भनिन्, ‘सोमबार । ‘मोहन मुसुक्क हाँसे, ‘जवाफ
एकदम सही छ । यो मेरो जन्मदिन हो । ‘साक्षीले सोधिन्, २१+३४+५६+९०+३२–२९–६५
कति हुन्छ ? स्मृतिले हाँस्दै भनिन्, ‘१३९ ।
‘ज्योतिले सोधिन्, ‘४५६ इन्टु २१३ कति हुन्छ ? स्मृतिले भनिन्, ‘९७१२८ ।’
प्रो. महेन्द्रले सोधे ‘८७ वर्गमूल कति हुन्छ ?’ ‘९३२७ । ‘स्मृतिको अद्भूत मेमोरी पावरले प्रभावित भई प्रोफेसर महेन्द्र दौडिदै मञ्चमा गए र स्मृतिलाई उचालेर काँधमा राखें । खुसीले उफ्रींए। अन्य दर्शक पनि मञ्चमा गएर स्मृतिमाथि पैसाको बर्सात गर्न थाले । उपस्थित सबैले उठेर ताली बजाए । त्यो क्षण देखेर डा. कोर्टेक्स खुसीले गदगद थिए । (लेखक मनोविद तथा CogMED कोच हुन्। )

From Rajdhani daily!
ReplyDelete